• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

वैदेशिक रोजगारी : कहाँ अड्कियो सिपपछि मात्रै श्रम स्वीकृति नीति?

64x64
नेपाल लाइभ सोमबार, साउन २७, २०७६  २१:०९
1140x725

काठमाडौं- वैदेशिक रोजगारीका लागि सिपपछि मात्रै श्रम स्वीकृति दिने सरकारको नीति कार्यान्वयनमा आउन सकेको छैन। गत असार १५ गतेदेखि विभिन्न २० काममा सिप सिकेको प्रमाणपत्र अनिवार्य रुपमा पेस गरेपछि मात्रै श्रम स्वीकृति दिने सरकारको नीति कार्यान्वयनमा आउन नसकेको हो। 

वैदेशिक रोजगार विभागले गत असार १० गते एक सूचना जारी गर्दै सिपपछि मात्र वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिने नीति तत्कालका लागि स्थगित गरिएको जानकारी गराएपछि कार्यान्वयन थातीमा बसेको छ। पर्याप्त तयारी नहुँदा विभागको नीति कार्यान्वयनमा समस्या देखिएको हो। 

के भन्छ विभाग?
वैदेशिक रोजगार विभागले भने नीति कार्यान्वयनका सम्बन्धमा तयारीका काम भइरहेको बताएको छ। प्राविधिक समस्याका कारण सिपपछि श्रम स्वीकृति नीति तोकिएको समयभित्र कार्यान्वयनमा ल्याउन नसकेको विभागका निर्देशक भोलानाथ गुरागाईंले बताए। ‘हामी स्थलगत अनुगमन गरेर आवश्यक तालिम केन्द्र पुनः छनोट गरी थप्ने प्रक्रियामा छौँ, त्यसपछि सबै प्राविधिक काम सम्पन्न भएपछि यो नीति कार्यान्वयनमा ल्याउँछौँ,’ निर्देशक गुरागाईंले भने। 

वैदेशिक रोजगारीमा जाने कामदारको हितका लागि अघि सारिएको यो नीति प्राविधिक समस्याको कारण देखाउँदै कार्यान्वयन पछाडि धकेलिएको छ। विभागले तत्कालका लागि खाडीलगायत मुलुकबाट नेपाली कामदारका लागि डिमान्ड आउने १२ किसिमका कामसम्बन्धी तालिम प्रदान गर्ने उल्लेख गरेको थियो। सोही १२ वटा कामको तालिमका लागि वैदेशिक रोजगार बोर्डले पाठ्यक्रम तयार गरेको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बताए। ‘हामीले १२ वटै कामसम्बन्धी आवश्यक पाठ्यक्रम तयार गरिसकेका छौँ, छुट्टाछुट्टै तालिमका लागि लागत शुल्क पनि छुट्टाछुट्टै निर्धारण गरिएको छ,’ उनले भने। 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्वीकृत गरेको रोजगारमूलक सिप विकास तालिम सञ्चालन कार्यविधिभित्र रहेर विभागले गत बैशाख २४ गते एक सूचना प्रकाशित गरेको थियो। सो सूचनामा असार १५ गतेदेखि नै वैदेशिक रोजगारीमा जाने कामदारले अनिवार्य सिप सिकेको प्रमाणपत्र बुझाउनुपर्ने उल्लेख थियो। 

सरकारले अघि सारेको यो नीतिले खाडीलगायत मुलुकमा जोखिमपूर्ण काममा जाने कामदारको संख्या कमी आउने विश्वास गरिएको थियो। 

लिमका लागि न्यूनतम १ सय ६० घण्टाको पाठ्यक्रम तयार पारिएको बोर्डले जानकारी दिएको छ। किचन हेल्पर, कुक, हाउस किपिङ, वेटर, सेक्युरिटी गार्ड, स्कापफोल्डिङ, मेशन, सटरिङ, कार्पेन्टर, इलेक्ट्रिसियन, स्टिल फिक्चर्स, प्लम्बिङ, गार्मेन्ट, टेलर, पेन्टिङ, लगायत सबैभन्दा बढी डिमान्ड आउने कामसम्बन्धी तालिम प्रदान गरिने र विस्तारै वैदेशिक रोजगारीमा सिप अनिवार्य गर्ने तयारी विभागको छ। 

तोकिएका तालिम केन्द्रमा सिपमूलक तालिम लिएका र कुनै कम्पनीमा काम गरी अनुभवको प्रमाणपत्र प्राप्त गरिसकेका कामदारलाई तालिम लिनु नपर्ने बोर्डको नीति छ। तालिम लिएर कामको अनुभव भए पनि प्रमाणपत्र नभएका कामदारले भने बोर्डबाट अनिवार्य सिकाई परीक्षण प्रमाणपत्र लिनुपर्ने बोर्डले जनाएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

तालिम प्रदायक संस्थाको छनोटमा पनि सिन्डिकेट! 
वैदेशिक रोजगारीमा जाने कामदारलाई १२ प्रकारका तालिम प्रदान गर्न सरकारले २९ तालिम केन्द्रलाई अनुमति दिएको थियो। देशभर सिटिइभिटीद्वारा मान्यता प्राप्त सयौं प्रशिक्षण केन्द्र हुँदाहुँदै २९ तालिम प्रदायक केन्द्र मात्रै छनोट गरिनु सिन्डिकेट भएको विभागका केही कर्मचारीले आरोप लगाएका थिए। 

‘राजनीतिक दबाब र प्रभावमा परेर २९ तालिम केन्द्र मात्र छनोट गरिएको थियो। सिन्डिकेटको निकै ठूलो खेल थियो। सफल हुन सकेन,’ नेपाल लाइभसँग विभागका एक अधिकारीले भने।

विभागले द रिभर टेक्निकल ट्रेनिङ सेन्टर, वल्र्डवाईड सेक्युरिटी सर्भिसेस्, क्वालिटी मल्टिप्रपोज प्रालि, नेपाल करियर ट्रेनिङ फाउन्डेसन प्रालि लगायत २९ वटा तालिम प्रदायक केन्द्र छनोट गरेको थियो। पहिलो चरणमा विभागले इजाजत दिएका प्रशिक्षण केन्द्र प्रायजसो उपत्यकाभित्रका मात्रै भएकाले उपत्यका बाहिरका कामदार पनि तालिम लिन काठमाडौं नै धाउनुपर्ने बाध्यता थियो। सोही विषय दृष्टिगत गरी विभागले थप तालिम केन्द्र छनोट गर्ने र तालिम केन्द्रलाई विकेन्द्रीकरण गर्ने योजना अघि सारेको विभागका निर्देशक भोलानाथ गुरागाइँको भनाइ छ। 

विदेश जाने ५० प्रतिशतभन्दा बढी अदक्ष 
गत वर्ष वैदेशिक रोजगारीमा गएका ५ लाख ८ हजार ८ सय २७ कामदारमध्ये २ लाख ८५ हजार ४ सय ४५ जना कामदार अदक्ष रहेको विभागको तथ्यांक छ। सो अवधिमा उच्च दक्षता भएका २ सय १० नेपाली कामदार मात्र विदेश गएका छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

ठूलो संख्यामा अदक्ष कामदार वैदेशिक रोजगारीमा जाने हुँदा उनीहरु सस्तो मूल्यमा कठिन परिश्रम गर्न बाध्य छन्। त्यस्तै विभिन्न जोखिमपूर्ण काम समेत गर्न बाध्य छन्।

प्रकाशित मिति: सोमबार, साउन २७, २०७६  २१:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जब ट्रक घरभित्र पस्यो...
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ?
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्