• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ३०, २०८२ Thu, Oct 16, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

रोनाल्डोको बाटोमा फेलिक्स : जो दुब्लो भनेर क्लबबाट निकालिएका थिए !

64x64
ऋग्वेद शर्मा आइतबार, साउन २६, २०७६  १६:४७
1140x725

काठमाडौं- ला लिगाको नयाँ सिजन सुरु हुन अझै ६ दिन बाँकी छ। तर, सिजनअघिको मैत्रीपूर्ण खेलबाटै एथ्लेटिको मड्रिडका नयाँ खेलाडी जोआओ फेलिक्सको चर्चा चुलिइसकेको छ। उनको खेलले पनि विश्व फुटबलमा नयाँ स्टार खेलाडीको आगमन हुनसक्ने देखाइरहेको छ।

शनिबार राति मैत्रीपूर्ण खेलमा इटालियन क्लब युभेन्टसलाई २-१ ले हराउँदा पनि सबैभन्दा चर्चामा रहे उनै फेलिक्स। २४औँ मिनेटमा फेलिक्सकै गोलबाट अग्रता लिएको एथ्लेटिको मड्रिड २९औँ मिनेटमा युभेन्टसका सामी केडियाको गोलसँगै बराबरीमा पुगेको थियो। त्यसको चार मिनेटपछि नै उत्कृष्ट गोल गर्दै फेलिक्सले नै पुनः अग्रता बनाएका थिए।

फेलिक्सले देखाएको खेलले युभेन्टस स्टार क्रिष्टियानो रोनाल्डोलाई समेत छायामा पारिदिएको फुटबल पण्डितहरुले बताइरहेका छन्।

युभेन्टससँगको खेलमा मात्रै होइन फेलिक्सले रियल मड्रिडलाई ७-३ ले हराउँदा पनि सम्हालिएको खेल देखाएका थिए। रियल मड्रिडविरुद्ध एक गोल गरेका उनले दुई गोलका लागि महत्वपूर्ण पास पनि मिलाएका थिए।

नयाँ सिजनको तयारीका लागि खेलिएका पाँच खेलमा फेलिक्सलाई नियाल्ने हो भने उनको शैली भिन्न देखिन्छ। तयारी खेलमा नै उनले एमएलएस अल स्टारविरुद्ध पनि गोल गरेका थिए। 

क्रिष्टियानो रोनाल्डो पछिको पुस्ताका सर्वोत्कृष्ट पोर्चुगिज खेलाडीका रुपमा चर्चा हुँदै आएका युवा खेलाडी फेलिक्सलाई पोर्चुगिज क्लब बेनफिकाबाट एथ्लेटिको मड्रिडले कीर्तिमानी मूल्यमा अनुबन्धित गरेको हो।

फेलिक्सलाई एथ्लेटिको मड्रिडले खर्च गरेको १ सय १३ मिलियन पाउण्ड सही थियो भन्ने उनको खेलले देखाइरहेको छ। बेनफिकाले उनका लागि १ सय २० मिलियन युरो रिलिज क्लज राखेकोमा एथ्लेटिको मड्रिडले त्योभन्दा ६ मिलियन युरो बढी तिर्नुले नै उनको क्षमता स्पष्ट हुन्छ।‍

Ncell 2
Ncell 2

१९ वर्षका फेलिक्स विश्व फुटबलको इतिहासमा पाँचौँ महंगा खेलाडीसमेत हुन्। फेलिक्सलाई भन्दा बढी रकम तिरिएका खेलाडी नेमार, केलियन एमबाप्पे, फिलिप कोन्टिन्हो र उसमान डेम्बेले मात्र हुन्।

000

सन् २००७ मा पेस्टिनहस क्लबबाट फुटबल सुरु गरेका फेलिक्स २००८ मा पोर्टोको युवा टिममा आबद्ध भएका थिए। त्यहीँ नै उनी २०१४ सम्म रहे। तर, शरीर साह्रै पातलो भएको भन्दै पोर्टोले फेलिक्ससँगको अनुबन्धन खारेज गरिदिएको थियो। त्यसपछि उनी एक वर्ष पोर्चुगलकै क्लब पाड्रोइन्सेमा रहे।

