• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

बिहे गरेको ३५ वर्षपछि किन हालिन् हेमाले छवि-शिल्पाविरुद्ध बहुविवाहको मुद्दा?

64x64
नेपाल लाइभ सोमबार, साउन ६, २०७६  १८:०५
1140x725

काठमाडौं- अभिनेत्री शिल्पा पोखरेलले आफ्ना फिल्म निर्माता श्रीमान् छवि ओझाबाट भोगेको घरेलु हिंसाको वृत्तान्त बाहिर ल्याएपछि केही दिनयता उनीहरूको सम्बन्ध सार्वजनिक चासोको विषय थियो। 

छविसँग झगडा परेपछि करिब १ महिनायता दाजु-भाउजूको घरमा बस्दै आइरहेकी शिल्पा छविविरुद्ध डिभोर्स प्रक्रियामा गइसकेकी छन्। असार–८ गते फिल्म हेर्न जाने निहुँमा उनीहरूबीच विवाद उत्पन्न भएपछि छविले शिल्पालाई कानको जालीमा प्वाल पर्ने गरी कुटपिट गरेको शिल्पाको दाबी थियो। बिहे गरेको एक महिनादेखि नै आफूले हिंसा वेहोर्दै आएको र हिंसाको हद पार भएपछि आफू डिभोर्सको निर्णयमा पुगेको उनको भनाइ छ। 

यसरी छवि–शिल्पाको सम्बन्ध पूर्णविरामको चरणमा पुगिरहेका बेला आइतबार अचानक कहानीमा नयाँ ‘ट्विस्ट’ आयो। ‘ट्विस्ट’ थियो– छविकी पहिलो श्रीमती हेमा ओझाले महानगरी प्रहरी वृत्त गौशलामा छवि–शिल्पाविरुद्ध बहुविवाहको उजुरी दर्ता गर्नु। 

हेमा आफ्ना वकिल स्वागत नेपाल लगायतको साथ

शिल्पा छविकी चौथो श्रीमती हुन्, यो दुवैले पटकपटक मिडियामा स्वीकार गर्दै आइरहेको विषय  थियो। 

हेमासँग छविले २०४१ सालमा बिहे गरेका थिए। ८ वर्षपछि उनीहरू अलग्गिए। यो उनैले पटक–पटक स्वीकार गरिसकेका छन्। हेमाका तर्फबाट उनका दुई सन्तान छन्, राजिव र महेश। त्यसपछि अभिनेत्रीहरूसँग उनको वैवाहिक यात्रा सुरु भएको छर्लङ्गै छ। 

फिल्म ‘नाता’मा काम गर्ने क्रममा भेट भएकी गीताञ्जली सुनुवारसँग उनले दोस्रो बिहे गरेका थिए। डिप्रेसनका कारण गीताञ्जलीले आत्महत्या गरिन्। गीताञ्जलीका तर्फबाट एक छोरा छन्।

गीताञ्जलीपछि छविले रेखासँग तेस्रो बिहे गरेका थिए। रेखालाई उनैले फिल्म ‘हिरो’बाट अभिनयमा अवसर दिएका थिए। छविसँग रेखाको सम्बन्ध १२ वर्षसम्म टिकेको थियो। अलग्गिएको चार वर्षपछि ०७३ साल असारमा रेखा र छविले औपचारिक डिभोर्स गरेको खबर बाहिर ल्याएका थिए। 

छवि स्वयंले मिडियासँगको अन्तरवार्तामा पटकपटक दाबी गरेका छन्, ‘शिल्पासँग बिहे गर्नका लागि मैले रेखासँग डिभोर्स मागेँ। तर, उसले डिभोर्स गर्दा मसँग एक रुपैयाँ पनि सम्पत्ति लिइनँ।’ 

