• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असार २०, २०८२ Fri, Jul 4, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ
४ जिल्लाका ठूला पुल : ठेकेदारको लापरबाहीले वषौंदेखि अलपत्र
64x64
नेपाल लाइभ आइतबार, भदौ २९, २०७६  १२:४४
1140x725

डडेल्धुरा- डडेल्धुराको परशुराम नगरपालिकामा पर्ने रंगुन नदीमा पुल बन्न थालेको ५ वर्ष बितिसकेको छ। तर पुल सुचारु  हुने कुनै अत्तोपत्तो छैन। २०७१ असार १८ गते पुल निर्माणको ठेक्का सम्झौता हुँदा स्थानीय निकै खुसी थिए। नदीले दिएको दुःख पुल बनेपछि हट्ने आशा बोकेका स्थानीय बासिन्दा ५ वर्ष बितिसक्दा पनि पुल नबन्दा निराश भएका छन्।

यो मात्र होइन पुल नबनेर स्थानीयले थुप्रै स्थानमा स्थानीयका सास्ती कम छैनन्। स्थानीय जनप्रतिनिधि नै ठकेदार भएकाले नियामक निकायले ताकेता गर्न नसकेको, मुआब्जा विवादका कारण काममा ढिलाइ भएको र कतिपय त मुद्दा सर्वोच्चसम्म पुगेकाले काममा ढिलाइ भएको बताउने गरिएको छ। तर पुल नबन्दा जोखिमपूर्ण यात्रा स्थानीयहरूको जीवनकै अभिन्न अंग जस्तै बनिसकेको छैन। तर सम्बन्धित सरोकारवालयले यसमा पर्याप्त चासो र चिन्ता भने व्यक्त गरेको पाइँदैन भने नियामक निकायले पनि जनअपेक्षा बमोजिम काम गर्न सकेको पाइँदैन। 

रंगुन नदीमा तीन वर्षमा निर्माण सम्पन्न गरिसक्नु पर्ने पुल पाँच वर्षसम्म पनि बन्न सकेको छैन। ज्यानै जोखिममा राखेर स्थानीयले नदी तर्नुपर्ने बाध्यता छ। पुलको निर्माणको ठेक्का सम्झौता १८ असार २०७१ मा भएको थियो भने १७ असार २०७४ मा निर्माण सम्पन्न गरिसक्नु पर्ने सम्झौतामा उल्लेख थियो। तर तीन वर्षभित्र निर्माण सम्पन्न हुनुपर्ने पुल ५ वर्ष पूरा भइसक्दासम्म पनि निर्माण सम्पन्न हुन कुनै छाँटकाट छैन। 

सडक डिभिजन कार्यालय कुलपाते अन्तर्गत रंगुन नदीमा निर्माणाधीन पुल निर्माणको ठेक्का पप्पु–राजेन्द्र–कुमार जेभी कम्पनीले गरिरहेको छ। 

पुल निर्माण गर्ने सम्झौताको म्याद गुज्रिँदासमेत पुलको निर्माण सम्पन्न नभएपछि स्थानीय आक्रोशित भएका छन्।  मोटरेबल ब्रिज प्रविधिबाट निर्माण भइरहेको पुलको २ सय ५५ मिटर लम्बाई रहेको छ भने सुरुको बजेट लागत १२ करोड २८ लाख ८१ हजार २ सय ३१ रुपैयाँ ५१ पैसा रहेको थियो। पटक–पटक सम्झौता थप्दै गरेको भए पनि थपेको समयसमेत सकिएको तर पुल निर्माण भने सम्पन्न हुन सकेको छैन। 

तर, थपिएको म्याद सकिँदासम्म अझै २५ प्रतिशतभन्दा बढी काम बाँकी रहेको सडक डिभिजन कार्यालय कुलपाते डोटीका सब-इन्जीनियर मानबहादुर विष्टले जानकारी दिए। 

सेरागाड पुल अलपत्र
डडेल्धुराको भागेश्वर गाउँपालिका–४ डुङ्गरीदेखि अजयमेरु गाउँपालिकाको देवलदिव्यपुर जोड्ने सडकखण्डको सेरागाडमा बन्न लागेको पुल पनि अलपत्र छ। 

डिभिजन सडक कार्यालय कुलपाते, दिपायलले पुल निर्माणका लागि २०७२ भदौ २४ गते बिकोई बिल्डर्ससँग ठेक्का सम्झौता गरेको थियो।

भ्याटसहित कूल ५ करोड १ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीलाई पुल निर्माण कार्य सम्पन्न गर्न दुई वर्षको समयावधि तोकिएको थियो।

