• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

मेलम्चीको पानी १ वर्षभित्र काठमाडौं आउँछ, आशंका गर्नुपर्दैन : मन्त्री मगर

64x64
नेपाल लाइभ बिहीबार, कात्तिक २१, २०७६  १५:१८
1140x725

काठमाडौं- खानेपानीमन्त्री बिना मगरले राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको बुधबार स्थलगत निरीक्षण गरेकी छिन्।

मेलम्ची आयोजनाको हेड वर्क्स र सुरुङ फिनिसिङको ठेक्का पाएको कम्पनी सिनो हाइड्रो कर्पोरेसनले आयोजनाको काम अघि बढाएको सन्दर्भमा कामको प्रगतिको अवस्था बुझ्न खानेपानीमन्त्री मगरले स्थलगत निरीक्षण गरेकी हुन्। मन्त्री मगरको नेतृत्वमा खानेपानी सचिव माधव बेल्बासे पनि निरीक्षणमा सहभागी थिए।

यसअघि ठेकेदार कम्पनी 'सिएमसी'ले काम छाडेर गएपछि बाँकी कामको ठेक्का सिनो हाइड्रोले पाएको हो। अबको एक वर्षमा मेलम्चीको पानी काठमाडौंमा ल्याउनेगरी सिनो हाइड्रोले काम सुरु गरिसकेको छ।  मेलम्ची आयोजनालाई समयमै सम्पन्न गर्नेगरी कामको रफ्तारमा अघि बढाउन मन्त्री मगरले निर्देशन दिएकी छिन्।

‘मेलम्ची आयोजनामा देखिएका समस्या समाधान गरेर सरकार अघि बढ्ने भन्दै मन्त्री मगरले भनिन्, ‘स्थानीय जनताको मागलाई सम्बोधन गर्न सरकार गम्भीर छ। स्थानीयले सडक पिच गर्नुपर्‍यो भनेर माग गरेका छन्। यो विषयमा सडक विभागसँग छलफल चलिरहेको छ।’

मन्त्री मगरले हरहालतमा मेलम्चीको पानी काठमाडौं ल्याउने अठोटसमेत व्यक्त गरेकी छिन्। सबै अवरोधहरु पन्छाएर आयोजनाको काम अघि बढेकाले अब मेलम्चीबारे दुविधा नराख्न पनि उनले आग्रह गरिन्।

स्थलगत निरीक्षणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री मगरले भनिन्, ‘मेलम्ची हाम्रो राष्ट्रिय गौरवको आयोजना हो, नेपालको प्रतिष्ठाको आयोजना पनि हो। तर, निर्माणको जिम्मा लिएको सिएमसी कम्पनीले एक्कासी हात झिक्दा हामीले अप्रत्याशित परिस्थितिको सामना गर्नुपर्‍यो। तर, अहिले त्यो परिस्थिति अन्त्य भएको छ र सबै अवरोध छिचोलेर मेलम्चीको काम अघि बढेको छ।'

‘सिएमसी कम्पनी आर्थिक रुपमा टाट पल्टिएका कारण आयोजनाबाट हात झिक्यो,’ मेलम्चीको पछिल्लो प्रगतिबारे जानकारी दिँदै मन्त्री मगरले भनिन्, ‘हामीले नसोचेको परिस्थिति झेल्यौं, अब त्यो अवस्था छैन। नयाँ कम्पनीले आयोजनाको ठेक्का लिएपछि निर्माणको काम द्रूत गतिमा अघि बढेको छ। तसर्थ, हरहालतमा मेलम्ची आउँछ, अब शंका नगरौं।’

Ncell 2
Ncell 2
nimb
nimb

मंगलबार संसद्‌को विकास समितिकी सभापति कल्याणी खड्कासहितको संसदीय टोली मेलम्ची पुगेको थियो। त्यसको भोलिपल्ट मन्त्री मगरको टोली आयोजनाको स्थलगत निरीक्षण र प्रगति विवरण बुझ्न मेलम्ची पुगेको हो।

२१ डिसेम्बर २०१८ मा निर्माण कम्पनीले आयोजनाको निर्माण कार्यबाट हात झिकेसँगै मेलम्ची आयोजना अन्योलमा परेको थियो। त्यसलगत्तै नेपाल सरकार र मन्त्रालयले आयोजनाको काम छिटोभन्दा छिटो सम्पन्न गर्न विभिन्न विकल्पहरुमा छलफल गरेको थियो। मेलम्ची विकास समितिले ग्लोवल टेन्डरका आधारमा आयोजनाको बाँकी निर्माण कार्य सम्पन्न गर्न गत असोजमा चिनियाँ ठेकेदार कम्पनीसँग सम्झौता गरेको थियो। सम्झौतापछि ठेकेदार कम्पनीले निर्माणको काम अघि बढाएको हो।

गत असोज १० गते मेलम्चीको सुरुङ मार्गको काम र असोज २४ गते हेड वर्क्सको काम चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोलाई दिनेगरी निर्माण सम्झौतामा हस्ताक्षर भएको थियो। मेलम्चीको बाँकी काम १ अर्ब ८७ करोड रुपैयाँमा सम्पन्न गर्न सिनो हाइड्रोले ठेक्का पाएपछि निर्माणको काम अघि बढिरहेको छ। चिनियाँ कम्पनीले सम्झौताको समयावधिभित्रै आयोजनाको निर्माण कार्य सम्पन्न गर्ने प्रतिवद्धतासमेत व्यक्त गरेको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

निर्माण सम्झौतामा हस्ताक्षर भएपछि ठेकेदार कम्पनीले तिहारअघि नै आयोजनाको सम्पूर्ण अवस्थाको स्थलगत जानकारी लिएको थियो। निर्माण सम्झौतामा हस्ताक्षर भएको तीन हप्ता नपुग्दै सिनो हाइड्रोले निर्माण कार्यमा गुणात्मक प्रगति गरेको छ। अघिल्लो ठेकदार कम्पनी सिएमसीले स्थानीय कामदारलाई तिर्नुपर्ने पारिश्रमिकको दायित्व नेपाल सरकारले लिन तयार भएपछि आयोजनाको स्थानीय अवरोध हटेको थियो।

सिनो हाइड्रोले 'रक डावेल'को काम सुरु गरी हेड वर्क्सको फाउन्डेसन ब्लास्टिङको तयारी गरिरहेको छ। तीन हप्ताको अवधिमा टनेलभित्र 'ग्राउटिङ'को काम पनि सुरु भइसकेको छ। कम्पनीले आयोजना निर्माण कार्यमा अघिल्लो ठेकेदार कम्पनीले प्रयोगमा ल्याएका हेभी इकुप्मेन्ट आवश्यकताअनुसार भाडामा चलाउने सम्झौता पनि गरिसकेको मेलम्ची आयोजनाका सिनियर इन्जिनियर कमल श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार ब्लाचिङ प्लानका लागि ३० घनमिटरको मेसिन जडान गरी मिक्सिङको काम तयारी अवस्थामा रहेको छ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २१, २०७६  १५:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला
‘म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँ’: मञ्चलाकुमारी झा
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ?
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला बुधबार, असोज २८, २०८३
‘म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँ’: मञ्चलाकुमारी झा बुधबार, असोज २८, २०८३
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? बुधबार, असोज २८, २०८३
हटियामा राष्ट्रिय प्रसारण पुग्यो, किमाथांकामा पनि यसै वर्ष पुग्ने बुधबार, असोज २८, २०८३
आदिवासी जनजाति सहमहामन्त्रीमा बहादुरसिंह लामा तामाङ विजयी, पाए ३२४५ मत बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्