काठमाडौं- नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारीक वितरक सिप्रदी ट्रेडिङ प्रा. लि. ले हेटौँडाको बसामाडीमा थ्री एस वर्कशप संचालनमा ल्याएको छ।
सिप्रदी ट्रेडिङका कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर जबरा तथा टाटा मोटर्सको कमर्सियल भेइकलका प्रमुख गिरिश वागले संयुक्त रूपमा सो वर्कसपको उद्घाटन गरेका थिए। उक्त उद्घाटन समारोहमा सिप्रदीका कर्मचारीका साथै ग्राहकहरूको पनि उपस्थिती थियो।
उक्त कार्यक्रममा टाटा मोटर्सको कमर्सियल भेइकलका प्रमुख गिरिश वागले टाटा मोटर्सले बिक्रीपछिको सेवा (आफ्टर सेल्स सर्भिस) लाई ठूलो प्राथमिकता दिने जनाउँदै सर्भिस सेन्टर सञ्जाल थप विस्तार गरिएको प्रति खुसी व्यक्त गरे। उनले अटोमोबाइल इन्डष्ट्रीजको भविष्य भनेको नै ग्राहकको खुसी भएको उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।