बारकोडले ल्यायो फ्रान्सली कार्ड प्रिन्टर नेपाली बजारमा

नेपाल लाइभ | २०७६ असोज १७ शुक्रबार | Friday, October 04, 2019 १६:०८:०० मा प्रकाशित

काठमाडौं- बारकोड नेपाल इंक प्रालिले जिनियस ब्रान्डको कार्ड प्रिन्टर नेपाली  बजारमा ल्याएको छ।

बैंक, इन्सुरेन्स, अस्पताल, स्कुल, कलेजहरुलाई लक्षित गरी बजारमा जिनियसका प्रिन्टर पठाइएको बारकोड नेपालले बताएको छ।  

बैंकिंग कार्डहरुमा थर्मल माध्यमद्वारा कलर र मोनोक्रोममा प्रिन्ट गर्न सकिने विशेषता यी प्रिन्टरमा रहेको कम्पनीको जानकारी दिएको छ।

यो प्रिन्टर निर्माण गर्दा रिसाइकल गरिएका सामग्रीको प्रयोग गरी प्रिन्टरको साइज सानो बनाइएको कारण वातावरणमैत्री भएको कम्पनीको भनाइ छ।

सो प्रिन्टरबाट १ घन्टामा  एक सय ५० रंगीन कार्ड र ५ सय मोनोक्रोम कार्ड  तीन सय डिपिआइमा छाप्न सकिने छ। 

यसमा वित्तीय संस्थाहरुलाई आवश्यक पर्ने म्याग स्ट्रिप, कन्ट्याक्ट, कन्ट्याक्टलेस इन्कोडरहरु जडान गर्न मिल्ने बनाइएको छ।

२ वर्ष वारेन्टी रहेको यस प्रिन्टर खरिद गरेको १ वर्षसम्म काठमाडौँ उपत्यका भित्र जडान गरिएको स्थानमा टेक्निकल सपोर्ट उपलब्ध गराइने कम्पनीको जनाएको छ। 

फ्रान्समा बनेको यस प्रिन्टरको नेपालको लागि विशेष मूल्य कायम गरिएको बारकोड नेपालले जनाएको छ।