• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

हुम्ला डायरी : को सक्ला हाम्रा व्यथा काठमाडौंलाई भन्न!

64x64
नेपाल लाइभ शनिबार, असार ७, २०७६  १८:३३
1140x725

चैत महिनाको आधा बितिसक्दा पनि कर्णालीका पहाडमा हिउँ थुप्रने क्रम रोकिएको थिएन यो वर्ष। नेपालगञ्जबाट मुगुको ताल्चा एयरपोर्टसम्म ४५ मिनेटको हवाई यात्रामा हिउँले सजिएका थुप्रै सेताम्य पहाडका थुम्काहरु देखिन्थे। 

आकाश बादलले टम्म थियो। चंखेली लेकमाथि कालो बादल मडारिँदै थियो। केहीबेरमै मुगुका डाँडाकाँडा सेताम्य हुने निश्चितजस्तै थियो।

‘मौसम खराब छ, चंखेली लेक चढ्न सकिन्छ त?,’ बिहानै ६ बजे मित्र जनकलाई फोन गरें। 

‘विस्तारै मौसम सप्रिन्छ। समस्या नहोला। बरु निस्किहालौं सर,’ जनकजी यो भूगोल र मौसमसँग परिचित हुनुहुन्छ। यहीँबाट सुरु भयो गमगढी (मुगु)देखि सिमिकोट (हुम्ला)सम्मको पैदल यात्रा। 

हुम्ला, कर्णाली अञ्चलको एक हिमाली जिल्ला हो। हुम्ला, एक सडक सञ्जालमा नजोडिएको, भौगोलिक जटिलता भएको र आर्थिक, सामाजिक र राजनैतिक रुपले राज्यबाट पछाडि परेको जिल्ला हो भन्ने कुरा स्थलगत अवलोकन गर्ने  मौका नपाएरै थाहा पाएको थिएँ। तर, त्यसभित्रको वास्तविकता प्रत्यक्ष अनुभव गर्ने अवसर बल्ल जुरेको थियो। 

सिमसिम पानी परिरहेको चिसो चिसो मौसममा अलि तौल भएको झोला सहित उकालो चढिरहँदा शरीर पसिनाले भिजेर असहज महशुस भइरहेको थियो। त्यसैले गमगढीदेखि नेटा डाँडा पुग्न डेढ घण्टा भन्दा बढी समय लाग्यो।

नेटाको डाँडाबाट मोबाइलमा गमगढी बजारकै फोटो कैद गर्दै थिएँ। भर्खरै बनिरहेको गमगढी सोरु सडक खण्डमा  गुडिरहेका बोलेरो मोडलका गाडीहरु पनि मेरो मोबाइलको क्यामेराको फ्रेमभित्र थिए। म त एकोहोरिएछु।

 ‘सर चिया,’ स्थानीय होटेलकी बहिनीले मीठो मुस्कानसहित चियाले स्वागत गर्दा पो मेरो तन्द्र भंग भयो। जनकजीले चिया अर्डर गर्न भ्याइसक्नुभएछ।

nimb
nimb
Ncell 2
Ncell 2

चियाको कप लिएर म तिनै बहिनीको होटेलभित्र पसें। निलो सुरुवाल कुर्ता र कालो जकेट पहिरिएकी उनले निलो घुम केरी थिइन्। बीचमै स्कुल छाडेकी केटीको हुलिया प्रस्टै थाहा हुन्छ। उनले एसएलसीको उकालो उक्लिन नसकी शिक्षाको यात्राबाट विश्राम लिएकी रहिछन्। सानै उमेरमा आमा हुनुपर्ने अधिकांस कर्णालीका युवतीको नियती उनले पनि बेहोरेकी थिइन। ए....” 

‘अब हाम्रो खाना बाम हुन्छ,’ झोला भिर्दै जनकजी अर्को विश्राम तय गर्नुभयो। गा्रमिण पहुँच कार्यक्रमद्वारा निर्माणाधिन सडकलाई पछ्याउदै हामी लुम खोलातिर लाग्यौं। माथि बाम गाउँसम्म ट्याक्ट्रर पुगिसकेको रहेछ। रङ्गी विरङ्गी  लालीगुराँस र लुम खोलाको पानीको बहावटबाट निस्किने ध्वनी सौन्दर्य र संगीतको तालमेल जस्तो लागिरहेको थियो। 

