• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ११, २०८३ Wed, Oct 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

मन्त्री रिझाउन निगम अध्यक्ष खरेलद्वारा परीक्षण उडानको 'खेल'

64x64
नेपाल लाइभ सोमबार, साउन २०, २०७६  १२:१०
1140x725

काठमाडौं- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का कार्यकारी अध्यक्ष मदन खरेलले आफ्नो पद जोगाउन परीक्षण उडानका रुपमा नयाँ 'खेल' सुरु गरेका छन्।

५ महिनादेखि रिक्त रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हाल्न योगेश भट्टराई आएलगत्तै आफ्नो पद जोगाउन खरेल नयाँ खेलमा लागेको उडान क्षेत्रमा चर्चा सुरु भएको छ। भट्टराईले पर्यटन मन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै खरेल पुनः आन्तरिकतर्फ दुर्गमका विमानस्थलमा परीक्षण उडान गर्दै निगम कार्यसम्पादनमा सक्रिय छ भन्ने देखाउने खेलमा लागेका हुन्।

निगमसँग आन्तरिक उडानका लागि भएका विमान पूर्ण रुपमा सञ्चालन गर्न नसकेका खरेलले फेरि परीक्षण उडानका नाममा खर्च गर्न थालेका हुन्। आन्तरिक उडानमा ९ वटा विमान रहे पनि निगमले लामो समयदेखि दैनिक ७/८ वटा मात्रै उडान भर्न सकेको छ।

यसअघि गत भदौमा पनि निगमको कार्यकारी अध्यक्ष भएर आएलगत्तै पनि खरेलले आन्तरिक उडानलाई प्रभावकारी बनाउने भन्दै दुर्गमका केही विमानस्थलमा परीक्षण उडान गराएका थिए। तर, परीक्षण उडान गरे पनि खरेलले विमान नियमित रुपमा उडाउन आवश्यक व्यवस्थापन र वातावरण मिलाउन चासो नै दिएनन्। सफल रुपमा परीक्षण उडान भएका कुनै पनि स्थानमा नियमित रुपमा उडान नहुनुले उनले सोतर्फ पहल नगरेको प्रतीत हुन्छ।

निगमको ६१औं वार्षिकोत्सव समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले भएका विमान नै ग्राउन्डेड भएको अवस्थामा निगमलाई थप रकम दिन नसक्ने बताएसँगै खरेलले सरकारसँग रकम लिन र आफ्नो पद जोगाउनका लागि परीक्षण उडान गर्न थालेका हुन्। (सम्बन्धित समाचार : नेवानिप्रति प्रधानमन्त्रीको प्रश्न- यथास्थितिमा रकम दिन सक्दैनौं, विमान उडाउन ल्याएकाे कि लडाएर राख्न?)

खरेलले 'नेपाल भ्रमण वर्ष २०२०'लाई लक्षित गर्दै आन्तरिक उडानतर्फ केही दुर्गम विमानस्थलमा परीक्षण उडान सुरु गरेको बताएका छन्।

सरकारद्वारा घोषित भ्रमण वर्षलाई लिएर पर्यटन प्रवर्द्धनका लागि ‍महत्वपूर्ण अवसर भएकोले निगमले रचनात्मक एवम् सिर्जनात्मक भूमिका खेल्नुपर्ने बताउँदै उनले परीक्षण उडान सुरु गरको आइतबार एक विज्ञप्तिमार्फत जनाएका छन्। निगमको वाई–१२ विमानमार्फत शनिबार रुकुमको चौरझारी र ताप्लेजुङमा परीक्षण उडान सुरु गरिएको विज्ञप्तिमा जनाइएको छ।

परीक्षण उडान सुरु गरिएको ताप्लेजुङ मन्त्री भट्टराईको गृहजिल्ला हो। खरेलले मन्त्री भट्टराईलाई रिझाउनकै लागि उनकै गृहजिल्लाबाट परीक्षण उडान सुरु गरेका हुन्।

