पर्यटनमन्त्रीले साहस गरे भ्रमण वर्षमै एक लाख रोजगारी सिर्जना हुन्छ : लीलाबल्लभ दाहाल [भिडियो वार्ता]

नेपाल लाइभ | २०७६ मङ्सिर १३ शुक्रबार | Friday, November 29, 2019 ०९:००:०० मा प्रकाशित

काठमाडाैं- भ्रमण वर्षको उद्घाटन मिति नजिकँदै छ। तर अपेक्षित तयारी हुन नसकेको टीकाटिप्पणी हुँदै आएका छन्। सरकारले जुन चासो दिएर भ्रमण वर्ष मनाउने तयारी गरेको छ त्यसमा पर्यटन व्यवसायीले हैँसेमा होस्ठे थप्दै आएका छन्। तर कतिपय विषयमा व्यवसायीहरू सरकारसँग असन्तुष्टि पोख्दै पनि आएका छन्। 

पर्यटन क्षेत्रमा वैदेशिक लगानी भित्र्याउने, हिमालय क्षेत्रको टुर प्याकेज बढी बिक्री गर्ने जस्ता विषय विषयमा पनि नेपालका पर्यटन व्यवसायीले जोड दिँदै आएका छन्। भ्रमण वर्षमा सरकारले काम गर्न सके ठूलो मात्रामा रोजगारी सिर्जना हुने बताइँदै आएको छ। 

यसैबीच नेपालको बाटो हुँदै प्रसिद्ध धार्मिकस्थल मानसरोवर जाने यात्रीको संख्या पनि बढ्दै गएको छ। नेपाल हुँदै कैलाश मानसरोवर भ्रमण गर्ने पर्यटकको संख्या वार्षिक २५ हजार पुगेको तथ्यांक छ। यसका साथै नेपाललाई समग्र हिमालयको गेटवेका रुपमा विस्तार गर्न खासगरी पर्यटन व्यवसायीले जोड पनि दिँदै आएका छन्।

पर्यटन वर्षले नेपाली अर्थतन्त्रमा पार्ने प्रभाव, तीर्थयात्राका रुपमा नेपाल आउने वा नेपालको बाटो प्रयोग गर्ने पर्यटकको संख्या बढाउने, ट्रेकिङमा जाने पर्यटकका सुविधालगायतका विषयमा एसोसिएसन अफ कैलाश टुर अपरेटरका प्रथम उपाध्यक्ष लीलाबल्लभ दाहालसँग नेपाल लाइभका सुमन शर्माले गरेको कुराकानीः

विस्तृत कुराकानी भिडियोमा हेर्नुहोस्