बाक्लो जंगलको बिचबाट निर्माणाधिन सडकमा हामी हिँडिरहेका थियौं। पर खोलामा एउटा ट्याक्ट्रर रोकिएको  थियोे। वरिपरी ११/१२ जना केटाकेटीहरु रमाइरहेका थिए। झुत्रा लुगा, मैलो ज्यान  तर अनुहार भरी खुसी। काँडामा फुलेको जस्तो उनीहरुको मुस्कान पनि। म पनि मुुस्कुराएँ। ढकमक्क फुलको लालीगुराँससँग हामी रमाएको देखेर केटाकेटीहरुलाई अनौठो लाग्यो, फूल उनीहरुलाई महत्वको कुरा थिएन। जस्तो ट्याक्टर हाम्रा लागि महत्वको थिएन। हाम्रो पोज देखेर उनीहरु हाँसे,  उनीहरुको ट्याक्टर चर्तिकला देखेर हामी हाँसे जस्तै। 

बाममा गमबहादुरजीले आफ्नै घरमा न्यानो स्वागत सहित मीठो खाना मात्रै खुवाएनन्, घोडामा हाम्रा सामानहरु लोड गरेर चढाइदिए र हामी चंखेली लेकतिर चढ्यौं।

चंखेली लेक हुम्ला र मुगु जिल्लाको दक्षिण पूर्वी सम्बन्ध जोड्ने सिमाना हो। करिब ३८०० मिटर उचाइमा रहेको यसको मुख्य चुचुरोको केही तलको डाँडामा घोडेटो बाटो छ। हामी पनि यहि बाटो पछ्याउँदै थियौं। यो डाँडा चढ्नुको अर्को विकल्प पनि रहेनछ। दुईतिरैबाट त्यो डाँडामा पुग्न घण्टौं उकालो चढ्नैपर्ने बाध्यता रहेछ। यही असहज उकालो/ओरालो धाउँदै यि दुई जिल्लाबासीहरु  दैनिक जीवन सहज बनाइरहेका छन्।   उहिले राजा वीरेन्द्रले मुगु जिल्ला भ्रमणको बेला शिकार गर्न जाँदा यही चंखेली डाँडाको तलपट्टि लुकेको मृगजोडीको फोटो खिचे रे। नेपाली एक रुपैयाँमा अंकित त्यही तस्बिर रहेछ। 

फोइपाटाको खोलाबाट चंखेली डाँडा पुग्न हामी तीनघण्टा बढी उकालो चढ्यौं। साँझ छिप्पिदै थियो। चंखेली लेकमा कालो बादल फेरि मडारिदै थियो। उजाड डाँडाको सुनसान यात्रामा ओहोरदोहोर गरिरहने खच्चडको घण्टीको धुनले पुरै वातावरण संगीमय जस्तै  बनाउँथ्यो। 

तीर्खा र थकानले ज्यान प्याक–प्याक  भइसकेको थियो। घाँटी साह्रै सुक्यो।  हिउँको टुक्रा चुसें। चिसोले धेरै चुस्न सकिएन। चिसो सिरेटोले टाउको भारी बनाइसकेको थियो। खच्चडको अत्याधिक ओहोरदोहोरको कारण हिउँमाथिको बाटो पुरै हिलाम्य भएको थियो। करिब बेलुका ५ बजे चंखेली काँधमा पुग्दा फेरि हल्का हिउँ पर्न सुरु भयो। एउटा सानो काठको टहरोबाट धुँवा पुत्पुताइरहेको थियो। हामी त्यहीँभित्र पस्यौं। 

टहरोमा चिया पसल रहेछ। एक जना दिदि सुधारिएको चुलो वरिपरी तिन केटाकेटी राखेर आगो तापिरहनु भएको थियो। मैले तातोंपानी मागे। चाउचाउको सुप तयार गरिदिन अनुरोध गरें। ढोकाबाट बाहिर हेरिरहें। फराकिलो ठाउँ पुरै सेताम्य भयो। हिउँ थपिदै थियो। हिउँ र हिलो छल्दै एक हुल खच्चड हुम्लातिर बाट आए।

जनक जी आफै हुम्लाको बासिन्दा हुनुहुन्थ्यो। तर गाउँ नगएको वर्षौं भएछ। कुरा गर्दै जाँदा दिदि उहाँको परिचित नै पर्नु भएछ। त्यसपछि त सम्बन्ध साइनो बनिहाल्यो।  जीवनका कथा सुन्ने सुनाउने क्रम चल्यो। दुःखसँग जुध्न यो लेकमा टहरो बनाएकी दिदिले कयौंपल्ट एक्लै रात गुजार्नु पर्दाका दुःख सुनाउनुभयो। मेरा पो हातखुट्टा लगलग काँपे। 