Ncell 2
Ncell 2
nimb
nimb

अवस्था यस्तो छ। र, शिल्पाले डिभोर्स तयारी गरिरहेका बेला छविकी पहिलो श्रीमती हेमा अचानक बहुविवाहको मुद्दा गर्न आइपुगेकी छन्। दुई सेलिब्रेटी गीताञ्जली र रेखासँग बिहे गर्दा उनी पूरै मौन रहिन्। शिल्पा करिब दुई वर्षदेखि छविकै घरमा सँगै बस्दै आइरहेका बेला पनि उनी पूरै चुप थिइन्। 

तर, शिल्पाले छविको घर छाडेर डिभोर्स फाइल गरेपछि हेमा अचानक किन आइपुगिन् बहुविवाहको मुद्दा दर्ता गर्न? छवि निकट श्रोतको दाबी छ, ‘यो छविको सम्पत्ति जोगाउनका निमित्त रचिएको ठूलो खेल हो। छविले आधा सम्पत्ति शिल्पालाई दिनुपर्ने अवस्था सिर्जना भएपछि हेमा छविको सहारा बनेर आएकी हुन्। अहिलेको नयाँ कानुन अनुसार बहुविवाहको मुद्दा लाग्यो भने पाँच वर्षसम्म जेल हुन सक्ने सजाय तोकिएको छ। त्यसैले शिल्पालाई तर्साउनका लागि यो सब गरिएको हो।’

श्रोतको दाबी पत्याउने आधार प्रशस्तै देखिन्छन्। किनभने शिल्पाले छविविरुद्ध डिभोर्सको प्रक्रिया सुरु गरेपछि धेरैले यो छविको सम्पत्ति कुम्ल्याउन शिल्पाले रचेको खेल भनेर टिप्पणी समेत गरिरहेका थिए। यही अवस्थामा हेमाको ‘फिल्मी रुपमा भएको इन्ट्री’ पनि रहस्मय देखिन्छ। 

हेमाले प्रहरीमा गरेको उजुरीको भाषा सरसर्ती हेर्दा पनि यसमा शंका गर्ने ठाउँ प्रशस्त छ। उजुरीमा हेमा ओझाको नम्बर भनेर राखिएको मोबाइल नम्बर पनि छवि ओझाको हो। तर, हाल त्यो मोबाइल नम्बर स्वीच अफ छ। 

Xtrem

Xtrem

त्यस्तै, गीताञ्जली र रेखासँगको सम्बन्धबारे त उनको उजुरी  पूरै अनभिज्ञ भएको दाबी गरेकी  छन्। 

उनले उजुरीमा भनेकी छन्, ‘विभिन्न समयमा विभिन्न महिलाहरूसँग जोडेर मलाई विभिन्न व्यक्तिले सुनाउँथे। मैले उहाँसँग सोध्दा सत्यता त्यस्तो होइन भन्ने जवाफहरू पटक–पटक दिइरहँदा कसैका सवालमा पनि मेरो श्रीमान्ले नै अर्को विवाह नै गरेको प्रमाण थिएन। त्यसैले मेरो श्रीमान्ले भनेको कुरा नै सही हो, हामी कामको सिलसिलामा मात्रै सँगसँगै भएको हो भन्ने जवाफमा मैले विश्वास गरी बसेको थिएँ।’ 

छवि र शिल्पाविरुद्ध हेमाले गरेको उजुरी 

यो वाक्यले पनि प्रष्टाउँछ, उनी कति ठूलो झुट बोलिरहेकी छन्। किनभने छवि–गीतान्जलीको सम्बन्धबाट त एउटा सन्तान नै जन्मिएको थियो।  रेखासँगको वैवाहिक सम्बन्धबारे त संसार जानकार छ। 

तर, हेमाको उजुरीलाई आधार मान्ने हो भने रेखा–छविको बिहे नै नभएको बताउँछ। यसले त रेखा त्यत्रो लामोसमयदेखि छविसँग ‘लिभिङ टुगेदर’मा थिइन् भन्ने संकेत गर्छ। उनीहरूबीचको डिभोर्स खबरलाई त ‘फन्डा’को रुपमा संकेत गराउँछ। यथार्थ यही हो? रेखा–छवि दुवैमाथि प्रश्न उब्जिएको छ।

