• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, फागुन २७, २०८२ Wed, Mar 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

जितु नेपाल ‘मुन्द्रे’ : होचो हुँदाका अग्ला अनुभूति 

64x64
नेपाल लाइभ आइतबार, असोज १२, २०७६  १८:१८
1140x725

जितु नेपाल(मुन्द्रे)लाई सिक्किमबाट फिल्म खेल्ने अफर आयो। त्यहाँको सरकारकै तर्फबाट बन्न लागेको रहेछ फिल्म ‘के साइनोले बोलाउँ’।

फिल्म पवन चाम्लिङको कथा र अमर रसाइलीको निर्देशनमा बन्दै थियो। निर्देशक रसाइलीबाटै जितुलाई अफर आएको थियो– हिरोको रोलमा।

‘गाउँको सोझो केटो तर हँसाउने पात्र भएको कलाकारको आवश्यक छ। हाइट पनि तपाईंकै जस्तो सानो भएको चाहिएको। राजी हुनुहुन्छ?’ जितुलाई  निर्देशकको प्रस्ताव थियो। हिरोकै रोल पाउने भएपछि जितु पनि सरक्क राजी भए।

त्यसपछि फिल्मकै लागि उनले सिक्किम गएर एक महिना बिताए। सुटिङ सुरु भयो। हिरोइन रहेछिन् सोनिया केसी। उनलाई देखेर जितु तीनछक परे। जितुको तुलनामा सोनिया निकै अग्ली। उनलाई हेर्न पनि जितुले घाँटी तन्क्याउनु पर्ने।

फिल्ममा कथा नै यस्तो रहेछ- अग्लीले होचोलाई मन पराउने।

सुटिङको क्रममा एउटा गाना आयो। गानामा जितु र सोनियाको रमाइलो सिन थियो। सिन खिच्न सुरु त भयो। तर, जितु र सोनियाको हाइटको ठूलो अन्तरले समस्या आइलाग्यो।

सोनिया यति अग्ली थिइन् कि उनले लगाएको जुत्ता खोल्दा र जितुले बुट लगाउँदा पनि उनीहरूको उचाइको तालमेल मिलेन।

केही सिप नलागेपछि जितु ट्रलीमा उभिए, सोनिया भुइँमा उभिइन्। त्यति गर्दा पनि अझै तालमेल नमिलेपछि भुइँमा उभिएकी सोनियाले जुत्तानै खोल्नुपर्‍यो।
     ०००
संविधान सभाको पहिलो निर्वाचनको बेला थियो। जितुलाई एक दिन पत्रकार ऋषि धमलाले फोन गरेर भनेका थिए, ‘मित्र, बालुवाटारमा प्रधानमन्त्रीले बोलाउनुभएको छ। जानुपर्छ।’

Ncell 2
Ncell 2

त्यतिबेला गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री थिए। जितुलाई गिरिजाबाबु ऐतिहासिक व्यक्तित्व जस्तो लाग्थ्यो। गिरिजासँग फोटो खिचाउने उनको ठूलो रहर थियो। फोनमा उनले धमलालाई आग्रह गरेका थिए, ‘तपाईंको त प्रधानमन्त्रीसँग राम्रो छ क्यार। मेरो एउटा फोटो खिचाइदिनु पर्छ।’

भोलिपल्ट उनी त्यस कार्यक्रममा गए। जितुको ध्यान कहिले गिरिजापट्टि त कहिले धमलापट्टि जान्थ्यो। पहिलो पटक गिरिजालाई प्रत्यक्ष सामुन्नेमा देखेका जितु चकित परे। अनि मनमनै भन्न थाले, ‘यति धेरै अग्लो पो रहेछन्।’

यद्यपि, गिरिजासँग तस्बिर खिचाउने जितुको छट्पटी झन् बढेर आयो। उनले ऋषिलाई भने, ‘खै त!’