२०७४ साल भदौ २४ गते ठेक्का अवधि सकिएपछि २०७५ भदौ ९ गतेसम्म काम सक्ने गरी म्याद थप गरिएको डिभिजन सडक कार्यालय कुलपाते डोटीका सब-ईन्जीनियर विष्टले बताए। दोस्रो पटक थप गरेको एक वर्ष सकिन लागेको छ तर प्रगति सुस्त छ। 

वर्षाको समयमा पुल निर्माणको काम गरिएकाले बाढीले निर्माणाधीन पुल भत्किएकाले केही समय लागेको र अब अन्तिम चरणमा पुगेको निर्माण कम्पनी सञ्चालक होमनाथ कोइरालाले जनाएको छ। ४० मिटर लम्बाई र ११ मिटर चौडा त्यो पुल समयमै निर्माण हुन नसक्दा स्थानीयले सास्ती खेप्नु परिरहेको छ। 

डडेल्धुराको रडुवा पुल
डडेल्धुराको अमरगढी नगरपालिका र नवदुर्गा गाउँपालिका जोड्ने रडुवा खोलामा निर्माणाधीन अवस्थामा रहेको रडुवा खोलामा पक्की पुल निर्माण कार्य अलपत्र अवस्थामा छ।

२०७३ सालमा निर्माण सम्पन्न गर्ने गरी जागृति निर्माण सेवा बझाङले २०७१ सालमा जिम्मेवारी पाएको थियो। तर सम्झौता भएको ५ वर्ष नाघ्दासमेत पुल निर्माणको करिब ५५ प्रतिशत मात्र काम सम्पन्न भएको छ। ४ करोड ८३ हजार लागतमा निमार्णधीन सडकको २ पटक म्याद थपेको म्याद २०७५ माघ १० मा सकिएको हो। नयाँ निमार्ण खरिद ऐन अनुसार फेरि एक वर्ष म्याद थपिएको सडक डिभिजन कार्यालय कुलपाते डोटीका सब-इन्जिनियर मानबहादुर विष्टले बताए।

यसैगरी डडेल्धुराकै सकायल खोलामा निर्माण भईरहेको डाडावन पक्की पुलको पनि निर्धारित समयावधि सकिएको दुई वर्ष बिति सकेको छ। निर्माण कार्य भने करिब ४० प्रतिशत मात्रै सम्पन्न भएको छ। दुई वर्षको अवधिमा निर्माण सम्पन्न गर्ने गरी राजेन्द्र चाँदनी जेभी डडेल्धुराले २०७२ सालमा २ करोड ५० लाखमा पुल निर्माण सम्झौता गरेको थियो। 

गन्यपाधुरा गाउँपालिका र नवदुर्गा गाउँपालिकालाई जोड्ने गरी निर्माण भईरहेको डाडावन पुलको दुवै तर्फ अपुरा पिल्लर मात्रै निर्माण भएका छन्। 

यसैगरी उता भागेश्वर गाउँपालिका–३ पर्छेटाको पछौडा पुल पनि अलपत्र अवस्थामा छ। २०७१ सालमा ०७४ मंसिरमा सम्पन्न गर्ने गरी २ करोड लाख २५ लाखमा राजेन्द्र चाँदनी आशिष जेभी निमार्ण कम्पनीसँग सम्झौता भएको थियो। सम्झौता अवधि सकिएको २ वर्षसम्म करिब ४०  प्रतिशत मात्र काम भएको सडक डिभिजन कार्यालयका सब–ईन्जिनियर विष्टको भनाइ छ।
 
ती पुलको निर्माण गर्ने जिम्मेवारी पाएको निर्माण व्यवसायीलाई पटकपटक पत्राचार गरेको भएपनि अटेर गरी काममा ढिलाई गरेको डिभिजन सडक कार्यालयको भनाइ छ। 

४ वर्षदेखि अलपत्र धौलीगाड खोला पुल
महाकाली राजमार्गअन्तर्गत दार्चुला सदरमुकाम खलंगाको गल्फै बजार नजिकै धौलीगाड खोलाको पुल ४ वर्षदेखि अलपत्र छ। जग्गाको उचित मुआब्जा नपाएको भन्दै जग्गाधनीले पुल निर्माणमा अवरोध गरेपछि पुल निर्माण कार्य अलपत्र परेको हो। 

