• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

पूर्वप्रहरी राईको अनुभव : प्रधानपञ्चले नमस्कार गरेको प्रहरीलाई अहिले कसैले गन्दैन

मान्छे जति साक्षर बन्छ, अपराध उति बेसी
64x64
नेपाल लाइभ शनिबार, असार ७, २०७६  २०:५६
1140x725

पाँचथर निवासी ७३ वर्षीय सन्तकुमार राईले नेपाल प्रहरीबाट २०५२ सालमा अवकाश पाए। उनका ५ भाइ छोरामध्ये २ जना काठमाडौं, एक जना भारत र अर्का चाहिँ इलाममा बस्छन्। नजिकै रहेका छोरालाई देखाउँदै उनले भने, 'यो चाहिँ साइँलो।' 

राईले हामीसँग आफ्नो विगत सुनाएका छन्। जसमा सेवाका रोचक प्रसंगहरु पनि छन्। 

प्रस्तुत छ राईको भनाइ जस्ताको तस्तै:

बन्दुक बोक्ने सानैदेखिको रहर थियो। सबैभन्दा ठूलो मान्छे नै बन्दुक बोक्ने हो जस्तो लाग्थ्यो। २०२४ सालमा काम गर्ने सिलसिलामा पाँचथरबाट भैरहवा पुगियो। त्यसबेला २१ वर्षको थिएँ। 

फारम भरियो। २०२४ सालमा आइजिपी रोमबहादुर थापाको पालामा भैरहवाबाट सिपाहीमा भर्ती भएँ। तालिम सकिएपछि पाल्पा दरबन्दी भयो। त्यसबेला पाल्पामा जिल्ला प्रहरी प्रमुख इन्सपेक्टर हुन्थे। अलिहे त डिएसपी/एसपीको जमाना आयो। जिल्ला इन्सपेक्टर मातहत पाल्पाको ठानामा ४ वर्ष काम गरियो।

त्यसबेलाको बर्दी नै छुट्टै। सुरुमा खागी त्यसपछि फुस्रो टेलिकटन आयो। त्यो पनि २०३९ सालबाट बदली भएर अहिलेको निलो बर्दी आएको हो।

पहिला त खागी नै हो। आइरन घोटेको घोट्यै गर्नुपर्ने। ड्रेस बनाउँदा बनाउँदै दोहोलो हुन्थ्यो। सुत्न त पाइँदैन नपाइने नि। दिनभर पिटीपरेड। राति परेपछि कपडा धुयो। दुई जोर नभई हुन्थेन। एक जोर धुएर सुकेपछि आइरन लगायो। त्यहाँदेखिन् अनि अर्को धुएर सुकायो। रातभर आइरन लगाएर भोलिपल्ट बिहान टिलिक्क टल्काउनुपर्ने। खागीमा आइरन घोट्न फेरि यति गाह्रो हुने नि!

बुट टल्किएन भने हाकिम आएर घर्‍याप्प कुल्चिदिन्थ्यो। झनसारो बुट कोरिएर हैरान। बर्दीको एउटा बटम छैन भने सिधै घोप्टो। त्यो फेरि टाँका लाउँदाखेरि बिरङ धागो लाको छ भने कानमा समातेर ५० तालि उठबस। आर्मी पुलिसको शासन त कडा पो हुन्छ त।

nimb
nimb
Ncell 2
Ncell 2

हप्तैपिच्छे केश काटेन भने कन्सिरी तानेर हैरान। पिटाइ त मैले खाइनँ। गल्ती गरे पो पिट्छ। गल्ती गर्नु हुँदैन। अनुशासनमा बसेपछि केही पनि गर्दैन। आदेश अनुसार चाहिँ गरेन भने फेरि खाइन्थ्यो। तालिममा त कुटिहाल्छ। त्यो सामान्य हो। 

अनुशासनमा बसिएन भने कुटाइभन्दा पनि प्याकडिल र लक बोकाउँदा मान्छेको चेत हुन्छ त। प्याकडिल भनेको १२ वटा इँटा झोलामा बोकाउने, अगाडि २ वटा, ६ वटा पेटमा बोकेर २ घन्टा दौड। 

बिनाआदेश कम्पाउन्डबाट निस्केर बाहिर गयो र कसैले कुनै केटीसँग गफगाफ गर्‍यो वा रक्सी खाएर झैझगडा गर्‍यो भने त प्याकडिलमा पर्थ्यो।

