• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

गोकुल भर्सेस गोयबल्स

64x64
नेपाल लाइभ सोमबार, जेठ ६, २०७६  १२:२१
1140x725

'गोकुल' र 'गोयबल्स' सुन्दा उस्तै लाग्छन्। पेसागत जीवनको सुरुमा हिटलरका प्रोपगन्डा मन्त्री जोसेफ गोयबल्स राजनीतिक प्रोपागन्डायुक्त पर्चा लेख्ने व्यक्ति थिए। वर्तमान सरकारका सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पनि पत्रकारिताको आड लिएर राजनीति गरे। हिजोआज त गोयबल्ससँग गोकुलप्रसादको स्वभाव र प्रोपागन्डा शैली पनि मिल्छ। यस लेखमा इतिहास र वर्तमानका यी दुई पात्रहरुको तुलना गरिएको छ। गोयबल्सका सञ्चार रणनीतिहरुलाई बुझ्न सकियो भने अहिलेका गोकुलप्रसादको बारेमा अझ बढी बुझ्न र विश्लेषण गर्न सकिन्छ।

१. राजनीतिका लागि पत्रकारिता
गोयबल्स अनपढ थिएनन्। उनले सन् १९२१ मा साहित्यमा विद्यावारिधि गरेका थिए। त्यसको तीन वर्षपछि मात्रै उनी नाजी पार्टीमा प्रवेश गरेका थिए। सार्वजनिक भाषणकलामा निपुण थिए। गोयबल्सले सन् १९२७ ताका 'देर अंग्रिफ' (आक्रमण) शीर्षकको पत्रिका चलाए, जसको उद्देश्य नाजी पार्टीप्रति जनसमर्थन जुटाउनु र पार्टीको उग्रराष्ट्रवादी धारको प्रवर्द्धन गर्नु थियो। सन् १९३३ मा हिटलरको नाजी पार्टी बहुदलीय प्रतिस्पर्धाबाटै सत्तारुढ भयो। उनी हिटलरका सबैभन्दा विश्वासपात्र व्यक्ति थिए। 

तत्कालीन नेकपा एमालेका महासचिव माधव नेपाल हुँदादेखि नै गोकुलप्रसाद केपी ओली गुटमा सक्रिय थिए। दृष्टि लगायतका वामपन्थी पत्रपत्रिकामा काम गर्नेबाहेक उनी ओली गुटको मुखपत्र मानिने 'सम्बोधन साप्ताहिक'का सम्पादक थिए। यिनको काम बामदेव गौतम, सिपी मैनालीका गुटहरुको आलोचना गर्ने र केपी ओलीवादको प्रशंसा गर्ने थियो। ओली तत्कालीन एमालेको अध्यक्षमा निर्वाचित भएपछि बाँस्कोटाको भाग्य बल्यो। वामपन्थमा रहेर पत्रकारिता गर्ने नारायण ढकाल, गोपाल थपलिया, श्यामल, अग्निशिखा, हिरण्यलाल श्रेष्ठ, विष्णुप्रभात, किशोर श्रेष्ठ, शम्भु श्रेष्ठ, सुवास देवकोटा लगायतको दाँजोमा यी निकै कनिष्ठ हुन्। केपी ओली गुटमा हुनु र नुनको सोझो गर्ने विशेषताले वरिष्ठहरुलाई पाखा लगाउँदै यी 'लाइमलाइट'मा आए र सञ्चारमन्त्री भए। यिनी यति विश्वासिला पात्र हुन्, जसले वर्तमान प्रधानमन्त्री ओलीको बालकोट निवासमा बस्ने सौभाग्य पाएका छन्। 

२. प्रेसमाथि नियन्त्रण र दमन
प्रोपागन्डा मन्त्री हुनेबित्तिकै गोयबल्सले त्यसबेला उपलब्ध सञ्चार प्रविधि रेडियो र सिनेमामा आफ्नो पकड जमाए। कुर्तक र दुष्प्रचारका लागि ती माध्यमहरुको प्रयोग गरे। पत्रकारहरुको तत्कालीन संगठन 'एसोसिएसन अफ द जर्मन प्रेस'लाई आफ्नो नियन्त्रणमा ल्याए। उनकै प्रोपागन्डा मन्त्रालयले पत्रकारको आचारसंहिता बनाइदियो। उक्त मन्त्रालयमा दर्ता भएर मात्रै पत्रकारले काम गर्न अनुमति पाउन थाले। कस्ता समाचार प्रकाशन गर्ने, कस्ता नगर्ने भनेर प्रोपागन्डा मन्त्रालयले निर्देशिका नै जारी गर्‍यो। स्वदेश वा विदेशमा जर्मनी वा त्यहाँको सरकारको छवि धुमिल्याएको आरोपमा कुनै समाचार प्रकाशन/प्रसारण गरेबापत पत्रकारलाई सोझै श्रम शिविरमा पठाउने व्यवस्था गरियो, जहाँ मृत्युदण्ड समेत हुन सक्थ्यो। हिटलरका विचार वा नाजी पार्टीको दर्शनलाई प्रवर्द्धन हुने गरी समाचार, विचार, सम्पादकीय आदि लेख्नु पर्ने बाध्यता थियो। हिटलरले आफूलाई जर्मनीको चान्सलर घोषणा गरेपछि प्रोपागन्डा मन्त्रालयले जर्मनीका स्वतन्त्र प्रेसलाई सिध्याए।

