• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, फागुन २३, २०८२ Sat, Mar 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

तनावका व्यवस्थापनका उपाय : स्वामी आनन्द अरुण

64x64
नेपाल लाइभ शनिबार, फागुन २५, २०७५  १८:२१
1140x725

तनाव सधैं नकारात्मक भने हुँदैन । एक हदसम्मको तनावले सजगता, प्रेरणा र कार्यदक्षता दिन्छ । तर, सीमा नाघ्नासाथ तनावले अनेक प्रकारका शारीरिक, मानसिक र भावनात्मक समस्या खडा गरिदिन्छ । हाम्रोजस्तो अविकसित देशमा पर्याप्त चुनौती र प्रतिस्पर्धा नहुनु, कार्यसम्पादनको गुणवत्ताको कुनै मापदण्ड नहुनु, निश्चित लक्ष्यसम्म पुग्न निश्चित समय सीमा निर्धारण नहुनुले पनि मानिस अल्छी, लोसे र अप्रत्युत्पादक भएको देखिएको छ । उचित तनाव र प्रतिस्पर्धा नहु“दा हुने दुर्दशाको राम्रो उदाहरण सरकारका पूर्ण स्वामित्व भएका हाम्रा संस्थान र सरकारी कार्यालयहरू हुन् ।

तनाव के हो?

 कुनै पनि यस्तो परिवर्तन जसले शारीरिक, मानसिक र भावनात्मक असुविधा पैदा गर्छ, यसलाई तनाव भनिन्छ । तनाव परिस्थितिस“ग कम तर त्यसप्रतिको हाम्रो प्रतिक्रियास“ग बढी सम्बन्धित छ । एउटै परिस्थितिमा एक व्यक्ति अति तनावग्रस्त हुन सक्छ भने अर्को व्यक्ति शान्त भएर कुशलतापूर्वक काम गर्नसक्छ ।

त्यसकारण तनाव परिस्थितिजन्य कम र व्यक्तिपरक बढी हो । बाह्य परिस्थिति पूर्णतः हामीले चाहेजस्तो अनुकूल कहिल्यै पनि बन्न सक्दैन तर त्यसप्रतिको प्रतिक्रिया हाम्रो हातमा हुन्छ र तनाव व्यवस्थापनको यही नै मुख्य सूत्र हो ।

तनावका  कारणहरू

मान्छेको जीवनमोह हरेक परिस्थितिमा पनि बा“च्न चाहने हुन्छ । आफ्नो ज्यानमाथिको खतरा, कतैबाट आक्रमण हुने डर, अस्वस्थता तथा असुरक्षाका कारण मानिस तनावग्रस्त रहन्छ । आर्थिक सुरक्षा मानिसको ठूलो समस्या हो । पारिवारिक आर्थिक आवश्यकता पूरा गर्न नसक्ने अवस्था भएमा पनि तनाव हुन्छ । महत्वाकाङ्क्षा तनावको अर्को ठूलो कारण हो । अति महत्वाकांक्षीहरू तनावकै कारण अनेक शारीरिक तथा मानसिक रोगबाट ग्रसित हुन्छन् ।

वरिपरिको वातावरणले पनि तनाव उत्पन्न गर्नसक्छ । हल्ला, सा“घुरो ठाउ“, दूषित स्थान, भीडभाड र सधैं हुने दङ्गाले पनि तनाव हुन्छ । यो सहरी जीवनको एक अनिवार्य अभिषाप बनिसकेको छ । रसायनहरूको प्रयोगले पनि तनाव हुन्छ । क्याफिन, सुगर, अति नुनिलो खाना, धूमपान, लागूपदार्थ इत्यादिको सेवनले पनि तनाव उत्पन्न हुन्छ । यिनीहरूले केही क्षणका लागि फुर्तीको सञ्चार गराए पनि पछि शरीरभित्र रासायनिक तनावको स्थिति सिर्जना गर्छन् ।

बदलि“दो सामाजिक परिवेशमा हुने पारिवारिक विखण्डन र असमझदारी पनि तनावको ठूलो कारण हो । काम गर्ने परिवेशमा भनसुन, सोर्स, सिफारिस, नातावाद, राजनैतिक पूर्वाग्रह र भ्रष्टाचारले गरी खाने मान्छेलाई तनावग्रस्त बनाइराखेको छ ।