बिग्रिदै गएको साँझको खराब मौसमले हामीलाई अत्याइरहेको थियो। मोबाईल हेरे, साढे ५ बजिसके छ। आजको गन्तव्य पुग्न अझै दुई घण्टा हिड्नै पर्ने रे। त्यहाँ बस्न मिल्ने व्यवस्था थिएन। सेताम्य डाँडाहरु, हिलाम्य बाटो, फुसफुस झरिरहेको हिउँ र वेगको हाव ...। यात्रा सोचे भन्दा जटिल हुने भयो। ओरालो बाटो, चिप्लो पनि। रात छिप्पिदै थियो, मान्छेको आवतजावत लगभग बन्द नै भैसक्यो। चराचुरुङ्गीको आवाज पनि बन्द नै छ। तर जारी छ, हाम्रो पैदल यात्रा र आकाशबाट हिउँ...। 

बाक्लो जंगल र कालो आकाशले होला, चाँडै अँध्यारो भयो।  आफ्ना सामान आफैंले बोकेका थियौं। खराब मौसमका कारण घोडाा डाँडाबाटै फर्काउनु परेको थियो। मोबाइलको उज्यालोको सहाराले हामी ओरालो झरिरहेका थियौं। थकाइ अत्याधिक थियो, आराम गर्ने न ठाउँ थियो न समय।

साढे सात बजे भन्दा ढिलो हामी सात थाप्ले पुग्यौं। हिउँले भरिएको एउटा फाँटमा सानो होटेल रहेछ। त्यसअघि नै दुईजना पाहुना रहेछन्। आलुको अचार र जिरे खुर्सानीसँग चिनियाँ मदिरा पिइरहेक थिए उनीहरु। 

सुतेर त निन्द्रा मात्रै पूरा भयो, गन्तव्य पूरा गर्न त फेरि हिँड्नुपर्ने थियो। मौसम सफा थियो। राति हामी झरेको बाटो देखाउँदै जनकजील संकेत गर्नुभयो। प्रतिकूल मौसममा त्यस्तो डरलाग्दो लागेको चंखेली डाँडा त क्या सुन्दर रहेछ ! सेताम्य अग्लो पहाडमाथि बिहानीपखका किरण पर्दा देखिने दृष्य साँच्चै लोभलाग्दो थियो। 

चंखेली लेकबाट धेरै तल झरिसकेका थियौं। हिउँसँगको सहयात्रा अब लगभग छुटिसकेको थियो। ओरालो सकेर अलि तेर्सो उकालोतिर बढ्दै थियौं। मान्छेको वस्ति अझै देखिएको थिएन। म जनक जि लाई पछ्याउदै थिए। यात्रामा कतै सुनेको देउडा गीत दिमागमा आयो र एक्लै गुनगुनाएँ। 

लामै छ हुलाकी बाटो, कर्णाली पारीको।
फूल टिपी पहिरनुु भइँन, मायाका बारीको।। 

जनकजी अगाडि एउटा पसलमा पर्खिरहनु भएको थियो। ‘राब्लो छ, खाना यतै खाउँ सर,’ उहाँले भन्नुभयो।  राब्लो भनेको सिस्नोको तरकारी रहेछ। कोदोको रोटी र सिस्नोको तरकारी। खाना विशेष भयो। 

अग्लो धुपी र बाक्लो लेकालीविरुवा बिचको घोडेटो बाटो छल्दै अलि पर वस्ती देखियो। 

रिमि, देउली, दार्मा, पिप्लाङ्, मेल्छाम, गर्दै चंखेली गाउँपालिकामै हाम्रो ५ दिन बित्यो। चंखेली त्यहिीडाँडाको नाम बाट साभार गरिएको नाम हो। मुगु र हुम्लाका जनता बिच चंखेली  कसको भू–भागमा पर्छ भन्ने बारेमा विवाद पनि हुन्छ रे ! जे होस् हुम्लाले साविकका दार्मा, मेल्छाम लगायत अन्य गाविसहरु मिलाएर गाउँपालिका विकास गरि चंखेली  नामाकरण गरिसकेछ। 

