buysamsung buysamsung
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार ९, २०८३ Tue, Jun 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

यहाँका प्रोफेसर हरेक दिन पढाउँछन्, राजनीति गर्दैनन् : डा युवराज पोखरेल [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ शनिबार, असोज ४, २०७६  १४:१५
1140x725

दक्षिण कोरियाको चोसन युनिभर्सिटीबाट फार्मेसीमा विद्यावारिधि गरेका डा युवराज पोखरेलले हालै भारतको स्वतन्त्रता दिवसको अवसरमा रिसर्च अन्डर लिट्रल एक्सेस (रुला) अवार्ड हात पारेका छन्। विज्ञान तथा प्रविधिका क्षेत्रमा अमेरिकन संस्थाले प्रदान गर्ने यो ठूलो अवार्ड हो। सार्क राष्ट्रहरुको संयुक्त साझेदारी र आर्थिक सहयोगमा सन् २०१० मा भारतको नयाँ दिल्लीमा खुलेको साउथ एसियन युनिभर्सिटीको लाइफ साइन्स एन्ड बायोटेक्नोलोजी संकायमा ७ वर्षदेखि उनी असिस्टेन्ट प्रोफेसरका रुपमा रहेका छन्। पछिल्लो चार वर्षदेखि होस्टेल डिनको जिम्मेवारी पनि सम्हाल्दै आएका छन्। प्युठान, झिम्रुक गाउँपालिका, चुँधाराका डा पोखरेलले फिनल्यान्डको टुर्कु सेन्टर फर बायोटेक्नोलोजीबाट क्यान्सरमा पोस्ट डक्टरेटसमेत गरेका छन्। प्राध्यापन र अनुसन्धानमै कार्यक्रम पोखरेलसँग नेपाल लाइभका लागि नरेन्द्र रौलेले गरेको कुराकानी:

साउथ एसियन युनिभर्सिटीसम्मको यात्रा कसरी तय भयो?
सन् २००९ मा दक्षिण कोरियाबाट फेलोसिप पाएर अनुसन्धानकर्ताका रुपमा म फिनल्यान्ड पुगेँ। फिनल्यान्डको चर्चित रिसर्च इन्स्टिच्युट 'फिनिस इन्स्टिच्युट अफ मोलिक्युलर मेडिसिन' (एफआइएमएम) मा मैले काम गर्ने अवसर पाएँ। पछि टुर्कु  युनिभर्सिटीमा काम गर्न पुगेँ। त्यहाँको तलब, सुविधा निकै राम्रो थियो। तर अत्यन्त जाडो र अँध्यारो हुन्थ्यो। एन्जाइटी भएर कतिले त औषधि नै खाइरहेका हुन्छन्। 

मेरी पत्नीले फिनल्यान्डको पिआर लिइसकेकी थिइन्। छोरा, छोरीले निःशुल्क पढ्न पाइराखेका थिए।

त्यसै क्रममा एक दैनिक पत्रिकाको पिडिएफ हेर्दा साउथ एसियन युनिभर्सिटीले फ्याकल्टी मेम्बर मागेको देखेँ। मैले एप्लाई गरेँ। सर्ट लिस्टमा परेपछि ८ वटा देशका ८ वटै एक्सपर्टले अनलाइनबाटै अन्तरवार्ता लिए। र, म छानिएँ। जीवनमा भारत आएर काम गरौंला भन्ने सोचेकै थिइनँ। 

सात वर्ष साउथ एसियन युनिभर्सिटीमा रहँदा कस्तो अनुभव रह्यो?
मैले यहाँ बिताएको समय हरेक हिसाबले सफल रह्यो। चुनौतीहरु त धेरै नै छन्। ८ वटै देशका विद्यार्थीहरु पढाइरहेको छु। दक्षिण एसियाको संस्कृति, भाषा नजिकबाट बुझ्ने मौका पाएँ। मैले गर्ने अनुसन्धान राम्ररी अगाडि बढेका छन्। नेपालमा विज्ञान तथा प्रविधिका क्षेत्रमा काम गर्नेहरुसँग सहकार्य गरिरहेको छु। भारतमा ५ देखि ७ लाख नेपालीहरु छन् होला। यहाँका संस्थाले कार्यक्रममा बोलाउँछन्, म सहभागी हुन्छु। विदेशमा छु भन्ने मलाई लाग्दैन।

कस्तो खालको अनुसन्धान सक्रिय हुनुहुन्छ?
क्यान्सर बायोलोजी मेरो प्रमुख विषय हो। यसैमा अनुसन्धान गरिरहेको छु। क्यान्सर उपचारमा प्रयोग हुने विभिन्न आर्टिमिसिनिन (तितेपातीबाट निस्किने रसायन) मलेरियाको औषधि हुन्छ। यही अनुसन्धानका आधारमा क्यान्सरको उपचार गर्न सकिन्छ भनेर इन्डियन प्याटेन्ट (पपर्टी राइट) लिएको छु। 

