• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, जेठ २७, २०८२ Tue, Jun 10, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
समाजको डरलाग्दो चुनौती– आत्महत्या! आधुनिक भनिएकै गतिविधिले निम्त्याउँदैछ समस्या
64x64
नेपाल लाइभ शनिबार, पुस १, २०७४  ०५:५९
1140x725

यही मंसिर १८ गते नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले आफ्नो फेसबुक वालमा यस्तो स्टाटस लेखे– 

‘प्यारा भान्जा–अलबिदा! चुनावको चटारोका कारण तिमी र म एउटै घरमा माथि र तल बस्दाबस्दै भेट नभएको करिब एक महिना नै पुग्न लागेको थियो। मौन अवधि सुरू हुनु दुई दिनअघि सबैलाई झुक्याएर सधैंसधैंका लागि बिदा भएछौ। १६ गते एमबिबिएसको इन्ट्रान्स दिएर रिजल्ट आउन्जेलका लागि घर जाने र चुनावपछि आउने मामासँगको सल्लाह अनुसार आफैं बसपार्क गएर टिकट लिएको मान्छेले यो घात, बेइमानी र कायरताको बाटो किन रोज्यौ? दिदीको काखबाट पढाउन बच्चामै म आफैंले साथ लिएर आएको थिएँ। अब एउटा बाटो पक्रेर समाजको उदाहरणीय पात्र बन्नेछौ भन्ने कति ठूलो विश्वास मनमा थियो! प्लस टुमा ७९ प्रतिशत ल्याएको दिन तिमीलाई बधाई दिँदै अबिर र खादा लगाएर मिठाइ बाँड्न लगाएको खुसी धेरै दिन टिक्न दिएनौ किन? रिजल्ट आउन्जेलसम्म पनि धैर्य गरेनौ किन? मामालाई खुसीले हास्न त दिएनौ नै, धित मरुन्जेल रून समेत पाउने समय दिएनौ किन? तिमीले संघर्ष र सफलता होइन, कायरता र आत्महत्याको बाटो रोज्यौ किन? एमबिबिएसमा नाम ननिस्के अरू पढ्दासमेत हुन्थ्यो, तर निर्वाचन प्रचारप्रसारको अन्तिम दिन तिमी यो संसारमा छैनौ भनेर दिदीलाई भन्नुपर्ने सकसमा मलाई किन पार्यौ? आर्यघाटमा तिम्रो शव चितामा चढाएर वसुन्धरामा अन्तिम चुनावी सभामा म कसरी सहभागी बन्न सके हुँला? आर्यघाट–बसुन्धरा तीन पटक ओहोरदोहोर गरेरै सही मैले तिमी र चुनावप्रतिको आफ्नो अन्तिम जिम्मेवारी त भारी मनले पूरा गरे, तर यस्तो नियती कोही शत्रुले पनि भोग्न नपरोस्। तिम्रो बैकुण्ठ बास होस्।’

यो घटना नेता थापाको परिवारमा घटे पनि यस्ताखाले घटना समाजमा बढ्न थालेका छन्। यसले पीडित परिवारमा जीवनभरि तनाव सिर्जना गर्छ भने त्यसको असर समाजमा पर्न आइपुग्छ। परिवारले सधैं सम्झिरहन्छ कि, हाम्रो कुन गल्तीले यस्तो हुन गयो? यही पीडाले परिवारका अन्य सदस्यलाई पनि असर गरिरहेको हुन्छ।

आत्महत्याको बाटो रोज्नुमा व्यक्ति जति दोषी हुन्छ परिवार पनि कहीँ न कहीँ दोषी त हुन्छ। नेता थापाको परिवारमा घटेको दुखद् घटनामा कसैलाई दोषी मान्न खोजिएको होइन, सबै परिवारले सोच्नु जरुरी छ कि, कहीँ न कहीँ हामीले आफ्ना बच्चाहरुलाई दबाब त दिइरहेका छैनौं, उनीहरुलाई बुझ्न गल्ती त गरिरहेका छैनौं? यी प्रश्नमा घोत्लिन ढिलाइ गर्नु हुँदैन।

