• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ४, २०८३ Wed, Oct 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

विकास पर्खिरहेको राजविराजमा स्थानीयकै अवरोध

64x64
नेपाल लाइभ सोमबार, माघ २९, २०७४  ०५:५९
1140x725

राजविराज- संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको हरेक सम्बोधनमा पछिल्लो समय एउटा विषय दोहोरिएर आउँछ– ‘राजनीतिक अधिकार प्राप्त गर्दैमा कुनै पनि ठाउँको विकास हुँदैन। विकासका लागि भौतिक पूर्वाधारसहित आर्थिक, सामाजिक र राजनीतिक अधिकार एकै पटक अघि बढाउनुपर्छ।’

सप्तरी निर्वाचन क्षेत्र नम्बर २ का सांसद समेत रहेका यादवले विकासका काम सहज रुपमा सम्पन्न गर्न सहयोग गर्ने र अनियमिततालाई रोक्ने विषयमा सधैं सर्वसाधारणलाई प्रोत्साहित गर्ने गरेका छन्। यतिबेला सप्तरीमा विकास निर्माणका काम सुरु पनि भएका छन्। तर, उपेन्द्रले भनेजस्तो विकास-निर्माणमा सहजता भने देखिएको छैन। त्यसमा जनस्तरबाट नै असहयोग र अवरोध भइरहेको छ।  

पछिल्लो पटक माघ २० गते राजविराज नगरपालिकाले वडा नम्बर ७ स्थित गुदरी हटियालाई पुनर्निमाण गरी व्यवस्थित गर्ने भन्दै सूचना गरेको छ। भारतको 'गुलाबी शहर'का नामले परिचित जयपुरको नक्साका आधारमा ५८ वर्षअघि टाउन प्लानिङ गरी बसाइएको राजविराज यतिबेला अतिक्रमण, छाडा चौपाया, ट्राफिक जाम, कोलाहल र फोहोरले अस्तव्यस्त छ। यसलाई व्यवस्थित गरी समृद्ध राजविराज बनाउने सोचसहित तयार पारिएको योजना सुरु नहुँदै असफल हुनेतर्फ उन्मुख भएको स्थानीयहरु बताउँछन्। 

हटिया व्यवस्थित गर्ने भनेर सूचना जारी गरिएको मितिदेखि नै राजविराजको अवस्था तातिएको छ। विभिन्न ४ बुँदे माग राखी केही व्यापारी ज्ञापनपत्र लिएर नगरपालिका कार्यालयमै पुगे। नगरपालिकाले तयार गरेको योजना त्रुटिपर्ण र पुराना व्यापारीहरुलाई विस्थापित गर्नेगरी आएको भन्दै उनीहरुले विरोध गरेका छन्।

नगरपालिकाले भने पुरानो नक्सा र योजनालाई सच्याइएको स्पष्टीकरण दिँदै आए पनि हालसम्म व्यापारी र नगरपालिकाबीच सहमति जुट्न सकेको छैन। 

शनिबार प्रदेश सांसद शैलेन्द्र साह, मनिष सुमन, नेत्रविक्रम साह र मेयर सहितको टोलीले व्यापारीहरुलाई सहमतिमा ल्याउन गरेको प्रयास पनि असफल भयो। असन्तुष्ट व्यापारीहरु भन्छन्, ‘पुराना व्यापारीको स्थायित्वको ग्यारेन्टीसहितको योजना नआए काम सुरु हुन दिँदैनौं।’

राजविराज नगरपालिकाले व्यापारीहरुलाई तत्कालका लागि वैकल्पिक व्यवस्था मिलाएर भए पनि योजना सफल बनाउने सोच बनाएको निमित्त कार्यकारी अधिकृत धीरेन्द्रप्रसाद यादव बताउँछन्।

राजविराज हटिया व्यवस्थापन र केही शहरी सडक निर्माणका लागि शहरी विकास मन्त्रालयले ३५ करोड १५ लाख रुपैयाँ छुट्याएको छ। भारतीय सीमाक्षेत्रसँग जोडिएका सदरमुकामस्थित मुलुकका २० नगरपालिकाको विकासका लागि तयार भएको सघन शहरी कार्यक्रम अन्तर्गत राजविराजका लागि कुल २ अर्ब रुपैयाँ बजेट छुटयाइएको शहरी विकास तथा भवन निर्माण विभाग राजविराजका प्रमुख रमेश थिङले जानकारी दिए।