दार्चुला सदरमुकाम खलंगालाई मोटर पुलले जोड्ने गरी सडक डिभिजन कार्यालय बैतडीले २०७१ असार ३० गते आशिष कन्ट्र्रक्सन धनगढीसँग पुल निर्माण सम्झौता गरेको थियो। २ करोड ३२ लाख ५६ हजार रुपैयाँ लागतमा पुल निर्माणको सम्झौता भएर ३० प्रतिशत काम भएपछि मुआब्जा विवादका कारण काम रोकिएको सुचारु हुन सकेको छैन।

मुआब्जा निर्धारण समितिको ०७३ साउन ७ गते बसेको बैठकले उक्त क्षेत्रको जग्गाको मूल्यांकन २१ लाख ३७ हजार रुपैयाँ प्रतिरोपनी निर्धारण गरेको थियो। तर, जग्गाधनीले सो मूल्य ०७१ सालमा मुआब्जा निर्धारण समितिको मूल्यांकनभन्दा कम भएको भन्दै सर्वोच्च अदालतमा उजुरी गरेपछि पुनः मूल्याङ्कन गर्न सर्वोच्चले आदेश दिएको छ।

यसअघि ०७१ असार १५ गते बसेको मुआब्जा निर्धारण समितिको बैठकले सोही क्षेत्रको जमिनमो ३८ लाख ५० हजार रुपैयाँ प्रति आना मुआब्जा दिएको थियो। सोही निर्णयलाई आधार मान्दै जग्गाधनीले उचित मूल्यांकन गरी मुआब्जा दिन माग गरेका छन्। 

सर्वोच्च अदालतको इजालसले ०७३ चैत्र ९ गतेको निर्णयलाई खारेज गर्दै उक्त जग्गाको पुनः मूल्यांकन गरी मुआब्जा दिन आदेश गरेपछि मुआब्जा विवाद लम्बिएको छ। एउटै समयमा गरिएका निर्णय फरक परेको हुँदा पुनः मूल्यांकन गर्न आदेश गरेको दुई वर्ष बढि हुँदा पनि निर्णय कार्यान्वयन भएको छैन। २५ मिटर लम्बाइमा निर्माण गरिने पुल निर्माण नहुँदा अहिले पनि उक्त क्षेत्रमा खोलाबाटै गाडी आवतजावत गर्ने गरेका छन्। 

सेती पुल : पाँच वर्षमा १० प्रतिशत काम
सेती नदीमा निर्माणाधीन पक्की पुलको निर्माण अवधि सकिँदा १० प्रतिशत मात्र काम पूरा भएको छ। डोटीको शिखर नगरपालिका बाने डुग्रीसैनमा करोडौंको लगानीमा बनिरहेको ’सेती नदी पुल’को निर्माण सम्झौताको मिति दुई पटक सकिएको भएपनि काम भने अति सुस्त छ। सम्झौता भएको पाँच वर्ष पुग्दा समेत १० प्रतिशत मात्र काम भएको छ।

२०७१ असार २९ गते सम्झौता भएको उक्त पुलको निर्माण सम्झौताको समय २०७४ असार २९ गते नै सकिएको थियो। २०७५ असार १४ गते पुल निर्माणको म्याद थप भएको भएपनि २०७५ मंसिर ५ गते नै सो को म्याद सकिएको थियो। त्यसपछि भने म्याद थप भएको छैन।

परशुराम नगरपालिकाका मेयर भीमबहादुर साउद संचालक रहेको पप्पु राजेन्द्र जेभी निर्माण कम्पनीले पुलको निर्माण कार्यको जिम्मा लिएको थियो। अहिलेसम्म भने नदीको वारी र पारीका दुईवटा पिल्लर समेत पूर्ण रुपमा निर्माण भएका छैनन्। बीचका सातवटा पिल्लरको निर्माण कार्य सुरु नै गरिएको छैन।

तीन सय ३९ मिटर लम्बाई र साढे सात मिटर चौडाई रहने उक्त पुल निर्माण सम्झौताको भ्याटसहितको रकम २६ करोड २० लाख ८८ हजार चार सय (भ्याट बाहेक २३ करोड २० लाख ६३ हजार दुई सय) रुपैयाँ रहेको सडक डिभिजन कार्यालय कुलपाते डोटीले जानकारी दिएको छ।

पुलको निर्माण सम्झौताको समय २०७५ मंसिर ५ गते नै सकिएको भएपनि अझैं म्याद थप भएको छैन। म्याद थपको लागि फाइल अगाडि बढिसकेको भएपनि विविध कारणले फाइल फिर्ता आएको सडक डिभिजनले जनाएको छ।

