• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

पुरातत्व विभागको पत्रपछि रोकियो जानकी मन्दिरको पुनर्निर्माण

मौलिकता मासिने गरी पुनर्निर्माण हुन सक्दैन : विभाग
64x64
नेपाल लाइभ बिहीबार, साउन १६, २०७६  १७:०४
1140x725

जनकपुरधाम- जानकी मन्दिर परिसरमा भइरहेको निर्माण कार्य तत्काल रोक्न पुरातत्व विभागले जनकपुरधाम उपमहानगरपालिकालाई पत्राचार गरेको छ। जानकी मन्दिर परिसरमा थालिएको भवन निर्माण, मर्मत-सम्भार र सौन्दर्यीकरणले मन्दिरको मौलिकता संकटमा परेको भन्दै विभागले उपमहानगरलाई पत्रचार गरेको हो। 

उपमहानगरपालिकालाई विभागले साउन १५ गते गरेको पत्रचारमा जानकी मन्दिर युनेस्कोको विश्वसम्पदा सूचीमा सूचीकरणको प्रयासमा रहेका हुँदा त्यस क्षेत्रको साँस्कृतिक सम्पदा तथा पर्यावरणमा प्रतिकूल असर पर्ने गरी नयाँ संरचना निर्माण कार्य रोक्न भनिएको छ।

जानकी मन्दिरको पश्चिमतर्फ सन्त निवास निर्माण भइरहेको छ। प्रदेश २ को समाजिक विकास मन्त्रालयले सो भवन निर्माणका लागि ९० लाख रुपैयाँ उपलब्ध गराएको थियो। उपभोक्ता समितिमार्फत् भई रहेको निर्माण कार्य विभागको पत्रचारपछि रोकिएको छ। निर्माण तथा मर्मत सम्भारका कारण मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउन कठिन हुने भन्दै मौलिकता नबिगारी निर्माण गर्नुपर्ने बहस जनकपुरमा सुरु भएका बेला विभागले पत्र पठाएर रोक्न निर्देशन दिएको हो। 

जानकी मन्दिरका महन्त रामतपेश्वर दास भने, ‘एक सय २० वर्षदेखि हाम्रा गुरुले सञ्चालन गरेको मन्दिरमा कुनै किसिमको संरचना निर्माण गर्दा यहाँका सन्तमहन्तसँग सल्लाह गरिन्थ्यो। तर अहिले हामीसँग राय-सल्लाह गरिएकै छैन।’

झन्डै १ सय २० वर्ष पुरानो मुगल शैलीको जानकी मन्दिर परिसरलाई सिँगार्न प्रदेश २ सरकारले मुख्यमन्त्री स्वच्छता अभियानअन्तर्गत करिब ८ करोडमा मार्बल ओछ्याउने काम थालेको थियो। प्रदेश सरकारकै सहयोगमा मन्दिरको पश्चिम भागमा भवन निर्माण भइरहेको छ। योजना अन्तर्गत जानकी मन्दिरमा मार्बल र ग्रेनाइट जडान, तीन मुख्यद्वार पुनर्निर्माण तथा ढल निकासको काम भइरहेको छ। मन्दिरकै छेउमा रहेको रामजानकी विवाहमण्डपमा प्रदेशको पर्यटन मन्त्रालयले रंगरोगन र मार्बल जडान गरिरहेको छ। आयोजना अन्तर्गत मन्दिरको बाहिरी र भित्री परिसरमा पुरानो उप्काएर सेतो मार्वल र ग्रेनाइट जडान गरिँदै छ।

पुरातत्व विभागले असार १८ गते जानकी मन्दिरका महन्त दासलाई पत्र लेख्दै विभागको वार्षिक कार्यक्रम अन्तर्गत पुरातात्विकस्थल संरक्षण आयोजना अन्तर्गत जानकी मन्दिर पनि परेकाले संरक्षण कार्यको ठेक्का पाएका ठेकेदार कम्पनीलाई आवश्यक सहयोग गर्न अनुरोध गरेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

