काठमाडौं- पुँजीबजारमा यो साता १ दिन अर्थात बिहीबार मात्रै कारोबार भएको छ। दशैंपछि खुलेको पुँजीबजारमा बिहीबार शून्य दशमलव ३९ अंकको सामान्य गिरावट देखिएको छ।
परिसूचकमा सामान्य गिरावट देखिएपनि कारोबार रकम भने बढेको छ। बिहीबार १ सय २१ वटा कम्पनीको २ लाख ३२ हजार ६ सय १९ कित्ता सेयर १ हजार १ सय १२ पटक किनबेच हुँदा ६३ करोड ८४ लाख ५४ हजार ४ सय ११ रुपैयाँ बराबरको कारोबार भएको छ।
सेन्सेटिभ इन्डेक्स पनि शून्य दशलमव शून्य ४ अंकले घटेर २ सथ ५१ दशमलव ९३ अंकमा कायम भएको छ। बिहीबार बैंकिङ समूह, विकास बैंक समूह, जलविद्युत समूह, वित्त समूह, निर्जीवन बिमा समूह र म्युचुअल फण्ड समूह क्रमशः १.४, २.११, १.१२, २.८९, ७.४२ र ०.०१ अंकले बढेको छ।
त्यसैगरी घट्नेमा भने सबैभन्दा धेरै जीवन बिमा समूहको उपसुचक ४५ दशमलव १३ अंकले घटेको छ। बिहीबार सबैभन्दा धेरै प्रभु बैंक लिमिटेडको ९४ हजार ६ सय ६४ कित्ता सेयर किनबेच हुँदा २ करोड ५५ लाख ५ हजार ४ सय रुपैयाँ बराबरको कारोबार भएको छ।
कारोबार भएका सेयर संख्याका आधारमा पनि प्रभु बैंक अग्रस्थानमा देखिएको छ। प्रतिशतका आधारमा बढी कमाउनेमा गुडविल फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ७ दशमलव ६९ प्रतिशतले कमाएका छन् भने सबैभन्दा धेरै गुमाउनेमा नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ३ दशमलव ६३ प्रतिशतका दरले गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।