‘पख्नुस् तपाईंको पालो आउँदैछ,’ ऋषिले उत्साहित हुँदै जवाफ दिए।

केही समयको व्यग्र प्रतीक्षापछि बल्ल समय जुर्‍यो। उनले घाँटी माथि तन्काएर सामुन्नेबाट गिरिजालाई नमस्कार गर्दै भने, ‘हजुर म जितु नेपाल। म राष्ट्रिय कलाकार। जिरे खुर्सानीमा खेल्छु। कहिलेकाहिँ हजुरको क्यारिकेचर गर्छु। हजुरसँग फोटो खिच्न चाहन्छु।’

गिरिजा हल्का मुस्कुराए। अनि ‘हुन्छ खिचौं’ भन्दै जितुलाई मायाले अंगालो हाल्न खोजे। तर, गिरिजाको हात जितुको काँधमा पर्नुअगावै तलतिर झट्कारियो।

यही मौकामा जितुले कमेडी गर्दै भने, ‘हजुर उभिएर खिच्नु भयो भने त हजुरको मात्र फोटो आउँछ मेरो आउँदैन।’ जितुको कुराले गिरिजालाई पनि हाँसो उठ्यो। ‘तिमी कमेडियन भन्ने कुरा यहीबाट थाहा हुन्छ। ल बस। बसेरै खिचौं।’

त्यसपछि गिरिजासँग जितुले सोफामा बसेर फोटो खिचाए।

 ०००
यी रमाइला प्रसंगहरू झिकिरहँदा जितु निरन्तर हाँसिरहेका थिए।

उनको हाइट ५.२ फिट। बजारमा खरिद गरेको पाइन्ट सधैं काटेर लाउनुपर्ने उनको बाध्यता हो। ‘अब पाइन्ट किन्दा लामो किन्छु। किनकि, काट्दा  छोरालाई पनि कट्टु पुग्ला कि,’ उनी हाँस्दै भन्छन्।

जितु आफ्नो कदको विषयलाई लिएर बेला–बेलामा आफैं कमेडी गरिरहन्छन्। कतिपय साथीले ‘ह्या कति गरिरहेको’ भनेर गाली पनि गर्छन्। तर, आफैंलाई व्यग्यं गर्दा जितुलाई आनन्द लाग्छ। कुनै कार्यक्रममा प्रस्तुतिको लागि गए भने माइकनिर पुग्नेबित्तिकै कमेडी गरिहाल्छन्, ‘तपाईंहरू सबैले जितु नेपाल अग्लो छ भनेर सोच्नुभएको होला। तर, हैन।’

भन्ने क्रममा उनी आफैं मुस्कुराउँछन्। अनि माइक घटाउँछन्। र पुनः भन्छन्, ‘स्टेजमा आएर माइक स्वाट्ट घटाउँदा मन कटक्क खान्छ। बढ्देको भए के हुन्थ्यो र। तर, म जे छु ठिकै छु।’

त्यसपछि उनी अग्लाहरूलाई व्यंग्य गर्छन्, ‘होचाको भन्दा अग्लाहरूको पनि आफ्नै पीडा छ। होचो हुनुको फाइदा तपाईं नाइट बसमा हिँड्नुस् कति सजिलो। सिटमा टक्क बस्या छु। सिटमा ठिक्क खुट्टा राख्न पुग्या पनि छ आनन्दले। तर, सिटमा अग्लो मान्छे पर्‍या छ भने त्यसलाई खुट्टा कहाँ लैजाउँ कहाँ लैजाउँ भाको हुन्छ। खुट्टा व्यवस्थापन गर्न गाह्रो हुन्छ। होटलमा गयो भने एउटा सामान्य बेड हुन्छ।  सुत्दा बेड भन्दा खुट्टा लामो हुन्छ।’

स्टेजमा यस प्रकारको केमडी गर्दा दर्शक पनि गलल्ल हाँस्छन्।

कतिपय कार्यक्रमहरूमा जाँदा ‘पोडियम’ अग्लो हुँदा जितु ठट्टा गर्छन्, ‘मलाई हेररे बनाउनुपर्छ नि यो पनि।’

प्रस्तुतिकै क्रममा उनी ठट्टा गर्दै जान्छन्, ‘पूर्व प्रधानमन्त्री माधव नेपाल र मेरो हाइट उस्तै हो नि।’ अनि कहिलेकाहिँ आफ्नो हाइटलाई लेनिनसँग दाँज्दै पनि भन्छन्, ‘संसारका प्रभावशाली मानिसहरू पनि मेरा हाइटका हुँदा रहेछन्।’