लक पर्‍यो भने ठ्याक्कै ५० किलो बोकेर २ घन्टासम्म गुरुबाले भनेजसरी दौडिनुपर्थ्यो। हिँड् भन्थ्यो, हिँड्नै परो। वापस भन्थ्यो, आउनै परो। जा, जानै परो। 

रोमबहादुर थापाको पालामा भर्ना भएको। तर उसलाई देख्नै पाइनँ। हेर्न काठमाडौं पुग्नुपर्ने। जिल्लामा ऊ आउँदै नआउने। त्यस्तो आइजी थियो रोमबहादुर। 

पल्टनमा रमाइलो भन्ने त के नै हुन्थ्यो र! आफ्नो अनुशासनमा बस्नै परो। कहीँ रमाइलोमा जाने सिपाहीको कुरै भएन। के रमाइलो भन्नु। त्यही आफ्नो कम्पाउन्डभित्र बसो। गफ गरो। साथीसाथी तास खेल्यो। चुरोट खायो। बसो। अनि उता कुन मान्छे पक्राउ गर्न खटाउँछ कि, के गर्न खटाउँछ त्यही अनुसार बाहिर जाने हो। होइन भने बाहिर बिनाआदेशले जान मिल्दैन थियो।

आदेश नाघ्यो भने खुट्टा माथि पारेर हातले टेकेर आधा घन्टा भित्ते। त्यही त हो नि आर्मी र पुलिसको पारा। १० मिनेट हातले जिउ थाम्न सकिँदैन भने आधा घन्टा थाम्नु सानो कुरो हो?

टाउकोले टेक्न पनि नमाइने। थरर्र कामेको छ। त्यहाँ अगाडि यत्रो डन्डा लिएर बसेको हुन्छ गुरुबा। अति नै हात दुख्यो भनेर टाउकाले टेको भने दिइहाल्छ। मैले त यो बेहोरिनँ। तर कोहीकोही साथी थिए नि, उनीहरुको देख्दै म त थररर। 

यस्तो अनुशासन थियो प्रहरीमा त्यसबेला। आहिले त खै के हो के? सिपाहीले हाकिमलाई गन्दैन।

भाले त कति खाइयो कति!
कसैको रिपोर्ट पर्छ। गाउँमा गयो। मान्छे पक्रियो। ल्यायो।  त्यहाँभन्दा अरु हुँदैन थियो। एक्लै गाउँ जाने कुरा हुँदैन थियो। २/३ जना कति खटाइदिन्छ त्यही अनुसार जाने। केश हेरेर मान्छे खटाउँथ्यो। 

कस्तो खालको केश हो? वादविवाद केश हो भने २ जना गए पनि पुग्थ्यो। त्यहाँभन्दा बढी पठाउँदैन थियो। डकैती केश हो भने ४/५ जना। ज्यान केश हो भने ५/७ जना नै जानुपर्‍यो।

गाउँ जाँदा एउटा लठ्ठी लिएर गएपछि गाउँ पुरै थुरुरु हुन्थ्यो। प्रधानपञ्चले नमस्कार गर्थ्यो भनेपछि कुरै सकिगयो नि। प्रधानपञ्चले धरि नमस्कार गरेको प्रहरीलाई अहिले कसैले गन्दैन।

डन्ठा हल्लाउँदै गयो। ओए के छ हाउ भन्यो। नमस्कार गर्दै प्रधानपञ्च, वडाध्यक्ष, सदस्य आउँथे। उनीहरुको घरमा गयो। तपाईंको एरियामा के छ सन्चो बिसन्चो? अपराध घटना केही छ कि भनेर सोधिन्थ्यो। यस्तोयस्तो छ भनेर उनीहरुले सबै भनिहाल्थे। केही छैन भने छैन भन्थे। फर्किंदा पञ्चायत घरको कुराहरु लगेर बुझाउनुपर्थ्यो।

प्रहरीको काम त्यही त हो अपराधी ल्याउने अनुसन्धान गर्ने, सोधपुछ गर्ने। सम्झाइबुझाइ छोड्ने खालको रहेछ भने त्यसैगरी छोड्नुपर्थ्यो। त्यो डकैती र ज्यान सम्बन्धीमा भाटा हानेर हुँदैन। तिनीहरुलाई त जिल्ला पठाउनुपर्थ्यो। जिल्लामा रिपोर्ट गरिन्थ्यो। मुद्दा दायर गरेर जिल्लाबाटै अनुसन्धान हुन्थ्यो। 