Ncell 2
Ncell 2
nimb
nimb

वाई-१२ विमानबाटै आइतबार रुकुम र भोजपुरमा सफल रुपमा परीक्षण उडान गरिएको छ। यी दुवै स्थानमा सोमबार पनि परीक्षण उडानलाई निरन्तरता दिइने निगमले जनाएको छ। यस्तै मंगलबार र बुधबार बाजुरा र तुम्लिङ्गटारमा परीक्षण उडान हुनेछ।

यसरी हुने परीक्षण उडानमा निगमका आइपी पाइलट आङनुरी शेर्पा र पाइल तालिममै रहेका फिजियोनाथ नेपाली चालक टोलीमा छन्। प्रत्येक परीक्षण उडानमा १ हजार ५ सय अमेरिकी डलरदेखि २ हजार डलरसम्म खर्च हुन्छ।

यसअघि २०७५ असोजमा पनि खरेलले लुक्ला, फाप्लु, सिमिकोट, रारा, डोल्पा लगायतका गन्तव्यमा वाई–१२ विमानमार्फत परीक्षण उडान गराएका थिए। तर, ती गन्तव्यमा पछि नियमित उडान गर्न नसेकको निगमले फेरि नयाँ विमानस्थलमा परीक्षण उडान सुरु गरेको हो।

साउन १९ गते आइतबार मात्रै निगमको वाई–१२ विमानले काठमाडौं–दाङ–नेपालगञ्ज–साँफेबगर–दाङ–काठमाडौं उडान गरेको थियो। यति लामो उडान अछामको साँफेबगरमा परीक्षणका लागि नै तय गरिएको हो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

निगमसँग आन्तरिकतर्फ हाल रहेका ९ वटा विमान पूर्ण क्षमतामा सञ्चालन गर्ने हो भने दैनिक काठमाडौं–लुक्ला–काठमाडौं जस्तै ४१ वटा उडान गराउन सकिन्छ। तर, एयरलाइन्सले दैनिक सरदरमा ७/८ वटा मात्रै उडान गर्दै आएको छ।

निगमसँग भएका ९ वटा विमानमा अहिले एउटा वाई–१२, एउटा एमए–६० र दुई वटा मात्रै ट्विनअटरले सेवा दिइरहेका छन्। ४ वटा वाई-१२ मध्ये ३ वटा उडानका लागि योग्य हुँदाहुँदै पनि पछिल्लो २ वर्षदेखि पाइलट अभावकै कारण पूर्ण रुपमा प्रयोगमा आउन सकेका छैनन्। एउटा वाई–१२ विमान ग्राउन्डेड भएको २ वर्षभन्दा बढी समय भइसकेको छ। ग्राउन्डेड भएको वाई–१२ विमान मर्मतमा कुनै चासो नदिएका खरेलले फेरि परीक्षण उडान कार्यलाई अघि बढाएका छन्।

यदि निगमका ४ वटै वाई–१२ विमान पूर्ण क्षमतामा सञ्चालनमा आउने हो भने दैनिक २० वटासम्म उडान सेवा दिनसक्छन्। तर, अहिले वाई–२ मार्फत दैनिक १ वा कहिलेकाहीँ २ वटासम्म मात्रै उडान हुन सकेको छ।

४ वटै वाई–१२ विमान उडानका लागि बढीमा १० र कम्तीमा ८ जना पाइलट आवश्यक पर्छन्। तर, निगमसँग अहिले तालिमका रहेका दुई जनासहित ५ जना मात्रै पाइलट छन्। त्यसमा पनि आइपी पाइलटको रुपमा केबी लिम्बुको पाइलट लाइसेन्स भए पनि परीक्षण उडान सुरु हुन सकेको छैन। फिजियोनाथ नेपालीले मात्रै उडान सुरु गरेका छन्। वरिष्ठ पाइलट सञ्जय बादे पनि लामो समयदेखि अस्वस्थ भएकै कारण उडान सेवामा फर्किन सकेका छैनन्।