त्यो क्षेत्रको  काम सकेर हामीले सिमकोट लाग्नु थियो। चंखेली गाउँपालिकाको पिप्लाङ्बाट सिमिकोटसम्मको पैदल दूरी साढे दुई दिनको हो। हुम्ला कर्णालीको तिरैतिर उत्तर तिर पछ्याउने बाटो छ।  यो यात्रामा अजबहादुर र छिरिङपनि संगै हुनुहुन्थ्यो। बाटो भरी छिरिङले अनेक अनुभव सुनाउँदै जानुभयो। वर्तमान स्वप्न शासन व्यवस्था र त्यसमा भएका अनियमितता उहाँले निराश हुँदै सुनाउनुभयो।

स्थानिय भष्ट्रचार‘
‘यो संघियताले केहि दिएन सर,’ सलिसल्लामा माछा खाँदै गर्दा छिरिङले दुखेसो पोखे, ‘गाउँपालिकामा २/३ जना भन्दा बाहेक अरु कसैलाई केहि र्फादा भएन। विकसा, सुविधा केहि छैन। नयाँ नयाँ भष्ट्रचार मात्रै। योजना लटरपटर पार्छन्। रकम सबै आफैं लिन्छन्। गाउँमा झनै समस्या थपियो।’

केहि सुनेका र बाटो छेउमा प्रत्यक्ष देखेका प्रतिनिधि उदाहरणले यहाँको स्थानीय क्षेत्रमा फस्टाउँदै गएको आर्थिक अनियमितताका बारेमा थप स्पष्ट भएँ म। केयौं ठाउँमा धारा, सिचांर्ई नहर निर्माण गरिएका तर पानी कहिल्यै नझरेर/नबगेर २/३ महिनामै जिर्ण हुदै भत्किएका प्रशस्त उदाहरण भेटिए। तस्बिर खिचें।

छिरिङले  का दुई वर्गको कुरा उठाउनुभयो। उनी भन्दै थिए, एकथरी, जो अलि जानेबुझे छ। बोल्न सक्छ। तिनीहरुको परिवार, बच्चाबच्चीसबै सुर्खेत, नेपालगञ्ज र काठमाडौंतिर छन। उनीहरु यहाँ कोही जागिर गर्छन्। धेरैजसो राजनीति गर्छन्। उनीहरुलाई यहाँको विकाससँग भावानात्मक साइनो छैन। कमाइ हुन छाडेका दिन उतै गइहाल्छन्।’ उनका अनुसार उपभोक्ता समूह गठ र निर्माण समूह गठनमा भने यिनै मान्छेको प्रभाव हुन्छ।

उनका अनुसार अर्को समुह छ, जसलाई आफ्नो जनजिविका भन्दा अरुको न चासो छ, न थाहा नै छ। सधैं आफ्नै दैनिकी संग व्यस्त छ। राज्यले के सुविधा, अवसर, अधिकार दिएको छ भन्नेमा पनि अनविज्ञ छ। सामाजिक विकास, निर्माण योजनाको समिति, कुनै विकासका काममा उनीहरुको सहभागिता हुँदैन.

‘जसलाई चाहिन्छ, उसलाई थाहा छैन। जसलाई थाहा छ, उसलाई चाहिदैन,’ छिरिङले निचोड निकाले। 

छिरिङको आक्रोश म मौन भएर सुनिरहेको थिए। जनक र अजबहादुर पनि। ‘सर, यो कर्णाली करिडोर जोड्ने बाटो हो। बाजुराबाट आउने बाटो पनि यही हो,’ सलिसल्लाको दोभान परको झोलुङ्गे पुल देखाउँदै जनक जीले प्रसङ्ग मोडे। मैले फेरी फर्केर हेरें। सङ्लो निश्चल लोती खोला,हुम्ला कर्णालीको धमिलो पानीमा हरायो।  

आर्थिक अनियमिता र विकास को प्रसङ्गमा म सम्झें। दार्मा गाउँ (बाजुरा) बस्दा एक जना दाइसँग कुरा भयो। ‘बाटो र बत्ति बन्यो भने यो ठाँउमा राम्रो सम्भावना छ। अब विकासले विस्तारै गति लिँदैछ,’ मैले भने। 

तर दाईले आक्रोश पोख्नुभयो। ‘तल टाँटे खोलामा स्थानीय हाईड्रोपावरको काम सुरु भएको वर्षौ भयो, तर तीन समिति परिवर्तन भए, बत्ति बन्दैन। पुरानो हिसाबकहिल्यै क्लियर गर्दैनन्। खाली समितिमा जाने कमाउने।’