Ncell 2
Ncell 2
nimb
nimb

यसअघि हुलाकी सडकको विषयमा समेत राजविराजवासीले आन्दोलन गरे। मुख्य बजार क्षेत्रबाट हुलाकी सडक निर्माण र विस्तार गर्दा राजविराजको सौन्दर्य नष्ट हुने र हजारौंको उठिबास हुने भन्दै त्यसलाई रोक्न उनीहरुले माग गरेका छन्। हुलाकी राजमार्गले ऐतिहासिक नगरी राजविराजको पहिचान ध्वस्त पार्ने उनीहरुको बुझाइ छ।

उनीहरुले ‘हुलाकी राजमार्ग तथा सहायक राजमार्ग पीडित तथा नगर बचाऊ समिति राजविराज’ को अगुवाइमा दुई साताअघि राजविराजमा प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पनि पठाएका थिए। संघर्ष समितिका संयोजक रामकृष्ण दास भन्छन्, ‘राजविराजको उत्तर वा दक्षिण भएर हुलाकी राजमार्ग तथा राजविराजको पूर्व वा पश्चिम भएर रूपनी–राजविराज–कुनौली सहायक राजमार्गको निर्माण गर्नुपर्छ। हामीमाथि अन्याय गर्न पाइँदैन।

सडक विभागले राजविराज नगरक्षेत्रमा हुलाकी राजमार्ग निर्माणका लागि सिरहा रोड, राममन्दिर, अदालत रोड, प्रमुख जिल्ला अधिकारीको बंगला, हनुमान मन्दिर, कञ्चनपुर रोड र पडरिया हुँदै महेन्द्र राजगमार्गको कञ्चनपुर नगरपालिकामा जोडिनेगरी दायाँ-बायाँ ३१/३१ मिटरको नक्सा कित्ताकाँट गरी नापी विभाग काठमाडौंमा पठाइसकेको छ। यस्तै, कुनौली–राजविराज–रूपनी सहायक राजमार्ग निर्माणका लागि पनि टेन्डर स्वीकृत गरी काम समेत सुरु भएको छ।

विकासका काममा भइरहेको अवरोध सप्तरीकै लागि हानिकारक हुनसक्ने भन्दै स्थानीय बुद्धिजीवीले भने व्यापारी र स्थानीयवासीलाई सजग हुन र नगरपालिकालाई जिम्मेवार भएर प्रस्तुत हुन आग्रह गरेका छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘विकास सबैका लागि जरुरी छ’ नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली भन्छन्, ‘तर, विकासको उपभोग गर्ने सबैलाई विस्थापित गरेर हुने विकासको अर्थ हुँदैन।’ 

उनले विकास-निर्माणका कारण प्रभावितहरुलाई उचित विकल्प तयार गरेर काम अघि बढाउनुपर्ने बताए।

प्रकाशित मिति: सोमबार, माघ २९, २०७४  ०५:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जटिल प्रसूति समस्यामा परेकी १७ वर्षीया महिलाको हवाई उद्धार
कुन देशमा कति बजे छ टीकाको साइत ?
आज दशैंको टीका, उत्तम साइत १०:२६ बजे
सम्बन्धित सामग्री
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम दशैँमा विभिन्न मासुका परिकार, अण्डा, दूध–दही, मिठाइ, फलफूल, च्याउ, पनिर, आइसक्रिम, केक इत्यादि तयार गरिन्छ। अनि बिदामा रमाइलो गर्नुप... बुधबार, कात्तिक ४, २०८३
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयद्वारा राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालित... मंगलबार, कात्तिक ३, २०८३
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक सम्पदा अवलोकन गरेर फर्किन्थे । हनुमानढोका, पाटन दरबार क्षेत्र र भक्तपुर दरबार... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम बुधबार, कात्तिक ४, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
अभिनेता महेश त्रिपाठीको दशैँ अनुभव- एक पटक पिङबाट लडेर बेहोस भएको थिएँ बुधबार, कात्तिक ४, २०८३
जटिल प्रसूति समस्यामा परेकी १७ वर्षीया महिलाको हवाई उद्धार बुधबार, कात्तिक ४, २०८३
कुन देशमा कति बजे छ टीकाको साइत ? बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्