• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

सिइओले नै कंगाल बनाउँछन् बैंक, १५ लाखमा किनेको जग्गालाई सवा २ करोड कर्जा

घोटालामा मुछिएपछि सिइओसहित कर्मचारी फरार
64x64
नारायण अधिकारी बुधबार, वैशाख ११, २०७६  १४:१७
1140x725

काठमाडौं– बैंकका प्रमुख कार्यकारी निर्देशक (सिइओ) नै करोडौं रुपैयाँ घोटाला प्रकरणमा मुछिएको तथ्य बाहिर आएको छ। जनता बैंक (तत्कालीन सिद्धार्थ डेभलपमेन्ट बैंक) का सिइओ अजयकुमार मिश्र लगायतको मिलेमतोमा करोडौं रुपैयाँ घोटाला भएको खुलेको हो।

सिइओ मिश्रसँगै बैंकका तत्कालीन शाखा प्रमुख गीता शर्मा सुवेदी, मूल्यांकन गर्ने इन्जिनियर सञ्जय दुधानी, कर्जा शाखाका प्रमुख अनुजा डंगोल, बैंकका कर्मचारी लीलावती चौंलागाई, कर्जा समितिका सदस्य सुजन सुवेदी, रवि शाक्य, मुकुन्द त्रिपाठी र जग्गाधनी कृष्ण चौधरी र उनका भाइ रमेश चौधरी र मध्यस्थकर्ता मिलन विष्ट मिलेर तत्कालीन सिद्धार्थ डेभलपमेन्ट बैंकको करोडौ रुपैयाँ घोटला गरेका हुन्।

उनीहरुको योजनामा बैंकको २ करोड २५ लाख २४ हजार ५ सय ५३ रुपैयाँ रुपैयाँ घोटाला भएको पाइएको छ। उनीहरुले भीरपाखाको जग्गालाई नक्कली कागजपत्र बनाएर पिचबाटो भएको ठाउँको सुविधा सम्पन्न जग्गा भन्दै कर्जा निकालेर घोटाला गरेका थिए।

यसरी भयो घोटालाको योजना
घोटाला काण्डमा पक्राउ परेका जग्गाधनी भनिएका व्यक्ति हुन्, कृष्ण चौधरी। उनले प्रहरीसमक्ष दिएको बयानलाई आधार मान्ने हो भने उनी आफ्नो व्यक्तिगत कामले नै कर्जा लिने उद्देश्यले तत्कालीन सिद्धार्थ डेभलपमेन्ट बैंकको तीनकुने शाखामा २०७३ जेठ ३ गते पुगेका थिए। जग्गा राखेर कर्जा लिने र व्यापार बिस्तार गर्ने उनको उद्देश्य थियो।

त्यसै क्रममा कर्जा शाखाका प्रमुखदेखि बैंकका सिइओ अजयकुमार मिश्रसम्म उनको चिनजान भयो। त्यसपछि चौधरीलाई आफ्नो पक्षमा पारी बैंकका कर्मचारीले सबै काजगात मिलाएर करोडौं रुपैयाँ कर्जा निकाल्ने योजना बनाए। त्यसपछि जोडिए जग्गा दलाल भनेर चिनिएका मिलन विष्ट। विष्टसँगै जग्गा मिलाउने काममा जोडिए कृष्ण चौधरीका रमेश चौधरी र सुरेश यादव।

यता बैंकको तर्फबाट तत्कालीन सिइओ मिश्रले मुख्य भूमिका निर्वाह गरेका थिए। शाखा कर्जा शाखाका प्रमुख अनुजा डंगोल, जग्गा मूल्यांकन गर्ने इन्जिनियर सञ्ज दुधानी पनि नक्कली जग्गा धितो राखेर करोडौं कर्जा दिएर रकम हात पार्ने योजनामा सहमत भए। 

बैंकका कर्मचारी लीलावती चौंलागाई, कर्जा समितिका सदस्य सुजन सुवेदी, रवि शाक्य, मुकुन्द त्रिपाठीले समेत उनीहरुको योजना 'ग्रिन सिग्नल' दिए।

त्यसपछि नक्कली कागजात खडा गरेर कर्जा निकाल्ने र रकम बाँडफाट गर्ने उनीहरुले योजना बनाए।

Ncell 2
Ncell 2
nimb
nimb

काठमाडौंको साबिक इचङ्गुनारायण गाविस–१ को कित्ता नम्बर १६७, १६९, १८८ र १८९ को जग्गा कृष्ण चौधरीलाई खरिद गर्न लगाइयो। जग्गा मिलाउने काम विष्ट, चौधरीकै भाइ रमेश र सुरेश यादवले गरेका थिए।
 तर, उक्त जग्गा भीरपाखामा रहेकाले घडेरी समेत बनाउन नमिल्ने, गोरटो बाटो समेत नभएको, सामान्य खेतीपाती बाहेक अन्य प्रयोजनाका लागि उपयुक्त थिएन। 

