काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआइ) मा शेखर गोल्छा स्वत: अध्यक्ष बन्ने निश्चित भएको छ।
एफएनसिसिआइको विधान संशोधन गर्न बनेको विधायन समितिले तत्काल संशोधनको विषय अगाडि नबढाउने निर्णय गरेसँगै गोल्छाको स्वत: अध्यक्ष बन्ने बाटो खुलेको हो। विधान संशोधन समितिका सभापति चण्डीराज ढकालले एफएनसिसिआइको पुरानो विधान संशोधन गर्दै वरिष्ठ उपाध्यक्षले स्वत: अध्यक्ष बन्ने संशोधनको प्रस्ताव अगाडि सारेका थिए।
तर विधान समितिको शुक्रबार बसेको बैठकले तत्काल विधान संशोधनको प्रस्ताव अगाडि नबढाउने निर्णय गरेसँगै गोल्छा अध्यक्ष बन्ने बाटो खुलेको हो।
संस्थाको विधानमा वरिष्ठ उपाध्यक्ष स्वत:अध्यक्ष हुने उल्लेख छ। अब चैतमा हुने एफएनसिसिआइको साधारण सभाबाट वरिष्ठ उपाध्यक्ष लगायत अन्य पदको मात्रै चुनाव हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।