• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, माघ २, २०८२ Fri, Jan 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

वैदेशिक रोजगारी : कहाँ अड्कियो सिपपछि मात्रै श्रम स्वीकृति नीति?

64x64
नेपाल लाइभ सोमबार, साउन २७, २०७६  २१:०९
1140x725

काठमाडौं- वैदेशिक रोजगारीका लागि सिपपछि मात्रै श्रम स्वीकृति दिने सरकारको नीति कार्यान्वयनमा आउन सकेको छैन। गत असार १५ गतेदेखि विभिन्न २० काममा सिप सिकेको प्रमाणपत्र अनिवार्य रुपमा पेस गरेपछि मात्रै श्रम स्वीकृति दिने सरकारको नीति कार्यान्वयनमा आउन नसकेको हो। 

वैदेशिक रोजगार विभागले गत असार १० गते एक सूचना जारी गर्दै सिपपछि मात्र वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिने नीति तत्कालका लागि स्थगित गरिएको जानकारी गराएपछि कार्यान्वयन थातीमा बसेको छ। पर्याप्त तयारी नहुँदा विभागको नीति कार्यान्वयनमा समस्या देखिएको हो। 

के भन्छ विभाग?
वैदेशिक रोजगार विभागले भने नीति कार्यान्वयनका सम्बन्धमा तयारीका काम भइरहेको बताएको छ। प्राविधिक समस्याका कारण सिपपछि श्रम स्वीकृति नीति तोकिएको समयभित्र कार्यान्वयनमा ल्याउन नसकेको विभागका निर्देशक भोलानाथ गुरागाईंले बताए। ‘हामी स्थलगत अनुगमन गरेर आवश्यक तालिम केन्द्र पुनः छनोट गरी थप्ने प्रक्रियामा छौँ, त्यसपछि सबै प्राविधिक काम सम्पन्न भएपछि यो नीति कार्यान्वयनमा ल्याउँछौँ,’ निर्देशक गुरागाईंले भने। 

वैदेशिक रोजगारीमा जाने कामदारको हितका लागि अघि सारिएको यो नीति प्राविधिक समस्याको कारण देखाउँदै कार्यान्वयन पछाडि धकेलिएको छ। विभागले तत्कालका लागि खाडीलगायत मुलुकबाट नेपाली कामदारका लागि डिमान्ड आउने १२ किसिमका कामसम्बन्धी तालिम प्रदान गर्ने उल्लेख गरेको थियो। सोही १२ वटा कामको तालिमका लागि वैदेशिक रोजगार बोर्डले पाठ्यक्रम तयार गरेको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बताए। ‘हामीले १२ वटै कामसम्बन्धी आवश्यक पाठ्यक्रम तयार गरिसकेका छौँ, छुट्टाछुट्टै तालिमका लागि लागत शुल्क पनि छुट्टाछुट्टै निर्धारण गरिएको छ,’ उनले भने। 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्वीकृत गरेको रोजगारमूलक सिप विकास तालिम सञ्चालन कार्यविधिभित्र रहेर विभागले गत बैशाख २४ गते एक सूचना प्रकाशित गरेको थियो। सो सूचनामा असार १५ गतेदेखि नै वैदेशिक रोजगारीमा जाने कामदारले अनिवार्य सिप सिकेको प्रमाणपत्र बुझाउनुपर्ने उल्लेख थियो। 

सरकारले अघि सारेको यो नीतिले खाडीलगायत मुलुकमा जोखिमपूर्ण काममा जाने कामदारको संख्या कमी आउने विश्वास गरिएको थियो। 

लिमका लागि न्यूनतम १ सय ६० घण्टाको पाठ्यक्रम तयार पारिएको बोर्डले जानकारी दिएको छ। किचन हेल्पर, कुक, हाउस किपिङ, वेटर, सेक्युरिटी गार्ड, स्कापफोल्डिङ, मेशन, सटरिङ, कार्पेन्टर, इलेक्ट्रिसियन, स्टिल फिक्चर्स, प्लम्बिङ, गार्मेन्ट, टेलर, पेन्टिङ, लगायत सबैभन्दा बढी डिमान्ड आउने कामसम्बन्धी तालिम प्रदान गरिने र विस्तारै वैदेशिक रोजगारीमा सिप अनिवार्य गर्ने तयारी विभागको छ। 

तोकिएका तालिम केन्द्रमा सिपमूलक तालिम लिएका र कुनै कम्पनीमा काम गरी अनुभवको प्रमाणपत्र प्राप्त गरिसकेका कामदारलाई तालिम लिनु नपर्ने बोर्डको नीति छ। तालिम लिएर कामको अनुभव भए पनि प्रमाणपत्र नभएका कामदारले भने बोर्डबाट अनिवार्य सिकाई परीक्षण प्रमाणपत्र लिनुपर्ने बोर्डले जनाएको छ। 