२०१५ मा बेनफिका गएपछि फेलिक्सको फुटबल कला अझै निखारिन पायो। उनले बेनफिकाबाटै गएको सिजन अगस्टमा मात्रै सिनियर टिममा डेब्यू गरेका थिए। गएको सिजन बेनफिकाले लिग जित्ने क्रममा फेलिक्सले १५ गोल गर्नुका साथै ९ गोलका लागि अवसर सिर्जना गरिदिएका थिए।

फेलिक्स अहिले एथ्लेटिको मड्रिडसँग ७ वर्षको सम्झौतामा छन्। फेलिक्स सर्वाधिक महंगो किशोर खेलाडीको सूचीमा पनि दोस्रो स्थानमा छन्। उनीभन्दा अघि रहेका फ्रान्सेली स्ट्राइकर एमबाप्पे सन् २०१८ मा मोनाकोबाट पेरिस सेन्ट-जर्मेन (पिएसजी) अनुबन्धित भएका थिए।

फेलिक्सले गएको अप्रिलमा युरोपा लिगअन्तर्गत फ्र्यांकफर्टसँगको खेलमा ह्याट्रिक गरेका थिए। जसले उनलाई सबैभन्दा कम उमेरमा युरोपियन प्रतिस्पर्धामा ह्याट्रिक गर्ने बेनफिका र पोर्चुगलको पहिलो खेलाडी बनाएको थियो। यस्तै उनी युरोपा लिगमा ह्याट्रिक गर्ने इतिहासकै सबैभन्दा कम उमेरका खेलाडी पनि बनेका थिए।

फेलिक्सले पोर्चुगल राष्ट्रिय टिमबाट गएको जुनमा नेसन्स लिग फुटबलअन्तर्गत स्वीट्जरल्यान्डसँगको सेमिफाइनलमा डेब्यू गरेका थिए। पोर्चुगलबाट उनले यू-१९, यू-२० र यू-२१ टिमबाट पनि खेलिसकेका छन्। नेसन्स लिगमा डेब्यू गरेपछि नै उनलाई इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटीले पनि भित्र्याउने इच्छा देखाइरहेको थियो।

000

सानो उमेरमै राम्रो खेल देखाइरहेका फेलिक्सको तुलना पोर्चुगलमा स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो र म्यानचेस्टर सिटीमा रहेका बर्नार्डो सिल्भासँग हुन्छ। फुटबल पण्डितहरु उनको तुलना ब्राजिलियन स्टार खेलाडी काकासँग गरिरहेका हुन्छन्।

फेलिक्सको उमेरमा रोनाल्डोले विश्व फुटबलका स्टार खेलाडी बन्ने बाटोमा आफूलाई देखाइसकेका थिए। म्यानचेस्टर युनाइटेडले रोनाल्डोलाई जसरी अवसर दिएको थियो, ठिक त्यस्तै अवसर फेलिक्सले एथ्लेटिको मड्रिडमा पाइरहेका छन्।

‘अहिलेदेखि नै उनको खेलको तुलना काकाँसग भइरहेको छ। तर, फेलिक्सको तुलना कसैसँग गर्न आवश्यक छैन। फेलिक्स मात्र फेलिक्स हुन्। उनलाई फुटबलको समझ असाध्यै राम्रो छ। गोलमा कसरी अगाडि बढ्ने भन्ने उनको शैली गजबको लाग्छ,’ फेलिक्सको तारिफ गर्दै बेनफिका र पोर्चुगलका पूर्वफरवार्ड रुई कोस्टाले भनेका छन्।

स्वान्सी सिटीका पूर्वप्रशिक्षक कार्लोस कार्भाहल भने फेलिक्सको शैली काकासँग मिल्दोजुल्दो भएकाले तुलना गरिएको बताउँछन्। ‘उनले बल बढाउने तरिका, खेलमा जोडिने शैली र गोल गर्ने तरिका काकासँग मिल्दो छ। उनी राम्रो हेडिङ गर्न सक्छन्। शारीरिक बलका आधारमा नभई उनी शैलीका आधारमा खेल्छन्,’ कार्भाहलले भनेका छन्।