यो समस्या आधुनिक समाजमा सबैभन्दा ठूलो खतरा बनेर खडा भएको छ। यसबारे चिन्तन र सावधानी अपनाउन नसके यसले समाजमा अझै डरलाग्दो गरी जरा गाड्ने सम्भावना छ। 

‘खोले खाए पनि हाँसी–खुसी रहने’ नेपाली समाजमा आत्महत्या किन यति ठूलो जहर बनेर आएको छ? यसबारे गम्भीर चिन्तन हुन सकेको छैन। आधुनिक मानिएका गतिविधिलाई अत्याधिक प्रयोग गर्दा र आफ्नो समाजले अपनाएका राम्रा गतिविधिलाई ठ्याक्कै त्याग्दा समस्याले विकराल रुप लिँदै गएको छ। आत्महत्या जस्तो जीवन समाप्त पार्ने बाटोतिर मान्छेलाई डोहोर्याउ अति तनाव, अति दबाब, निराशा, आधुनिक जीवनशैलीको लत जस्ता कारण मुखर भएर आएका छन्।

साइबर एडिक्सन

आजभोलि कुलतको शब्द सूचीमा नयाँ शब्द थपिएको छ त्यो हो ‘साइबर एडिक्सन’। यानेकि इन्टरनेटको कुलत। सामान्यतया आफूलाई अपडेट राख्नका लागि कम्प्युटर, ट्याब, ल्यापटप तथा मोवाइलमा इन्टरनेट चलाउनु अहिलेको दुनियाँमा अतिआवश्यक भइसकेको छ। जब, सोही आवश्यकता तलमा बदलिन्छ त्यसले फाइदा भन्दा हानि नै पुर्याउँछ। 
आजभोलि के केटाकेटी, बुढाबुढी, युवायुवती सबै उमेर समूहका मानिस इन्टरनेटको पहुँचमा छन्।

कतिसम्म भने परिवारका सदस्यहरु एकै ठाउँमा बस्दा समेत आफू–आफूमा कुराकानी नगरी मोबाइलमा नेट चलाएर बस्नु सामान्य जस्तो भइसकेको छ। के यो ठिक हो? अवश्य होइन। त्यसैले समस्याको सुरुवात यहीँबाट भएको छ। जतिबेला पनि इन्टरनेट चलाएर बसिरहने र इन्टरनेट नभए एक क्षण पनि बस्न सकस हुने गर्छ त्यसलाई तलका रुपमा बुझ्नुपर्छ। सामान्य हिसाबले बुझ्दा इन्टरनेट चलाएको त हो नि भन्ने लाग्ला, यस यसले मानिसलाई प्रत्यक्ष रुपमा मानिसबाटै टाढा धकेलिरहेको हामीले महसुसै गर्न सक्दैनौं। के सामाजिक प्राणी मानिस ‘भर्चुअल’ मानिने इन्टरनेटको भरमा मात्र सधैंभरि खुसी हुन सक्ला त?

अझ युवापुस्ताले राति अबेरसम्म इन्टरनेटमा सामाजिक सञ्जाल, युट्ब आदि चलाएर बस्ने र बिहान अबेरसम्म सुतिरहँदा जीवन चक्र नै लथालिंग पारिरहेको छ भन्दा अतियुक्ति हुँदैन।

यसरी हुन्छ समस्याको सुरुवात

खासगरी सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, ह्वाट्स एम जस्ता साइटमा बढी झुकाब भएका मानिसमा तनावको स्तर बढेर जाने सम्भावना हुन्छ। सामाजिक सञ्जालका यस्ता अवयवहरुमा ठिक्क रमाउनुमात्र मानिसका लागि फाइदाजनक छ। यसको अधिक प्रयोगसँगै थाहा नपाउनुपर्ने विषयमा पनि जानकारी तुरुन्तातुरुन्तै भइरहँदा व्यक्तिमा सूचनाको बोझ थपिन पुग्छ।

यसलाई आमसञ्चारको भाषामा ‘इन्फरमेसन ओभरलोड’ भनिन्छ। जब कुनै व्यक्तिको क्षमताभन्दा बोझ बढी हुन्छ, त्यो व्यक्ति त्यही बोझबाट किचिन पुग्छ। व्यक्तिको दिमागले थेग्न सक्नेभन्दा बढी भार थुप्रिएपछि त्यसले दिमागी समस्या उत्पन्न गर्ने निश्चित हुन्छ। त्यस्तो अवस्थामा मानिसमा ‘स्ट्रेस’ अर्थात् तनावको अवस्था उत्पन्न हुन्छ। 