नेपालको पहाडी क्षेत्रमा पाइने वनस्पति क्यामुनामा क्यान्सर उपचारको प्रचुर सम्भावना बोकेको पाइयो। केमेस्ट्री डिपार्टमेन्टका प्रोफेसर डाक्टर अच्युत अधिकारीले तेल बनाएर पठाए। यहाँ मैले कसरी काम गर्छ भनेर अनुसन्धान गरेँ। 

nimb
nimb
Ncell 2
Ncell 2

तपाईंले हालै पाउनुभएको रिसर्च अन्डर लिट्रल एक्सेस (रुला) कस्तो खालको अवार्ड हो? 
विज्ञान तथा प्रविधिका क्षेत्रमा दिइने यो ठूलो अमेरिकन अवार्ड हो। मसँगै त्रिभुवन विश्वविद्यालयका प्रोफेसर पारसनाथ यादव र अस्कलका प्रोफेसर भुषण शाक्यले पनि यो अवार्ड पाउनुभएको थियो। 

भारतमा प्रोफेसरहरुको तलब कति हुन्छ?
असिस्टेन्ट प्रोफेसरको २ देखि ३ लाख, एसोसिएट प्रोफेसरको ३ देखि ५ लाख, प्रोफेसरको ५ देखि ७ लाख आइसी तलब हुन्छ। 

प्रोफेसरहरुले कसरी काम गर्छन्?
विद्यार्थीहरुले के कसरी पढाउने, कसरी जाँच लिने, त्यो कुराको निर्धारण गर्छन्। आफै पाठ्यक्रम बनाउने, आफै प्रश्नपत्र बनाउने, उत्तरपुस्तिका आफै जाँच्ने काम गर्छन्। हरेक दिन प्रोफेसरहरुले पढाउँछन्। यहाँ कुनै पनि प्रोफेसरले राजनीति गर्दैनन्।

साउथ एसियन युनिभर्सिटीमा लाइफ साइन्स एन्ड बायोटेक्नोलोजीमा नेपाली विद्यार्थीहरुको आकर्षण बढी देखियो। किन होला?
यहाँ पढेर जानेहरु कोही पनि खाली बसेका छैनन्। सबैले काम पाएका छन्। नेपालमा मात्र होइन अमेरिकामा समेत काम पाएका छन्। यहाँको ल्याब, अनुसन्धानको काम विश्वस्तरको छ। युरोप, इजरायल, सिंगापुर, अमेरिकामा पढेर, पढाएर आउनुभएका शिक्षकहरुले यहाँ पढाउँछन्। र, विद्यार्थीले सबै विषयमा शतप्रतिशत छात्रवृत्तिमा पढ्न पाइराखेका छन्। स्नातकोत्तरका विद्यार्थीले स्टाइपेन्डबापत मासिक ५ देखि ७ हजार भारु पाउँछन्, त्यस्तै पिएचडीका विद्यार्थीले मासिक २५ हजार भारु पाउँछन्। होस्टेल सबैलाई निःशुल्क छ। यिनै कारणले आकर्षण बढेको होला। 

यो युनिभर्सिटीको अहिले कुन अवस्थामा छ?
सुरुमा अर्थशास्त्र र कम्प्युटर साइन्स गरेर २ वटा मात्र संकाय थिए। त्यसको एक वर्षपछि ७ वटा संकाय सुरु गरिए। सन् २०१३ बाट पिएचडी अध्ययन सुरु गरिएको यस युनिभर्सिटीमा सार्क राष्ट्रहरुबाट ७ सय ६० विद्यार्थी अध्ययनरत छन्। सबैभन्दा बढी लाइफ साइन्स एन्ड बायोटेक्नोलोजीमा नेपाली विद्यार्थीको आकर्षण छ। विद्यार्थीको संख्या ७ हजार र शिक्षकहरुको संख्या ७ सय पुर्‍याउने र १२ वटा संकाय स्थापना गर्ने लक्ष्य छ। 

विज्ञान तथा प्रविधि, खोज र अनुसन्धान क्षेत्रमा भारतको अवस्था कस्तो पाउनुहुन्छ?
विज्ञान तथा प्रविधीका क्षेत्रमा यहाँ राम्रा अनुसन्धान भइरहेका छन्। गणित र गणितका फर्मुला भारतबाटै सुरु भएका हुन्। कम्प्युटरका कमान्ड संस्कृत भाषामा आधारित छन्। त्यो पनि यहीँबाट सुरु भएको हो। संसारभर बिएससी र एमएससी कोर्समा पढाइने बायोलोजीका किताबमा भारतका इन्स्टिच्युटमा अनुसन्धान भएका विषयहरु समावेश छन्। अमेरिका तथा क्यानडाका अनुसन्धान संस्थामा उच्च पदमा भारतीयहरु नै छन्। यतैबाट पढेर गएकाहरुले नेतृत्व गरिरहेका छन्। भारतीय मुलकाले नोबेल पुरस्कार पनि पाएका छन्।  