दलाई लामासम्बन्धी समाचारै नलेख्ने, नछाप्ने भन्ने नीति रासस लगायत कुनै सरकारी मिडियामा छैन। तर, 'राष्ट्रपति चीन भ्रमणमा रहेका बेला' भन्ने बहाना बनाएर गोकुलप्रसाद सत्तारुढ राजनीतिक झुकाव इतरका तीन जना पत्रकारलाई कारबाही गर्न तम्सिए।

यता, सञ्चारमन्त्री हुनेबित्तिकै गोकुलले आफ्नो धरातल बिर्से। दिन प्रतिदिन पत्रकारमाथि हाबी भए। उनीहरुमाथि खनिए। उनीहरुलाई पत्रकारिता र आचारसंहिताको उपदेश दिन थाले। पत्रकारलाई हप्कीदप्की मात्रै होइन, सरकारको आलोचना गर्ने पत्रकारहरुलाई 'दसैंभत्ता लिन आउनू' समेत भने। गोयबल्सले मन्त्री भएलगत्तै नाजी पार्टीविरुद्ध टिप्पणी लेख्ने अखबार 'नेसनलेर सोजिअलिस्ट'को सन्ध्याकालीन संस्करण बन्द गरिदिए। गोकुलप्रसादले पनि सत्तारुढ हुने बित्तिकैको चर्चित काम भनेको नेपाल टेलिभिजनको 'सिधा प्रश्न' नामक अन्तर्वार्ता कार्यक्रम बन्द गरे। गत वर्ष जेठ १२ गते नेपाल टेलिभिजनबाट प्रसारित मन्त्री बाँस्कोटासँगको अन्तर्वार्ता कार्यक्रममा पत्रकार राजु थापाले 'कम्युनिस्टले दाइजो लिन मिल्छ त। तपाईंहरु त झन् दाइजोविरोधी। किन यस्तो?' भनेर प्रश्न सोधे। भर्खरैको एभिन्युज अन्तर्वार्ता काण्डमा उपेन्द्र यादवले जस्तो  गोकुलप्रसादले अन्तर्वार्ताकक्ष नै छाडेर चाहिँ हिँडेनन्। कार्यक्रम अवधिभरि लिँडेढिपी र कुतर्क गरेर बसे। तर, लगत्तै टेलिभिजनको उक्त कार्यक्रम नै बन्द गरिदिए। नेपाली प्रेसका प्रति गोकुलप्रसादको असली अनुहार त्यहीबेला प्रमाणित भएको थियो। 

एकातिर प्रधानमन्त्री आफ्नो कार्यालयलाई शक्तिशाली बनाउन लागिपरेका छन्। अर्कातिर सञ्चारमन्त्री पनि आफ्नो गच्छेले भ्याएसम्म मातहतका कार्यालयलाई आफ्नो पैतालामुनि राखेर दबाउन र पत्रकारिताका नाउँमा आफूले चाहेअनुसारको 'गुटपत्र' चलाउन उद्यत छन्। केही दिनअघि राष्ट्रिय समाचार समितिले तिब्बती धर्मगुरु दलाई लामा दिल्ली अस्पतालमा उपचार गराएर फिर्ता भएको छोटो समाचार राससको 'न्युजफिड'मा पठाएको थियो। त्यो सामान्य समाचार थियो। नेपालले एक चीन नीतिलाई समर्थन गरेको भए पनि दलाई लामासम्बन्धी समाचारै नलेख्ने, नछाप्ने भन्ने नीति रासस लगायत कुनै सरकारी मिडियामा छैन। फेरि त्यो समाचार प्रकाशन गरेको भनेर चीनले कुनै आपत्ति जनाएको पनि छैन। तर, 'राष्ट्रपति चीन भ्रमणमा रहेका बेला' भन्ने बहाना बनाएर गोकुलप्रसाद सत्तारुढ राजनीतिक झुकाव इतरका तीन जना पत्रकारलाई कारबाही गर्न तम्सिए। यस विषयमा राससले आफैं निर्णय लिन सकेको छैन। मन्त्रीजीको चाहना अनुसार सञ्चार मन्त्रालयले दिएको निर्देशनमा राससले ल्याप्चे लगाउने पक्का छ।