पोर्चुगलका फुटबल समर्थकमाझ मात्रै होइन विश्व फुटबलमा नै फेलिक्सले आफ्नो ख्याती फिँजाइरहेका छन्। रोनाल्डोले जस्तै पोर्चुगिज फुटबललाई अगाडि बढाउने काम फेलिक्सले गर्ने विश्वासमा पोर्चुगिजहरु देखिन्छन्। फेलिक्सकै इच्छा पनि विश्व फुटबलमा सबैभन्दा ठूलो व्यक्तिगत अवार्ड मानिने 'बालोन डिओर' जित्ने रहेको छ।

000

फुटबलमा सबैभन्दा महत्वपूर्ण विषय फेलिक्स उत्कृष्ट गोल स्कोरर हुन्। गोलका लागि अवसर बनाउने र पेनाल्टी बक्समा भएको बललाई कसरी जाली चुमाउने भन्नेमा फेलिक्स हालसम्म सफल सावित भएका छन्। बेनफिकामा रहँदा हरिस सेफेरोभिकसँगै फरवार्ड लाइन सम्हाल्दादेखि नै फेलिक्सले त्यो क्षमता देखाएका हुन्।

फेलिक्स प्रायः मैदानको दाहिनेतर्फबाट अगाडि बढ्छन् र फरक क्षेत्रहरुमा देखिएका हुन्छन्। डिफेन्सका लागि उनलाई पछ्याउन मुश्किल हुन्छ। मिडफिल्डसम्म पुग्ने र अगाडिको बलमा डिफेन्स लाइन कटेर अगाडि बढ्ने उनको शैली अब्बल देखिन्छ। बल बढाइरहँदा आफ्नो क्षेत्र कुन हुने र बल आफूसँग नरहँदा पनि कहाँ बस्ने भन्ने फेलिक्समा राम्रो ज्ञान छ।

बल बढाउँदा पनि फेलिक्स प्रायः डिफेन्सको बीचबाट बढ्छन् र बल पास लिने समयमा पनि उनी खुला स्थानमा नै देखिन्छन्। सामान्यतयः उनी बल हान्दा दाहिने खुट्टाको प्रयोग गर्छन्। गएको सिजन क्लब प्रतिस्पर्धामा गरेका २० गोलमध्ये १४ गोलमा दाहिने खुट्टाको प्रयोग भएको छ। तीन गोल देब्रे खुट्टाले र तीन गोल हेडिङमार्फत गरेका छन्। त्यसमध्ये १८ गोल पेनाल्टी एरिया भित्रबाट भएका छन्। जसमा ११ गोल गोलपोस्टको मध्य भागबाट हानेका छन्।

सबै कुरालाई विचार गर्दा एन्टोनियो ग्रिजम्यान बार्सिलोना गएपछि एथ्लेटिको मड्रिडमा हुने कमी पूरा गर्न फेलिक्स सक्षम देखिन्छन्। बेनफिकामा उनले देखाएको खेलले मात्रै होइन अहिले प्री-सिजनका खेललाई हेर्ने हो भने पनि एथ्लेटिको प्रशिक्षक डिएगो सिमोनको ४–४–२ को शैलीमा फेलिक्स फिट हुन्छन्।

000

विश्व फुटबलमा पछिसम्म रहने स्टारका रुपमा फेलिक्स देखिइसकेका छन्। मैदानमा देखिने खेलले मात्रै होइन, मैदानबाहिरको उनको स्वभाव पनि राम्रो रहेको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन्। फेलिक्सले एथ्लेटिको मड्रिड गएपछिको पहिलो अन्तर्वार्तामा आफूलाई पर्ने दबाब, अब आउने चुनौती, मनपर्ने खेल पोजिसन र मड्रिड फिलोसोफी पछ्याउने योजनाबारे बताएका छन्। उनले स्पेनिस पत्रिका ‘डायरियो एएस’लाई दिएको पहिलो अन्तर्वार्ताः

टिममा नयाँ साथीहरुसँग बसेको पनि केही समय भइसक्यो, अहिलेसम्म सम्बन्ध कस्तो पाउनुभएको छ?
एकदमै राम्रो छ। खुसी छु। टिमका सबैले मलाई राम्ररी नै स्वागत गरे। टिमको माहोल बुझ्न र घुलमिल हुन पनि सबैले सहयोग गरेका छन्। मैले इमानदार भएर भन्नुपर्छ सबै कुरा राम्रोसँग अगाडि बढिरहेको छ।

