काठमाडौं- सामाजिक सुरक्षा कोषमा सूचीकृत भइसकेका योगदानकर्ताको कोषमा जम्मा गर्नुपर्ने रकम बैंकमार्फत भुक्तानी गर्न पाउने व्यवस्था गरिएको छ।
कोषको रकम बैंकमार्फत भुक्तानीका लागि नेपाल क्लियरिङ हाउस लिमिटेड(एनसिएचएल)सँग आवद्ध बैंकहरु छनोट गरिएको हो।
एनसिएचएलसँग आवद्ध बैंकमार्फत योगदानकर्ताको कोषमा जम्मा गर्नुपर्ने रकम सामाजिक सुरक्षा कोषको नाममा नेपाल बैंक लिमिटेडमा रहेको कल खाता नम्बर ००२११६०६७२००१२०००००२ मा जम्मा गर्न सकिने व्यवस्था गरिएको कोषले जनाएको छ।
जसका लागि 'क' वर्गका २५ वटा वाणिज्य बैंकहरु, 'ख' वर्गका १९ वटा र ९ वटा फाइनान्स कम्पनीहरु उल्लेख गरिएको छ।
यी बैंकमार्फत हुनेछ भुक्तानीः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।