पूँजी बजारमा झिनो सुधार

नेपाल लाइभ | २०७६ कार्तिक १८ सोमबार | Monday, November 04, 2019 १६:२७:०० मा प्रकाशित

काठमाडौं- सातामा कारोबारको पहिलो दिन आइतबार ७ अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सोमबार भने झिनो अंकले सुधार देखिएको छ।

नेप्सेका अनुसार सोमबार परिसुचक शुन्य दशलमव ९७ अंकले बढेर १ हजार १ सय ४० दशमलव २६ अंकमा कायम भएको छ। 

बैंकिङ समूह, विकास बैंक समूह, वित्त समूह र अन्य समूहको उपसूचक क्रमशः शून्य दशमलव ९२, शुन्य दशमलव ८३, १ र २ दशलमव ४६ अंकले घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै निर्जीवन बिमा समुहको उपसूचक १४ दशमलव ३८ अंकले बढेको छ। 

कारोबार रकममा आधारमा नबिल बैंक सबैभन्दा अगाडि देखिएको छ। नबिल बैंकको २५ हजार ९ सय ६५ कित्ता सेयर कारोबार बाट १ करोड ९८ लाख ८६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। 

सबैभन्दा धेरै ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ९ दशमलव ९३ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै गुमाउनेमा जोशी हाईड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ४ दशलमव ८३ प्रतिशतलका दरले गुमाएका छन्।