हेमाको उजुरी अनुसार शिल्पासँगको सम्बन्धबारे पनि आफूले हल्ला सुनेको तर छविसँग सोध्दा प्रमाण मागेकाले केही गर्न नसकेको उल्लेख छ। पछि छविकै कर्मचारीको सहयोगमा बिहे दर्ता फेला पारेपछि उजुरी गर्न आइपुगेको उनको कथन छ। हेमाको उजुरी अनुसार शिल्पा–छविबीच बिहे दर्ता भने २०७५ साल पौस ११ गतेमात्रै भएको थियो। 

त्यसो त छविले तीनजना श्रीमतीसँग सम्बन्ध विच्छेद गरेपछिमात्रै शिल्पासँग बिहे गरेको कुरा उनी स्वयम्ले केही दिनअघि शिल्पालाई फेसबुकमार्फत लेखेको पत्रमा उल्लेख छ। शिल्पा डिभोर्सको निर्णयमा पुगेपछि शिल्पालाई फकाउन उनले लेखेको पत्रको सुरुनै उनले यसरी गरेका थिए, ‘शिल्पाजी, मैले ५२ बर्षको उमेरमा ३ जना श्रीमतीसँग सम्बन्ध बिच्छेद भईसकेपछि तपाईंसँग चाहिँ जिन्दगी बिताउन सक्छु होला भनेर जिन्दगीका सब थोक कम्प्रमाइज गरेर माया गरेर बिहे गरेको श्रीमती हो।’

हेमाको दाबी र कानुनी यथार्थ 
हेमाले यसअघिका हिरोइनसँग छविले विवाह गरेको प्रमाण प्राप्त नगरेको उजुरीमा उल्लेख गरेकी छन्। छविले यत्तिकै हल्ला चलाएको बताएको पनि उल्लेख गरेकी छन्।  तर, गीताञ्जलीका तर्फबाट सन्तान समेत जन्मिसकेका छन्। छविले आफ्नै सन्तान स्वीकारिसकेका छन्।

नेपालको कानुनले सन्तान जन्मेको प्रमाणित भएमा विवाह भएको मानिने उल्लेख गरेको छ। छविको दोस्रो विवाह गीताञ्जलीसँग भएको सन्तानले पुष्टि गर्नेछ। यस्तोे अवस्थामा प्रमाण प्राप्त नभएको दाबी झुठो ठहर्ने देखिन्छ। 

हेमाले नै उजुरीमा छवि–शिल्पाको ६ महिनाअघि विवाह नै भएको खुलाएकी छन्। देवानी संहिता २०७५ ले कसैको विवाहबाट कसैलाई मर्का परेमा तीन महिनाभित्र उजुरी दिनुपर्ने व्यवस्था गरेको छ। भनिएको छ, ‘मर्का पर्ने व्यक्तिले त्यस्तो कामकारबाही (विवाह) भएको तीन महिनाभित्र नालिस गर्न सक्नेछ।’

ढिलो उजुरी गर्नुका पछाडि प्रमाण नभेटेका कारण प्रस्तुत गरेकी छन्। बहुविवाह सरकारीवादी मुद्दा हुने भएकाले अनुसन्धान गरेर प्रमाण जुटाउने काम प्रहरी र सरकारी वकिलको कार्यालयको हुनेछ। ‘आफूसँग डिभोर्स नगरी अर्कोसँग बिहे गरेर बसेको शंका लागेको अवस्थामा नै उजुरी गर्न सकिन्थ्यो,’ महान्यायधिवक्ता कार्यालयका प्रवत्ता नायब महान्याधिवक्ता संजिवराज रेग्मीले भने, ‘त्यस्तै छवीको हकमा उहाँले यसअघि नै रेखा थापालगायतसँग बिहे गरेको कुरा आएको थियो। त्यसैले हेमाजी बिहे गरेको ३५ वर्षपछि उजुरी लिएर आउनुभएको हो भने यत्रो वर्ष उहाँले कसरी थाहा पाउनु भएन? थाहा नपाउने आधार प्रष्ट पार्नुपर्छ।’

