ओशो रिक्रुटिङ् म्यानपावरमा विभागको छापा 

नेपाल लाइभ | २०७६ मङ्सिर २५ बुधबार | Wednesday, December 11, 2019 १६:४०:०० मा प्रकाशित

काठमाडौं- वैदेशिक रोजगार विभागले शान्तिनगरस्थित ओशो रिक्रुटिङ म्यानपावरमा छापा मारेको छ। 

युक्त अरब इमिरेट्समा (युएई) पठाउने भन्दै एक युवासँग २ लाख ५ हजार लिँदै गरेको अवस्थामा फेला पारी छापा मारेको विभागले जनाएको छ। 

ड्राइभिङ कामका लागि युएई जान लागेका ती युवासँग म्यानपावरले १ लाख ३० हजार रकम माग गरेको थियो। 

सबै रकम नदिएसम्म युएई नपठाउने भन्दै लामो समयसम्म कुराएपछि ति युवाले विभागमा उजुरी गरेका थिए। 

सोही आधारमा विभागले उक्त म्यानपावरमा बुधबार छापा मारेको हो। 

छापा मारी ती युवाबाट म्यानपावरले लिएको रकम जफत गरिएको विभागले जनाएको छ। सरकारले तोकेको रकममा ती युवालाई युएई पठाउन तथा म्यानपावर सञ्चालकलाई स्पष्टीकरणका लागि विभागमा उपस्थित हुन विभागले पत्र काटेको छ।