• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

ठूलो बजेट ल्याएर मात्र हुँदैन, विकास खर्चमा प्रशासकीय पुनरावलोकन हुनुपर्छ : केशव आचार्य [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ सोमबार, जेठ १३, २०७६  १६:३४
1140x725

चालु आर्थिक वर्षमा सरकारले अपेक्षाकृत आर्थिक उपलब्धि हासिल गर्न सकेको देखिँदैन। दुई तिहाई बहुमतको सरकारका पालामा पनि  विकास निर्माणका कामले अपेक्षित गति लिन सकेनन्। अर्थतन्त्रका अधिकांश सूचक प्रगति देखाउन असफल भएका छन्। 

बुधबार सरकारले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दैछ। चालू आर्थिक वर्षमा सरकारको काम गर्ने तौरतरिकाको विश्लेषणसहित आगामी आर्थिक वर्षमा त्यसलाई थप कसरी सुदृढ गर्न सकिन्छ भन्ने विषयमा नेपाल लाईभका लागि हेमन्त जोशीले अर्थविद् केशव आचार्यसँग गरेको कुराकानी।

दुई तिहाई बहुमतको स्थिर सरकार भएकाले विकास निर्माणका कामले गति लिने र आर्थिक सूचाकांकमा सुधार हुने धेरैको अपेक्षा थियो। तर वास्तविकता त्यस्तो देखिएन। यसको कारण के होला? 

बजेटका विषयमा क्रमागत सुधारलाई मुख्यतया चारवटा विषयको सुधारसँग जोडेर हेर्नुपर्छ। 

पहिलो कुरा, हामीले मुलुकको विकास प्रशासनलाई पुनरावलोकन गर्ने बेला आएको छ। यसको जिम्मेवारी पुँजीगत खर्चको अनुगमन गर्ने, सुपरीवेक्षण गर्ने, नतिजा हेर्नेलगायतका बनाइनुपर्छ। त्यो चाँहि अहिलेसम्म कहिल्यै गरिएन।

प्रशासन सुधारका विषयमा अहिले भर्खर मात्र काशिराज दाहालको संयोजकत्वमा गठित समितिले तयार पारेको रिर्पोर्ट आएको छ। महालेखा परीक्षक कार्यालयले हरेक वर्ष भनिरहेको हुन्छ- यो-यो कारणले बेरुजु भयो भनेर। 

बजेट १५/१६ खर्बको हुनु महत्वपूर्ण र ठुलो विषय होइन। हामीले पूँजीगत खर्च गर्नै सकेनौं। एक वर्ष होइन, दुई वर्ष पनि होइन। एक/दुई दशक समेत होइन। एकदमै धेरै समय भइसक्यो।

विकास प्रशासनलाई पुनरवलोकन गरिनुपर्छ।

Ncell 2
Ncell 2
nimb
nimb

त्यसैले कमजोरी कहाँ छ भने हाम्रो खर्च गर्ने प्रक्रियामा, हाम्रो निर्णय गर्ने प्रक्रिया नै गलत छ। त्यहाँ कमीकमजोरीहरु छन्। त्यसैले सबैभन्दा पहिले त्यो सम्बोधन नगरिकन बजेट १५ खर्बको आओस् वा २० खर्बको बजेट ल्याओस्, त्यसले कुनै मतलब राख्दैन।

दोश्रो कुरा, राष्टिय गौरवका आयोजना २२ वटा राखिएका छन्। त्यसलाई घटाएर ४-५ वटामा सीमित गरिनुपर्छ। अधिकतम ५ वटाभन्दा बढी राष्ट्रिय गौरवका आयोजना राखिनु हुँदैन।

अहिलेका आयोजनाको संख्या कम गरी पर्याप्त बजेट विनियोजन गरिनुपर्छ। थोरै आयोजनाको कार्यान्वयन, अनुगमन गर्न त सरकारले सक्छ नि! समयमा सम्पन्न पनि हुन्छन्।