जानकी मन्दिरमा सञ्चालित सौन्दर्यीकरण तथा संरक्षण आयोजनाको प्रमुख तथा पुरात्तत्व विभागका अधिकृत मञ्जु सिंह भण्डारीले जानकी मन्दिरको छत चुहिने समस्या छ। यो समस्या समाधान गर्न संरक्षण आयोजना सुरु गरिएको उनको भनाइ छ। तर पुनर्निर्माण गर्दा मौलिकता बचाउन सचेत हुनुपर्ने उनको भनाइ छ। छत उप्काउन दुई वटासम्म ड्रिल मात्र प्रयोग गर्न निर्देशन दिएको भण्डारीले जानकारी दिइन्। ‘यसअघि छत मर्मत गर्दा गल्ती भएकै हो। हामी पुनः चुना, सुर्खी प्रयोग गरेर मौलिक स्वरूप प्रदान गर्ने प्रयासमा छौं,’ उनले भनिन्।

यसअघि पुरातत्व विभाग, काठमाडौंबाट जानकी मन्दिरको पुरातत्वसम्बन्धी फोकल पर्सनका रुपमा कार्यरत पुरातत्व अधिकृत मन्जु सिंह भण्डारीले जानकी मन्दिरको प्रांगणभित्र भइरहेको भवन निर्माणको कार्य समेत रोक्न फोनबाट जानकारी गराएकी थिइन्। उनले त्यति बेलै निर्माण रोक्न पुरातत्व विभागको औपचारिक जानकी मन्दिर, जनकपुरधाम उप महानगरपालिका, प्रदेश २ मुख्य मन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा समेत पत्रचार गरिने बताएकी थिइन्।

मौलिकता बचाउन निर्माण कार्य थालेकोले रोक्का
जानकी मन्दिरको परिसर सुधार गर्न सहमति मागसम्बन्धी प्रदेश २ सरकारको पत्रका आधारमा साविकको दृष्यमा नकारात्मक असर नपर्ने गरी र विश्व सम्पदाको सम्भावित सूचीमा सूचीकरण गर्ने सिलसिलामा अहिलेको सुधारकार्यले कुनै समस्या नआउने गरी पुरातत्व विभागले सहमति प्रदान गरेको थियो। तर अहिले आएर पुरातत्व विभागको स्वीकृति विपरीत जानकी मन्दिरको मौलिकता तथा संरचना नै संकटमा पार्ने गरी मन्दिर परिसरभित्र भवन निर्माण कार्यको थालनी भएको भन्दै रोक्का गर्न विभागले निर्देशन दिएको हो। जानकी मन्दिर भित्रको छतमाथि ६ वटा शक्तिशाली ड्रिलको प्रयोग गरेर मन्दिरको संरचनालाई क्षति पुग्ने गरी तोडफोडको कार्य भएको उजुरीका सम्बन्धमा विभागले ध्यानाकर्षण भएको समेत जनाएको छ। 

मौलिकता संकटमा पर्ने गरी भइरहेका काम तत्काल बन्द गराउन भोर संस्थाले साउन १३ गते पुरातत्व विभागको महानिर्देशकलाई तोडफोड कार्यको फोटोहरुसहित ज्ञापनपत्र बुझाएको थियो। भोरको सहजीकरणमा सञ्चालित जानकी मन्दिरलाई विश्व सम्पदा स्थलको रुपमा सूचीकृत गराउन अभियानले उक्त पत्र बुझाएको बताएको छ। 

पत्रका आधारमा विभागको विश्व सम्पदा शाखा, पुरातत्व शाखा तथा योजना शाखा र भोरको सहभागितामा बैठक बसेको थियो। बैठकमा विभागका विश्व सम्पदा संरक्षण शाखाका प्रमुख सुरेश सरस श्रेष्ठ, पुरातत्व अधिकृत सुभद्रा भट्टराई, देवेन्द्र भट्टराई, योजना शाखाको पुरातत्व अधिकृत मन्जु सिंह र भोरका अध्यक्ष राजकुमार महतोको सहभागिता थियो।