एथ्लेटिकोका समर्थकमा तपाईंप्रतिको विश्वास ठूलो छ, तपा‍ईंको खेलशैलीमा...
आफ्नो क्षमताले भ्याउनेसम्मको राम्रो गर्नेछु। एक जनाले राम्रो खेल्दा टिमलाई जति फाइदा हुन्छ त्यो मबाट हुनेछ। एथ्लेटिको भनेकै फुटबलको प्यासन हो। यहाँको वातावरण पनि परिवारको जस्तै छ। समर्थकहरु सबैसँग मेरो सम्बन्ध सुमधुर नै छ।

तपाईंलाई अरु क्लबले भित्र्याउने इच्छा पनि देखाइरहेका थिए, तर एथ्लेटिको नै रोज्नुको कुनै विशेष कारण छ कि?
एथ्लेटिको ठूलो क्लब हो। यहाँ खेलाडीले आफ्नो क्षमता बढाउन राम्रो वातावरण पाउँछ। प्रशिक्षक सिमोन पनि स्ट्राइकरलाई अगाडि बढाउन राम्रो योजना बनाउनुहुन्छ, यिनै कारणले नै एथ्लेटिको रोजेको हूँ।

एथ्लेटिको आउनुअघि सिमोनसँग कुराकानी भएको थियो?
एकपटक, तर त्यो नै पर्याप्त भयो।

उहाँले के भन्नुभएको थियो?
मैले निकै कुरा सिक्न बुझ्न पाउँछु भनेर उहाँले भन्नुभएको थियो। सिक्ने र अगाडि बढ्ने कुरामा कुनै कमी हुँदैन भन्नुभएको थियो।

रियल मड्रिडसँगको 'डर्बी खेल'मा तपाईंले राम्रो खेल्नुभयो। हुन त यो मैत्रीपूर्ण खेल हो, तर तपाईंको शैली राम्रो रह्यो...
यो त सपना साकार भएको क्षण नै भइहाल्यो, असाध्यै राम्रो लाग्यो। म धेरै खुसी छु। पहिलो डर्बीमा नै मैले जे गरेँ त्यो सहज पक्कै छैन। मैले सोचेको भन्दा राम्रो नै रह्यो। यस्तो गर्न सकुँला भन्ने कल्पना थिएन, हामीले जितेकोमा नै धेरै खुसी छु।

समर्थकहरु तपाईं ला लिगामा महत्वपूर्ण खेलाडी बनिसकेको सोच्छन्...
त्यो एउटा पाटो होला तर मैले अहिले नै त्यस्तो केही सोचेको छैन। म आफ्नो काम राम्ररी गर्न चाहन्छु। आफ्नो खेलले टिमलाई मद्दत पुगोस् भन्ने चाहन्छु। मैले पहिले पनि भनेँ- समर्थकहरुले सोचेको जस्तो हुँदै गयो भने त असाध्यै राम्रो कुरा भइनै हाल्यो। तर, यो सबै सामान्य रुपमा नै बढ्दै जानुपर्छ, एक्कासी होइन। टिम राम्ररी अगाडि बढ्यो भने मात्रै म पनि अगाडि बढ्नेछु। त्यसैले अहिले मेरो सोच टिमलाई अगाडि बढ्न सहयोग गर्ने मात्रै हो।

१९ वर्षको उमेरमा दबाब र जिम्मेवारी अलि बढी नै हो जस्तो लाग्दैन? सामान्यरुपमा १९ वर्षमै त यस्तो आइपर्दैन।
हो, म १९ वर्षको छु, तर फुटबल त मेरो पेसा पनि त हो। त्यसैले यो सबैमा घुलमिल भइसकेँ। यो यसरी नै अगाडि बढ्छ भन्ने मैले बुझेको पनि छु।

तपाईं यो सबैमा अभ्यस्त भइसकेँ भन्दै हुनुहुन्छ...
यो सत्य हो। मेरा लागि बेनफिकामा खेल्नु पनि सहज थिएन। विशेष त अझै सुरुको समयमा। पछि टिमका साथीहरुको सहयोगमा सबै कुरा मिल्दै गयो, सहज लाग्दै गयो। त्यस्तै सहज एथ्लेटिकोमा पनि हुनेछ भन्ने लाग्छ। 