प्रहरीको हातमा परेपछि कुटाइ नखाने भन्ने त हुँदैन थियो। तैपनि साधारण केश, सम्झाइबुझाइ गर्दा हुनेलाई चाहिँ त्यसै गरेर पठाइन्थ्यो। त्यसरी छोड्नुको अर्थ आयन्दा त्यो नगरेस् भन्ने हो।

गाउँ गएपछि कुखुराका भालेहरु काटिहाल्थे। उस्तै पर्‍यो भने बोकै काट्थ्यो। धेरै जना भए खसी काट्थ्यो। २/३ जना मात्रै गको छ भने भाले काट्थ्यो। काटिहाल्ने-दिइहाल्ने। कति खाइयो खाइयो। हामीले मागेको होइन। वडाध्यक्षले दिन्थ्यो। प्रधानपञ्चले दिन्थ्यो। आबो, गएपछि खान दिनैपरो। भाले पनि खाकै हो। त्यसबेला हरेक घरमा १५/२० वटा भाले हुन्थे। आहिले पो हुँदैन। 

मान्छे जति साक्षर बन्छ, अपराध उति बेसी
अपराधको कुरा गरौं। मेरै घर नजिकै अस्ति आरुबोटैमा ९ जनाको हत्या भयो। मेरा गाउँलाई चाहिँ खेसङखोपा भन्छ। यस्तो पहिला हुँदैन थियो। अपराध त पहिलाको भन्दा त अहिले धेरै। पहिला के हुन्थ्यो र। जति साक्षर मान्छे बन्छ त्यति अपराध बेसी हुन्छ। जति निरक्षरता छ, त्यो निरक्षरताले के गर्न सक्छ र। उसको हिम्मतै हुँदैन। आफ्नो खेतीकिसानी गरेर खानु, आफ्नो बिहान बेलुकाको समस्या हल गर्नुभन्दा उसको त्यो दुनियाँभरको अपराध गर्ने कुरा दिमागमा आउँदैन।

वर्षमा त्यो जमानामा नेपालभर ५ सय जनाले अपराध गर्थे भने आज ५ लाखले अपराध गर्छ। बुझ्नु भयो के? त्यति बढ्यो अपराध।

त्यो बेला जग्गा साँध सम्बन्धमा विवाद हुन्थ्यो। अनि लियादियामा विवाद हुन्थ्यो। अनि लोग्ने स्वास्नीको झगडामा विवाद हुन्थ्यो। अनि जाँड खाएर लडाइँ झगडा या मुख छोड्ने त्यस्तो हुन्थ्यो। होइन भने अरु कुरा हुन्थेन।

अहिले जस्तो बलात्कार, हत्या, हिसां त अहँ बन्द। बलात्कार, डाँका र ज्यानमाराको कुरा त कताकता। वर्षमा एक पटक पनि हाम्रो कानमा पर्थेन। आहिले त कति हो कति। बलात्कारको घटना त झनसारै पिटिक्कै हुन्थेन। छोरा र छोरी भेट भएर बोलेको पनि लाज हुन्छ भन्थे। बोल्दैन थिए। भेटघाट हुँदाखेरिमा चाहे तरुनी तन्नेरी होस् आफ्नो चाहिँदा कुरा बोल्यो हिँड्यो। लप्पन-छप्पनको कुरै छँदै थिएन। बरु २ जनाको कुरा मिल्यो भने सुटुक्क लानेजाने हुन्थ्यो।

अहिले जस्तो ए... किस खाने अरे, अँगालो मारेर हिँड्ने अरे। जमाना फेरिए। जति मान्छे साक्षर हुँदै जान्छ, त्यति लापरबाही हुँदोरैछ।

छाडेर पनि फेरि जागिर खाइयो
पाल्पाबाट सरुवा भएर आफ्नै जिल्ला पाँचथर आइयो। घर नजिकै रवि ठानामा जागिर थियो। हामी त २४ घन्टे हो। घर नजिकै जागिर भए पनि उही अन्त बसेजस्तै कहिलेकाहीँ यसो घर आउन पाइने। एकडेढ घन्टाको टाइम लिएर आयो। घरमा केही गर्न नपाइने। अनिखेर, नोकरी छोडेर घर व्यवस्था मिलाउनुपरो भनेर २०३९ सालमा जागिर छोडियो। 

आफ्नो छोराछोरी मसिनो। घरगृहस्थी सम्हाल्न जागिर छाड्नुपर्‍यो। तर एक जनाले केही गर्न सकिँदो रैनछ। 

