• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

सामाजिक सञ्जालले हामीलाई नक्कली त बनाइराखेको छैन?

64x64
नेपाल लाइभ शनिबार, जेठ ३२, २०७६  १४:३०
1140x725

हालै मेरा एक जना आफन्तको मृत्यु भएपछि चरम शोकमा रहेको मानिनुपर्ने उनका श्रीमान्‌ले मिनेट-मिनेटमा श्रीमतीको मृत्युपछिका खबर र घाटमा जल्दै गरेका दर्दनाक तस्बिर फेसबुकमा पोस्ट मात्र गरेनन् लाइभसमेत दिँदै गरे। लाग्दथ्यो उनी शोकमा होइन मृत्यु उत्सव मनाउँदैछन्। त्यति मात्र होइन, ती पोष्टहरुमा उनका घर परिवारभित्रैका सदस्यहरुले लाइक, सेयर र अनेकथरी कमेन्ट गरी हाजिरी जनाइरहेका थिए। अनि म सोच्न बाध्य भएँ कि सोसल मिडियाको काम यस्तै हो त? यही हो त शोक मनाउने र सान्त्वना दिने उपाय?

सानोठूलो दुर्घटना होस् वा आगलागी। अन्य दैवी प्रकोप नै किन नहोस्, अहिले मानिसहरु त्यहाँ उद्धार, सहयोगमा जुट्नुको साटो फोटो, भिडियो खिच्ने वा लाइभ प्रसारणतिर लागिहाल्छन्। मानवीय संवेदना धेरै परको कुरा। विवाह, व्रतबन्ध वा अन्य शुभकर्ममा पनि त्यो कार्य विधिपूर्वक सम्पन्न गर्नेभन्दा पनि सामाजिक सञ्जालकेन्द्रित गतिविधिमै हामी केन्द्रित हुन्छौं। सञ्जालमा टाँस्न मिल्ने सामग्रीमा हाम्रो ध्यान हुन्छ र टाँस्न मिल्ने तस्बिर भेटिएन भने थुकथुक गर्छौं। लाग्छ, हामीले गरेको सबै कर्म र खर्च ती दामी तस्बिरबिना पूरै अर्थहीन भए। 

तपाईंको पोष्टमा लाइक वा कमेन्ट गर्नेमध्ये कति होलान् तपाईंलाई दु;ख पर्दा सँगसँगै धरधरी रोइदिने? तपाईं बिरामी पर्दा कुरुवा बसिदिने वा एक पिन्ट रगत चाहिँदा 'ओई म छु है' भन्दै लाइन लाग्ने? कति जना होलान्?

बच्चो जन्मेर नाल नखस्दै उसका फोटा छरपष्ट पारेर मात्र कहाँ पुग्छ र हामीलाई। त्यही बच्चो एक वर्षको नहुँदै उसको नाममा फेसबुक खोलेर चिनजानेकालाई फ्रेन्ड रिक्वेष्ट पठाइहाल्छौं। आजकालका स्कुलले प्राय: सबै विद्यार्थीलाई सयमा सय नम्बर नै दिएर पठाउँछन् तर हामी प्ले ग्रुपदेखिको रिजल्ट खिचेर सर्लक्क फेसबुकमा टाँसेर त्यसमा कति लाइक र कमेन्ट आए भनेर दिनभर गनेर बस्छौं। 

श्रीमान-श्रीमति एक दिन कतै घुम्न गयौं भने घुम्न गएको ठाउँको रसस्वादनमा वा रमाइलो गफगाफको हामीलाई कुनै मतलब हुँदैन। कसरी राम्रो फोटो खिच्ने र बेलुका फर्केसि 'क्वालिटी टाइम विथ वाइफी' वा 'हबी' भन्ने क्याप्सन सहितको फोटो टाँस्ने हतार हुन्छ। रेस्टुरेन्टमा पुगेर पैसो खर्च गरी मगाएका परिकारको स्वाद लिनेमा हाम्रो ध्याउन्न हुँदैन, हुन्छ त ममको दस वटै डल्ला फोटोमा अट्यो कि अटेन भन्नेमा। बूढबूढीमा बोलचाल नभएको हप्तौं हुन सक्छ, तर हामी हेप्पी एनिभर्सरी वा जन्म दिनको उपलक्ष्यमा दुई पेजकै वर्णन लेख्छौं र भन्छौं 'माई बेष्ट हबी इन द वर्ल्ड'। हैन, एक जनाको यो संसारमा कति जना श्रीमान् वा श्रीमती हुन्छन् र बेटर वा बेष्ट भन्नलाई? चौबीसै घन्टा सँगै हुनेलाई कानमै भने हुन्न- ओई जन्मदिनको शुभकामना छ है भनेर?

nimb
nimb
Ncell 2
Ncell 2

वर्ष दिनमा एक पटक पनि आफ्ना बाबुआमालाई फोन नगरे पनि कुशेऔंसी वा माता तीर्थ औंसीको दिनमा बावु, आमा वा अझ एक कदम अघि सरेर सासू ससुराका फोटा फेसबुकमै राखेर कोटीकोटी प्रणाम गर्छौं। त्यसको बदला २ रुपैयाँ खर्च गरेर एक कल फोन हान्दा आखिर बिग्रिन्छ के? सबैका मातापिताले फेसबुक नचलाए पनि मोबाइलको पहसँचमा त हुनुहोला।

मिठा शब्द र आकर्षक फोटा राखे पनि भित्रभित्रै कति एकलकाँटे, खोक्रो र नक्कली जीवन बाँचिरहेका छौं हामी? सञ्जालतिर हजारौं साथी र फलोअर हुने हामी, वास्तविक जीवनमा सुख, दु:ख पर्दा कति सहयोगी छौं?

