काठमाडौं– विभिन्न प्रलोभन देखाई २० वर्षीया किशोरीलाई वेचविखन गर्ने उद्देश्यले भारत लैजान खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट रामेछाप खाँडादेवी गाउँपालिका–२ घर भएका ३१ वर्षीय भुवन तमाङ र काभ्रे खानीखोला गाउँपालिका–१ घर भएका २९ वर्षीय आइते बहादुर लोप्चन छन्।
महानगरीय प्रहरी बृत्त थानकोटबाट माइती नेपालका प्रतिनिधि सहित खटिएको प्रहरीले ना ७ ख ५७०२ नम्बरको बस जाँच गर्ने क्रममा किशोरीलाई शंकास्पद रुपमा लिई जाँदै गरेको अवस्थामा फेला पारी उनीहरुलाई शनिबार साँझ पक्राउ गरेको हो।
उनीहरुले ती किशोरीलाई झापाको बिर्तामोडमा रङ लगाउने काम लगाईदिन्छौं, कोही कसैले जाँच गर्ने क्रममा सोधपुछ गर्दा वास्तविक नाम नखुलाउनु र भाउजु सुत्केरी भएकीले बिर्तामोड जान लागेको बताउनु भन्न लगाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।