काठमाडौं- नेपाल राष्ट्र बैंकले रुपैयाँ २० र रुपैयाँ ५० दरको नयाँ सिरिजको नोट प्रचलनमा ल्याएको छ।
राष्ट्र बैंकले बिहीबारदेखि २० रुपैयाँ दरका अग्रभागमा ‘विसं २०७२’ र पृष्ठभागमा ‘२०१६ एडी’ लेखिएका संकेत नंम्बर ञ/४१ ०००००१ देखि ञ/४१ ९९९९९९ सम्मका नोट निस्कासित गरेको हो।
त्यसैगरी ५० रुपैयाँ दरका अग्रभागमा ‘विसं २०७२‘ तथा पृष्ठभागमा ‘२०१५ एडी’ लेखिएका संकेत नं ज/८६ ०००००१ देखि ज/८८ ९९९९९९ सम्मको नोट निस्कासित भएका छन्।
नोटको सिरिज नयाँ भए पनि डिजाइन भने पुरानै हुने राष्ट्र बैंकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।