समता अस्पतालमा काम गर्ने युवती अस्पतालमै मृत फेला, तोडफोडमा उत्रिए आफन्त

नेपाल लाइभ | २०७६ असार ३ मंगलबार | Tuesday, June 18, 2019 १०:०७:०० मा प्रकाशित

काठमाडौं– बौद्धस्थित समता अस्पतालमा तोडफोड भएको छ। अस्पतालमा क्लिनरको रुपमा कार्यरत २७ वर्षीया बिमला तामाङ अस्पतालमै झुण्डिएको अवस्थामा मृत फेला परेपछि आक्रोशित आफन्तले अस्पताल परिसरमा तोडफोड गरेका हुन्।

रामेछापको दोरम्बा घर भएकी तामाङ विगत केही समयदेखि उक्त अस्पतालमा क्लिनरको रुपमा कार्यरत थिइन्। अहिले अस्पताल प्रशासन र मृतक तामाङका आफन्तबीच छलफल भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटीले बताए।

आफन्तले नाराबाजी गरेपछि अहिले ठूलो मात्रामा अस्पताल परिसरमा प्रहरी परिचालन गरिएको छ। (तस्बिर : अमृत योन्जनको फेसबुक)