स्पेनिस लिगमा तपाईंलाई अरुको ‘फिजिकल गेम’ले अप्ठ्यारो पो पर्छ कि?
मलाई आफ्नो शैलीमा फुटबल खेल्न केहीले पनि रोक्दैन। म शारीरिक बल लगाएर बल खेल्दिन, तर मसँग त्यस्तो शैली छ जो अरुसँग पनि नहुन सक्छ। त्यसैले मलाई सजिलो हुनेछ।

प्री-सिजनका खेलहरुमा तपाईं विंगरका रुपमा खेल्नुभयो। तर, विंगबाट भित्र पस्ने शैली देखियो, खेल्न मन पर्ने पोजिसन चाहिँ कुन हो?
डिफेन्सिभ हुँदा मलाई विंगमा नै राम्रो लाग्छ। अट्याकिङमा हुँदा भने ‘इनसाइड’मा नै हुन्छु। यसो गर्न मैले प्रशिक्षकलाई पनि सोधेको थिएँ। मलाई मैदानमा स्वतन्त्र भएर खेल्न नै मन लाग्छ। विंगमा हुँदा स्ट्राइकरलाई बल पास दिन मन पर्छ। अवस्था हेरेर निर्णय लिनु नै राम्रो हो।

अट्याकिङ मिडफिल्डबाट बढ्दा पनि तपाईं राम्रो गोल गरिरहनु भएको हुन्छ। यति गोल चाहिँ गर्नुपर्छ भन्ने केही लक्ष्य बनाएर खेल्नुहुन्छ?
म गोलका लागि खेल्दिनँ। यति गोल गर्छु भन्ने जस्तो केही योजना पनि हुँदैन। र गोलका बारेमा धेरै कुरा गर्न मन पनि लाग्दैन। यो भनेको पूरा प्रक्रिया हो, बिस्तारै हुँदै जान्छ। गोल आफैं मैदानमा बोल्छ, शब्दमा बोल्न आवश्यक नै हुँदैन।

एथ्लेटिको च्याम्पियन्स लिग जित्न सक्ने टिम हो, गएको सिजन आफ्नै मैदानमा फाइनल खेल्ने उनीहरुको इच्छा पनि पूरा हुन सकेन, तपाईं च्याम्पियन्स लिगका लागि कसरी अगाडि बढ्नुपर्छ भन्ने सोच्नुहुन्छ?
म सानै हुँदादेखि नै च्याम्पियन्स लिग खेल्ने मेरो सपना हो। अब त्यसका लागि सक्दो मेहनत गर्ने नै छु। त्यो जित्न सकियो भने त असाध्यै खुसीको कुरा नै भइहाल्यो।

एथ्लेटिकोका लागि ला लिगा नै जित्न पनि अप्ठ्यारो भइरहेको छ। रियल मड्रिड र बार्सिलोनाभन्दा अगाडि जान...
त्यो पनि हो, ला लिगा महत्वपूर्ण छ। हामी जित्नका लागि मेहनत गर्नेछौँ तर च्याम्पियन्स लिग त अलि अद्भूत नै हो।

अलिकति व्यक्तिगत कुरा गरौँ, आफ्नो व्यक्तित्व तपाईंलाई कस्तो लाग्छ? अलि अनौठो लाग्ने केही कुरा छ कि?
मेरो ‘सरनेम’ आमाको नामबाट छ, बाबाको बाट 'सिक्वेइरा' राख्नभन्दा आमाको बाट 'फेलिक्स' राख्न सजिलो लाग्यो। यसैमा मान्छेहरु उत्सुक हुँदा रहेछन्। तर, यो त्यस्तो अनौठो केही होइन। अरु त त्यस्तो केही छैन।

युवा बेलामै तपाईं निकै शान्त देखिनुहुन्छ, बाहिरतिर घुम्न उति हिँड्नु हुन्न हो?
त्यस्तो होइन, मलाई बेलाबेला बाहिरतिर घुम्न मन लाग्छ, जान्छु पनि। तर, कसैले वास्ता नगर्ने गरी। प्रायः त समय हुँदा परिवारसँग नै बसिरहेको हुन्छु।