जब स्ट्रेसको लेभलमा समस्यालाई पहिचान नगरी छोडिन्छ तब त्यसले थाप समस्या निम्त्याउँछ।

स्ट्रेसको चरणलाई सम्हाल्ने प्रयास नभएमा त्यो ‘फ्रस्टेसन’को चरणमा पुग्छ। हरेक विषयमा उदासिन हुनु, उदास देखिनु फ्रस्टेसनको चरण हो। मनमा प्रशन्नताको अभाव हुन थाल्छ र निराशाका भाव बढ्दै जान्छ। प्रायः हरेक विषयमा नकारात्मक दृष्टिकोण बढ्छ। मनमा उत्साह, उमंग हराउँछ।

फ्रस्टेसनको चरण बढ्दै जाँदा व्यक्तिले आफूलाई कमजोर देख्न थाल्छ भने अरुलाई बलियो। 

जब फ्रस्टेसनको चरण जटिल बन्छ तब मानिसलाई ‘डिप्रेसन’ले शिकार बनाउँछ। डिप्रेसनको सुरुको चरणले मानिसलाई एकोहोरो बनाउने, स्मरण शक्ति गुमाउने अवस्थामा पुर्याउँछ। यदि, डिप्रेसनको चरण बढ्दै गए अन्ततः मानिसले संसारलाई अँध्यारो देख्छ र आत्महत्याको बाटो रोज्न पुग्छ।

अति दबाब

आजभोलि स–साना बालबालिकालाई आमाबुबाले सानैदेखि अति दबाबमा राख्ने गरेको पाइन्छ। आफ्ना छोराछोरीलाई डाक्टर, इन्जिनियर आदि बन्नै पर्ने दबाबको पोको सानैदेखि बाबुआमाले मनमा हालिदिएका हुन्छन्। त्यसले गर्दा केटाकेटी किशोर बन्दासम्म उनीहरुको मनमा ‘मैले यो लक्ष्य पाउन सके मेरो सार्थकता छ, होइन भने म सिद्धिन्छु’ भन्ने मनोविज्ञानले डेरा गरिसकेको हुन्छ। 

संवेदनशील अवस्थाका किशोरकाशोरीको मनमा त्यस्तो दबाबले घेरिदिँदा उनीहरुले तनाव बाहेक केही हासिँल गर्दैनन्।

प्रतिस्पर्धाको युगमा चाहेको कुरा पाउने कुनै ग्यारेन्टी हुँदैन। जसले गर्दा आमाबुबाको त्यस्तो दबाबपूर्ण वातावरणमा हुर्केका किशोरकिशोरी आत्महत्याको बाटो समात्न पुग्छन्।

त्यति मात्र होइन, बोझिलो झोला बोकाएर विद्यालय धाउन लगाउने शैक्षिक प्रणाली पनि विद्यार्थीलाई सानैदेखि दबाबमा हाल्ने कारक तत्व हो। सानो उमेरमा सिक्ने र खेल्ने बेलादेखि अति नै दबाबमा पारिदिँदा वालमस्तिष्कदेखि नै तनाब पैदा हुन पुग्छ र त्यसको असर किशोर अवस्था हुँदै युवा अवस्थासम्म रहिरहन्छ।

अति महत्वाकांक्षा

‘सपना त्यो होइन जो निदाएका बेला देखिन्छ, सपना त्यो हो जसले सुत्न दिँदैन’ भारतका पूर्वराष्ट्रपति एपिजे अब्दुल कलामको यो उक्ति लोकप्रिय छ। हो, मानिसको जीवनमा सपना हुनै पर्छ। तर, आफ्नो क्षमताभन्दा ठूला सपनाले व्यक्तिलाई सुत्न नदिने मात्र होइन सधैंका लागि सुत्न वाध्य पारिदिन पनि सक्छ। 

