• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

डेंगुले महामारीको रुप लिए पनि स्थानीय स्वास्थ्य संस्था बेखबर, गैरजिम्मेवार स्थानीय सरकार

64x64
नेपाल लाइभ शनिबार, असोज ४, २०७६  १९:४०
1140x725

राजविराज- सप्तरीको सप्तकोशी नगरपालिका-१, फत्तेपुरका ३३ वर्षीय सिताराम विष्ट एक हप्ताअघि ज्वरो आएर थला परे। १०३ डिग्री फरेनहाइटसम्म ज्वरो आउने, आँखाको गेडी, टाउको, घाँटी, जोर्नीलगायत शरीरका सम्पूर्ण भाग दुख्न थालेपछि असह्य भएर उनी अस्पताल पुगे।

मोरङ्गको विराटनगरस्थित नोबेल अस्पतालमा चेकजाँच गराउँदा उनलाई डेंगु पोजेटिभ भएको पत्ता लाग्यो। उनी नेपाल प्रहरीमा कार्यरत छन्। घर आएका बेला आफूलाई डेंगु संक्रमित लामखुट्टेले टोकेको हुन सक्ने उनको शंका छ।

उस्तै समस्या भएर सँगै चेकजाँच गराउन सोही अस्पताल पुगेका विष्टका छिमेकी लिलाबहादुर खत्रीलाई पनि डाक्टरले डेंगु भएको पुष्टि गरे। चिकित्सकको सल्लाहअनुसार दुवै जना यतिबेला प्रशस्त मात्रामा झोलिलो खाने कुरा खाँदै आराम गरिरहेका छन्।

विष्ट र खत्री मात्र होइन, सप्तकोशी नगरपालिकामा यतिबेला एकपछि अर्को गर्दै डेंगुका बिरामी थपिने क्रम जारी छ। गत साउन महिनामा सप्तकोशी नगरपालिकाको स्वास्थ्य शाखा सह-संयोजक नागेश्वर महतो आफैं डेंगु रोगबाट पीडित भए। विराटनगरस्थित विराट नर्सिङ्ग होममा उनको उपचार भयो। महतोको अवस्था अहिले सामान्य रहेको स्वास्थ्य संयोजक जीवछ साहले बताए।

यो समस्या सप्तकोशीको मात्रै पनि होइन, कञ्चनरूप, राजविराज, खडक, सुरुङ्गालगायतका नगरपालिकासहित १८ वटै स्थानीय तहमा डेंगुको समस्या र त्रास उस्तै छ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले मात्रै १५ दिनभित्र ४ जना डेंगुका बिरामीको उपचार गरेको छ। भदौ २० गते कञ्चनरुप नगरपालिका-१, वैरवाका ६० वर्षीय राजेन्द्र परियार, भदौ २४ गते राजविराज नगरपालिका-८ हिमालय टोलकी २० वर्षीया आसिकी यादव तथा असोज ३ गते खडक नगरपालिका-११, लालपुरका ४० वर्षीय श्रवणराम र असोज ४ गते महादेवा गाउपालिका पथ्थरगढाकी ६१ वर्षीय कोशीलादेवी यादव अस्पतालमा भर्ना भएको मेडिकल सुपरिटेन्डेन्ट चुमनलाल दासले जानकारी दिए।

उनीहरुमध्ये क्रिटिकल अवस्था भएका परियार र रामलाई विराटनगर रेफर गरिएको र आसिकी यादव सामान्य उपचारपछि घर फर्किएको अस्पतालले जनाएको छ। शनिबार भर्ना भएकी यादवको अस्पतालमै राखेर उपचार भइरहेको छ। उनको सवै रिपोर्ट आइनसकेको स्वास्थ्यकर्मीले जानकारी दिएका छन्। 

गाउँभर ज्वरोका बिरामी, डेंगुकै त्रास

Ncell 2
Ncell 2
nimb
nimb


सप्तकोशी नगरपालिकामा ज्वरो आएका बिरामी घरलौरी भेटिन थालेका छन्। कसैले समयमै चेकजाँच गराएर डेंगु भएको जानकारीपछि आवश्यक सतर्कता आपनाएका छन् भने कोही मौसमी रुघाखोकी र ज्वरो भन्दै निच मारेर बसेका छन्।