Ncell 2
Ncell 2

तालिम प्रदायक संस्थाको छनोटमा पनि सिन्डिकेट! 
वैदेशिक रोजगारीमा जाने कामदारलाई १२ प्रकारका तालिम प्रदान गर्न सरकारले २९ तालिम केन्द्रलाई अनुमति दिएको थियो। देशभर सिटिइभिटीद्वारा मान्यता प्राप्त सयौं प्रशिक्षण केन्द्र हुँदाहुँदै २९ तालिम प्रदायक केन्द्र मात्रै छनोट गरिनु सिन्डिकेट भएको विभागका केही कर्मचारीले आरोप लगाएका थिए। 

‘राजनीतिक दबाब र प्रभावमा परेर २९ तालिम केन्द्र मात्र छनोट गरिएको थियो। सिन्डिकेटको निकै ठूलो खेल थियो। सफल हुन सकेन,’ नेपाल लाइभसँग विभागका एक अधिकारीले भने।

विभागले द रिभर टेक्निकल ट्रेनिङ सेन्टर, वल्र्डवाईड सेक्युरिटी सर्भिसेस्, क्वालिटी मल्टिप्रपोज प्रालि, नेपाल करियर ट्रेनिङ फाउन्डेसन प्रालि लगायत २९ वटा तालिम प्रदायक केन्द्र छनोट गरेको थियो। पहिलो चरणमा विभागले इजाजत दिएका प्रशिक्षण केन्द्र प्रायजसो उपत्यकाभित्रका मात्रै भएकाले उपत्यका बाहिरका कामदार पनि तालिम लिन काठमाडौं नै धाउनुपर्ने बाध्यता थियो। सोही विषय दृष्टिगत गरी विभागले थप तालिम केन्द्र छनोट गर्ने र तालिम केन्द्रलाई विकेन्द्रीकरण गर्ने योजना अघि सारेको विभागका निर्देशक भोलानाथ गुरागाइँको भनाइ छ। 

विदेश जाने ५० प्रतिशतभन्दा बढी अदक्ष 
गत वर्ष वैदेशिक रोजगारीमा गएका ५ लाख ८ हजार ८ सय २७ कामदारमध्ये २ लाख ८५ हजार ४ सय ४५ जना कामदार अदक्ष रहेको विभागको तथ्यांक छ। सो अवधिमा उच्च दक्षता भएका २ सय १० नेपाली कामदार मात्र विदेश गएका छन्। 

ठूलो संख्यामा अदक्ष कामदार वैदेशिक रोजगारीमा जाने हुँदा उनीहरु सस्तो मूल्यमा कठिन परिश्रम गर्न बाध्य छन्। त्यस्तै विभिन्न जोखिमपूर्ण काम समेत गर्न बाध्य छन्।

प्रकाशित मिति: सोमबार, साउन २७, २०७६  २१:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पार्टी फुटेको होइन, परिस्थिति बनाएर सानेपा जान्छौँ : प्रदीप पौडेल
न्युजिल्यान्डद्वारा इरानस्थित दूतावास बन्द
गगन थापा समूहको दाबी : विधान कार्यान्वयन गर्न विशेष महाधिवेशन गरेका हाैँ
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
पार्टी फुटेको होइन, परिस्थिति बनाएर सानेपा जान्छौँ : प्रदीप पौडेल शुक्रबार, माघ २, २०८२
न्युजिल्यान्डद्वारा इरानस्थित दूतावास बन्द शुक्रबार, माघ २, २०८२
गगन थापा समूहको दाबी : विधान कार्यान्वयन गर्न विशेष महाधिवेशन गरेका हाैँ शुक्रबार, माघ २, २०८२
आन्दोलनको धम्कीले आयोग प्रभावित हुँदैन भन्ने विश्वास छ : विश्वप्रकाश शर्मा शुक्रबार, माघ २, २०८२
आफूहरुविरुद्ध गलत निर्णय भए प्रतिकार गर्न तयार रहन पार्टीपंक्तिलाई पूर्णबहादुर खड्काको निर्देशन शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
‘विप्लव’ र मिराज ढुंगानाबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर बिहीबार, माघ १, २०८२
पेट्रोलियम पदार्थको मूल्य घट्यो शुक्रबार, माघ २, २०८२
उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबिच एकता बिहीबार, माघ १, २०८२
सभापति थापाले भने : ‘निर्वाचन आयोगले विशेष महाधिवेशनको निर्णयलाई अद्यावधिक गर्नेमा विश्वस्त छु’ बिहीबार, माघ १, २०८२
कांग्रेस कार्यवाहक सभापति खड्काले केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्