महत्वाकांक्षाको कुनै सीमा हुँदैन तर महत्वाकांक्षालाई सीमामा नराखी पनि हुँदैन। त्यसैले आफ्ना बालबालिकालाई अति महत्वाकांक्षाको भारी बोकाउने होइन कि, उनीह?को क्षमतालाई मूल्यांकन गर्दै ठिक्क सपना देखाउन सिकाउनुपर्छ।

के सफलता, के असफलता

दुनियाँमा सफलताको कुनै एक परिभाषा छैन। र, सफलता सदैव सापेक्ष हुन्छ। केलाई सफल भन्ने केलाई असफल? त्यो कुनै एक परिभाषाले समेट्ने विषय होइन। पढ्न सके मात्र जीवन सप्रने अन्यथा सिद्धिने पनि होइन। त्यसो हुँदो हो त विश्वविद्यालयका गोल्ड मेडलका डिग्री झुन्ड्याएका बेरोजगारहरु सडक नापिरहेका हुनेथिएनन्। साथै, विश्वविद्यालयका अब्बलहरु विद्यालय ड्रप आउट वा विश्वविद्यालय ड्रप आउटका कम्पनीका जागिरे हुनेथिएनन्। त्यसैले यसो गर्न सकेमा मात्र सफल भइने भन्ने कुनै निश्चित मापदण्ड व्यक्तिको जीवनमा हुनु हुँदैन। 

यसमा हाम्रा शास्त्रहरुमा ‘चरैवेति चरैवेति’ भन्ने एउटा दर्शन पाइन्छ। अर्थात् जस्तो सुकै परिस्थितिमा पनि हिँड्दै गर, हिँड्न नछोड भन्ने अति नै सकारात्मक सन्देश हाम्रो दर्शनले दिएको छ। त्यसैले जीवनमा एउटा ढोका बन्द हुँदैमा जीवन सकिँदैन, अन्य सैयौं ढोका खुल्न तयार रहेका हुन्छन्। एउटा असल मानिस बन्नु वा साधारण मानिस बनेर आफ्नो परिवारलाई पाल्नु, परिवारको जिम्मेवारी पूरा गर्नु पनि आफैंमा ठूलो सफलता हो। यस मर्मलाई कोही कसैले पनि भुल्नु हुँदैन। यो दुनियाँमा हात्तीको संसार ठूलो हुने र कमिलाको संसार सानो हुने हुँदैन। आ–आफनो क्षेत्रमा सबैको उपस्थिति र भूमिका महत्वपूर्ण हुन्छ।

सामाजिक जीवन जिउन सिकौं 

अहिलेका नयाँ पुस्ता सामाजिक जीवनबाट टाढा हुँदै जान थालेका छन्, जुन डरलाग्दो अवस्था हो। पूर्वीय दर्शन अनुसार हाम्रो जीवनशैली सामूहिक जीवन पद्धति अर्थात् ‘कम्युनल लाइफ स्टाइल’मा आधारित छ।  जबकि पश्चिमा जीवनशैली एकात्मक अर्थात् ‘इन्डिभिजुअल लाइफ स्टाइल’मा आधारित छ। त्यसैले, केटाकेटी र किशोरकिशोरीलाई बढीभन्दा बढी सामाजिक गतिविधिहरुमा सहभागी गराउन जोड दिनुपर्छ। 

परिवारका सदस्यहरु कम्तिमा पनि आफू–आफूमा गफ गर्नपर्छ।  विभिन्न सामाजिक विषयमा परिवारमा छलफल गर्दा एकअर्काको विचार आदानप्रदान हुने वातावरण तयार हुन्छ।

नेपाली समाजमा ‘दुःख बाँडे शान्ति मिल्छ र मन हलुंगो हुन्छ’ भन्ने उक्ति छ। यदि, परिवारको कुनै सदस्यले दुःख पाएको छ वा गल्ती गरेको छ भने उसले त्यो कुरा ‘सेयर’ गर्दा उसलाई हलुका महसुस हुन्छ। त्यसैले आफ्ना छोराछोरीसँग अभिभावकले विभिन्न विषयमा छलफल गर्ने गर्नुपर्छ। हाम्रा शास्त्रहरुमा ‘१६ वर्ष पुगेका छोराछोरीलाई साथीसहर व्यवहार गर्नुपर्छ’ भनेर आत्मियताको अर्थ बुझाउन खोजेको पाइन्छ। अर्थात् उनीहरुको भावना बुझ्ने कोसिस गर्नु भन्ने सन्देश दिइएको छ।