राष्ट्रिय गौरवका आयोजना अधिकतम ५ वटाभन्दा बढी हुन हुँदैन। 

Xtrem

Xtrem

तेश्रो पक्ष, अहिले संघीय सांसदलाई स्थानीय पूर्वाधार विकास कार्यक्रमका नाममा दिइने ४ करोड रुपैयाँलाई बढाएर १० करोड रुपैयाँ पुर्‍याउने भन्ने छ।

त्यसलाई पुरै बन्दै गरिदिनुपर्छ। त्यो ४ करोड त के, एक पैसा पनि दिन हुँदैन।

स्थानीय पूर्वाधार विकासका नाममा सांसदलाई रकम दिन बन्द गरिनुपर्छ। 

जतिबेलासम्म हामीले संघीय सांसदलाई विकास कार्यक्रमका नाममा पैसा दिन्छौं, त्यतिबेलासम्म संघीयता बलियो हुँदैन। दिगो हुँदैन। यो संघीयता कमजोर पार्ने उपाय हो।

चौथो भनेको अझसम्म पनि स्थानीय तह, प्रदेश र संघले के गर्ने भन्ने नै स्पष्ट भएन। अर्थमन्त्रीले पनि बेलाबेला भन्ने गर्नुभएको छ, बजेटले त्यसलाई स्पष्ट गरिदिन्छ भनेर। त्यसैले के/कति रकमसम्म अथवा कस्तो खालको आयोजनाको काम स्थानीय निकायले मात्र गर्ने, कस्तो खालको आयोजना प्रदेश वा संघले गर्ने भन्ने खुलाईदिनु पर्‍यो।

कस्ता खालका आयोजना राष्ट्रिय गौरवका आयोजनाका रुपमा बनाउने कस्ता आयोजना बहुवर्षीय भन्ने विषमया स्पष्ट हुनु जरुरी छ।

संघ, प्रदेश र स्थानीय निकायको कार्य जिम्मेवारीमा थप स्पष्टता खोजिनुपर्छ। 

अहिले स्थानीय निकायले के भनिरहेका छन् भने हाम्रो अधिकारक्षेत्रमा संघीय सरकारले हस्तक्षेप गर्‍यो भन्दैछन्। प्रदेशले पनि संघले हस्तक्षेप गर्‍यो भनिरहेका छन्। त्यसैले सरकारले यति लगानीको, यस्तो आयोजना यो तहको सरकारको दायित्व हो भन्न सक्नुपर्‍यो। 

मुलुकको अहिलेको अर्थतन्त्रको अवस्था र आर्थिक परिदृश्यलाई तपाई कसरी विश्लेषण गर्नुहुन्छ? 
हाम्रो बजेट घाटा हाम्रो अर्थतन्त्रले धान्नै नसक्ने अवस्थामा पुग्यो। एक महिनामा सवा खर्ब बजेट घाटा छ। दैनिक ४ अर्ब रुपैयाँ बराबरको बजेट घाटालाई रेमिट्यान्सले मात्रै जेनतेन धानिरहेको अवस्था छ।

यस्ता विषयमा सरकारले निर्मम भएर नै काम गर्नुपर्छ। सरकारले तत्काल निर्यात बढाउन सक्ने अवस्था छैन। त्यसका लागि समय लाग्छ। कृषि  उत्पादन बढाउन एक वर्ष लाग्ला। औद्योगिक उत्पादन बढाउन तीन/चार वर्षै लाग्न सक्छ। त्यसैले नचाहिने अनावश्यक आयात नियन्त्रण गर्नैपर्छ। 

सरकारले आगामी आर्थिक वर्षको बजेटका लागि १५ खर्ब रुपैयाँ बराबरको सिलिङ पाएको छ। झन्डै २ खर्ब रुपैयाँ बढीको बजेट ल्याउँदा श्रोत जुटाउन समस्या हुँदैन? 
श्रोत व्यवस्थापन गाह्रो कुरा होइन रहेछ। जति बजेट घाटा बढ्दै गएको देखिएपनि, सरकारले जति पनि श्रोत परिचालन गर्न सक्दो रहेछ।

