• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

युएई बन्न सक्छ नेपाली डाक्टरको गन्तव्य

64x64
नेपाल लाइभ मंगलबार, भदौ १३, २०७४  १९:३५
1140x725

खाडी मुलुक संयुक्त अरब इमिरेट्स वैदेशिक रोजगारीमा जाने नेपालीका लागि चिरपरिचित मुलुक हो । यहाँ थुप्रै नेपाली विभिन्न क्षेत्रमा कार्यरत छन् । यहाँ श्रमिकदेखि लिएर प्रविधिको क्षेत्रमा उच्च तहमा समेत नेपालीहरु कार्यरत छन् । पछिल्लो समयमा स्वास्थ्य क्षेत्रका उच्च जनशक्ति पनि पुगेका छन् । युएईको अल नूर हस्पिटल ग्रुपको अल यहर क्लिनिकमा कार्यरत डा. रबिन्द्रकुुमार यादवले त्यहाँको स्वास्थ्य प्रणाली र खाडी मुलुकमा कार्यरत नेपालीका स्वास्थ्यका बारेमा आफ्ना अनुभव बाँडेका छन् । प्रस्तुत छ डर्माटोलोजिस्ट डा. यादवसंगको कुराकानीका सम्पादित अंश :

संयुक्त अरब इमिरेट्सको स्वास्थ्य प्रणाली कस्तो छ ?

संयुक्त अरब इमिरेट्समा स्वास्थ्य प्रणाली मूलतः बीमामा आधारित छ । यहाँ बस्ने हरेक व्यक्तिसँग स्वास्थ्य बीमा हुन्छ । सरकारी होस् वा गैरसरकारी, बिरामी स्वास्थ्य संस्थामा पुगेपछि आफ्नो स्वास्थ्य बीमा कार्ड प्रस्तुत गरेपछि उपचार पाउने गर्छन् । बीमा कार्डको प्रिमियमका आधारमा उसले पाउने सुविधा निर्धारण गर्छ । तर अत्यावश्यक सेवा न्युनतम प्रिमियमवाला कार्डले पनि उपलब्ध हुन्छ ।

यहाँका नागरिकका लागि सरकारले उच्चतम मुल्यवाला स्वास्थ्य बीमा कार्ड निःशुल्क वितरण गरेको हुन्छ । त्यसबाट सबै प्रकारका स्वास्थ्य सेवा (सौन्दर्य बाहेक) र औषधि निःशुल्क पाउँछन् । विदेशबाट रोजगारी गर्न आएका व्यक्तिका लागि रोजगारदाता कम्पनीले कामदारको श्रेणी हेरी स्वास्थ्य बीमा खरिद गरेको हुन्छ र निःशुल्क रुपमा कामदारलाई प्रदान गरेको हुन्छ । उच्च ओहोदाका कामदारका लागि ‘इन्हान्स्ड प्लान’ वाला कार्ड दिएको हुन्छ । परिवारको साथमा बस्ने व्यक्तिको हकमा प्रायः कम्पनीले श्रीमती र दुई बच्चासम्मको स्वास्थ्य बीमा प्रदान गरेका हुन्छन् । स्वरोजगार वा आफनो व्यवसाय सञ्चालन गरी बसेका व्यक्तिले पनि यहाँ बसोवास गर्ने इजाजत प्राप्त गर्न स्वास्थ्य बीमा गरेको कार्ड र प्रमाण अध्यागमन विभागमा पेस गर्नुपर्छ ।

यहाँका अस्पताल अत्यन्त आधुनिक र सुविधासम्पन्न छन् । दुर्गम (रेगिस्तान) क्षेत्रमा पनि सरकारले स्वास्थ्य सेवा पु¥याएको छ । केही दशक पहिला सरकारी स्वास्थ्य संस्था मात्रै थिए भने विगतको दशकमा स्वास्थ्य बीमाको प्रावधान लागु भएपछि गैरसरकारी तथा निजी क्षेत्रको लगानीबाट थुप्रै अस्पताल खुलेका छन् ।

कामदारका लागि स्वास्थ्य सेवा कस्तो छ ?

कुनै पनि कम्पनीले स्वास्थ्य बीमा गरेको प्रमाण अध्यागमन विभागमा पेस नगरेसम्म कामदारले युएई बस्ने अनुमति प्राप्त गर्न सक्दैन । त्यस हिसाबले यहाँको कानूनले सबै कामदारलाई स्वास्थ्य सेवाको हक बाध्यकारी गरेको छ ।

नेपाली कामदारले यसको लाभ कत्तिको उठाउन सकेका छन् ?

