काठमाडौं- चालू आवको पहिलो दुई महिनामा ११ लाख भन्दा बढी मोबाइल सेट विश्वका विभिन्न देशबाट नेपाल भित्रिएको छ।
भन्सार विभागमा अनुसार चालू आव २०७६/०७७ को पहिलो  दुई महिना साउन  र भदौमा मात्रै ११ लाख ४ हजार ५ स्सय १७ सेट मोबाइल नेपाल भित्रिएको छ।
यसरी भएका मोबाइल आयातमा मात्रै नेपालबाट ५ अर्ब १० करोड ४६ लाख ३६ हजार रुपैयाँ बाहिरिएको छ। जसबाट सरकारले ८० करोड ८१ लाख रुपैयाँ बराबर राजस्व संकलन गरेको छ।
कुन देशबाट कति? 
नेपालले यूएईबाट ४ वटा, अष्ट्रेलियाबाट ५ वटा, बहराइनबाट २ वटा, चीनबाट ८ लाख २ हजार ४० वटा, डेनमार्कबाट १, स्पेनबाट २ र बेलायतबाट ९ वटा मोबाइल भित्रिएको छ।
यसैगरी भारतबाट २ लाख ७६ हजार ३ सय ९८, जापानबाट २ सय २, साउद कोरियाबाट ६९, कुवेतबाट १, मंगोलियाबाट १, मलेसयाबाट ३, न्युजिल्यान्डबाट १, साउदी अरब २, थाइल्यान्ड ३, अमेरिका १३ र भियतनामबाट २५ हजार ७ सय ५६ थान मोबाइल सेट नेपाल भित्रिएको छ।
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।