हामी कहिलेकाहीँ विदेशतिर लाग्छौं। किन पछि पर्नु भनेर भिसा र टिकटकै फोटो हालिहाल्छौं। मानौं यसरी विदेश जाने यो देशको पहिलो र एक मात्र मानिस मै मात्र हुँ। यसरी यात्रा विवरण दिनु सायद व्यक्तिगत सुरक्षाको हिसाबमा पनि त उपयुक्त नहुन सक्छ। यता बस्दा कुर्ता सुरुवाल पनि लगाउन असजिलो लाग्नेले उता पुगेको एक हप्ता नपुग्दै स्विमिङ  कस्ट्युममा फोटा राख्छौं। हामी यता कति कुण्ठित भएर बसेका रहेछौं त? त्यतिले मात्र कहाँ पुग्छ र, 'तेल भिसा'मा उता लगेका बाजे बजैलाई त्यस्तै नसुहाउँदा कपडा भिराइदिएर जबरजस्ती हाँस्न लगाएर अनेकथरी फोटा सार्वजनिक गरिदिन्छौं। 

हाम्रो ध्यान नकारात्मक सामग्रीको खोजी र त्यसलाई बढावा दिनेतिर किन केन्द्रित भइरहेको छ? सञ्जालमा हामी प्राय: यो समाज पूरै ध्वस्त भएजसरी किन प्रस्तुत हुन्छौं? सडकमा सानातिना खाडल देख्यो कि सेल्फी खिचेर दुनियालाई गाली गर्ने हामीले त्यही बाटोमा ४ दिनपछि जाँदा बाटो बनेर चिटिक्क परेको देख्दा त्यसको तस्बिर राख्न किन कन्जुस्याइँ? समाजमा सबै विग्रेको, भत्केको वा खत्तम भइरहेको मात्र पनि त छैन। राम्रो काम गर्ने जनप्रतिनिधि वा कर्मचारी पनि त होलान्। जो तल्लो तहमा बसेर काममा रमाउँछन्। हामीले उनीहरुलाई प्रोत्साहन किन नगर्ने? त्यसले समाजमा सकारात्मक सन्देश र वातावरणको सिर्जना गर्ला अनि अरुलाई पनि त्यस्तै गर्ने प्रेरणा मिल्ला कि? हामी किन नकारात्मक कुरालाई मात्र भाइरल बनाउने, के यो समाजलाई सुधार्न हाम्रो पनि भूमिका छैन र?

यसरी सञ्जालकै लागि बाँचिरहँदा हामी अपनत्व, वास्तविक भलाकुसारी र मानवीय संवेदनालाई कता धकेल्दैछौं? यसको नशामा चुर्लुम्म डुबेर हामी जीवन र जगतको खास मूल्य र मान्यतालाई कता लैजाँदैछौं? मिठा शब्द र आकर्षक फोटा राखे पनि भित्रभित्रै कति एकलकाँटे, खोक्रो र नक्कली जीवन बाँचिरहेका छौं हामी? सञ्जालतिर हजारौं साथी र फलोअर हुने हामी, वास्तविक जीवनमा सुख, दु:ख पर्दा कति सहयोगी छौं? ती हजारौं साथीमध्ये कति जना तपाईंलाई दु;ख पर्दा सँगसँगै धरधरी रोइदिने वा काँध थाप्ने कति जना तयार होलान्? तपाईं बिरामी पर्दा कुरुवा बसिदिने वा एक पिन्ट रगत चाहिँदा 'ओई म छु है' भन्दै लाइन लाग्ने कति जना होलान्? तपाईंको पोष्टमा लाइक वा कमेन्ट गर्नेमध्ये? जुन तपाईं दिनभर आहा यति लाइक र कमेन्ट पुग्यो भनेर गनेर बस्नुहुन्छ, के अब यो सोच्ने बेला भएन र?

प्रकाशित मिति: शनिबार, जेठ ३२, २०७६  १४:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने
डीडीसीको बक्यौता भदौ मसान्तसम्म २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी
कप्तानगन्ज घटना: बाहिरी हतियार प्रयोग नभएको छानबिन समितिको निष्कर्ष
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भदौ मसान्तसम्म २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
कप्तानगन्ज घटना: बाहिरी हतियार प्रयोग नभएको छानबिन समितिको निष्कर्ष मंगलबार, भदौ २, २०८३
झिनो लक्ष्य प्रस्तुत गरेको नेपाली टोली कर्नाटकविरुद्ध ११६ रनले विजयी मंगलबार, भदौ २, २०८३
सरकार र दुर्गा प्रसाईँको महाअभियानबीच औपचारिक वार्ता सुरु मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्