काठमाडौं- विद्युतीय कार्डबाट भुक्तानी गर्दा अतिरिक्त शुल्क लिन नपाइने भएको छ।
नेपाल राष्ट्र बैंकले बिहीबार एक सूचना जारी गर्दै कुनै पनि भुक्तानी गर्दा थप शुल्क लिन नपाउने व्यवस्था गरिएको जानकारी गराएको हो।
'कुनै पनि डिपार्टमेन्टल स्टोर, मार्ट, होटल, पसल लगायतका मर्चेन्टबाट पिओएस मेसिनमार्फत् कारोबार गर्दा ग्राहकसँग अतिरिक्त शुल्क लिन नपाइने व्यवस्था गरिएको सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,' राष्ट्र बैंकले जारी गरेको सूचनामा भनिएको छ।
यसका साथै कुनै मर्चेन्टले थप रकम लिएका कार्ड जारी गर्ने संस्थामा सम्पर्क गर्न समेत राष्ट्र बैंकले भनेको छ।
यसअघि केही मर्चेन्टले थप शुल्क लिएको भन्दै गुनासो आएपछि राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।