उनले खेलेका टेलिसिरियल, फिल्म लगायत विभिन्न प्रस्तुतिमा आफ्नो हाइटको प्रसंग झिकिहाल्ने गर्छन्। ‘छ एकान छ’मा उनलाई लिएर एउटा डाइलग छ, ‘मान्छे होचो, विचार अग्लो’।                                                                                                                                                                     
‘छ एकान छ’ मा उनको कदलाई लिएर गरेको कमेडीले दर्शकलाई हँसाउन बाध्य पार्छ। रिलिजको छेकमा रहेको फिल्म ‘छ माया छपक्कै’को शीर्ष गीतमा एउटा सिन छ। जसमा जितु नेपाल नायिका सुपुष्पा भट्टको जोडी छन्। केदार घिमिरे (माग्न)ले जितु र सुपुष्पाको फोटो खिच्छन्। खिचेको फोटो हेर्दा सुपुष्पाको टाउकै देखिन्न। कारण, जितुको होचोपनले त्यहाँ कमेडी सिर्जना गर्छ।

‘कमेडी गर्नकै लागि दीपकराजले हामी अग्लो होचोको जोडी मिलाएका हुन्। यो आइडिया पनि उनकै हो,’ जितु मुस्कुराउँदै भन्छन्।

आफ्नै कद कमेडीको साधन
२०४७ सालदेखि जितु अभिनय क्षेत्रमा प्रवेश गरे। उनले आफ्नो करिअरमा कलाकारिता कहिल्यै सोचेका थिएनन्। ‘मैले कहिल्यै कलाकार बन्छु सोचेको थिइनँ। मेरो सपना भनेकै दुई पैसा कमाउने र घरमा पठाउने थियो,' जितु सम्झिन्छन्।

कलाकारिता क्षेत्रको सुरुवाती दिन सम्झँदा उनी ‘नोस्टाल्जिक’ हुन्छन्। हुन पनि उनको कलाकारिता क्षेत्रको सुरुवाती अनुभव चाखलाग्दा छन्। आफ्नै कदलाई कमेडीको साधना बनाइरहेको जितुको अभिनयको पहिलो डाइलग पनि कदकै विषयमा छ।

त्यसताका उनी काठमाडौंको चाबहिलमा बस्थे। शुक्रबार ‘हिजो आजका कुरा’ आउँथ्यो। जुन, उनी कहिल्यै नछुटाइ हेर्थे।  टेलिभिजन आउने दिन टिभी जुन घरमा हुन्थ्यो त्यो घरभरि जुत्ताको थुप्रो नै हुन्थ्यो। उनी रेडियोमा पनि प्रशस्तै कार्यक्रमहरू सुन्थे। एकदिन सुनेकै भरमा एउटा कार्यक्रममा ठाउँ खोज्दै–खोज्दै गए। जतिबेलासम्म उनको नाम जितबहादुर नेपाल थियो। ‘जितु त मेरो पछि मात्र भएको हो,’ उनी हाँस्दै सुनाउँछन्।

‘संगीतसँग’ भन्ने एक कार्यक्रममा गएर उनले कविता सुनाउने अवसर पाए। त्यो कविता र उनको प्रस्तुति धेरैलाई मन परेछ। उनको प्रस्तुतिबाट प्रभावित भएर एकजना दिदीले जितुलाई एउटा अवसर दिलाइन्। ती दिदीको नाम सरस्वती थियो। 

‘एउटा रोलका लागि हिजोआजको कुरामा सन्तोष पन्तलाई भनिदिएको छु। त्यहाँ गएर मैले पठाएको भन्नु,’ सरस्वती दिदीले जितुलाई भनिन्।

यो अवसर जितुको निम्ति ठूलो खुसीमा परिणत भयो। उनलाई  पनि पर्दामा झुल्किने सानो रहर बढ्यो।
उनी सन्तोष पन्तलाई भेट्न गए।

