अनमोल केसीको रोजाइमा 'जिप कम्पास'

नेपाल लाइभ | २०७६ कार्तिक १४ बिहीबार | Thursday, October 31, 2019 १८:०८:०० मा प्रकाशित

काठमाडौं- अभिनेता अनमोल केसीले 'जिप कम्पास'लाई यात्राको साधनका रुपमा रोजेका छन्। लक्ष्मीपूजाका दिन आफ्ना बुबा तथा वरिष्ठ अभिनेता भुवन केसीका साथ आएका अनमोलले जिप कम्पास खरिद गरेका हुन्।

अनमोलले किनेको जिपको साँचो एमएडब्लू ग्रुप अफ कम्पनिजका प्रबन्धनिर्देशक विष्णुकुमार अग्रवालले हस्तारन्तरण गरेका थिए। नेपालमा सार्वजनिक भएको एक वर्षमै जिप कम्पासले आफूलाई सबैभन्दा बढी खोजिएको र सबैभन्दा बढी रोजिएको ‘फोर-डोर, फाइभ-सिटर’का रुपमा स्थापित गर्न सफल भएको छ।

यो अवधिमा नेपालका लागि जिपको आधिकारिक बिक्रेता लाइफ अटोमोबाइलले २ सय ५० भन्दा बढी संख्यामा जिप कम्पास बिक्री गरिसकेको छ। ‘खासमा जिप ब्रान्डकै कारण मैले जिप कम्पासलाई आफ्नो यात्राको साथीका रुपमा रोजेको हुँ। यो एसयुभी नेपाली सडकको अवस्थामा ‘फिट’ छ। म जिप कम्पासको कठोरता, क्षमता र ‘म्यान्ली अपियरेन्स’बाट निकै प्रभावित छु,’ गाडीको साँचो बुझेपछि अनमोलले भने, ‘सुटिङको लागि म धेरैजसो काठमाडौं उपत्यका बाहिर यात्रा गरिरहेको हुन्छु। अब मेरा सबै गन्तव्यमा जिप मेरा साथमा हुनेछ।’

गाडीको खरिदसँगै जिप नेपालले अनमोल केसीको सम्मानमा उनकै चलचित्रको गीतमा ‘फ्ल्यास मोब’ डान्ससमेतको प्रस्तुति देखाएको थियो।

जिप कम्पास पेट्रोल र डिजेल दुवै इन्जिनमा उपलब्ध छ। डिजेल भर्सन २.० लिटल मल्टिजेट टर्बोचार्ज्ड इन्जिनमा उपलब्ध छ जसले अधिकतम १७० बिएचपी पावर र ३५० एनएम टर्क उत्पन्न गर्छ। यसमा ६-स्पिड म्यानुअल ट्रान्समिसन जडान गरिएको छ।

त्यसैगरी, पेट्रोल भर्सनमा १.४ लिटर टर्बो युनिट रहेको छ, जसले १६० बिएचपी बराबरको अधिकतम पावर र २५० एनएमको अधिकतम टर्क उत्पन्न गर्छ। पेट्रोलमा ६ स्पिड म्यानुअल र ७ स्पिड ट्विनक्लच अटोमेटिक ट्रान्समिसन राखिएको हुन्छ।

नेपालमा जिप कम्पासको मूल्य ७३ लाख ९० हजार रुपैयाँदेखि १ करोड २४ लाख ९० हजार रुपैयाँसम्म पर्छ।