• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

मन्त्री रिझाउन निगम अध्यक्ष खरेलद्वारा परीक्षण उडानको 'खेल'

64x64
नेपाल लाइभ सोमबार, साउन २०, २०७६  १२:१०
1140x725

काठमाडौं- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का कार्यकारी अध्यक्ष मदन खरेलले आफ्नो पद जोगाउन परीक्षण उडानका रुपमा नयाँ 'खेल' सुरु गरेका छन्।

५ महिनादेखि रिक्त रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हाल्न योगेश भट्टराई आएलगत्तै आफ्नो पद जोगाउन खरेल नयाँ खेलमा लागेको उडान क्षेत्रमा चर्चा सुरु भएको छ। भट्टराईले पर्यटन मन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै खरेल पुनः आन्तरिकतर्फ दुर्गमका विमानस्थलमा परीक्षण उडान गर्दै निगम कार्यसम्पादनमा सक्रिय छ भन्ने देखाउने खेलमा लागेका हुन्।

निगमसँग आन्तरिक उडानका लागि भएका विमान पूर्ण रुपमा सञ्चालन गर्न नसकेका खरेलले फेरि परीक्षण उडानका नाममा खर्च गर्न थालेका हुन्। आन्तरिक उडानमा ९ वटा विमान रहे पनि निगमले लामो समयदेखि दैनिक ७/८ वटा मात्रै उडान भर्न सकेको छ।

यसअघि गत भदौमा पनि निगमको कार्यकारी अध्यक्ष भएर आएलगत्तै पनि खरेलले आन्तरिक उडानलाई प्रभावकारी बनाउने भन्दै दुर्गमका केही विमानस्थलमा परीक्षण उडान गराएका थिए। तर, परीक्षण उडान गरे पनि खरेलले विमान नियमित रुपमा उडाउन आवश्यक व्यवस्थापन र वातावरण मिलाउन चासो नै दिएनन्। सफल रुपमा परीक्षण उडान भएका कुनै पनि स्थानमा नियमित रुपमा उडान नहुनुले उनले सोतर्फ पहल नगरेको प्रतीत हुन्छ।

निगमको ६१औं वार्षिकोत्सव समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले भएका विमान नै ग्राउन्डेड भएको अवस्थामा निगमलाई थप रकम दिन नसक्ने बताएसँगै खरेलले सरकारसँग रकम लिन र आफ्नो पद जोगाउनका लागि परीक्षण उडान गर्न थालेका हुन्। (सम्बन्धित समाचार : नेवानिप्रति प्रधानमन्त्रीको प्रश्न- यथास्थितिमा रकम दिन सक्दैनौं, विमान उडाउन ल्याएकाे कि लडाएर राख्न?)

खरेलले 'नेपाल भ्रमण वर्ष २०२०'लाई लक्षित गर्दै आन्तरिक उडानतर्फ केही दुर्गम विमानस्थलमा परीक्षण उडान सुरु गरेको बताएका छन्।

सरकारद्वारा घोषित भ्रमण वर्षलाई लिएर पर्यटन प्रवर्द्धनका लागि ‍महत्वपूर्ण अवसर भएकोले निगमले रचनात्मक एवम् सिर्जनात्मक भूमिका खेल्नुपर्ने बताउँदै उनले परीक्षण उडान सुरु गरको आइतबार एक विज्ञप्तिमार्फत जनाएका छन्। निगमको वाई–१२ विमानमार्फत शनिबार रुकुमको चौरझारी र ताप्लेजुङमा परीक्षण उडान सुरु गरिएको विज्ञप्तिमा जनाइएको छ।

परीक्षण उडान सुरु गरिएको ताप्लेजुङ मन्त्री भट्टराईको गृहजिल्ला हो। खरेलले मन्त्री भट्टराईलाई रिझाउनकै लागि उनकै गृहजिल्लाबाट परीक्षण उडान सुरु गरेका हुन्।

nimb
nimb
Ncell 2
Ncell 2

वाई-१२ विमानबाटै आइतबार रुकुम र भोजपुरमा सफल रुपमा परीक्षण उडान गरिएको छ। यी दुवै स्थानमा सोमबार पनि परीक्षण उडानलाई निरन्तरता दिइने निगमले जनाएको छ। यस्तै मंगलबार र बुधबार बाजुरा र तुम्लिङ्गटारमा परीक्षण उडान हुनेछ।

यसरी हुने परीक्षण उडानमा निगमका आइपी पाइलट आङनुरी शेर्पा र पाइल तालिममै रहेका फिजियोनाथ नेपाली चालक टोलीमा छन्। प्रत्येक परीक्षण उडानमा १ हजार ५ सय अमेरिकी डलरदेखि २ हजार डलरसम्म खर्च हुन्छ।

यसअघि २०७५ असोजमा पनि खरेलले लुक्ला, फाप्लु, सिमिकोट, रारा, डोल्पा लगायतका गन्तव्यमा वाई–१२ विमानमार्फत परीक्षण उडान गराएका थिए। तर, ती गन्तव्यमा पछि नियमित उडान गर्न नसेकको निगमले फेरि नयाँ विमानस्थलमा परीक्षण उडान सुरु गरेको हो।

साउन १९ गते आइतबार मात्रै निगमको वाई–१२ विमानले काठमाडौं–दाङ–नेपालगञ्ज–साँफेबगर–दाङ–काठमाडौं उडान गरेको थियो। यति लामो उडान अछामको साँफेबगरमा परीक्षणका लागि नै तय गरिएको हो।

