आकस्मिक अवतरण गराइएका ५ हेलिकोप्टर काठमाडौं अवतरण, कहाँ पुगे अन्य ४?

नेपाल लाइभ | २०७६ भदौ ३१ मंगलबार | Tuesday, September 17, 2019 २१:१२:०० मा प्रकाशित

काठमाडौं- मौसम खराबीका कारण मंगलबार काभ्रे र रामेछापका विभिन्न स्थानमा आकस्मिक अवतरण गराइएका ९ हेलिकोप्टर मध्ये ५ वटा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका छन् भने ३ हेलिकोप्टर रामेछापको मन्थलीमा अवतरण गरेका छन्। यसैगरी एयरडाइनास्टीको एक हेलिकोप्टर भने सुर्केबाट लुक्ला फर्किएको छ। 

काठमाडौं विमानस्थल अवतरण हुनेमा अल्टिच्युडको एक, सिम्रिकका-२, कैलाशको एक र मनाङको १ हेलिकोप्टर छन्। सिम्रिक श्री र समिटका एक एक हेलिकोप्टर भने रामेछापमा अवतरण भएका छन्। 

सगरमाथा बेस क्याम्प र लुक्लामा ३ दिनदेखि अलपत्र परेका विदेशी पर्यटक बोकेर काठमाडौं आउँदै गरेका हेलिकोप्टरले विभिन्न ठाउँमा आकस्मिक अवतरण गरेका थिए। सबै हेलिकोप्टर काठमाडौंस्थित त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराइने बताइएको थियो।

यसअघि संघका महासचिव योगेन्द्र कुमार कँडेलमा अनुसार मंगलबार दिउँसो एक बजेसम्म ८ वटा हेलिकोप्टर काठमाडौं आउन नसक्दा बीच बाटैमा आकस्मिक अवतरण गरिएको बताएका थिए। भने २ वटा हेलिकोप्टर भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका थिए।

यसैगरी, अल्डिच्युड एयरको रोशीखोला, कैलाश एयरको धुलिखेल र श्री एयरको रामेछापमा अवतरण भएका थिए। कैलाश एयरको एउटा हेलिकोप्टर भने बिहान ८:२५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो।

साथै, मनाङ एयर र फिस्टेल एयरका एक/एक वटा हेलिकोप्टर भने बासामा रोकिएका थिए।
(तस्बिर- रासस)