Ncell 2
Ncell 2
nimb
nimb

सामान्यतया नेपाली कामदारले पनि बीमाको लाभ उठाएकै हुनुपर्छ । केहीले सदुपयोग गर्न नसकेका पनि होलान् । त्यो भाषाका कारणले हो । अरबी र अंग्रेजी दुबै भाषाको ज्ञानको अभावमा अस्पतालमा कुराकानी गर्न अप्ठेरो भएर रोजगारीमा आएका धेरै नेपाली उपचार सेवाबाट बञ्चित छन् । बरु नेपालमै छुट्टिको बेला स्वास्थ्य सेवा लिन उचित ठान्छन् । तर अत्यावश्यक सेवा त यहाँ लिन्छन् नै । केही सेवाहरु बीमा कार्डबाट पनि लिन सकिदैन । जस्तैः छाला रोगमा, सौन्दर्यसम्बन्धी समस्या, मानसिक रोगको उपचार, बाँझोपनको उपचार आदि । बीमा कार्डले स्क्रिनिङको छुट पनि दिँदैन । यसको अर्थ, आफनो सन्तुष्टीका लागि कुनै समस्या नभए पनि गर्ने रगत जाँचहरु आदि ।

कामदार बिरामी भएपछि १५ दिनसम्म तलबसहितको बिरामी बिदाको छुट दिएको छ । त्यसपछि आधा तलबको बिरामी बिदा र तलब बिनाको बिरामी बिदाको व्यवस्था पनि छ । तर पटक–पटक विरामी परिरहँदा र उपचार गराएर पनि अरुलाई प्रभावित हुने गरी बिरामी पर्दा भने रोजगारदाताले करार रद्द गर्नुपर्ने प्रावधान श्रम कानुनमा छ । बीमाको सही सदुपयोग गर्ने तरिकाका बारेमा बैदेशिक रोगजार विभागले नै नेपालमै परामर्श दिँदा अझ उपयुक्त हुन्छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले कसरी त्यहाँको स्वास्थ्य सेवाबाट अधिकतम लाभ लिन सक्छन् ?

नेपाली कामदारहरुले बुझनुपर्ने कुरा के हो भने न्युन आयवाला कामदारसँग बाहेक स्वास्थ्य बीमा कार्डबाट उनीहरुले जनरल फिजिसियनलाई सिधै भेट्न पाउँछन् । अस्पताल जाँदा लाग्ने परामर्श शुल्कको ८० प्रतिशत बीमा कम्पनीले अस्पताललाई दिन्छ, करिब २० प्रतिशत भने कामदारले नै दिनुपर्छ । तर शल्यक्रिया र अस्पताल भर्नाको क्रममा लाग्ने सबै खर्च बीमा कम्पनीले नै अस्पताललाई दिन्छ । कतिपय परिस्थितिमा अस्पतालले बीमा कम्पनीको पूर्व अनुमति लिएर मात्रै शल्यक्रिया वा भर्ना गर्नुपर्छ ।

Xtrem

Xtrem

आवश्यक रोगहरुमा यो सोझै प्राप्त हुन्छ । बहिरंग विभागमा लेखिएको औषधि किन्दा औषधि खर्चको ७० प्रतिशत बीमा कम्पनीले औषधि पसल लाई दिने हो भने विरामीले ३० प्रतिशत दिनुपर्छ । जनरल फिजिसियनले रिफर गरेपछि मात्र उसले विशेषज्ञलाई भेट्न पाउँछ । प्राय अस्पतालहरुमा अपोइन्टमेन्ट सिस्टमबाट चल्ने भएकाले बिरामीले फोनबाट पहिल्यै अपोइन्टमेन्ट लिएर आउनु राम्रो हुन्छ । तर गम्भीर प्रकृतिको समस्यामा अस्पतालको बहिरंग विभागमा नै गई सिधै आपतकालिन सेवा अर्थात् इमर्जेन्सीमै जानु राम्रो हुन्छ ।

अर्को प्रमुख कुरा के हो भने बीमा कम्पनीले एक वर्षको बीमा गर्छ भने अध्यागमन विभागले २ वर्षको सेवा अनुमति प्रदान गर्छ । कतिपय अनैपचारिक घरेलु कामदारका घरधनीले भने यसको दुरुपयोग गर्छन् । एक वर्षको स्वास्थ्य बीमाको आधारमा २ वर्षको आवासीय अनुमति लिएर अर्को वर्ष बीमा नगरिदिने पनि हुन्छन् । तर स्वास्थ्य बीमा उसको अधिकार भएकाले आफैंले जोड गर्नुपर्छ ।

त्यहाँ नेपाली डाक्टर छन् कि छैनन्, अवसर कस्तो छ ?

