• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३, २०८३ Sat, Sep 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

कम्बोडियामा प्रधानमन्त्री ओली : यताका राजालाई दुत्कार, उताकालाई पुष्पहार!

64x64
नेपाल लाइभ मंगलबार, वैशाख ३१, २०७६  १३:४८
1140x725

काठमाडौं- दक्षिणपूर्वी एसियाली दुई देश भियतनाम र कम्बोडियाको साताव्यापी भ्रमणमा निस्केका प्रधानमन्त्री केपी शर्मा ओली सोमबारदेखि कम्बोडियाको भ्रमणमा छन्। 

जोम्बो टोलीसहित सोमबार मध्याह्नतिर कम्बोडियाको राजधानी फेनोम फेन पुगेका प्रधानमन्त्री ओलीले आफ्ना समकक्षी हुन सेनसँग द्विपक्षीय वार्ता गर्नुअघि दुई स्मारकमा पुष्पगुच्छा अर्पण गरे। ओलीले पुष्पगुच्छा अर्पण गरेको पहिलो स्मारक थियो-स्वतन्त्रता स्मारक। राजधानी फेनोम फेनमै रहेको स्वतन्त्रता स्मारक त्यहाँको स्वतन्त्रताका लागि लड्नेहरुको सम्झनामा सन्  १९५८ मा बनाइएको थियो। 

८ दशक भन्दा बढी समय फ्रान्सको उपनिवेशमा रहेको कम्बोडिया सन् १९५३ मा स्वतन्त्र भएको थियो। त्यसयता कम्बोडियाले आफ्नो स्वतन्त्रता दिवस मनाउने गरेको छ, जसका लागि स्वतन्त्रता स्मारकमा गएर स्वतन्त्रताका लागि ज्यान गुमाउनेहरुको सम्झना गरिन्छ। 

प्रधानमन्त्रीले पुष्पगुच्छा अर्पण गरेको दोस्रो स्मारक हो- स्वर्गीय राजा नोरोडोम सिहनौकको। दुई पटक राजा र कैयौं पटक प्रधानमन्त्री भएका उनले कम्बोडिया स्वतन्त्र भएदेखि लामो समय शासन गरेका थिए। अहिले उनका छोरा नारोडोम सिहामोनी त्यहाँका राजा छन्। 

विगत जे भए पनि प्रधानमन्त्री ओली अहिले नेपालका कट्टर गणतन्त्रवादी जस्ता देखिन्छन्। पूर्वराजा ज्ञानेन्द्र शाहको देश दौडाहाका कार्यक्रमप्रति उनले कडा रोष व्यक्त गर्ने गरेका छन्। 

ओली सरकारका केही मन्त्रीले त पूर्वराजाको हिँडडुलमाथि नै प्रतिबन्ध लगाउनुपर्ने कुरासमेत गरिरहेका छन्। 

अब एउटा सामान्य र स्वाभाविक प्रश्न उठ्छ- यताका राजाप्रति कडा रोष प्रकट गर्ने प्रधानमन्त्रीमा उताका राजाको सालिकमाथि पुष्पगुच्छा अर्पण गर्ने मोह किन जागेको होला? 

Ncell 2
Ncell 2
nimb
nimb

प्रधानमन्त्री ओलीले राजाको सालिकमाथि पुष्पहार प्रदान गरेका मात्रै होइनन्, कम्बोडियाले त्यहाँका राजाको जन्मोत्सवको अवसर पारेर उनलाई भ्रमणमा बोलाएको हो। 

त्यहाँका राजा नारोडोम सिहामोनीको आज ६६औं जन्मदिन हो। कम्बोडियाले आफ्ना राजाको जन्मदिन भव्य रुपमा मनाउँदैछ, जसका लागि थुप्रै अन्तर्राष्ट्रिय पाहुनालाई समेत निमन्त्रणा गरेको छ। 