घर बस्दा पनि दिग्दार भयो। ६ वर्षपछि २०४६ सालमा फेरि गएर भर्ती भएँ। जागिर छाडे पनि त्यतिखेर सरकारले मौका दियो र फेरि खाइयो। त्यति बेला पहरा गण खुलेको थियो। त्यसैमा जागिर जोडियो। छाडेकाले फेरि जागिर खाने आहिले पनि आर्मीको ग्यारिजन त छँदैछ त। आफ्नो आवश्यकताले छोड्ने र फेरि जागिर खाने इच्छा भएमा र आफ्नो  रिपोर्ट राम्रो भएमा फेरि लिने भनेको थियो त्यसबेला। रिकर्ड बिग्रेर, बद्मास गरेर छाडेकोले चाहिँ पाउँदैनथे। 

त्यतिबेला ६२ रुपैयाँ तलबको बेला भर्ती भएको। खानलाउन पनि धौधौ थियो। तलबले पनि के पुग्थ्यो र महिनाभरि। त्यही हो, खान पिउनका लागि यसो गस्तीसस्ती खटाइदिन्थ्यो। पेनसन हुने बेला १६ सय पुगेको थियो तलब। अहिले लगभग १२ हजार पेनसन आउँछ। 

रिज्वाइन भएपछि पहरा गणमा बसियो। त्यसपछि पाकिस्तान एम्बेसीमा ६ महिना। जापान एम्बेसीमा ४ महिना। त्यहाँबाट विमला शाह भन्ने राजा महेन्द्रको बहिनीकोमा ६ महिना बसेँ। कताकता बसियो बसियो। २१ वर्ष ४ महिना १ दिन जागिर खाएर २०५२ सालमा छाडियो। अहिले र पहिलको पुलिसमा फरक भनेको त्यही हो, मैले जागिर छाडेपछि एसएसपी र एआइजीको पद थपियो। अरु उस्तै हो।

पुलिसलाई मान्छेले गन्न छाडे
अहिले आधुनिक जमाना आयो। साक्षर निरक्षर धेरै फरक हुन थाल्यो। प्रहरीलाई गाउँ समाजले मान्ने कुरामा आकाश पाताल फरक छ। त्यही त मैले भनिगएँ नि। प्रहरीको नियम कानुन त एउटा हो। तर काम गराइमा कताकता अन्तर पर्छ। 

पहिलाको जस्तो लाटो जमाना छैन। अहिले जामाना बाठो भयो। नोकरी गर्ने पुलिस पनि मान्छे, म पनि मान्छे। मैले गल्ती गरेको छैन किन डराउने? गाउँतिर प्रहरी आयो है भनेपछि पक्रेर लान्छ भन्ने डर थियो त्यसबेला। बिनागल्ती पक्रेर कल्ले पो लान्छ र।

बन्दुक बोक्नै पर्दैन थियो। डन्ठा लिएर गाउँ छिरेपछि गाउँ नै थुरुरु। आहिले त पुलिसलाई कसले गन्ने?

आहिलेको मान्छे त प्रहरीको अफिसमा गफ गर्छ। त्यसबेला कहाँ आउँथ्यो र। आए पनि त्यही प्रधानपञ्च, वडासदस्यहरु आउँथ्यो। अहिले त प्रहरीसँग हातेमालो गरेर हिँडेको हुन्छ। सँगै उठबस भएपछि अनि गन्छ त पुलिसलाई।

प्रहरीको अधिकारमा पनि पहिला र अहिलेमा केही फरक छैन। बरु अहिले बढ्दै गयो। तर प्रहरीलाई मान्छेले गन्न चाहिँ छाड्यो।

(नेपाल प्रहरीका पूर्व सिपाही राईसँग नेपाल लाइभका सहकर्मी नारायण अधिकारीले गरेको कुराकानीमा आधारित)

प्रकाशित मिति: शनिबार, असार ७, २०७६  २०:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने
डीडीसीको बक्यौता भदौ मसान्तसम्म २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी
कप्तानगन्ज घटना: बाहिरी हतियार प्रयोग नभएको छानबिन समितिको निष्कर्ष
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भदौ मसान्तसम्म २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
कप्तानगन्ज घटना: बाहिरी हतियार प्रयोग नभएको छानबिन समितिको निष्कर्ष मंगलबार, भदौ २, २०८३
झिनो लक्ष्य प्रस्तुत गरेको नेपाली टोली कर्नाटकविरुद्ध ११६ रनले विजयी मंगलबार, भदौ २, २०८३
सरकार र दुर्गा प्रसाईँको महाअभियानबीच औपचारिक वार्ता सुरु मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्