तर, गाउँभर ज्वरोका बिरामी बढेकाले अधिकांशलाई डेंगुको आशंका गरेर गाउँलेहरू त्रसित छन्। ‘कडा र निरन्तर ज्वरो आउनु, जिउ दुख्नुलगायतका लक्षण देखिए डेंगुको आशंका गर्न सकिन्छ,’आफन्तमै डेंगुका बिरामी भएपछि चेकजाँच गराएर फर्केका फत्तेपुर निवासी युवा विपीन पोखरेल भन्छन्,‘त्यस्तो लक्षण भएका मान्छे घरैपिच्छे छन्, चेकजाँच नभएकाले हो वा होइन भन्ने पुष्टि हुन मात्र बाँकी छ। बिरामीको अवस्था देखेर गाउँ नै त्रासमा छ।’

भरपर्दो रिपोर्ट नदिने, अन्दाजकै भरमा उपचार गर्नेलगायतका कतिपय समस्याका कारण स्थानीय अस्पतालहरूको विश्वास गर्न नसक्दा कतिपय बिरामी चेकजाँच नै नगरी घरमा बसिरहेको स्थानीयवासी बताउँछन्। बिरामीको चेकजाँच तथा डेंगु संक्रमित लामखुट्टे नियन्त्रणका लागि आवश्यक पहल गर्न उनीहरुले आग्रह गरेका छन्। 

स्थानीय स्वास्थ्य संस्था बेखबर

Xtrem

Xtrem


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार पछिल्लो समय नेपालमा डेंगुको संक्रमण बढ्दै गइरहेको छ। साउन र भदौ महिनामा मात्रै डेंगुबाट ६७ जिल्लाका झन्डै ८ हजार मानिस संक्रमित भइसकेका छन्। यो दुई महिनाको अवधिमा डेंगुकै कारण ६ जनाको ज्यान गएको छ।

तर, स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले गत बुधबार पुरानो तथ्यांक प्रस्तुत गरेर संसदलाई झुक्याउने काम गरे। उनको तथ्यांक अनुसार सप्तरी जिल्ला भरी ७ जना डेंगुका बिरामी छन्। मन्त्रीले यसरी संसदलाई झुटो बोलिरहँदा उनको मन्त्रालयअन्तर्गतका स्वास्थ्य संस्थाको अवस्था पनि धेरै फरक छैन। स्थानीय तह र स्वास्थ्य संस्थामा पनि डेंगुको बिरामीको तथ्यांक र लेखाजोखा छैन।

गाउँभर ज्वरोका बिरामी र कतिपयलाई डेंगु पोजेटिभ भइरहँदा स्थानीय तहका स्वास्थ्य संस्था बेखबर छन्। सप्तकोशी नगरपालिकाका स्वास्थ्य संयोजक जीवछ साहले पुराना ५ जना बिरामीबाहेक थप बिरामीको रिपोर्टिङ्ग नभएको जानकारी दिए।

सप्तकोशी नगरपालिकामा गत असारमा वडा नं. २ निवासी २६ वर्षीया अनिता राजधामी तथा साउनमा सहसंयोजक महतोसहित ५ जनालाई डेंगु भएको पुष्टि भएपछि थप बिरामीको रेकर्ड नआएको उनको भनाई छ। ‘हामीले शंकास्पद बिरामी आए तत्काल जानकारी गराउन सबै स्वास्थ्य संस्थामा भनेका छौं, तर त्यस्तो रिपोर्ट आएको छैन,’ उनले भने।

यसैगरी, कञ्चनरुप नगरपालिकाका स्वास्थ्य संयोजक डम्बर गुप्ताले पनि असार/साउनमा भेटिएका बिरामीबाहेक अन्य थप व्यक्तिमा डेंगुको समस्या नदेखिएको बताए। कंचनरुप नगरपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा इलाका भरीको डेंगु परीक्षण गर्ने गरिएको छ।

कञ्चनरुपमा असार/साउनमै डेंगु भएका ६ का २७ वर्षीय रामकान्त चौधरी र उनका भाइ देवकान्त चौधरीलगायत ५ जनाको मात्रै तथ्यांक छ।