सन् २००८ देखि जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने अभियान बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले थालेको थियो।

श्रद्धालुलाई समस्या
यता जानकी मन्दिर पुनर्निर्माणमा ढिला हुँदा मन्दिरमा फोहरको डंगुर थुप्रिएको छ। बालुवा–ढुंगाको चाङ मन्दिर परिसरमा नै थुपारिएको छ। ढलका लागि खनिएको खाल्डा नपुरिएको र बालुवा–ढुंगाको चाङले श्रद्धालुलाई आउजाउ गर्न समेत समस्या छ।

मंसिर तेस्रो साता प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत मन्दिर परिसरबाट ‘प्रदेश स्वच्छता अभियान’ सुरु गरेका थिए। सो आयोजनाको शिलान्यास भई काम सुरु भएको निर्माण रोक लगाइएको छ। परिसरका पुराना संरचना भत्काइएकाले मन्दिर परिसर सांगुरो भएको छ। सांगुरो स्थानमा फूल, माला, प्रसादी पसलसमेत थापिएकाले श्रद्धालुलाई आउजाउ गर्न कठिन भएको छ।

‘यत्रतत्र निर्माण सामग्री थुपारिएकाले मन्दिरको सरसफाई प्रभावित भएको छ। श्रद्धालुलाई कठिनाइ भइरहेको छ,’ मन्दिरका छोटे महन्थ रामरोशन दासले भने। 

जानकी मन्दिरमा वर्षभर नै पूजाअर्चना तथा विशेष पर्व त्यौहारको आयोजना हुन्छ। हजारौंको भक्तालुको सहभागिता हुने श्रावणमा दुई सातासम्म चल्ने झुलनोत्सव पर्वको व्यवस्थापनमा पनि मन्दिर परिसरको फोहोर र खाल्डा तथा निर्माण सामग्रीले अप्ठेरो पारेको उनले बताए। असोजसँगै मन्दिरमा विभिन्न चाडपर्व सुरु हुन्छन्। दैनिक हजारौं श्रद्धालुको आगमन हुने मठमन्दिरको काम छिटो सम्पन्न गर्नु पर्ने हो। ढिलाई हुँदा श्रद्धालुलाई कठिनाई हुन्छ,’ महन्त दास भने।

त्यसैगरी जानकी मन्दिरमा लेजर लाइटसहितको आकर्षक लाइटिङ गर्ने सम्झौता गरेर गैह्रआवासीय नेपाली संघ पनि सम्पर्कविहीन छ। गतवर्ष असार ९ गते गैह्रआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट र जानकी मन्दिरका महन्त रामरोशन दासबीच ५ करोडको लगानीमा मन्दिरमा विद्युतीकरण गर्ने लिखित सम्झौता भएको थियो।

गैह्रआवासीय नेपाली संघका अध्यक्ष भट्ट र जानकी मन्दिर व्यवस्थापनका तर्फबाट महन्थ दासबीच भएको सम्झौतामा विवाह पञ्चमी (२०७५ साल मंसिर)सम्ममा मन्दिरमा लाइटिङ सिस्टम जडान गरिसक्ने उल्लेख थियो। तर लिखित सम्झौता गरेपनि संघका कुनै पदाधिकारीले योजनाबारे खोजखबर नलिएको दासले बताए। ‘सुरुमा सम्बन्धित पदाधिकारीसँग सम्पर्क पनि हुन्थ्यो। अहिले उहाँहरू सम्पर्कमा हुनुहुन्न,’ उनले भने।