त्यही जग्गालाई धितो राखेर करोडौं कर्जा निकालेर घोटाला गर्ने पूर्व योजनाअनुसार नक्कली कागजात खडा गर्न थालियो। नापी कार्यालय, मालपोत कार्यालय, नागार्जुन नगरपालिका–३ को वडा कार्यालयको पत्रसमेत नक्कली बनाइयो र लेखियो, ‘जग्गा वरपर थुप्रै घरहरु रहेको ठाउँमा, पिचबाटो भएको समथर ठाउँमा अवस्थित…।’

घडेरी नै नहुने भीरको जग्गालाई समथर पिचबाटो भएको भन्दै बैंकमा कागजात पेस गरियो।

आँखा चिम्लेर सवा २ करोड कर्जा
बैंकका कर्मचारीसँग पूर्व योजना नै बनिसकेको थियो, नक्कली काजगात खडा गरेर कर्जा लिने। नगरपालिकादेखि मालपोतसम्मका पेस भएका नक्कली कागजातको विवरण समेत बैंकका कर्मचारीले नियालेनन्। उक्त नक्कली कागजातकै आधारमा जग्गाको मुल्यांकन गरे इन्जिनियर सञ्जय दुधानीले।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

दुधानीकै योजनामा अर्कै व्यक्तिको समथरको जग्गाको फोटोसमेत खिचेर ल्याई मूल्यांकन प्रतिवेदनमा पेस गरियो।

कर्जाका लागि देखाइएको जग्गाको मूल्यांकन प्रतिवेदन पास भइसकेपछि उक्त जग्गाको फिल्ड अवलोकन गर्नुपर्ने हुन्छ। उक्त जिम्मेवारी थियो, कर्जा शाखा प्रमुख गीता शर्मा सुवेदी र सोही शाखाकी सदस्य अनुजा डंगोलको। तर, उनीहरुले जग्गाको फिल्ड भिजिट नै नगरी निरीक्षण प्रतिवेदनमा उल्लेख गरे, 'जग्गा भने बमोजिमकै छ।'

मूल्यांकन र फिल्ड भिजिट सकिएपछि अब कर्जा लिने पालो आयो। कर्जाका लागि कृष्ण चौधरीलाई बैंक कर्मचारी गीता शर्मा सुवेदी, लीलावती चौंलागाई, अनुजा डंगोलले सिफारिस गरेका थिए।

उनीहरुकै सिफारिसका आधारमा आँखा चिम्लेर कर्जा दिए, सिइओ अजयकुमार मिश्र, सुजन सुवेदी, रवि शाक्य र मुकुन्द त्रिपाठीले। 

यसरी योजना सफल भएसँगै भीरको जग्गा राखेर २ करोड २५ लाख ५ सय ५३ रुपैयाँ कर्जा लिएर बैंकबाट निस्किए, कृष्ण चौधरी।

काम- बैंक कर्मचारीको, जिम्मा- जग्गा दलाललाई
बैंकका कर्मचारी सुवेदी, डंगोल र चौंलागाई त्यसबेला कर्जा समितिमा थिए। चौधरीलाई कर्जा दिनुभन्दा अघि बैंकबाट सम्बन्धित निकायमा कागजात पुर्‍याउनुपर्ने हुन्छ। त्यो काम कर्जा समितिका सदस्यको हो। तर, उनीहरुले उक्त काम आफैंले नगरेर कृष्ण चौधरीका भाइ रमेशलाई जिम्मा दिए। रमेश बैंकका कर्मचारी नभएर जग्गा दलाल हुन्।

उनै जग्गा दलालले ओसारेका कागजातको आधारमा कर्जा पूर्वस्विकृतिका लागि २०७३ जेठ ९ गते कागजात पेस भएको थियो।  स्विकृतिका लागि २०७३ असार २७ गते केन्द्रीय कर्जा विभागमा पेस गरियो। विभागबाट पास भएर दुई दिनपछि कर्जा समितिमा असार २९ गते पेस गरियो। कर्जा समितिले भोलिपल्ट असार ३० देखि कृष्ण चौधरीलाई २ करोड २५ लाख २४ हजार ५ सय ५३ रुपैयाँ कर्जा प्रवाह गरेको देखिन्छ।