शैक्षिक दुरवस्था 
सर्केगाडको एकरात बसाई पछि, ठिङ्ग पहाड र खोच खोच बाट बगिरहेको कर्णाली नदिलाई विपरित दिशाबाट पछ्याउँदै हामी सर्किदेउ पुग्यौं। तिन घण्टा बढीको यात्रा पश्चात् भोक र थकाइ दुवैले गाँजेको थियो। 

बजार नजिकै एउटा विद्यालय थियो तर शनिबार भएकोले बन्द रहेछ। ‘यो क्षेत्रको एक मात्र माद्यामिक विद्यालय हो। यहाँ पढ्न विद्यार्थीहरु एक / डेढ घण्टा हिँडेर आउँछन्,’ अजबहादुरजीले सुनाउनु भयो। देब्रे हातमा चियाको गिलास लिदै मैले चारैतिर हेरें। भर्खर विकास भइरहेको सानो वस्तिमा १२/१५ वटा घर/पसल भन्दा बाहेक अरु कुनै संरचना थिएनन्। नजरले भेटेसम्म कतै मानव वस्ति पनि थिएन। 

हाम्रो कुरासंग जोड्दै चिया पसलले भन्नु भयो, ‘त्यही विद्यालयको प्रअका नाममा ४ लाख बेरुजु देखिया। विद्यालय व्यवस्थापन समितिले उक्त प्रअलाई कारवाहीको दुईटा विकल्प सुनायो। पहिलो, ४ लाख तिर्ने र प्रअ भइरहने। दोस्रो प्रअबाट हटेर सहायकमा बस्ने। प्रअले दोस्रो विकल्प रोजे। सबै बेरुजु मिनाह भयो।’ हामी सबै हाँस्यौं। 

सामुदायिक विद्यालयको कमजोर प्रशासकीय र व्यवस्थापकीय अवस्थाको एउटा उदाहरण थियो यो। विद्यालयमा आधारभूत भौतिक संरचना नहुनु, एउटै कोठामा २/३ कक्षासम्म पठनपाठन गराउनु, शैक्षिक सत्र सुरु भएको दुई महिनासम्म पनि विद्यार्थीले पाठ्य पुस्तक नपाउनु, लामो समयसम्म शिक्षक अनुपस्थित रहनु आदि सामान्य समस्या हुन् यहाँका। यहाँको शैक्षिक अवस्थालाई झल्काउन यति कुरा प्रशस्त थिए।

कर्णालीको महंगो माछा
रु १०० देखि १५० सम्ममा सादा खाना पाइन्थ्यो। मुगु गमगढी देखि ४/५ दिनको खच्चड मार्फत जिल्ला  भित्रिने दाल, चामल, नुन तेल मसला आदिको लागत केलाउदा, यो दर सामान्य थियो। त्यसमाथि ढुवानी र परिश्रमको लागत पनि होला। 
तर १०/१५ मिटरको दूरीमा रहेको कर्णाली नदिको माछा चाहिँ निकै महङ्गो। 

‘किन यस्तो?’ सर्किदेउको होटलवालालाई  सोधें। उहाँले सहजै भन्नुभयो, ‘माछा जति पनि बिक्री हुन्छ।’ सुकाउन राखेको आलो माछाको एक सुईरो देखाउँदै भन्नु भयो, ‘यसको मुल्य रु १२०० हो।’ 

“ कसले किन्छ त यति महङ्गोमा?’ मैलेप्रति प्रश्न गरें। 

‘ऊ तिनीहरु जस्ताले,’ अलि पर विद्यालयको भवन निर्माणमा जुटिरहेका स्थानीय श्रमिक तिर दाईले संकेत गरे।  ‘दैनिक साँझ रक्सी पिउँछन। त्यति बेला सितनमा माछा खाान्छन्।  खच्चड गोठाला र संस्थाका मान्छे पनि माछाका नियमित ग्राहक हुन्।’
 जब कि त्यो सुईरोमा स–साना माछाको १० पिस थियो। मूल्य १२ सय थियो। त्यैपनि मजदूरी गरेर कमाएको पैसा रक्सी पिउने र महंगो माछा खाने गरेका कारण बचत नहुने रहेछ।

‘विकासे संस्था संगै आएको एक विकृति हो सर यो। राम्रै दाम कमाउँ्। राम्रैमा खर्च गर्छन्। बचत छैन,’ छिरिङ्ले व्यङ्य गरे। चिनियाँ मदिरा केह िसस्तोमा पाउने उनलाई बताए।  उता (चीन )तिर घोडाखच्चडलाई खुवाउने रक्सी यता मान्छेका लागि हुने उनले हास्दै बताए। कर्णालीका मान्छेको औसत आयु घटाउनमा चिनियाँ रक्सीको योगदान उल्लेख गरे।

