• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३, २०८३ Sat, Sep 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

हलमा राष्ट्रगान : चर्को विवादपछि भारतमा असफल बनेको थियो [चलचित्र विधेयक बहस-३]

'जबर्जस्ती गरेर राष्ट्रिय भाव झल्किने होइन’
अनिल यादव सोमबार, साउन २७, २०७६  १३:४५
1140x725

काठमाडौं– संसदमा दर्ताको तयारीमा रहेको ‘चलचित्र विधेयक २०७६’ यतिबेला आलोचित बनेको छ। 'चलचित्र प्रदर्शनअघि अनिवार्य राष्ट्रगान बजाउनुपर्ने' दफालाई लिएर सरोकारवालाले 'पञ्चायतकाल' दोहरिएको भन्दै व्यंग्यसमेत गरेका छन्।

सिनेमा हलमा फिल्म सुरु हुनुअघि अनिवार्य राष्ट्रगान बजाउनुपर्ने कानुन ल्याउने तयारीमा रहेको सरकारले विधेयकको परिच्छेद ७, दफा ३० मा उल्लेख गरेको छ- ‘चलचित्र प्रदर्शकहरुले कुनै चलचित्र प्रदर्शन सुरु गर्नु अगाडि अनिवार्य रुपमा नेपालको राष्ट्रगान बजाउनुपर्नेछ र चलचित्र सुरु गर्नु अगाडि वा मध्यान्तरमा सन्देशमूलक तथा शिक्षामूलक श्रव्य दृश्य सामग्री प्रदर्शन गर्नुपर्नेछ।’

विधेयकमा राखिएको यो बुँदालाई लिएर अहिले फिल्मकर्मी र फिल्म समीक्षकहरु आलोचनामा उत्रिएका छन्।

फिल्म समीक्षक समाजका अध्यक्ष यज्ञशले ट्विटरमा लेखेका छन्, ‘फिल्म हलमा राष्ट्रगान बजाउने प्रस्ताव फिल्म विधेयकमा गरिएको रहेछ। फिल्म हललाई मनोरञ्जनस्थल भन्थे, अब स्कुलको पनि झल्को आउने भयो। पञ्चायतकालमा पनि यस्तो थियो कि जस्तो लाग्छ, कि होइन?’

त्यस्तै, लेखक तथा सञ्चारकर्मी केदार शर्माले पनि टिप्पणी गर्दै लेखेका छन्, ‘जसलाई सिनेमा हलमा राष्ट्रगान गाउनुपर्छ जस्तो लाग्छ, उहाँहरूलाई मेला बजार, स्विमिङ पुल, लोक दोहोरी होटल, खेतबारी जस्ता धेरै मान्छे भेला हुने ठाउँमा पनि राष्ट्रगान गाउनुपर्छ भन्ने लाग्छ होला हगि?’ 

राज्यलाई उनको प्रश्न छ, ‘राष्ट्रवादी प्रदर्शनप्रियता किन सिनेमा हलमा मात्र सीमित राख्नु?’

प्रस्तावित विधेयकको दफा ३०

खासमा सरकारले यहाँका सिनेमा हलमा लागू गर्न लागेको यो नियम भारतमा असफल भइसकेको छ। सन् २०१६ को नोभेम्बरमा त्यहाँको सर्वोच्च अदालतले नै हलमा अनिवार्य राष्ट्रगान बजाउनुपर्ने र राष्ट्रगान बजेका बेला दर्शकहरु अनिवार्य सिटबाट उठ्नुपर्ने फैसला गरेको थियो।

फैसला हुनासाथ यो निर्णय विवादको भुमरीमा पर्‍यो। धेरैको टिप्पणी थियो, ‘दर्शक हलभित्र मनोरन्जनका लागि जान्छन्, न कि आफूलाई राष्ट्रवादी, देशभक्त या देशप्रति बफादार छु भनेर पुष्टि गर्न।’ 

Ncell 2
Ncell 2
nimb
nimb

फैसला भएको एक महिनापछि भारतको चेन्नई, केरला लगायत विभिन्न ठाउँमा यसको विरोध भयो। त्यहाँका हलहरुबाट थुप्रै भारतीय दर्शकलाई प्रहरीले राष्ट्रगान बज्दा नउठेको र राष्ट्रगानकै अपमान गरेको आरोपमा पक्राउ गर्‍यो। 

यद्यपि विरोध जारी रह्यो। केरलाको उत्तरमा प्रदेशमा रहेको एउटा फिल्म क्लबले यो फैसलालाई चुनौती दिँदै सर्वोच्चमा रिट दायर गर्‍यो। त्यसपछि सन् २०१८ को जनवरीमा सर्वोच्चले आफ्नै फैसला उल्टायो र हलमा अनिवार्य राष्ट्रगान बजाउनुपर्ने नियम हटायो।

‘एउटा कालखण्डमा खुबै राष्ट्रिय गीतहरू उत्पादन भए, खुब बजे पनि तर राष्ट्रियता जागेन। अब सिनेमा हलमा राष्ट्रिय गीत बजाएर राष्ट्रियताको जगेर्ना हुने भए मन्दिर छेउछाउ घर भएका मान्छेहरु सबै महात्मा हुनुपर्ने हो।’

त्यतिबेला सर्वोच्चको फैसलामा भनिएको थियो, ‘कोही मान्छेलाई जबर्जस्ती राष्ट्रप्रेम बोकाउन पाइँदैन। र, हलमा राष्ट्रगान बज्दा नउठेकै भरमा कसैलाई कम राष्ट्रप्रेमी भन्न पनि पाइँदैन।’