सकार-कैलपाल जोड्ने पुल पनि उस्तै 
बैतडीको पाटन नगरपालिकाको सकार तथा कैलपाल जोड्ने मोटरेबल पुलको हालत पनि उस्तै छ। सुर्नया नदीमाथि ५० मिटरको पुल निर्माणकार्य २ वर्षमा सक्ने गरी निर्माण कम्पनीले सम्झौता गरेको भएपनि अहिलेसम्म ३० प्रतिशत मात्रै काम भएको डिभिजन सडक कार्यालय बैतडीले जनाएको छ। 

पुल निर्माणस्थलसम्म पुग्ने बाटोको समयमा मुआब्जा नदिँदा २८ महिनासम्म काम गर्न नपाएको, त्यसपछि काम गरेको भुक्तानी पनि समयमा नपाएका कारणले पुल निर्माण हुन नसकेको निर्माण कम्पनीका प्रतिनिधि मदनमोहन विष्टको दाबी छ। 

२०७१ सालमा पुल निर्माणका लागि एडभेन्चर कन्सट्रक्सन कम्पनीले जिम्मा पाएको थियो।

२ करोड ९० लाखमा निर्माण सक्ने गरेर सम्झौता गरेको कम्पनीले समयमा काम नसकेपछि खरीद ऐनको आठौं संशोधन अनुसार आगामी माघ महिनाभित्र कम्पनीलाई पुल निर्माण कार्य सम्पन्न गर्न भनेको डिभिजन प्रमुख खनालले बताए। 

समयमा पुल निर्माण नसक्ने कम्पनीलाई किन कालोसूचीमा नराख्ने भनेर सूचना समेत प्रकाशित गरेको तर खरीद ऐनको आठौं संशोधनले एक पटकका लागि कम्पनीले काम गर्न चाहे काम गर्न दिने प्रावधान गरेकाले सोहीअनुसार हर्जनासहित म्याद थपेको उनले बताए। 

सकार जोड्ने सुर्नया नदीको मोटरेबल समयमा सम्पन्न नहुँदा पाटन नगरपालिकाको वडा नं १ र ७ का स्थानीयको गाडीमा चढ्ने सपना पनि अधुरो रहेको छ। पुल निर्माण नहुँदा सडकमा जिप गुड्न नसकेका पाटन नगरपालिका–१ का वडाअध्यक्ष गणेशदत्त भट्टराईले बताए।

प्रकाशित मिति: आइतबार, भदौ २९, २०७६  १२:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
३२ पदाधिकारी संवैधानिक इजालासबाट पदमुक्त भएको भन्दै आदेश कार्यान्वयन गर्न सर्वोच्चमा निवेदन
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने बिहीबार, असार १९, २०८२
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त बिहीबार, असार १९, २०८२
३२ पदाधिकारी संवैधानिक इजालासबाट पदमुक्त भएको भन्दै आदेश कार्यान्वयन गर्न सर्वोच्चमा निवेदन बिहीबार, असार १९, २०८२
खुला विश्वविद्यालयका विद्यार्थीलाई अधिवक्ताको लाइसेन्स परीक्षामा सहभागी गराउन सर्वोच्चको अन्तरिम आदेश बिहीबार, असार १९, २०८२
जनकपुरले आसिफ र ललितसहित ७ खेलाडी रिटेन गर्यो बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
मेराविरुद्ध बोल्दा पार्टीलाईसमेत क्षति भएको महसुस गरेको छु: झाँक्री (भिडियो)
मेराविरुद्ध बोल्दा पार्टीलाईसमेत क्षति भएको महसुस गरेको छु: झाँक्री (भिडियो) बिहीबार, असार १९, २०८२
नेपाल दक्षिण एशियामै लगानीका लागि सबैभन्दा अनुकूल देश हो: प्रधानमन्त्री ओली (भिडियो)
नेपाल दक्षिण एशियामै लगानीका लागि सबैभन्दा अनुकूल देश हो: प्रधानमन्त्री ओली (भिडियो) बिहीबार, असार १९, २०८२
मध्यरातमा आयो निर्णय, अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो (भिडियो)
मध्यरातमा आयो निर्णय, अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो (भिडियो) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
हिमाचलमा बादल फाट्दा १० जनाको मृत्यु, ३५ बेपत्ता बुधबार, असार १८, २०८२
सूर्याले सम्हाले २४ घण्टाको लागि मात्र प्रधानमन्त्रीको जिम्मेवारी बिहीबार, असार १९, २०८२
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्