सन्तोष पन्त त्यसबेलाका लोकप्रिय हास्य कलाकार। जसलाई उनी अहिले पनि गुरु मान्छन्। पहिलोपल्ट उनलाई भेट्न जाँदाको खुसी जितुमा छँदै थियो। तर, जब उनले सन्तोषलाई भेटे उनको खुसी खस्कियो।

‘मलाई सरस्वती दिदीले पठाएको’ भन्दै जितुले सन्तोषलाई नमस्कार गरे। तर सन्तोषले नाक खुम्च्याउँदै भने, ‘तिमी त सानो पो रैछाै। मैले त ठूलो होला भनेर पो बोलाउन लगाएको। ओहो! अब बर्बाद भइहाल्यो नि।’

सन्तोषले यति भनेपछि जितुले फेरि अनुरोध गर्दै भने, ‘वास्तवमा म ठूलै मान्छे हुँ अंकल। म अहिले क्याम्पस पढ्दैछु। गाउँमा भारी बोकेर सानो देखिएको मात्र हुँ। ठूलै मानेर गर्नु न।’

‘त्यसो भनेर हुन्छ भाइ। तिमी सानो छौ, खेलाउन मिल्दैन,’ सन्तोषले झर्कँदै भने।

जितुको मन धेरै पोल्यो। उनी रुनमात्र सकेनन्। निकै नमज्जा लाग्यो। त्यो घटनाले जितुलाई आफू होचो हुनुको अपमान बोध गराएको थियो।

तर, जितुको करबलले गर्दा सानो रोलचाहिँ पाए। त्यही पनि एउटा भिडभाडमा मिसिएर।

पहिलो  रोल त बल्लतल्ल खेले। त्यसपछि उनलाई फेरि पर्दामा देखिने रहर जाग्यो। ‘ओहो, फलानो त कलाकार भएछ। अब कहिले आउँछ तेरो टिभीमा’ भनेर आफन्त साथीभाइले सोधेर हैरान पार्न थाले।

अब उनलाई फेरि पर्दामा देखिनु थियो। त्यसपछि त निकै पापड पेल्नुपर्‍यो। एकपल्ट पर्दामा देखिँदैमा जितुलाई कसैले चिन्ने कुरा थिएन। ‘त्यो त भिडमा आएर एउटा केटोले फुत्त खेलेर गयो। कसले कसलाई याद गर्नु,’ जितु सम्झँदै भन्छन्, ‘सन्तोष दाइले चिन्ने कुरा पनि भएन।’

कलाकरिताको नसा लागिसकेको थियो। जितुले सन्तोष पन्तलाई यति धेरै फोन गरे कि उनले कुनै कसर बाँकी राखेनन्।

त्यतिबेला चलेका टेलिफिल्म र तीनका सुटिङहरू सबैमा उनी धाउन थाले। जहाँ जहाँ सुटिङ हुन्थ्यो उनी नपुगेको ठाउँ नै हुन्नथ्यो।

बाल कार्यक्रमदेखि लिएर हरेक टेलिभिजनको सारा कार्यक्रमको उनी पछि लाग्न थाले। सन्तोषले उनीसँग बोल्ने फुर्सद पाउँदैन थिए।

२ महिनासम्म लगातार पिछा गरेपछि बल्ल सन्तोषले जितुलाई एउटा रोल दिने भए। जितुको फोनले आफू हैरान भएको कुरा सहयोगी भीमलाई भनेर पनि पठाएछन्।

बल्ल एउटा अवसर त पाए जितुले। सुटिङको लागि उनी सुटिङ स्थल खोज्दै खोज्दै गए। सामाखुसीको एक स्थानमा ‘हिजो आजका कुरा’ को सुटिङ भइरहेको रहेछ। त्यहाँ पुगेर उनले सबैलाई नमस्ते गरे।