जीवन जतिसुकै व्यस्त बिताए पनि आफ्ना छोराछोरीका लागि नै समय दिन नसक्ने अभिभावकको प्रगतिको कुनै अर्थ रहँदैन।

सामाजिक जीवनका चाडवाड, रितिरिवाज, सांस्कृतिक गतविधि, धार्मिक चाडपर्व, मेला पर्व, भोज आदिमा केटाकेटीलाई बेलैदेखि सामेल गराउनु राम्रो हुन्छ। त्यस्ता जमघटलाई खानपिन लागि मात्र नभई आफन्त, साथीभाइ, परिवारका सदस्यहरुसँग भलाकुसारी गर्ने, सुखदुःख साट्ने अवसरका पमा पनि प्रयोग गर्नुपर्छ।

नेपाली समाजको परम्परागत सञ्चार प्रणालीमा यस्ताखाले भेलाको अवसरमा दोहोरी गाउने, गीतसंगीतका माध्यमबाट सुखदुःख साटासाट गर्ने प्रणाली रहँदै आएको थियो। तर, आजभोलि आधुनिक सञ्चार प्रणालीका कारण त्यो परिपाटीमा कमि आएको छ। जसले मानिसलाई एकांकी बनाइरहेको छ।

जीवन महत्वपूर्ण छ

पूर्वीय दर्शनले मानिसको जीवनलाई उच्चकोटीको भन्दै अति महत्वपूर्ण रहेको भनी व्याख्या गरेको छ। मानिसको जीवन चौरासी लाख योनी पारे गरेपछि मात्र पाईने भन्दै यसको महत्व दर्शाउन खोजिएको छ। साथै, आत्महत्यालाई हाम्रो दर्शनले अपराध मान्छ। आत्महत्या गरी निधन हुने व्यक्तिको आत्माले समेत शान्ति नपाउने भन्दै त्यस्तो अपराध नगर्न विभिन्न तरिकाबाट बुझाउने कोसिस गरिएको छ।

ससाना अवरोध, असन्तोष, उतारचढाव, सफलता–असफलता मानिसको जीवनका अपरिहार्य तत्व हुन्। त्यसबाट विचलित भएर जीवन नै त्याग्ने काम गर्नु हुँदैन भन्ने सन्देश स्पष्ट छ। मानव कल्याणका लागि, वृहत्तर हितका लागि र समाज रक्षाका लागि मात्र जीवन बलिदानी दिन सकिने पनि हाम्रो दर्शनले दर्शाएको छ। तर, आत्महत्या जस्तो कायर कार्य गर्न नहुने सन्देश शास्त्रहरुले दिएका छन् र यो नेपाली समाजको सामाजिक आधार पनि यही हो।

परम्परागत अभ्यास अपनाऔं

हाम्रा ऋषिमुनि र पितापुर्खाले योग, ध्यान, जप, तप, धर्मकर्म, तीर्थव्रतको व्यवस्था त्यत्तिकै गरेका होइनन्। मानिसलाई जति भौतिक जीवनको आवश्यकता हुन्छ त्योभन्दा बढी आध्यात्मिक जीवनको आवश्यकता हुन्छ भनी यी गतिविधिलाई अभ्यासमा ल्याइएको हो। पञ्चतत्वले बनेको शरीर र मानसिकतालाई सन्तुलित राख्न प्राकृतिक पद्दतिको आवश्यकता हुन्छ। त्यसकारण योग, ध्यान, जप–तप, धर्मकर्म, तीर्थव्रत लगायतका काम ढोँग र देखावटीका लागि नभई आफूलाई सन्तुलित र नियन्त्रित राख्न गरिने क्रियाकलाप हुन्।