सवा २ करोड ऋण लिएपछि बल्ल जग्गा खरिद
अझ रोचक कुरा त कर्जा लिइरसकेका कृष्ण चौधरीको नाममा जग्गा समेत नभएको पाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटी बताउँछन्। २०७३ असार ३० गते कर्जा लिएका चौधरीले साउन २ गते काठमाडौं इचङ्गुनारायण गाविस–१ को कित्ता नम्बर १६७, १६९, १८८ र १८९ को जग्गा आफ्नो नाममा पास गरेका थिए। कर्जा लिएपछि सोही रकमको केही अंशले उक्त जग्गा खरिद गरेको अनुसन्धानबाट खुलेको छ। चौधरीको नाममा उक्त जग्गा नआउँदै २०७३ जेठ ७ गते निरीक्षण समेत गरेर सही ठहर्‍याइएको थियो।

१५ लाखमा किनेको जग्गालाई सवा २ करोड कर्जा
उक्त जग्गा कृष्ण चौधरीले जम्मा १५ लाख रुपैयाँ किनेको पाइएको छ। ‘जग्गा धनीसँग बुझ्दा उनले आफूले १५ लाख रुपैयाँभन्दा बढी नपाएको बताए,’ परिसरका डिएसपी बोगटी सुनाउँछन्, ‘१५ लाखको जग्गालाई सवा २ करोडभन्दा बढी कर्जा दिनुको उद्देश्य नै उनीहरुको ठग्ने धन्दा हो।’

यद्यपि पक्राउ परेका चौधरी भने आफूले उक्त जग्गा १ करोडमा रुपैयाँमा खरिद गरेको दाबी गर्दै आएका छन्। यसरी १५ लाखको जग्गालाई करोडौं मूल्यांकन गरी सिद्धार्थ डेभलपमेन्ट बैंकको धितो दृष्टि बन्धक राखिएको थियो। जसमा बैंक आफैं जवाफदेही हुनेसमेत लेखिएको थियो।

उक्त जग्गा अहिलेको चलनचल्तीको मूल्यांकन अनुसार प्रतिआना ८५ हजार रुपैयाँ रहेको बताइएको छ। सिद्धार्थ डेभलपमेन्ट बैंक जनता बैंकमा गाभिएपछि उक्त जग्गाबारे जनताले जग्गा जाँच गरेको थियो। जनता बैंकको आधिकारिक मूल्यांकनकर्ता इन्भेन्सन इन्जिनियरिङ सर्भिस प्रालिले जनता बैंकलाई उक्त जग्गा कर्जाका लागि योग्न नभएको भन्दै पत्र र जग्गाको वास्तविक फोटोसमेत पठाएको थियो।

त्यसपछि जनता बैंकले प्रहरीमा उजुरी दिएपछि अहिले घटना बाहिर आएको हो।

उजुरीकर्ता नै फरार
उक्त जग्गा कर्जाका लागि योग्य नभएको कुरा बाहिर आएपछि सिद्धार्थ डेभलपमेन्ट बैंकका तत्कालीन सिइओ मिश्र आफू फस्न सक्ने भन्दै चलाख्याइँपूर्वक ढंगले आफूले नै उजुरी गरेर चोखिन खोजेका थिए। उनले नै बैंकका कर्जा शाखाका कर्मचारी मिलेर नक्कली जग्गालाई कर्जा दिएर करोडौं घोटाला गरेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी समेत दिए। प्रहरीले पछि अनुसन्धान गर्दा उनको समेत मुख्य भूमिका देखियो। त्यसयता उनी फरार छन्। कर्जा दिइसकेपछि कृष्ण चौधरीलाई थोरै रकम दिएर बैंकका कर्मचारीहरुले अरु रकम बाँडेका थिए।

यो कुरा अनुसन्धानबाट खुलेपछि अहिले सिइओ मिश्रसँगै बैंकका तत्कालीन शाखा प्रमुख गीता शर्मा सुवेदी, मूल्यांकन गर्ने इन्जिनियर सञ्जय दुधानी, कर्जा शाखा प्रमुख अनुजा डंगोल, बैंकका कर्मचारी लीलावती चौंलागाई, कर्जा समितिका सदस्य सुजन सुवेदी, रवि शाक्य, मुकुन्द त्रिपाठी लगायत फरार छन्। 

पक्राउ परेका कृष्ण चौधरी पुर्पक्षका लागि कारागार चलान भएका छन् भने भरखरै पक्राउ परेका जग्गा दलाल मिलन विष्ट प्रहरी हिरासतमा छन्। उनीमाथि अनुसन्धान भइरहेको छ। फरार भएकामाथि बैंकिङ कसुर तथा सजाय ऐन २०६४ अनुसार मुद्दा दायर गरिएको छ। 

प्रकाशित मिति: बुधबार, वैशाख ११, २०७६  १४:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
ताजा समाचारसबै
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
नेपालबाट बाहिरियो मनसुन बुधबार, असोज २८, २०८३
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित) बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्