त्यसैले सरकारले बजेटलाई प्राथमिकता दिने भनेको व्यापार घाटा बढाउ भन्ने कुरा रहेछ। राजश्व बढी उठ्छ भनेर व्यापार घाटा बढाईनु त भएन नि।

आकारमा ठूलो बजेट ल्याएर मात्र भएन, खर्च गर्न विकास प्रशासनलाई पुनरवलोकन गरिनुपर्छ।

मुखले त्यो नभने पनि परिणतिले त्यही देखिएको छ। त्यसैले सरकारका लागि राजश्व महत्वपूर्ण हो कि व्यापार सन्तुलन भन्ने विषयमा सरकार स्पष्ट हुनु पर्‍यो।

अर्थ मन्त्रालयको ध्यान चाँहि जहाँबाट होस् हामीलाई राजश्व चाहियो भन्छ। त्यो क्रममा हाम्रो विदेशी मुद्रा सञ्चिति घट्ने, व्यापार घाटा बढ्ने, अर्थतन्त्र परनिर्भर हुनेजस्ता समस्या देखिरहन्छन्।

त्यसैले व्यापार घाटा बढाउने गरी राजश्व परिचालन गर्न चाँहि भएन। यसमा मेरो सुझाव त्यही हो।

चालु आर्थिक वर्षमा ८ प्रतिशत आर्थिक वृद्धिदर कायम गर्ने सरकारको लक्ष्य थियो। यो लक्ष्य पूरा हुने छाँटकाँट छैन। आगामी आर्थिक वर्ष पनि उच्च अंकको वृद्धिदर हासिल गर्ने सरकारको लक्ष्य पक्कै होला। त्यो लक्ष्य पूरा हुनेमा हामी आशावादी बन्न सक्छौँ?

हाम्रो अर्थतन्त्रले अहिलेकै अवस्थामा दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्न सक्दैन। किनभने त्यसका लागि हाम्रो सबैभन्दा ठूलो शत्रु भनेको सरकारको निर्णय प्रक्रिया हो। हाम्रो निर्णय प्रकृया निकै झन्झटिलो र छ। एक हप्तामा हुने कामलाई दुई वर्ष लगाइदिन्छन्। त्यसका प्रमाण जहीँतहीँ भेटिन्छन्।

मलाई त लाग्छ, ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य उपयुक्त हुन्छ। पछिल्ला २/३ वर्षमा जुन किसिमको ६/७ प्रतिशतको निरन्तर आर्थिक वृद्धिदर भयो त्यसको श्रेय लोडसेडिङ हट्नु र त्यसका लागि कुलमान घिसिङलाई पनि जान्छ। 

दोहोरो अंकको आर्थिक वृद्धिदर असम्भव छ। आगामी आवमा अधिकतम ७ प्रतिशतसम्मको वृद्धिदर हासिल गर्न सकिन्छ।

अर्को कुरा, गत वर्ष सरकारले सामाजिक सुरक्षा र श्रम सम्बन्धी जुन ऐन ल्यायो, त्यसले औद्योगिक उत्पादकत्व बढेको छ। र अर्को कुरा मौसम राम्रो भएर कृषि उत्पादनमा पनि राम्रो भयो। त्यो कारणले गर्दा आर्थिक वृद्धिदर राम्रो देखिएको हो।

सरकारले पनि कति फटाहा कुरा गर्ने? सरकारले चालु आर्थिक वर्षमा पनि ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य भनेको मा ७ प्रतिशत भन्दा कम भयो। मेरो विचारमा त ७ प्रतिशतभन्दा बढी आर्थिक वृद्धिदर तत्काल संभव छैन।

प्रकाशित मिति: सोमबार, जेठ १३, २०७६  १६:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति मंगलबार, असोज १३, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने मंगलबार, असोज १३, २०८३
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
गृहमा प्रशासनिक फेरबदल, पाँच सहसचिव र तीन उपसचिवको सरुवा [सूचीसहित] मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्