तानाशाहलाई वैधानिकता
३४ वर्षदेखि हुन सेन कम्बोडियाको प्रधानमन्त्रीका रुपमा छन्। सन् १९८५ मा प्रधानमन्त्री भएका उनले पटकपटकका चुनाव जितेका छन्। तर, त्यसलाई अन्तर्राष्ट्रिय समुदाय र कम्बोडियाका विपक्षी दलले अस्वीकार गरेका छन्। 

पछिल्लो पटक सन् २०१८ मा भएको त्यहाँको तल्लो सदन राष्ट्रियसभाका ६ सदस्यका लागि भएको चुनावमा विपक्षी दलले भाग नै लिएनन्। अन्तर्राष्ट्रिय समुदायले पनि त्यसलाई देखावटी चुनाव भन्दै त्यसलाई अस्वीकार गरेका थिए। 

तानाशाहका रुपमा अन्तर्राष्ट्रिय समुदायबाट एक्लिँदै गएका उनले नेपाल जस्ता अन्तर्राष्ट्रिय स्तरमा निष्कलंक कूटनीतिक छवि भएका देशलाई प्रयोग गर्ने प्रयत्नमा लागेका छन्।

त्यसकै प्रयास स्वरुप उनी गत मंसिरमा नेपालमा आयोजना भएको विवादास्पद ‘एसिया प्यासिफिक सम्मेलन’मा सहभागी हुन आएका थिए। भ्रमणका क्रममा उनले पहिलो पटक नेपालका प्रधानमन्त्री ओलीसँग द्विपक्षीय भेटवार्ता गरेका थिए। उनले राष्ट्रपति विद्या भण्डारीसँग पनि भेटवार्ता गरेका थिए। 

सोही भ्रमणका अवसरमा नै उनले नेपालका प्रधानमन्त्री ओलीलाई कम्बोडिया भ्रमणको निमन्त्रणा दिएका थिए। 

हुन सेनले प्रधानमन्त्री ओलीसँग गत जनवरीमा स्विट्जरल्यान्डको डाभोस सम्मेलनमा समेत द्विपक्षीय भेट गरेका थिए। उक्त भेटमा समेत ओलीलाई उनले कम्बोडिया भ्रणका लागि जोड दिएका थिए। 

अन्तर्राष्ट्रिय समुदायले अस्वीकार गरेको कम्बोडियाली प्रधानमन्त्रीको निमन्त्रणालाई स्वीकार गरेर उनको तानाशाही शासनलाई वैधानिकता दिएको भन्दै कतिपयले ओली भ्रमणको समेत आलोचना गरिरहेका छन्। 

कम्बोडिया भ्रणका खास एजेन्डा नहुँदानहुँदै पनि ओलीले जम्बो टिमसहित ३ दिन त्यहाँ बिताउने कार्यक्रम छ। 

नेपाल र कम्बोडियाबीच सन् १९७५ मा कूटनीतिक सम्बन्ध स्थापना भए पनि अहिलेसम्म उच्चतहका कुनै द्विपक्षीय भ्रमण भएका थिएनन्। दुई देशले एक अर्काको देशमा आवासीय दूतावाससमेत राखेका छैनन्। 

भूगोलमा नेपालभन्दा केही ठूलो भए पनि जनसंख्या भने करिब १ करोड ६२ लाख मात्रै छ। ९६ प्रतिशत बौद्ध धर्मावलम्बी भए पनि कम्बोडियाबाट नेपाल भ्रमणमा आउने पर्यटक निकै कम छन्। 

दुई देशबीचको आर्थिक कारोबार पनि त्यति ठूलो छैन। गतवर्ष दुई देशबीच करिब १७ लाख अमेरिकी डलर बराबरको मात्रै व्यापार भएको थियो। कम्बोडियाले नेपालबाट करिब १ लाख २० हजार अमेरिकी डलर बराबरको नेपाली गार्मेन्ट आयात गर्ने गरेको छ। 

४ सम्झौता 
नेपालको परराष्ट्र मन्त्रालयका अनुसार सोमबार २ देशबीच ४ वटा सम्झौता भएका छन्। 