युएईमा मेरो जानकारीका नेपाली डाक्टर खासै छैनन् । तर मेरो जानकारी सीमित हुन सक्छ । तर यहाँ आवश्यकता छ । नेपाली चिकित्सकहरुले यो देशलाई पनि करिअरको गन्तव्य बनाउन सक्छन् । सन् २०१४ मा तयार भएको विशेषज्ञ चिकित्सकको लाइसेन्स लिनका लागि मान्यताप्राप्त पोष्ट ग्रेजुयटको सूचीमा नेपालको नाम छैन । यसका लागि त्रिभुवन विश्वविद्यालय, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र काठमाडौं विश्वविद्यालयले युएईको दूतावासमा सम्पर्क राखेर नेपालको पोष्ट ग्रेजुयट डिग्रीको मान्यता दिलाउन प्रयास गर्नुपर्छ । अर्कोतिर बैदेशिक रोजगार विभागले चिकित्सक पनि म्यानपावर एजेन्सीमार्फत् जानुपर्ने सोच राख्नुभएन ।

तपाईंका विशेषज्ञतामा उपचार अनुभव के छ ?

मेरो विशेषज्ञता छाला रोग, यौन तथा सौन्दर्यको क्षेत्रमा हो । नेपालभन्दा केही फरक जरुर छन् । पहिला त यहाँ उपचार प्रक्रिया हेल्थ अथोरिटीको निर्देशिकाअनुसार गर्नुपर्छ । हरेक क्षेत्रमा निर्देशिका छन् । जसको अनुगमन भइराखेको हुन्छ । चिकित्सक सजग रहनुपर्छ । मेरो विशेषज्ञतामा धेरै रोगहरुको उपचार स्वास्थ्य बीमाबाट उपलब्ध छैनन् । जस्तै : डण्डीफोर, पोतो, कालो दाग, सेतो दाग आदि । तर पनि मकहाँ आउने उपभोक्तामा आर्थिक समस्या हुँदैन । त्यसैले यहाँ सजिलै विभिन्न किसिमका महंगा उपचार प्रवधिको प्रयोग गर्न सक्छु ।


युएइको स्वास्थ्य बीमा प्रणाली अनुभव गर्नुभएको छ, देख्नुभएको छ । नेपालको स्वास्थ्य प्रणाली सुधार गर्न के गर्नुपर्छ ?

नेपालले क्रमिक रुपमा स्वास्थ्य सेवा क्षेत्रमा निकै प्रगति गरेको छ । सीमित स्रोतमा प्राप्त ती उपलब्धिको हामीले उच्च मूल्यांकन गर्नुपर्छ । तर पछिल्लो समयमा विकसित भइरहेका लापरबाही, गैरजिम्मेवारीपन जस्ता प्रवृत्तिलाई रोक्न नियमन र निगरानी प्रक्रियालाई बलियो बनाउनु जरुरी छ । बीमा प्रणालीको अध्ययन गरी नेपालमा लागु गर्नुपर्छ ।


नेपाली कामदारले कसरी आफ्नो स्वास्थ्यको ख्याल राख्न सक्छन् ?

उच्च तापक्रममा खुल्ला आकाशमुनी काम गर्दा बीचमा पनि केही राख्ने, आफनो पूरै शरीर सुति कपडाले ढाकेर मात्र काम गर्नुपर्छ । नत्रभने हर्टअट्याक, स्ट्रोकजस्ता समस्याबाट पीडित हुने सम्भावना रहन्छ । खानामा बढी मासु, चिनीयुक्त गुलियो, बोसोजन्य पदार्थको प्रयोग सकेसम्म कम गर्नुपर्छ । किनभने यो मुलुकमा उच्च रक्तचाप र मधुमेह धेरै हुने सम्भावना छ । कुर्सीमा बसेर काम गर्ने मानिसले तापक्रममा कम भएका बेला शारीरिक व्यायाम गर्नु जरुरी हुन्छ । सिमेन्ट, केमिकलजस्ता पदार्थसँग काम गर्ने व्यक्तिले आफनो शरीरलाई राम्ररी ढाकेर पञ्जा लगाएर मात्र काम गर्नुपर्छ ।

प्रकाशित मिति: मंगलबार, भदौ १३, २०७४  १९:३५
  • #Banijya

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्