यी गतिविधि केवल बुढो भएपछि वा समस्या निम्तिसकेपछि गरिने कार्य होइनन्। यसलाई जीवनको नियमित अंग बनाएमा जस्तोसुकै अवस्थामा पनि स्व–नियन्त्रण हासिल हुन सक्छ। पञ्चतत्वको शरीरमा उत्पन्न हुने समस्यालाई पञ्चतत्वको संसर्गबाट नै त्याग्न सकिन्छ भन्ने सत्यताको वोध हाम्रा ऋषिमुनिहरुले उहिल्यै पहिल्याएर त्यसलाई जीवन पद्धतिमा ल्याइसकेका थिए।

तसर्थ जीवनलाई सन्तुलित र स्वस्थ्य राख्न हाम्रा पितापुर्खाले अपनाएका राम्रा संस्कारबाट ढाटा भाग्नु  हुँदैन। हामी समाज, परिवार र हाम्रा मान्यताबाट जति पर भाग्छौं त्यति एक्लो हुन्छौं, अन्नतः एक्लोपनले नै मानिसलाई आत्महत्याको बाटो रोज्न विवश बनाउन सक्छ।

पूर्वीय जीवन दर्शनको वोध आज दुनियाँका विकसित भनिएका पाश्चात्य समाजले गर्दैछन् भने नेपाली लगायतको पूर्वीय समाजमा क्षीण हुन थालेको छ। यो आफैंमा चिन्ताको विषय होइन र?

(पन्त नेपाल ज्योतिष परिषदका केन्द्रीय पार्षद हुन्)

प्रकाशित मिति: शनिबार, पुस १, २०७४  ०५:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
२९ वर्षीया पूरनले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट अप्रत्यासित सन्न्यास
पूर्वयुवराज्ञी हिमानी र पूर्व नवयुवराज हृदयेन्द्रद्वारा सिँचाइ पोखरीकाे उद्‌घाटन
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
सम्बन्धित सामग्री
कर्णाली प्रदेश प्रज्ञा–प्रतिष्ठान विधेयक सभामा टेबुल कर्णाली प्रदेशभित्रको भाषा, लिपि, कला, साहित्य, लोकसंस्कृति, लोकगाथा, लोकवार्ता र सङ्गीतको अध्ययन, अनुसन्धान संरक्षण, प्रवर्द्धन तथा... मंगलबार, जेठ २७, २०८२
गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अभिव्यक्ति प्रति यातायात व्यवसायीहरुको आपत्ति नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ तथा यातायात मजदुर संघ÷संगठन र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच सोमबार काठमाडौंमा... सोमबार, जेठ २६, २०८२
प्रतिनिधि सभा बैठक बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित सोमबार अपराह्न केहीबेर बसेको बैठक प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र), रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायत विपक्षी दलका सां... सोमबार, जेठ २६, २०८२
ताजा समाचारसबै
२९ वर्षीया पूरनले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट अप्रत्यासित सन्न्यास मंगलबार, जेठ २७, २०८२
कर्णाली प्रदेश प्रज्ञा–प्रतिष्ठान विधेयक सभामा टेबुल मंगलबार, जेठ २७, २०८२
पूर्वयुवराज्ञी हिमानी र पूर्व नवयुवराज हृदयेन्द्रद्वारा सिँचाइ पोखरीकाे उद्‌घाटन मंगलबार, जेठ २७, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर मंगलबार, जेठ २७, २०८२
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
राष्ट्रिय सभा  बैठक (भिडियो)
राष्ट्रिय सभा बैठक (भिडियो) सोमबार, जेठ २६, २०८२
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे (भिडियो)
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे (भिडियो) सोमबार, जेठ २६, २०८२
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली सोमबार, जेठ २६, २०८२
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
महिलाको गोप्य अंग खानतलासी गरेको आरोपमा पूर्वमन्त्री सुब्बाविरुद्ध मुद्दा सोमबार, जेठ २६, २०८२
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे सोमबार, जेठ २६, २०८२
राप्ती नगरपालिकाले चिकित्सकसहित ७२ कर्मचारी हटायो सोमबार, जेठ २६, २०८२
ट्रम्पले १२ देशमाथि लगाएको प्रतिबन्ध लागू सोमबार, जेठ २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
भिजिट भिसा प्रकरण : संसद् खोल्न कांग्रेसले राखेको प्रस्ताव रास्वपाद्वारा अस्वीकार बिहीबार, जेठ २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्