३. प्रोपागन्डाका लागि प्रेस
अहिले प्रस्ताव गरिएका चार विधेयकहरु उनीहरुले सोचेकै अवधारणामा पास गराउन सके भने गोयबल्सको प्रोपागन्डा मन्त्रालय र गोकुलप्रसादको सञ्चार मन्त्रालय उस्तै हुन्छ। गोकुलप्रसादले पनि निजी प्रेस बन्द गराउन सक्छन् वा आफ्नो इच्छा र प्रधानमन्त्रीले भनेका कुरालाई नै राजनीतिक आदर्श मानेर समाचार, विचार र सम्पादकीय टिप्पणीहरु छपाउन सक्छन्। गोयबल्सले जस्तै गोकुलले पनि कुनै गलत कुरा हजार पटक दोहोर्‍याए सत्य हुन्छ भन्ने दलिल पेस गर्न सक्छन्। बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेपछि सरकारले इन्टरनेटमा यौनउत्तेजनायुक्त सामग्रीहरु (पोर्नोग्राफी) आएकाले बलात्कार बढेको निष्कर्ष निकाल्यो। गोकुलप्रसाद आफैं अग्रसर भएर हजारौं वेबसाइट बन्द गर्न लगाए। तर, बलात्कार र अपराधका घटनामा कमी आएको कुनै अध्ययन वा तथ्यांक उपलब्ध छैन। बन्द गर्नुपर्ने कारण पनि हावा नै थियो। त्यसको प्रभाव पनि हावामै बिलय भएजस्तो छ। हातमा संसारका सूचनाको पहुँच बोकेर हिँडेको मान्छेलाई यिनीहरुले वेबकुफ बनाउन खोजे। यिनको बलात्कारसम्बन्धी मुढेतर्क भारतमा एकजना मन्त्रीले 'समलिंगी हुनु रोग हो, उपचार गरे निको हुन्छ' भने जस्तै हो। 

nimb
nimb
Ncell 2
Ncell 2

यिनले सरकारका कतिपय नियुक्ति, सेवासुविधा वृद्धि, खरिद, ठूला ठेक्कापट्टा सम्बन्धी निर्णय, कार्यकर्तालाई आर्थिक सहयोग जस्ता विवादास्पद निर्णयहरु लुकाउने र पत्रकारले प्रश्न गरे 'खोजी पत्रकारिता गर' भनेर उपदेश दिने गरेका छन्।  

गोयबल्सले भनेका छन्, 'थिंक अफ द प्रेस एज अ ग्रेट किबोर्ड अन ह्विच द गभन्मेन्ट क्यान प्ले।' अर्थात् प्रेसलाई यस्तो सुन्दर किबोर्डको रुपमा सोच्नुपर्छ, जसमा सरकारले मजासँग आफू अनुकूलका धुन बनाउन सकोस्। गोकुलप्रसादको प्रेसप्रतिको दुराग्रह पनि यो भन्दा पृथक् छैन। मानौं यिनले गोयबल्सभन्दा अरु पढेकै छैनन्। यिनकै अग्रसरतामा भर्खरै संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयकमा पत्रकारलाई बढी दण्ड जरिवाना भएको, प्रेस काउन्सिलको स्वायत्त हैसियत हटाएर सञ्चार मन्त्रालयको शाखा बनाउन खोजेको, आफू अनुकूल काउन्सिलमा मान्छे भर्ना गर्ने र हटाउने प्रावधान राखेको भनी चर्को आलोचना भइरहेको छ। पत्रकारहरुले गोकुलप्रसादलाई सार्वजनिक कार्यक्रममा बहिष्कार गर्नेदेखि कालोपट्टी बाँधेर काम गर्ने गरिरहेका छन्। यसैबीच यिनले अमेरिकामा पत्रकारलाई एक करोड जरिवाना, आजीवन कैद र मृत्युदण्ड समेत हुने बताएर आफ्नो मुर्खताको परिचय फेरि छताछुल्ल पारे। यिनको बठ्याइँ र विद्वताको कुरा नगरौं। यिनले सरकारलाई बुझाउनुपर्ने सम्पति विवरणमा आफूसँग भएको मोबाइल फोनलाई 'सामसुङको आइफोन' भनेर उल्लेख गरेका थिए। 

मन्त्रिपरिषद् बैठकका निर्णयहरु लुकाउन यिनले हप्तादिनमा पत्रकार सम्मेलन गर्ने रणनीति अपनाए। एक हप्ताभित्र कतिपय निर्णयहरु पुराना भइसक्छन्। यिनले सरकारका कतिपय नियुक्ति, सेवासुविधा वृद्धि, खरिद, ठूला ठेक्कापट्टा सम्बन्धी निर्णय, कार्यकर्तालाई आर्थिक सहयोग जस्ता विवादास्पद निर्णयहरु लुकाउने र पत्रकारले प्रश्न गरे 'खोजीपत्रकारिता गर' भनेर उपदेश दिने गरेका छन्।  

