काठमाडौं- एनआईसी एसिया बैंकका ग्राहकले टिथ सेभर्स डेन्टल क्लिनिक दाँतसम्बन्धी उपचार गराउँदा १५ प्रतिशतसम्म छुट पाउने भएका छन्।
बैंकका डेबिट एवं क्रेडिट कार्डबाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले टिथ सेभर्समा दाँतको उपचार गराउँदा छुट प्राप्त गर्नेछन्।
सोसम्बन्धी सम्झौतापत्रमा बैंकको तर्फबाट डिजिटल बैंकिङ्ग विभागका प्रमुख प्रवीण रेग्मी र टिथ सेभर्सको तर्फबाट अध्यक्ष श्री उषा घिराईयाले शुक्रबार हस्ताक्षर गरेका छन्।
देशभर ३१० शाखा कार्यालय, ३८२ एटिएम, ८४ वटा एक्स्टेन्सन काउन्टर र ४२ वटा शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्ने बैंक देसकै ठूलो शाखा सञ्जाल भएका बैंकमध्ये एक हो।
अठार लाखभन्दा बढी ग्राहक भएको बैंकले गत आर्थिक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।