यसरी भारतमा सच्च्याइएको यो नियम अहिले सरकार नेपालमा लागू गर्ने तयारीमा छ। यद्यपि फिल्मकर्मी, फिल्म समीक्षक, लेखकहरु यसको पक्षमा छैनन्। 

फिल्म समीक्षक एवं निर्देशक दिपेन्द्र लामा राष्ट्रगानलाई फिल्म हलमा बजाएर सस्तो बनाउनु ठिक नहुने बताउँछन्। ‘राष्ट्रिय भाव जबर्जस्ती झल्काएर झल्किने चिज होइन,’ उनी भन्छन्, ‘अनावश्यक ठाउँ र समयमा घरीघरी राष्ट्रगान बजाइयो भने राष्ट्रगानप्रति नै वितृष्णा पैदा हुने सम्भावना हुन्छ।’

हास्यकलाकार एवं फिल्म निर्माता दीपकराज गिरी पनि विधेयकको यो दफाप्रति सहमत छैनन्। ‘सबै उठे सम्मान हुन्थ्यो, म मात्रै उठ्दा राष्ट्रगानसहित ती फाट्टफुट्ट उठ्नेहरूको समेत अपमान भयो,’ उनी भन्छन्, ‘एउटा कालखण्डमा खुबै राष्ट्रिय गीतहरू उत्पादन भए, खुब बजे पनि तर राष्ट्रियता जागेन। अब सिनेमा हलमा राष्ट्रिय गीत बजाएर राष्ट्रियताको जगेर्ना हुने भए मन्दिर छेउछाउ घर भएका मान्छेहरु सबै महात्मा हुनुपर्ने हो।’

फिल्म निर्देशक गणेशदेव पाण्डे सरकारले राष्ट्रगानमा यसरी अनिवार्यता लगाउन खोज्नु ठिक नहुने बताउँछन्। ‘सिनेमा हलमा राष्ट्रगान बजाएर राष्ट्रियता झल्किने होइन,’ उनी भन्छन्, ‘भोलि टिसर्ट या कट्टु लगाएर सिनेमा हलमा जाँदा राष्ट्रगानको अपमान भयो भनिएला। तर, कसैलाई जबर्जस्ती राष्ट्रवादी हुनुपर्छ भन्न त पाइएन नि। कोही राष्ट्रगान बज्दा उठ्न चाहेन भने त्यो पनि उसको स्वतन्त्रताभित्र पर्ने कुरा हो।’

यो पनि

  • चलचित्र विधेयक बहस-१ : ‘राज्यले चलचित्र नै बुझेन’

  • चलचित्र विधेयक बहस-२ : सेन्सर बन्दैछ सर्जकलाई सकस

 

प्रकाशित मिति: सोमबार, साउन २७, २०७६  १३:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
‘संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्नु आजको मुख्य दायित्व’ : ‘प्रचण्ड’
ह्वाइट हाउसमा सीएनएन, पोलिटिको र एमएस नाउलाई ट्रप्पले किन गरे प्रवेशमा प्रतिबन्ध ?
आज संविधान दिवस मनाइँदै
सम्बन्धित सामग्री
‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्यासिङ सम्पन्न, २२ प्रतिस्पर्धी अन्तिम चरणमा थापागाउँस्थित बानेश्वर हिल्समा आयोजित समारोहमा देशभर गरिएका अडिसनबाट छनोट भएका २२ जना अन्तिम प्रतिस्पर्धीहरूलाई ट्याग नम्बर र सष्निज... शुक्रबार, असोज २, २०८३
चेक बाउन्स मुद्दामा राजपाल यादवलाई अन्तिम दुई साताको समय, २ करोड बुझाउन आदेश प्रधानन्यायाधीश सूर्यकान्त तथा न्यायाधीशद्वय जयमाल्या बागची र भी. मोहना सम्मिलित इजलासले यादवलाई सर्वोच्च अदालतको रजिस्ट्रीमा २ करोड... मंगलबार, भदौ ३०, २०८३
जापानमा नवीन अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ बिमोचन हुँदै नेपाल र जापानबीच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । तर, त्यो भन्दा अगाडिदेखि नै नेपाल र जापानबीच खेल मैदानमा सम्बन्ध स... मंगलबार, भदौ ३०, २०८३
ताजा समाचारसबै
राष्ट्रिय एकता सुदृढ गर्न संविधान पक्षधर शक्तिलाई ओलीको आग्रह शनिबार, असोज ३, २०८३
‘संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्नु आजको मुख्य दायित्व’ : ‘प्रचण्ड’ शनिबार, असोज ३, २०८३
ह्वाइट हाउसमा सीएनएन, पोलिटिको र एमएस नाउलाई ट्रप्पले किन गरे प्रवेशमा प्रतिबन्ध ? शनिबार, असोज ३, २०८३
आज संविधान दिवस मनाइँदै शनिबार, असोज ३, २०८३
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
रवि-बालेनको राजनीतिक उत्थानमा अमेरिकी भूमिका खोज्ने ‘ग्रेजोन’बारे सरकारका प्रवक्ताको हल्का टिप्पणी शुक्रबार, असोज २, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सिंहदबारबाट पक्राउ परेका गाउँपालिका अध्यक्ष २२ लाख धरौटी बुझाउन नसकेपछि कारागार चलान शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्