शिल्पा भन्छिन्– ‘षड्यन्त्र भयो’ 
अभिनेत्री शिल्पा पोखरेलले ३५ वर्षपछि हेमाले उजुरी हाल्नुलाई षड्यन्त्रका रुपमा बुझेकी छन्। आफूलाई न्याय पाउनबाट रोक्न खेलिएको खेल रहेको बताउँछिन्। आफूले विवाह गर्नुअघि उनकी तत्कालीन पत्नी रेखा थापासँगको डिभोर्स पेपर हेरेको बताएकी छन्। उनले भनिन्, ‘मैले तत्कालीन श्रीमति रेखा थापासँग डिभोर्स भएको  देखेपछि विवाह गरेकी हुँ। उहाँले विवाह नै नगरी डिभोर्स गर्नुभएको त होइन होला।’

रेखाको भूमिका कति? 
छवि–शिल्पाको सम्बन्धमा दरार आएपछि ‘सम्बन्ध नभएकी’ रेखा थापा एकाएक दृष्यमा आइन्। उनीहरूको झगडा मिलाउन भूमिका खेलेको शिल्पाको भनाइ छ। आफूलाई भेट्न आएको समेत प्रष्ट्याएकी छन्। 

यतिबेला संयोग के परेको छ भने छविकी पूर्वपत्नी हेमा ओझाको तर्फबाट मुद्दा लड्ने जिम्मा रेखाको फिल्ममा वकिलको भूमिका निर्वाह गरेका अधिवक्ता स्वागत नेपालले लिएका छन्।

रेखाको फिल्म 'रुद्रप्रिया'मा अधिवक्ता स्वागत नेपाल

फिल्म ‘रुद्रप्रिया’मा कलाकारको भूमिकामा देखिँदा उनको रेखासँग राम्रो सम्बन्ध रहेको देखिन्छ। उनै वकिल हेमाका पक्षमा देखिँदा प्रश्न भने रेखामाथि उठिरहेको छ। फिल्मवृत्तमा हल्ला चलिरहेको छ– हेमालाई मुद्दा हाल्न कतै रेखाले उक्साएकी त होइनन्!  

सम्बन्धित समाचार

  • शिल्पालाई छवि ओझाको आग्रह : आफ्ना कमजोरी सच्याएर गान्धीवादी बन्न तयार छु, घर आउनुस्

  • अभिनेत्री शिल्पाको घरेलु हिंसाको अनुभूति : फिल्ममा ब्रेक दिएको भन्दैमा मैले कुटाई खाइरहने?

  • छवि र शिल्पाबीच तत्कालका लागि सहमति, डिभोर्सबारे टुंगो लागेन

  • शिल्पाका श्रीमान् छविले भनेः ममाथि जे आरोप लगाइयो, त्यो गलत छ

  • यसरी पटक–पटक हिंसाको संकेत गरेकी थिइन् शिल्पाले

  • छविले 'कानको जाली फुट्ने गरी' कुटेपछि शिल्पा प्रहरीको शरणमा पुगेको खुलासा

  • छविबाट सुरक्षा थ्रेट भन्दै अभिनेत्री शिल्पाले गुहारिन् प्रहरी

प्रकाशित मिति: सोमबार, साउन ६, २०७६  १८:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ?
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी बिहीबार, असोज ८, २०८३
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ? बिहीबार, असोज ८, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै बिहीबार, असोज ८, २०८३
भोटेकोशी बाढी : ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्