• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

हरिबोधिनी एकादशी : बढ्यो कन्दमुलको व्यापार [फोटो फिचर]

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक २२, २०७६  ११:३४
1140x725

भैरहवा- आज हरिबोधिनी एकादशी मनाइँदै छ। वर्षभरीमा पर्ने २४ वटा एकादशीमध्ये सबैभन्दा ठूलो एवं महत्वपूर्ण एकादशी हो हरीबोधिनी एकादशी हो। त्यसैले यसलाई ठूली एकादशी पनि भन्ने गरिन्छ।

हिन्दू धर्ममा एकादशीलाई भगवान विष्णुको उपासना गर्ने पर्वको रूपमा लिइन्छ। देशभरका नारायण मन्दिरहरुमा विशेष पूजाआजा गरी तथा तुलसीको विवाह गरी यस पर्व मनाइने गरिन्छ। श्रद्धालुहरु व्रत बस्ने र कन्दमूल खाने भएकाले पनि एकादशीमा उखु, तरुल, सखरखण्ड र सिंगडाको कारोबार बढी हुने गरेको छ।

तराई तथा पहाडी जिल्लामा हरिबोधिनी एकादशीमा कन्दमुल सखरखन्ड, तरुल तथा तलाउ र पोखरीमा फल्ने सिंगडा लगायतका फलको कारोबार बढेको हो। एकादशीका लागि तराईका जिल्लामा पाइने सिंगडा तथा विशेषगरी पहाडी जिल्लामा उत्पादन हुने सखरखण्ड र तरुलको व्यापार बढेको व्यापारीले बताएका छन्।

सिद्धार्थनगर नगरपालिका-६ का व्यापारी हनुमानदास कहारले एकादशीका दिन विभिन्न प्रकारको कन्दमूलको रुपमा प्रयोग गरिने तरुल, शखरखण्ड लगायतका वस्तुको कारोबार बढेको बताए। विशेष चाडपर्वका समयमा मात्र बिक्री हुने भएकाले ग्राहकहरु यो समयमा खोजीखोजी सिँगडा, तरुल तथा शखरखण्ड खोज्दै आउने हुँदा यीनको बिक्री बढेको उनको भनाइ छ।

रुपन्देहीको मर्चवारमा पर्ने कोटहीमाई गाउँपालिका बेतकुइँयाकी सेउरी मल्लाहले मर्चवार क्षेत्रमा सिंगडाका साथै शखरखन्डको कारोबार बढेको बताइन्। उनले स्थानीय तलाउ तथा पोखरीबाट टिपेको सिंगडाको व्यापार प्रत्येक वर्ष बढिरहेको जानकारी दिइन्। एकादशीलाई मध्यनजर गर्दै केही दिनयता मर्चवारका तलाउ तथा पाखेरीबाट टिपेर ल्याइएका ताजा सिंगडा किन्ने ग्राहकको चाप बढेको उनको भनाइ छ।

उनका अनुसार ताजा सिंगडा किन्न भैरहवा लगायतका स्थानबाट ग्राहकहरु यहाँ आउने गरेका छन्।

भैरहवाका अर्का व्यापारी नमी उमाले आफूले ३५ वर्षदेखि हरिबोधिनी एकादशी र माघीमा तरुललगायत विभिन्न कन्दमूल बिक्री गर्दै आएको बताए। उनले पछिल्ला वर्षहरुमा तरुलजन्य फलको बिक्री राम्रो हुँदै गएको उनको अनुभव छ। बिक्री बढ्दै जाँदा नेपालमै उत्पादन समेत बढेको उनको भनाइ छ।

Ncell 2
Ncell 2
nimb
nimb

हरिबोधिनी एकादशीलाई लक्षित गरी भैरहवा बजारका विभिन्न ठाउँमा बिहानैदेखि विभिन्न प्रकारका तरुल र कन्दमूल बिक्री गर्न बस्ने घुमन्ते व्यापारीको संख्हया समेत बढेको देखिन्छ।

विशेषगरी बाह्रै महिना व्यापार नहुने भएकाले पनि फुटकर बिक्रीकर्ताहरु बजारमा उल्लेख्य देखिन्छन्। यस्तै, जिल्लाका विभिन्न क्षेत्रका हाटबजारहरु तथा फुटपाथमा समेत एकादशीलाई लक्षित गरी कन्दमुल बिक्रीका लागि राखिएको छ।

यता एकसाता अघिसम्म प्रतिकिलो ५० देखि १०० रुपैयाँसम्म पाइने विभिन्न खालका तरुल तथा कन्दमूलको मूल्य एकादशीका दिनमा भने बढेर ८० देखि १५० रुपैयाँसम्म पुगेको छ। रुपन्देहीको मर्चवारमा प्रतिकिलो ५० रुपैयाँमा पाइने सिंगडा भैरहवा लगायतका सहरहरुमा भने १ सय रुपैयाँ  बिक्री भइरहेको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

मौसमी परिकारका रुपमा रहेकाले पनि मूल्य वृद्धि भएको व्यापारीहरुले बताएका छन्। खासगरी हरिबोधिनी एकादशीमा जिल्ला सदरमुकाम भैरहवा, बुटवल, लुम्बिनी, मर्चवार, कोटिहवा, धकधई, देवदह, मणिग्राम लगायतका ग्रामीण तथा सहरी बजारहरुमा तरुल, सखरखन्डको व्यापार बढेको व्यवसायीहरुले बताएका छन्।

रुपन्देहीमा नेपालका पहाडी जिल्ला बाहेक व्यवसायीहरुले भारतको मुजफ्फरपुर, वाराणसी लगायतका स्थानबाट तरुल आयात गर्ने गरेको बताएका छन्। तरुल उत्पादनमा मुलुक आत्मनिर्भर बन्दै गइरहेको भए पनि रुपन्देहीमा भने यसको व्यवसायिक खेती गरिएको छैन। एकादशीमा रुपन्देहीमा मात्रै करिब ३० टन तरुल तथा कन्दमूल खपत हुने व्यवसायीको अनुमान छ।

तुलसी विवाहका लागि प्रयोग हुने भएकोले उखुको समेत बिक्री साविकको तुलनामा बढेको छ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २२, २०७६  ११:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित
राष्ट्रपतिबाट दुई अध्यादेश जारी
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
तारकेश्वरमा गोली चलाएर लागूऔषध कारोबारी पक्राउ मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्