काठमाडौं- सातामा कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा झिनो अंकको सुधार देखिएको छ। बिहीबार परिसूचक शून्य दशमलव ७१ अंकले बढेर १ हजार १ सय ३७ दशमलव ७५ अंक कायम भएको छ।
बिहीबार १ सय ६० वटा कम्पनीको ९ लाख ९८ हजार कित्ता सेयर ३ हजार ५ सय ७८ पटक खरिद-बिक्री हुँदा कारोबार रकम भने १८ करोड २९ लाख ९४ हजार ९ सय रुपैयाँमा खुम्चिएको छ। सेन्सेटिभ परिसूचकमा शून्य दशमलव ५४ अंकको करेक्सनपछि २ सय ४९ दशमलव १२ अंकमा कायम भएको छ।
बिहीबार होटल समूह, विकास बैंक समूह, उत्पादन समूह र अन्य समूहको उपसूचक क्रमशः १ दशमलव ८८, १० दशमलव १३, २ दशमलव ६९ र २ दशमलव ६ अंकले घटेको छ। सबैभन्दा बढी निर्जीवन बिमा समूहको उपसूचक ३६ दशमलव ८६ अंकले बढेको छ।
कारोबार रकमका आधारमा प्रभु बैंक लिमिटेडको १ करोड ९९ लाख ९८ हजार ८ सय रुपैयाँ बराबरको कारोबार भएको छ। सबैभन्दा धेरै कमाउनेमा सानिमा इक्विटी फन्डका लगानीकर्ताले प्रतिकित्ता ८ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै गुमाउनेमा माहुली लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ता छन्। उनीहरुले प्रतिकित्ता ६ दशमलव २५ प्रतिशतका दरले गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।