नेप्से घटे पनि कारोबार सम्हालियो

नेपाल लाइभ | २०७६ कार्तिक २० बुधबार | Wednesday, November 06, 2019 १५:४२:०० मा प्रकाशित

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १ दशमलव ४४ अंकले घटेर १ हजार १ सय ३८ दशमलव शून्य २ अंक कायम भएको छ। 

बुधबार परिसूचक घटेपनि कारोबार रकम भने औसत देखिएको छ।

कुल १ सय ६० कम्पनीको ७ लाख ५० हजार कित्ता सेयर ३ हजार ९ सय ८६ पटक किनबेच हुँदा २० करोड ६२ लाख ५३ हजार ८ सय रुपैयाँ बराबरको कारोबार भएको छ।

बुधबार व्यापार समूह, लघुवित्त समूह, जीवन बिमा समूह र म्युचुअफ फन्ड समूहको उपसूचक क्रमशः १७ दशमलव १७, ४ दशमलव ४७, २१ दशमलव ३८ र शुन्य दशलमव ०२ अंकले बढेको छ।

सबैभन्दा बढी उत्पादन समूहको उपसूचक ७ दशलमव ७६ अंकले घटेको छ। 

कारोबार रकमका आधारमा प्रभु बैंक लिमिटेडको ४ करोड ३६ लाख ७५ हजार ९ सय रुपैयाँ बराबरको कारोबार भएको छ।

सबैभन्दा बढी कमाउनेमा साल्ट ट्रेडिङ कर्पोरेसनका लगानीकर्ताले प्रतिकित्ता ९ दशलमव ८८ प्रतिशतका दरले कमाएका छन भने सबैभन्दा धेरै गुमाउनेमा महालक्ष्मी विकास बैंक लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ४ दशमलव २८ प्रतिशतका दरले गुमाएका छन्।