‘कति मरिमेट्या, तिमीलाई  एउटा रोल छ एकछिन बस,’ सन्तोषले झिंजो मान्दै  भने।

जितु खुसी भए।

उनी निकैबेर बसे। तर, डाइलग दिँदैनन्। बल्ल उनलाई आफ्नो रोल थाहा भयो।

सिनमा एउटा सिनेमाको अफिस रैछ। जहाँ हिरो बन्न आउनेलाई मुर्गा बनाउने।

‘के डाइलग भन्ने भनेर सोधिरहेपछि सन्तोषले भने, ‘अस्ति तैंले मलाई टेलिभिजनको गेटमा के भनेको थिइस्। म सानो हैन, गाउँमा भारी बोक्दा बोक्दै सानो भएको। मैले जागिर खाइसक्या छु। म हिरो बन्न सक्छु भनेर भन्या थिइस् नि। हो त्यही डाइलग भन्। भित्र जानु। किन आको भाइ भन्दा म हिरो बन्न आएको भन्नु। उसले सानो छौ, कसरी हिरो बन्छौ भन्दा त्यही कुरा भन्नु, बुझिस्।’

जितुले बुझिहाले। भित्र गए। सन्तोषले भनेजस्तै डाइरेक्टरले किन आएको भनेर सोधे। जितुले ‘हिरो बन्न’ भनेर जवाफ दिए। ‘तिमी सानो छौ कसरी हिरो बन्छौ भन्ने प्रश्नमा जितुले उही डाइलग भने, ‘म सानो होइन.....’

यो सिनले जितुलाई केही हदसम्म चिनायो। संयोग त उनको करिअरको एउटा सुरुवाती डाइलग नै कदलाई साधन बनाएर सुरु भयो।

त्यसपछि जितुले नयाँ टेलिसिरियल ‘ट्वाक्क टुक्क’मा खेल्ने अवसर पाए। त्यहीँबाट दमन रुपाखेती, दीपकराज गिरी लगायतका टिम भेला भयो।

त्यहीबिचमा एउटा जोडी हिट भयो। दमनलाई र जितुलाई उत्रै र उस्तै देखिने। नाक पनि उस्तै। मान्छे झुक्किन्थे। दाजुभाइ बनाएर गरेको जस्तो। त्यसपछि  एउटा जोक दाजुभाइकै बनाएर टेलिसिरियल गरे।
त्यसपछि जितुको पर्दामा देखिने रहर मात्र नभई बाध्यता र पेसामा परिणत भएर गयो।

होचो हुँदाका दुःख
जितु आफू होचो हुनुको कुरा हाँसेरै भन्छन्। यही कुरालाई हँसाउने माध्यम बनाउँछन्। ‘आफ्नो यथार्थ नै यही हो। मैले जे भोगेँ, त्यसैलाई सिर्जनात्मक काममा प्रयोग गरेँ,’ जितु केही गम्भीर देखिन्छन्।

कदका प्रसंगलाई जोड्दै लाँदा जितु विगतमा फर्कन्छन्। कदकै कारणले विगतमा भोगेका पीडा उनी खोतल्दै पनि जान्छन्।

जितुको बाल्यकाल अभावमा बित्यो। सिन्धुपाल्चोक जिल्लाको कोठे भन्ने ठाउँमा जन्मिए हुर्किए उनी। घर सिरानामा हुन्थ्यो, जग्गा बेँसीमा हुन्थ्यो। भारी बोक्दै उकाली ओराली नगरेको दिन हुन्नथ्यो। जितु ठट्टा गर्ने गर्छन्, ‘सायद त्यही दुःखका कारण मेरो हाइट पनि सानो पो भएको हो कि।’

भारी नबोकीकन किताबै मात्र बोकेर उनी स्कुल कमै जान्थे। ‘केही लागेन भने पनि एक डोको मल त लैजान कान्छा भनेर भन्थे आमा,’ उनी सम्झन्छन्।

स्कुलबाट आउँदा पनि भारी नै बोकेर घर आउनुपर्दथ्यो। हाइटले उनी अरुभन्दा सानो। आफूलाई ठूलो भइसकेजस्तो लाग्थ्यो तर शारिरीक हाउभाउका कारण सानै देखिन्थे। स्कुलमा १० कक्षामा पढ्ने भइसक्दा जितुलाई आफू सिनियर भइसकेँ जस्तो त लाग्थ्यो। तर, सिनियर सोचे पनि सिनियरले गर्न पाउने धेरै कामबाट उनी बञ्चित हुन्थे।