सप्तकोशी र कञ्चनरुप मात्र होइन, सप्तरीका १८ वटै स्थानीय तहमा डेंगुका बिरामी र त्यसको असरको बारेमा जानकारी छैन। ‘हामीले गाउँमा गएर बिरामीको जानकारी लिने व्यवस्था छैन,’ सप्तकोशीका स्वास्थ्य संयोजक साह भन्छन्,‘अस्पतालमा आएका बिरामीको परीक्षणबाट मात्रै थाहा पाउने हो। जति आए तिनीहरुको तथ्यांक मात्रै हामीसँग छ।’

जिल्ला स्वास्थ्य कार्यालयको अवस्था पनि उस्तै छ। डेंगु भएका पुराना बिरामीको रेकर्डसमेत कार्यालयमा नभएको कर्मचारी भागवत यादवले बताए। एक हप्ताअघि जिल्ला प्रशासन कार्यालयले पत्राचार गरेपछि डेंगुको तथ्यांक उपलब्ध गराउन स्थानीय तहमा लेखी पठाएपछि हालसम्म पनि जवाफ नआएको उनको भनाई छ। ‘हामीसँग न त तथ्यांक छ, न त नियन्त्रण गर्ने कार्यक्रम,’उनले भने।

गैरजिम्मेवार स्थानीय सरकार


सप्तरीमा डेंगुले महामारीको रूप लिनै लाग्दा पनि रोकथाम र उपचारका लागि खासै चासो देखिएको छैन। चेकजाँच गराउनेसम्मको सुविधा पनि नहुँदा बिरामीहरु ओछ्यान पर्न थालेका छन्।

सर्वत्र आलोचना हुन थालेपछि रुपनी गाउँपालिकालगायत केही स्थानीय तहले जनचेतनाका लागि सूचना जारी गरेर सामाजिक सञ्जालमा पोष्ट गर्न थालेका छन् भने राजविराज नगरपालिकाले दुई दिनदेखि नगर क्षेत्रमा माइकिङ्ग गरेर डेंगुबाट बच्न आग्रह गर्न थालेको छ।

कञ्चनरुप नगरपालिकाले यसअघि सुरु गरेको चेतनामूलक र लार्भा नष्ट गर्ने अभियान रोकिएको छ। नगरपालिकाले अभियानका रूपमा संचालन गरेको कार्यक्रममा सामान्य सेवासुविधा समेत नदिएपछि स्वास्थ्यकर्मी र स्वयंसेवीका पछि हटेका छन्।

कञ्चनरुपमा फेरि पनि अभियान संचालन गर्ने तयारी गरिएपछि प्राविधिक समस्याले अवरोध भइरहेको स्वास्थ्य संयोजक गुप्ताले पुष्टि गरे। मेयर वसन्त मिश्रले भने पुरानो सेवा सुविधा रोकिएको विषय भर्खरै जानकारी पाएको बताउँदै कर्मचारी सरुवाका कारण त्यस्तो समस्या देखिएकाले तुरुन्तै समाधान गर्ने बताए।

सप्तकोशी नगरपालिकामा जनचेतनामूलक कार्यक्रम संचालनका लागि कार्ययोजना बनिरहेको मेयर उत्तमकुमार गौतमले जानकारी दिए। २८ जना स्वास्थ्य स्वयंसेवीका, १२ जना स्वास्थ्यकर्मी र ११ वटै वडासमितिका सदस्य गरी १ सय जनालाई गाउँगाउँमा पठाएर डेंगु नियन्त्रणका उपाय र मट्टितेल छर्कने कामका लागि तयारी भइरहेको उनले जानकारी दिए। 

अन्य स्थानीय तहको अवस्था पनि यो भन्दा धेरै फरक छैन। कुनै पनि स्थानीय तहले हालसम्म डेंगु नियन्त्रणको प्रभावकारी कदम उठाएका छैनन्। स्थानीयवासीले भने केन्द्र र प्रदेस सरकारले वास्ता नगरे पनि स्थानीय सरकारले डेंगु नियन्त्रणका लागि काम गर्नुपर्ने माग गरेका छन्।

यो पनि: देशभर डेंगु : संसदमा पुरानो तथ्यांक देखाएर अमेरिका उडे स्वास्थ्यमन्त्री

प्रकाशित मिति: शनिबार, असोज ४, २०७६  १९:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्