काठमाडौं- नेपाल प्रहरीले दसैंको अवसरमा निःशुल्क बस सञ्चालनमा ल्याइएको छ। नागरिक सहजताको लागि नेपाल प्रहरीले बडादशसैंको अवसरमा काठमाडौं उपत्यकामा बस निःशुल्क रुपमा संचालन गर्ने भएको हो।
महाअस्टमी, महानवमी र विजया दशमीका दिन २ वटा रुटमा निशुल्क बस संचालन गरिनेछ।पहिलो रुट नक्सालबाट पुतलीसडक-माईतीघर-कुपण्डोल-एकान्तकुना-बल्खु-कलंकी-कालीमाटी-त्रिपुरेश्वर–रत्नपार्क-दरवारमार्ग हुँदै पुनः नक्साल पुग्नेछ।
त्यसैगरी, दोश्रो रुट नक्सालबाट मैतीदेवी-गौशाला-कोटेश्वर-तीनकुने-बबरमहल-माइतीघर-त्रिपुरेश्वर-नागस्थान-लैनचौर-लाजिम्पाट-नारायणगोपाल चोक-वालुवाटार हुँदै नक्सालसम्मको रुटमा निशुल्क बस सञ्चालन गरिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।