किन र अरुले वास्ता गरेको तपाईंलाई राम्रो लाग्दैन?
मैले त्यस्तो भन्न खोजेको होइन, समर्थकहरुबाट माया पाउनु त ठूलो कुरा हो। मलाई त्यो मन पर्छ। तर, ठ्याक्कै एकै ठाउँमा ल्याएर सोच्ने हो भने मान्छेका लागि सबै कुरामा भिन्न समय हुन्छ। त्यो समय चाहिन्छ पनि।

कुरा यति नै गरौँ, अन्त्यमा ... एथ्लेटिकोमा सोचेका उद्देश्यहरु पूरा होलान् जस्तो लाग्छ?
एकैपटक हुने कुरा होइन। एकपछि अर्को मेहनत गर्दै जानुपर्छ। एउटा उद्देश्य पूरा गरेर अर्कोमा बढ्नुपर्छ। यो सबै चुनौतीहरु लिन सहज पनि त छैन। हुन त केही उद्देश्यसँगै अलिकति महत्वाकांक्षा पनि हुनुपर्छ। म सबै कुरा जित्न चाहन्छु, जित कसलाई पो मन पर्दैन र?

(यो सामग्री बिबिसी, गार्जियन, मार्का, बिइन स्पोर्टस् र डायरियो एएसमा आधारित रहेर नेपाल लाइभका ऋग्वेद शर्माले तयार पारेका हुन्। तस्बिरहरुः गेटी इमेजसँगै मार्का, बिबिसी र बिइन स्पोर्टस्‌बाट लिइएका हुन्।)

प्रकाशित मिति: आइतबार, साउन २६, २०७६  १६:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
बैशाखमा निर्वाचन सार्ने तयारी बिहीबार, असोज ३०, २०८२
स्वास्थ्य सचिवलाई प्रधानमन्त्रीको निर्देशन : आन्दोलनरत नर्सहरूको समस्या समाधान गर्नू बिहीबार, असोज ३०, २०८२
नागरिक उड्डयन प्राधिकरणको भवन काठमाडौं जिल्ला अदालतलाई ससर्त उपलब्ध गराउने समझदारी बिहीबार, असोज ३०, २०८२
यति धेरै जनधनको क्षति हुँदा पनि ओलीमा कुनै पश्चाताप छैन : प्रचण्ड बिहीबार, असोज ३०, २०८२
सुन तोलाको साढे २ लाख कट्यो बिहीबार, असोज ३०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
ओमानविरुद्ध टस जित्दै ब्याटिङ रोज्यो नेपालले, टोलीमा एक परिवर्तन बुधबार, असोज २९, २०८२
ओमान क्रिकेट एकेडेमीमा सामोआविरुद्ध यूएईद्वारा छक्काको वर्षा, २२६ रनको विशाल लक्ष्य बुधबार, असोज २९, २०८२
अमेरिकाबाट फर्किए स्वर्गीय विपीन जोशीका आमा र बहिनी, विमानस्थलमै लिन पुगे इजराली राजदूत बिहीबार, असोज ३०, २०८२
नेपाल लगातार दोस्रोपटक टी-२० विश्वकपमा बुधबार, असोज २९, २०८२
राजस्थानको जैसलमेरमा एसी बसमा आगलागी, मृतकको संख्या २० पुग्यो बुधबार, असोज २९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रोमाञ्चक खेलमा कतारविरुद्ध ५ रनले विजयी, सन्दीपको नाममा पाँच विकेट मंगलबार, असोज २८, २०८२
ओमानविरुद्ध टस जित्दै ब्याटिङ रोज्यो नेपालले, टोलीमा एक परिवर्तन बुधबार, असोज २९, २०८२
ओमान क्रिकेट एकेडेमीमा सामोआविरुद्ध यूएईद्वारा छक्काको वर्षा, २२६ रनको विशाल लक्ष्य बुधबार, असोज २९, २०८२
विश्वकप छनोट : रोमाञ्चक खेलमा यूएईविरुद्ध नेपाल एक रनले विजयी आइतबार, असोज २६, २०८२
यी हुन् हमासद्वारा रिहा गरिएका सात जीवित बन्धकहरू सोमबार, असोज २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्