जानकी मन्दिरको इतिहास
जानकी मन्दिर पवित्र हिन्दू धर्मस्थल हो। मुगल शैलीमा बनाइएको यो मन्दिरलाई कलाको उत्कृष्ट नमूना मानिन्छ। प्राचीन मिथिलाको राजधानी जनकपुरमा अवस्थित जानकी मन्दिर विश्वभरका हिन्दूको आस्थाको केन्द्रका रुपमा रहँदै आएको छ। 

सीताको जन्मस्थलमा निर्मित यो मन्दिर भव्य र आकर्षक छ। भारत मध्य प्रदेशस्थित टिकमगढकी राजकुमारी वृषभानु कुँवरीले ९ लाख चाँदीका असर्फी खर्चेर निर्माण गराएको मन्दिर भएकाले यसलाई नौलखा मन्दिर पनि भनिन्छ। सन् १८९४ मा शिलान्यास भई सन् १९११ मा मन्दिर निर्माण पूरा भएको थियो।

जनकपुरको जानकी मन्दिर: तस्बिर विकिपिडिया

मन्दिर मिथिलाबासीका लागि सांस्कृतिक धरोहर पनि हो। मन्दिरको वार्षिक क्यालेन्डर अनुसार जन्मदेखि मृत्युसम्म प्रायः सम्पूर्ण क्रियाकलाप मिथिला विधि अनुरूप हुने गरेको छ।

राम जन्मको अवसरमा हरेक चैत्रमा रामनवमी, बैशाखमा जानकी नवमी, मंसिरमा रामजानकी विवाह महोत्सव, असोज पूर्णिमामा कोजाग्रत, साउन भदौमा झुला, फागुनमा परिक्रमा लगायत मनाइनु यसका उदाहरण हुन्। प्रत्येक महिनाका पूणिर्मामा हजारौ श्रद्धालु भक्तजन सहभागी हुन्छन्।

यस मन्दिरलाई नेपाल सरकारले विश्व सम्पदा क्षेत्रमा सूचीकरण गर्न प्रयास जारी राखेको छ। क्षेत्रफलको आधारमा यो मन्दिर सबैभन्दा ठूलो क्षेत्रमा फैलिएको मन्दिर हो। मन्दिर निर्माणको सवा सय वर्ष जति मात्र भएपनि यसमा स्थापित राम जानकीका प्रतिमा झन्डै सात सय वर्ष पुराना भएको संस्कृतिविद्को भनाइ छ। १७८४ मा मकवानपुरका राजा मानिक सेनले जानकी मन्दिरको नाउँमा १४ सय बिघा जग्गादान गरेको लिखत अझैसम्म छ।

प्रत्येक वर्ष नेपाल लगायतका मुख्य गरी अन्य दक्षिणी एसियाली मुलुकहरू जस्तै भारत, श्रीलंका बाहेक अन्य राष्ट्रहरूका हजारौंका संख्यामा तीर्थयात्री यस जानकी मन्दिरको दर्शन तथा अवलोकन गर्न आउने गर्दछन्।

प्रकाशित मिति: बिहीबार, साउन १६, २०७६  १७:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित)
सम्बन्धित सामग्री
खोलाको अधिकारमा सर्वोच्चको पहिलो व्याख्या : ‘जीवित व्यक्तित्व’को मान्यता सर्वोच्च अदालतले पहिलो पटक खोला तथा नदीको अधिकार सम्बन्धमा विस्तृत व्याख्या गर्दै फैसला सुनाएको छ। सोमबार, भदौ २९, २०८३
आज हरितालिका तीज हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज सोमबार अटल सौभाग्यको कामना गरी मनाइँदैछ। सोमबार, भदौ २९, २०८३
आज दर खाँदै नेपाली महिला हरितालिका (तीज) व्रतका लागि शक्ति सञ्चय गर्न नेपाली महिलाले आज दर खाँदैछन्। दर खाएसँगै चारदिने तीज पर्व औपचारिक रूपमा सुरु हुनेछ। आइतबार, भदौ २८, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्