माघ ४ सम्म भृकुटीमण्डपमा छाला जुत्ता मेला

नेपाल लाइभ | २०७६ पौष २९ मंगलबार | Tuesday, January 14, 2020 १७:४९:०० मा प्रकाशित

काठमाडौं- नेपाल छाला जुत्ता उत्पादक संघले सातौँ बृहत राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रर्दशनी संचालन गरिरहेको छ।

पुस २८ मा सुरु भएको मेला माघ ४ सम्म हुने आयोजकले जानकारी दिएको छ। 

'कला र कौशल हाम्रो, नेपाली ब्रान्ड नै राम्रो' भन्ने मूल नाराका सुरु भएको मेलामा छालाका जुत्ता चप्पलका स्टलहरू रहेका छन्।

विभिन्न उद्योगले उत्पादन गरेका जुत्ताहरु प्रदर्शनी हुने मेलामा ८० हजार दर्शक भित्राउने लक्ष्य लिइएको छ।

मेलामा जेन्स, लेडिज, बच्चाका जुत्ताहरु, लगायत अल्लो तथा हेम्पबाट निर्मित वस्तु प्रर्दशन तथा बिक्रीवितरण हुनेछ।

ती सामग्रीमा १५ देखि २५ प्रतिशतसम्म छुट व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ। 

निःशुल्क प्रवेको व्यवस्था गरिएको मेलामा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले सहयोग गरेको छ।