काठमाडौं- वैदेशिक रोजगारीमा जाने कामदारहरुले म्यादी बीमाको रकम अनलाइनमार्फत भुक्तानी गर्न मिल्ने गरी तयारी गरेको वैदेशिक रोजगार विभागले जनाएको छ।
वैदेशिक रोजगारीमा जाने कामदारको बीमा प्रिमियम भुक्तानीलाई सहज र पारदर्शी बनाउनका लागि अनलाइनमार्फत पेमेन्ट गर्न मिल्ने सेवाको तयारी थालेको विभागले जनाएको हो।
अनलाइन पेमेन्ट सेवा सुरु गर्नका लागि यसअघि नै विभागले बीमा समितिलाई पत्राचार गरिसकेको छ। समितिबाट सहमतिको निर्णय भने आइसकेको छैन।
समितिले अनलाइनमार्फत प्रिमियम भुक्तानीका लागि सहमति जनाएपछि आगामी भदौदेखि नै सेवा सुरु गर्ने गरी आवश्यक प्राविधिक तयारी पूरा गरिसकेको विभागले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।