यसैगरी निगमसँग रहेका २ वटा एमए-६० विमानमध्ये एउटाले मात्रै उडान गर्न सकेको छ। यसले अहिले दैनिक २ वटा मात्रै उडान गरिरहेको छ। एउटा एमए-६० विमान ग्राउन्डेड भएको पनि साढे १ वर्षभन्दा बढी समय भइसकेको छ। उक्त विमान मर्मतमा पनि खरेलले चासो दिएका छैनन्।

दुई वटै एमए-६० 'फुल फेज'मा सञ्चालन गर्ने हो भने यसले दैनिक ६ वटा उडान गर्न सक्छ। तर, यसका लागि ६ जना पाइलट चाहिने भए पनि निगमसँग अहिले ४ जना मात्रै पाइलट छन्।

यसैगरी निगमसँग रहेको ३ वटा ट्विनअटरमध्ये पनि एउटा ग्राउन्डेड छ। उडानयोग्य रहेको टिवनअटर पनि फुल फेजमा सञ्चालन हुन सकेको छैन। ३ वटै ट्विनअटर फुलफेजमा सञ्चालन गर्ने हो भने दैनिक १५ वटा उडान गर्न सक्छ। यसका लागि ७ जना पाइलट आवश्यक पर्छ। तर, निगमसँग हाल ४ जना मात्रै पाइलट छन्।

निगमले भएका विमान मर्मत गरी सञ्चालनयोग्य बनाउनुको सट्टा फेरि परीक्षण उडानको नाममा आर्थिक बोझ थप्ने काम भएको हो। त्यसमा पनि निगमसँग विमान उडाउन पर्याप्त पाइलट नै छैनन्। 

आवश्यक पाइलट व्यवस्थापनको सट्टा खरेलले आन्तरिक उडान गरिरहेका पाइलटलाई नै ए-३२० तथा ए-३३० का लागि पाइलट तथा को–पाइलटको तालिममा पठाउँदै आफैं पाइलट अभाव गराउने काम गरिरहेका छन्।

प्रकाशित मिति: सोमबार, साउन २०, २०७६  १२:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विधुत्त ब्यापारमा नीजि क्षेत्रलाई प्रवेश
प्राधिकरणकाे चेतावनी अर्णव चक्रवातमा भारी वर्षाकाे सम्भावना सतर्कता बनाैं
चक्रवात ‘अरनब’को प्रभावले भारी वर्षा र हिमपातको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
सम्बन्धित सामग्री
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम दशैँमा विभिन्न मासुका परिकार, अण्डा, दूध–दही, मिठाइ, फलफूल, च्याउ, पनिर, आइसक्रिम, केक इत्यादि तयार गरिन्छ। अनि बिदामा रमाइलो गर्नुप... बुधबार, कात्तिक ४, २०८३
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयद्वारा राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालित... मंगलबार, कात्तिक ३, २०८३
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक सम्पदा अवलोकन गरेर फर्किन्थे । हनुमानढोका, पाटन दरबार क्षेत्र र भक्तपुर दरबार... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
किन चलिरहेको छ कर्मचारीमा राजिनामा दिने लहर , साउत यता ४ सचिवसहित ४६४ निजामती कर्मचारीले दिए राजीनामा बुधबार, कात्तिक ११, २०८३
विधुत्त ब्यापारमा नीजि क्षेत्रलाई प्रवेश बुधबार, कात्तिक ११, २०८३
प्राधिकरणकाे चेतावनी अर्णव चक्रवातमा भारी वर्षाकाे सम्भावना सतर्कता बनाैं बुधबार, कात्तिक ११, २०८३
चक्रवात ‘अरनब’को प्रभावले भारी वर्षा र हिमपातको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह बुधबार, कात्तिक ११, २०८३
लुम्बिनी प्रदेश सभा विवाद : सभामुखसहित पाँच जनाविरुद्ध प्रदेश सांसद काफ्ले पुगिन् अदालत बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ, नेपालमा जोखिम मंगलबार, कात्तिक १०, २०८३
पशु, बाख्रा र गुदरी हाटबजारको राजस्व हिनामिना गरेपछि... मंगलबार, कात्तिक १०, २०८३
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष गुरागाईंले किन दिए राजीनामा? मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्