र, बस चढ्दाका पीडा
लिप्नेगाडको सुनसान बाटोमा एक जना स्थानीय दाइले सहयात्रा गर्नुभयो। कर्णाली किनारको सन्नाटा छल्न बाटोमा बिभिन्न गफ भए। घरगाउँ सोधियो। मैले बाजुरा बताएँ। कुराकै प्रसङ्गमा आफू बाजुरा भएर धेरैपटक हिमाञ्चल, भारत गएको र मार्तडीसम्म बाटो पुग्दा आफु हुम्ला बासीलाई पनि धेरै राहत भएको खुसी सुनाउनुभयो।

बाजुराको मार्तडीबाट धनगढीतिर  झर्दा धेरैपटक बाम्का ( बाजुराको एक स्थानीय बजार )मा बस चढ्दा दुःख पाएका सुनुवाउनुभयो।  त्यहाँका बसवाला र अरु मान्छले कर्णालीकालाई सिटबाट उठाएर पछाी मुढामा बसाउने गरेको दुःख सुनुाउनुभयो। न। केहि बोल्यो भने ..सबैको भाडा दिने हो भनेर झपार्छन।  दुईपटक सुदूरपश्चिम बस र एकपटक कर्णाली रिभरको बसमा यस्तै दुःख खेपको सुनाउनु भयो। 

म त्यही क्षेत्रको मान्छे भएका कारण मन कटक्क भयो। चाहन्छु, उनीहरु सुध्रिउन्। भोलि कुनै कर्णालीबासीले यस्तो पीडा नसुनाओस्।

राष्ट्रिय सडक सञ्जालमा नजोडिएको भएता पनि खार्पुनाथ दोभानदेखि सिमिकोटसम्मको उकालोमा हामीले राहत पायौं। हेलिकप्टरमा चढेर आएको बोलेरो गाडीले हामीलाई बोक्यो। सिमिकोटको बसाइँ आनन्दको रह्यो। 

बिहान ९ बजेको नेपालगंजको फ्लाइट बिहान ६ः३० मै साईरन बजेको होटेलको कोठामै सुनियो। ‘ल प्लेन आउने भया। छिटो गरौं। यता टाइमको फिक्स हुदैन, मौसम अनुसार फ्लाइट हुन्छ,’ वीरेन्द्रजी हतारिनुभयो।  

राती नै प्याक गरेको लगेज समातेर हामी दुइटै एयरपोर्ट तिर दौडियौं। होटेल र एयरपोर्टसम्मको पैदल दुरी ५ मिनेट जतिको थियो। 

तारा एयरको ट्विनेटर जहाजले जमिन छोडे संगै १० दिनको हुम्ला यात्रा टुङ्गियो। यात्रामा साथ दिने सबै साथीहरु जनक, छिरिङ, अजबहादुर र वीरेन्द्रजीलाई सम्झिएँ।

जहाजको उचाइ बढेसंगै यात्राका क्रममा दाउराको भारी गह्राको कान्लामुनि बिसाएर तमाखु खाइरहेकी दार्मा गाउँकी दिदिहरुले गाईरहेको  देउडा  (ठाडीभाका) गीतको एक अन्तरा फेरि सम्झें। जुन कर्णालीको यथार्थ हो।

नै पाइँदो एकसरो लुगा नै पेटभरी अन्न
को सकला हाम्रा व्यथा काठमाडौंलाई भन्न। 

प्रकाशित मिति: शनिबार, असार ७, २०७६  १८:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने
डीडीसीको बक्यौता भदौ मसान्तसम्म २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी
कप्तानगन्ज घटना: बाहिरी हतियार प्रयोग नभएको छानबिन समितिको निष्कर्ष
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भदौ मसान्तसम्म २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
कप्तानगन्ज घटना: बाहिरी हतियार प्रयोग नभएको छानबिन समितिको निष्कर्ष मंगलबार, भदौ २, २०८३
झिनो लक्ष्य प्रस्तुत गरेको नेपाली टोली कर्नाटकविरुद्ध ११६ रनले विजयी मंगलबार, भदौ २, २०८३
सरकार र दुर्गा प्रसाईँको महाअभियानबीच औपचारिक वार्ता सुरु मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्