स्कुलमा भलिबल खेल्न पाउँथेनन्। अरुजस्तो उनी उफ्रेर माथि पुग्न सक्दैन थिए। एसएलसी पास गर्नुअघि बसमा जितुका उही उमेरका वा साना उमेरका साथीसँग सहचालकले भाडा माग्थे। तर, उनीसँग माग्दैन थिए। कारण, जितु उनीहरूभन्दा  साना देखिन्थे।

त्यो बेलामा भने जितुलाई खुसी लाग्थ्यो। जब उनले एसएलसी पास गरे। आफू ठूलै भएछु भन्ने सोचे। एसएलसी पास गर्नुको माहोल नै अर्कै हुन्थ्यो गाउँमा। तर, एसएलसी पास गरिसकेपछि पनि आफूसँग भाडा नमाग्दा भने जितुलाई रिस उठ्थ्यो।

गाडी चढ्दा उभिनुपर्दा अरू साथीहरू माथिको डन्डी समाउँथे। उनी भने सिट समाउन बाध्य हुन्थे। गाउँमा उनी सरहका साथीहरू मेलामा जान्थे। ‘कान्छा सानो छ त्यसलाई चाहिँ नपठाओ है’ भनेर घरमा भन्थे।

उनकै उमेरका उनीसँगै पढेका साथी, ठूला जिउडालका थिए। उनीहरू मेलामा जान पाउँथे। तर, आफू जान नपाउँदा जितुलाई निकै दुःख लाग्थ्यो। काम गर्ने क्रममा अरुले जत्तिकै काम गर्दा पनि जितुलाई भने सानोले गरेको काम भनेर ज्याला कम दिन्थे। जसकारण ठूलो हुँदा पनि उनी केटाकेटीकै दाँजोमा पुग्थे।

साइकल चलाउँदा पनि ठूला–ठूला साथी सिटमा बसेर चलाउँथे। तर, उनले भने सिट नभेट्टाउँदा चलाउन अफ्ठेरो हुन्थ्यो।

जितुले १६ वर्षमा एसएलसी पास गरे। एसएलसी पासपछि उनी नागरिकता बनाउन गए। तर, उनलाई १६ वर्ष भनेर कसैले पत्याएनन्। उनले कन्भिन्स गर्न खोजे, ‘म १६ वर्ष हो। अब म काठमाडौं जागिर खान जान्छु,’ तर उनीहरूले जितुलाई 'जोक नगर' भन्दै गाली पो गरे।

पछि जन्मदर्ता देखाएपछि भने उनको नागरिकता बनाउन सहज भयो।

जितुको काठमाडौं आएर जागिर खाने ठूलो सपना थियो। तर, आफू सरहका साथीले जागिर पाउँदा उनले पाउन सकेनन्। कारण, उनलाई सबैले सानै ठान्थे।

बीचमा उनी एकपल्ट इण्डिया पनि गए। काठमाडौंमा बस्न निकै मुस्किल भयो। इण्डिया भनेपछि संसार नै अर्को जस्तो लाग्थ्यो जितुलाई। उनी केही साथीसँग इण्डिया गए। गएपछि अरु सबैले काम पाए। तर उनले पाएनन्। ‘म सानो देखिएर  काम पाउन सकिनँ। म आफूले 'मेट्रिक पास किया हुँ' भन्थेँ तर सानो भनेर कसैले बाल दिन्नथे।’

डेढ वर्ष इण्डियामा रुमलिएपछि जितु काठमाडौं नै फर्किए। जहाँ पनि हाइटवाला मान्छे नै खोज्नाले जितु निकै आजित भइसकेका थिए। यसकै कारण जितुभित्रको ‘जितु’ धेरै रोयो पनि।

काम खोज्दा, फिल्ममा संघर्ष गरेर रोल नपाउँदा र हिरोहरूले म हिरो भनेर गर्वगर्दा अनि नराम्रो व्यवहार गर्दा उनलाई सानो हुनुको अपमानबोध हुन्थ्यो।

त्यसपछि लाग्थ्यो, ‘पख्, म नि देखाउँछु कुनै दिन...’ 