खासगरी विज्ञान, अनुसन्धानको क्षेत्रमा नेपालमा चाहिँ केके सम्भावना देख्नुहुन्छ?
नेपाल यस्तो भूगोलमा अवस्थित छ, जहाँ जैविक विविधता छ। जीवजन्तु, वनस्पति सबै कुरामा विविधता छ। नेपालको माथिल्लो हिमाली क्षेत्रमा पाइने वनस्पतिहरुमा क्यान्सरविरुद्ध लड्ने प्रचुर रसायन भएका वनस्पति पाइन्छन्। खोट सल्लाको पात र बोक्राबाट निस्किने रसायन प्याक्सोल क्यान्सर उपचारका लागि प्रयोग हुन्छ। पहिला नेपालबाट हाँगासहित जापान जान्थ्यो। यी वनस्पतिको सही तरिकाले औषधि उत्पादन, प्रशोधन गरेर विदेश निर्यात गर्ने हो भने ठूलो मात्रामा रेमिट्यान्स भित्र्याउन सकिन्छ। 

यसका लागि केही सुझाव छन्?
जडिबुटी र कृषिमा पर्याप्त सम्भावना छन्। हाम्रो देश कृषि प्रधान देश हो। नेपालको माटो सुहाउँदो, बढी उत्पादन हुने खालका कृषिजन्य बिउबिजनको वैज्ञानिक तरिकाले उत्पादन गर्न सकिन्छ। यसका बायोटेक्नोलोजी (जैविक प्रविधि) उपयुक्त हो। त्यस्तै प्रविधिका क्षेत्रमा विभिन्न एप्सहरु बनाउन र आउटसोर्सिङका काम गर्न सकिन्छ। 

यी सबै काम गर्न समस्या कहाँनेर छ त?
यो क्षेत्रमा नेपालले पर्याप्त मात्रामा लगानी गरेको छैन। खर्च नगरी अघि बढिँदैन। ज्ञानलाई प्रविधिमा परिणत नगरी देश अघि बढ्दैन। नेपालकै गाउँमा पढेर विश्वका चर्चित र राम्रा विश्वविद्यालयमा पुगेका वैज्ञानिकहरु थुप्रै छन्। विदेशी ल्याउनै पर्दैन। तर नेपालमा काम गर्ने वातावरण छैन। नेताहरुको चाकडी गर्नुपर्ने बाध्यता छ। सबैले नेताको दैलो धाउन सक्दैनन्। त्रिभुवन विश्वविद्यालयमा अहिले पनि पुरानै जमानाको कोर्स पढाइ हुन्छ। तत्काल भएका विज्ञानका विकास, प्रयोगात्मक पढाइ सुरु गर्न एकदम अपरिहार्य छ।

प्रकाशित मिति: शनिबार, असोज ४, २०७६  १४:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनचाँदीको मूल्य घट्यो
मानव-वन्यजन्तु द्वन्द्व प्रभावित परिवारका विद्यार्थीलाई वन मन्त्रीद्वारा छात्रवृत्ति वितरण
पाकिस्तानइरानका राष्ट्रपति आज पाकिस्तान जाँदै
सम्बन्धित सामग्री
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चा... मंगलबार, फागुन १३, २०८१
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत वार्षिक ३५ सय रुपैयाँले ५ जनाका परिवारले १ लाख बराबरको उपचार सहुलियत पाउने व्यवस्था छ।  सोमबार, फागुन १२, २०८१
ताजा समाचारसबै
उपाध्यक्ष विष्णु पाैडेल पक्राउ परेपछि एमाले सचिवालयकाे बैठक बस्दै मंगलबार, असार ९, २०८३
सुनचाँदीको मूल्य घट्यो मंगलबार, असार ९, २०८३
मानव-वन्यजन्तु द्वन्द्व प्रभावित परिवारका विद्यार्थीलाई वन मन्त्रीद्वारा छात्रवृत्ति वितरण मंगलबार, असार ९, २०८३
पाकिस्तानइरानका राष्ट्रपति आज पाकिस्तान जाँदै मंगलबार, असार ९, २०८३
झापाको गौरीगञ्जमा चट्याङ लागेर एक जनाको मृत्यु मंगलबार, असार ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
विष्णु पौडेल पक्राउप्रति ज्ञवालीको आपत्ति, प्रतिशोध साँधिएको आरोप सोमबार, असार ८, २०८३
राष्ट्रिय मानव अधिकार आयोगमा गृहमन्त्रीविरूद्ध उजुरी सोमबार, असार ८, २०८३
पूर्वमन्त्री खरेलको पार्थिव शरीरमा काँग्रेस सभापतिले ओढाए पार्टीको झन्डा सोमबार, असार ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
रास्वपा महाधिवेशन: ओली नजाने, गगनले निर्णय गरेका छैनन्, स्वास्थ्य सुधार भए प्रचण्ड जाने शुक्रबार, असार ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्