निगमसँग आन्तरिकतर्फ हाल रहेका ९ वटा विमान पूर्ण क्षमतामा सञ्चालन गर्ने हो भने दैनिक काठमाडौं–लुक्ला–काठमाडौं जस्तै ४१ वटा उडान गराउन सकिन्छ। तर, एयरलाइन्सले दैनिक सरदरमा ७/८ वटा मात्रै उडान गर्दै आएको छ।

निगमसँग भएका ९ वटा विमानमा अहिले एउटा वाई–१२, एउटा एमए–६० र दुई वटा मात्रै ट्विनअटरले सेवा दिइरहेका छन्। ४ वटा वाई-१२ मध्ये ३ वटा उडानका लागि योग्य हुँदाहुँदै पनि पछिल्लो २ वर्षदेखि पाइलट अभावकै कारण पूर्ण रुपमा प्रयोगमा आउन सकेका छैनन्। एउटा वाई–१२ विमान ग्राउन्डेड भएको २ वर्षभन्दा बढी समय भइसकेको छ। ग्राउन्डेड भएको वाई–१२ विमान मर्मतमा कुनै चासो नदिएका खरेलले फेरि परीक्षण उडान कार्यलाई अघि बढाएका छन्।

यदि निगमका ४ वटै वाई–१२ विमान पूर्ण क्षमतामा सञ्चालनमा आउने हो भने दैनिक २० वटासम्म उडान सेवा दिनसक्छन्। तर, अहिले वाई–२ मार्फत दैनिक १ वा कहिलेकाहीँ २ वटासम्म मात्रै उडान हुन सकेको छ।

४ वटै वाई–१२ विमान उडानका लागि बढीमा १० र कम्तीमा ८ जना पाइलट आवश्यक पर्छन्। तर, निगमसँग अहिले तालिमका रहेका दुई जनासहित ५ जना मात्रै पाइलट छन्। त्यसमा पनि आइपी पाइलटको रुपमा केबी लिम्बुको पाइलट लाइसेन्स भए पनि परीक्षण उडान सुरु हुन सकेको छैन। फिजियोनाथ नेपालीले मात्रै उडान सुरु गरेका छन्। वरिष्ठ पाइलट सञ्जय बादे पनि लामो समयदेखि अस्वस्थ भएकै कारण उडान सेवामा फर्किन सकेका छैनन्।

यसैगरी निगमसँग रहेका २ वटा एमए-६० विमानमध्ये एउटाले मात्रै उडान गर्न सकेको छ। यसले अहिले दैनिक २ वटा मात्रै उडान गरिरहेको छ। एउटा एमए-६० विमान ग्राउन्डेड भएको पनि साढे १ वर्षभन्दा बढी समय भइसकेको छ। उक्त विमान मर्मतमा पनि खरेलले चासो दिएका छैनन्।

दुई वटै एमए-६० 'फुल फेज'मा सञ्चालन गर्ने हो भने यसले दैनिक ६ वटा उडान गर्न सक्छ। तर, यसका लागि ६ जना पाइलट चाहिने भए पनि निगमसँग अहिले ४ जना मात्रै पाइलट छन्।

यसैगरी निगमसँग रहेको ३ वटा ट्विनअटरमध्ये पनि एउटा ग्राउन्डेड छ। उडानयोग्य रहेको टिवनअटर पनि फुल फेजमा सञ्चालन हुन सकेको छैन। ३ वटै ट्विनअटर फुलफेजमा सञ्चालन गर्ने हो भने दैनिक १५ वटा उडान गर्न सक्छ। यसका लागि ७ जना पाइलट आवश्यक पर्छ। तर, निगमसँग हाल ४ जना मात्रै पाइलट छन्।

निगमले भएका विमान मर्मत गरी सञ्चालनयोग्य बनाउनुको सट्टा फेरि परीक्षण उडानको नाममा आर्थिक बोझ थप्ने काम भएको हो। त्यसमा पनि निगमसँग विमान उडाउन पर्याप्त पाइलट नै छैनन्। 

आवश्यक पाइलट व्यवस्थापनको सट्टा खरेलले आन्तरिक उडान गरिरहेका पाइलटलाई नै ए-३२० तथा ए-३३० का लागि पाइलट तथा को–पाइलटको तालिममा पठाउँदै आफैं पाइलट अभाव गराउने काम गरिरहेका छन्।

प्रकाशित मिति: सोमबार, साउन २०, २०७६  १२:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
झिनो लक्ष्य प्रस्तुत गरेको नेपाली टोली कर्नाटकविरुद्ध ११६ रनले विजयी
सरकार र दुर्गा प्रसाईँको महाअभियानबीच औपचारिक वार्ता सुरु
जग्गा अनियमितता प्रकरणमा रेडक्रसका पूर्वअध्यक्ष थापासहितका पूर्वपदाधिकारी पक्राउ
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
झिनो लक्ष्य प्रस्तुत गरेको नेपाली टोली कर्नाटकविरुद्ध ११६ रनले विजयी मंगलबार, भदौ २, २०८३
सरकार र दुर्गा प्रसाईँको महाअभियानबीच औपचारिक वार्ता सुरु मंगलबार, भदौ २, २०८३
जग्गा अनियमितता प्रकरणमा रेडक्रसका पूर्वअध्यक्ष थापासहितका पूर्वपदाधिकारी पक्राउ मंगलबार, भदौ २, २०८३
केवाइसी अपडेटको बहानामा बैंक खाताबाट रकम ठगी गर्ने गिरोह पक्राउ मंगलबार, भदौ २, २०८३
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्