हिरो बन्ने रहर
अहिलेका चर्चित र लोकप्रिय हास्य कलाकार हुन् जितु। यो हुनुमा उनी आफ्नो कदलाई नै कारण ठान्छन्। ‘यदि, म ठूलो भइदिएको भए मैले यो पीडा बोध गर्दिन थिएँ। सायद जितबहादुर जितु नबन्न पनि सक्थ्यो कि। मैले पीडा बोध गरेँ। केही गर्नुपर्छ भन्ने मेरो हुटहुटी यसैकारण बढ्यो,’ उनी गम्भीर मुद्रामा तार्किक कुरा गर्छन्।

अहिले उनलाई कसैले ‘होचो’ भनेर विभेद गर्दैनन्। हाइट शरीरले हैन व्यक्तित्वले बनाउँछ भन्ने कुरामा उनी प्रस्ट छन्। यद्यपि, केही केही कुराले भने जितुलाई झक्झकाइरहन्छ।

उनमा हिरो बन्ने हुटहुटी अझै पनि छ। तर, त्यो अवसर एक दुई ठाउँमा बाहेक कतै मिलेको छैन। ‘म सरहकै साथीले हिरोको अवसर पाइरहेका हुन्छन्। मैलेचाहिँ हँसाउनु पर्ने नै बाध्यता छ। म त्यो हुन सक्दिनँ। किनकि, तालमेल मिल्दैन,’ जितु निराश भावमा बोल्छन्।

कहिलेकाहिँ त सोलो भएर गरम् जस्तो पनि लाग्छ जितुलाई। तर, अवस्था त्यसरी जुरेको पनि छैन। उनीहरूको टिममा पनि प्रायः दीपकराज नै हिरोको सिनमा देखिन्छन्। जितु र केदार साइडमा नै हुन्छन्। 'दीपकजीले थाकेर ‘ल यार तपाईं गर्नुस् भन्ने दिन पनि आउला नि,’ ठट्यौली शैलीमा उनी आफूभित्रको अपेक्षा झल्काउँछन्।

पछिल्लो समय हिरोको परिभाषा र आवश्यकता फेरिएको उनी ठान्छन्। ‘अहिले हिरो अनुसार कथा हैन, कथाअनुसार हिरो खाजिन थालिएको छ। आशा छ, कुनै कथाले ममा पनि ‘हिरो’ भेट्नेछ,’ जितु मुस्कुराउँछन्। 

प्रकाशित मिति: आइतबार, असोज १२, २०७६  १८:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सामाजिक सञ्जाल प्रयोगसम्बन्धी साउदीमा रहेका नेपालीलाई दूतावासको ३ बुँदे अनुरोध
जनताको भावना अनुरूप राष्ट्रिय सभामा प्रस्तुत हुने कांग्रेसको निर्णय
६ दलले पाए राष्ट्रिय दलको मान्यता
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
सामाजिक सञ्जाल प्रयोगसम्बन्धी साउदीमा रहेका नेपालीलाई दूतावासको ३ बुँदे अनुरोध बुधबार, फागुन २७, २०८२
जनताको भावना अनुरूप राष्ट्रिय सभामा प्रस्तुत हुने कांग्रेसको निर्णय बुधबार, फागुन २७, २०८२
६ दलले पाए राष्ट्रिय दलको मान्यता बुधबार, फागुन २७, २०८२
रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश बुधबार, फागुन २७, २०८२
समानुपातिक मतगणना अन्तिम चरणमा, दुई क्षेत्रको गणना हुँदै बुधबार, फागुन २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
समानुपातिक मतगणना अन्तिम चरणमा, दुई क्षेत्रको गणना हुँदै बुधबार, फागुन २७, २०८२
६ दलले पाए राष्ट्रिय दलको मान्यता बुधबार, फागुन २७, २०८२
दुबई उडान सञ्चालन गर्दै नेवानि, पहिला आउनेलाई पहिलो प्राथमिकता मंगलबार, फागुन २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
झापा– ५ मा बालेन ओलीभन्दा चार गुणा बढी मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
ललितपुर १ मा कांग्रेसका उदयशमशेरको अग्रता शुक्रबार, फागुन २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्