४. बदनामीको सगरमाथा
गोकुलप्रसाद सञ्चारमन्त्रीमा नियुक्त भएका बेला सामाजिक सञ्जालमा वा भेटेरै बधाई दिनेहरु अहिले यिनले प्रेस स्वतन्त्रताको हुर्मत लिन खोजेको देखेर विरक्तिएका छन्। ओली सरकारको विगत एक वर्षको सुस्त काम गराई र चुलिँदो आलोचनाले गर्दा गोकुलप्रसादको काँधमा 'जसरी पनि सरकारको आलोचना रोक्नू' भन्ने जिम्मेवारी होला। यिनको अहंकारपूर्ण प्रस्तुति र जिद्दी स्वभाव देख्दा ओलीका खातिर गोयबल्स त के बदनामीको सिंगै सगरमाथा उठाउन तयार छन् जस्तो लाग्छ। 

हुन त गोकुलप्रसाद नेपालको पहिलो गोयबल्स पनि होइनन्। यीअघि टंक ढकाल, श्रीष समसेर राणा, कमल थापाहरुले नेपाली पत्रकारिता र प्रेसप्रति यस्तै निरंकुश शैली अवलम्बन गरेका थिए। तर, यति कुरा सत्य हो कि प्रेस स्वतन्त्रताको कसीमा भूपू सञ्चारमन्त्रीहरुको बजारमा जे भाउ छ, त्यसभन्दा निकै तल गोकुलप्रसादको भाउ हुनेछ। गोयबल्सले भनेका थिए, 'हामी इतिहासमा कि त उत्कृष्ट राजनेता हुन्छौं, कि निकृष्ट अपराधी।' गोयबल्स दोस्रो वर्गमा परे। गोकुलप्रसाद पनि पहिलो वर्गबाट निकै टाढा पुगिसकेका छन्।

यिनको रुखो बोली, मूढेतर्क र जिद्दी स्वभावले नेपालको प्रेस स्वतन्त्रता, ओली सरकारको समृद्ध नेपाल अभियान र नेपालमा कम्युनिस्टहरुको छविलाई रसातलमा पुर्‍याउँछ।

दोस्रो विश्वयुद्ध अघिसम्म सञ्चार, जनसम्पर्क वा विज्ञापन जस्ता कुरालाई सकारात्मक हिसाबले प्रोपागण्डा भनिन्थ्यो। अहिलेको सञ्चार मन्त्रालय जस्तो। अचेल 'प्रोपागन्डा' शब्द सुन्दै नकारात्मक लाग्छ किनभने हिटलरको प्रोपागण्डा मन्त्रालयले भ्रमपूर्ण सूचनाहरुको बाढी नै लगाएपछि त्यो शब्दलाई नै सार्वजनिक बोलिचालीबाट बहिष्कार गर्नुपर्ने स्थिति आयो। नेपालमा प्रजातन्त्रलाई 'लोकतन्त्र' र राजमार्गलाई 'लोकमार्ग' भन्न थाले जस्तो। प्रेस स्वतन्त्रताको कसीमा गोकुलप्रसाद यति बद्नाम पात्र भइसके कि भोलि 'सञ्चार मन्त्रालय'को नामै परिवर्तन गर्नुपर्ने पनि हुन सक्छ। 

उपसंहार 
गोकुलप्रसाद सञ्चारमन्त्री होइन्जेल यिनका कार्यक्रम बहिष्कार गरेर वा विधेयक सच्याउन लगाएर मात्रै पत्रकारले सुविस्ता पाउनेवाला छैनन्। यी अरु अनेकन स्वरुपमा पत्रकारको घाँटी अँठ्याउन निरन्तर लागिरहन्छन्। यिनको रुखो बोली, मूढेतर्क र जिद्दी स्वभावले नेपालको प्रेस स्वतन्त्रता, ओली सरकारको समृद्ध नेपाल अभियान र नेपालमा कम्युनिस्टहरुको छविलाई रसातलमा पुर्‍याउँछ। यिनलाई सञ्चार मन्त्रालयको जिम्मेवारीबाट यथाशीघ्र हटाउनु नै अहिलेको एक मात्र विकल्प हो।

प्रकाशित मिति: सोमबार, जेठ ६, २०७६  १२:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित)
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित) मंगलबार, भदौ २, २०८३
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ मंगलबार, भदौ २, २०८३
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भुक्तानी अवधि २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
कप्तानगन्ज घटना: बाहिरी हतियार प्रयोग नभएको छानबिन समितिको निष्कर्ष मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्