त्यहाँको पिस प्यालेसमा दुई देशका प्रधानमन्त्रीबीच भएको द्विपक्षीय भेटवार्तापछि कूटनीतिज्ञ र सरकारी राहदानी बाहकलाई प्रवेशाज्ञाबिनै भ्रमण गर्न दिने सम्झौता भएको छ। त्यस्तै कम्बोडियाले नेपालमा दूतावास खोल्ने समझदारीसमेत भएको छ। 

व्यापार सम्बन्धी २ सम्झौतासमेत प्रधानमन्त्री ओली र क्याम्बोडियाका प्रधानमन्त्री सेनको उपस्थितिमा भएका छन्। 

नेपाल र क्याम्बोडियाबीच व्यापार र लगानी सम्बन्धी समझदारीमा हस्ताक्षर भएको हो। त्यसैगरी २ देशका चेम्बर अफ कमर्सबीच सहकार्य गर्नेबारे समझदारीपत्रमा हस्ताक्षर भएको छ। 

तीनदिने भ्रमणका लागि कम्बोडिया रहेका प्रधानमन्त्री ओली आज (मंगलबार) दिनभर भेटवार्ता र कार्यक्रममा व्यस्त हुने कार्यतालिका छ। 

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीले आज त्यहाँको एउटा व्यापारिक सम्मेलनलाई समेत सम्बोधन गर्नेछन्। त्यस्तै कम्बोडियाको दुवै संसद्‌का अध्यक्षसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

व्यापारिक सम्मेलनलाई सम्बोधनका क्रममा ओलीले नेपालमा लगानी आह्वान गर्नेछन्। 

नेपालको कुल ग्राहर्स्थ उत्पादन ८४ बिलियन अमेरिकी डलर छ भने कम्बोडियाको लगभग ७० बिलियन अमेरिकी डलर छ।  

एउटा स्वाभाविक प्रश्न उठ्छ- नेपालभन्दा सानो ग्राहर्स्थ उत्पादन भएको देशमा गरिने लगानी आह्वान कति सार्थक होला?

प्रकाशित मिति: मंगलबार, वैशाख ३१, २०७६  १३:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘एमाले कुनै तालले सकिँदैन, केन्द्रिय कमिटीबाट झन् बलियो बनेर आउँछ’ : अध्यक्ष ओली
३८ छावाको बाबु बनेको ‘रोनाल्डो’ हात्तीको मृत्यु
सिंहदरबार र संसद् जलाउने कुरा घटनाअघि नै चलिसकेको थियो : ओली
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
‘एमाले कुनै तालले सकिँदैन, केन्द्रिय कमिटीबाट झन् बलियो बनेर आउँछ’ : अध्यक्ष ओली शनिबार, असोज ३, २०८३
३८ छावाको बाबु बनेको ‘रोनाल्डो’ हात्तीको मृत्यु शनिबार, असोज ३, २०८३
सिंहदरबार र संसद् जलाउने कुरा घटनाअघि नै चलिसकेको थियो : ओली शनिबार, असोज ३, २०८३
संविधान आफैंले परिवर्तन ल्याउँदैन, कार्यान्वयन गर्ने हात इमानदार हुनुपर्छ:  प्रधानमन्त्री बालेन शनिबार, असोज ३, २०८३
यसरी मनाइयो सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस (तस्बिरहरू) शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
रवि-बालेनको राजनीतिक उत्थानमा अमेरिकी भूमिका खोज्ने ‘ग्रेजोन’बारे सरकारका प्रवक्ताको हल्का टिप्पणी शुक्रबार, असोज २, २०८३
सिंहदबारबाट पक्राउ परेका गाउँपालिका अध्यक्ष २२ लाख धरौटी बुझाउन नसकेपछि कारागार चलान शुक्रबार, असोज २, २०८३
असनमा प्रहरीको अपरेशन : डेढ किलो सुनसहित समातिए भारतीय गिरोहका सदस्य शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्