Ncell 2
Ncell 2

तनावका लक्षणहरू

अनिद्रा, थकान, छिटै निद्रा खुल्नु, दा“त किट्नु, कम खानु या बढी खानु, लागूपदार्थको दुव्र्यसन, उच्च रक्तचाप, पेटको अल्सर, ग्यास्ट्रिक, महिनाबारी समस्या, हृदयरोग, चिडचिडापन, नङ टोक्ने, आफ्नो लबाइ, हि“डाइमा ध्यान नदिने, एकाग्र हुन नसक्ने, गम्भीर रहने, अति बोल्ने, अकारण भय हुने तनाव उत्पन्न भएको व्यक्तिका मुख्य लक्षण हुन् ।

तनावका व्यवस्थापनका उपाय

तनाव व्यवस्थापन यस युगको अनिवार्यता भएर आएको छ । यससम्बन्धी धेरै अध्ययन, सभा सेमिनार, प्रयोग र साहित्य सिर्जना भइरहेका छन् । साधारणतः तनाव तथा नैराश्य हटाउन विभिन्न प्रकारका औषधि बजारमा प्रचलित छन्, जस्तै : ट्राइजेपाम टियाजोलाम, हेलोपेरिडोल इत्यादि । यी सबैको साइड इफेक्ट हुन्छ र अलिकति मात्रा फरक परेमा यो प्राणघातक पनि हुन सक्छ । लत लागे यिनीहरूलाई छोड्न लागूपदार्थ छोड्नभन्दा गाह्रो हुन्छ । जीवनशैलीमा परिवर्तन नै तनाव विसर्जनको एकमात्र निरापद उपाय हो । यसका लागि केही सुझावहरू यहा प्रस्तुत गरिएका छन् –

  •  प्राकृतिक आहारविहार, फलफूल, सादा शाकाहारी भोजन गर्ने, गुलियो र अति नुनिलो चिज नखाने । क्याफिन तथा बोतलबन्द पेयपदार्थ, फास्टफुड, जङ्कफुड नखाने, धूमपान र मद्यपानबाट बच्ने ।
  • एकमात्र शुद्ध पेयपदार्थ सादा पानी नै हो । त्यसका अरू विकल्प जस्तो कोक, फेन्टा, पेप्सी, बियर इत्यादिले तनाव घटाउने जस्तो देखिए पनि अन्ततः तनाव बढाउ“छन् । प्रतिदिन ३ देखि ५ लिटरसम्म सफा पानी पिउनु आवश्यक छ ।
  • चिया र कफीले पनि स्वस्थ निद्रामा बाधा गर्छन् । हृदय र नाडीको गति बढाउ“छन् र अन्ततः तनाव वृद्धिमा सहायक बन्छन् । कागती पानी या जडीबुटीको चिया चिया र कफीका राम्रा विकल्प हुन् ।
  • मानिसलाई दैनिक ७ घण्टाको निद्रा आवश्यक हुन्छ । छिटो सुत्नु र छिटै उठ्ने बानीले तनाव घटाउँछ ।
  • आफूलाई भौतिक, मानसिक कुरामा प्रतिकूल असर पार्ने कतिपय कुराको संलग्नताप्रति दृढतापूर्ण नाइ भन्न सिक्ने ।
  • ध्यान र योगाभ्यास तनाव विसर्जनमा सर्वाधिक लाभदायक हुन्छन् । नियमित ध्यानले अति तनावग्रस्त परिस्थितिमा पनि शान्त र सकारात्मक रहन सक्ने समझ र धैर्यको विकास हुन्छ । त्यसकारण ध्यान र योगाभ्यासले आज डाक्टरहरूको पे्रस्क्रिप्सनमा पनि ठाउ बनाइसकेका छन् । हालैका खोजले योग, पौडी र प्रकृतिमा टहल्नुलाई तनावबाट मुक्त हुने निरापद उपायका रुपमा लिएको पाइन्छ ।
  • ओशोले हास्य, नृत्य, योग, ध्यान र प्रेमलाई तनाव विसर्जन गर्ने महाऔषधि मानेका छन् । योग र ध्यान धेरै प्रचलित भएकाले यसका नाममा बजारमा चलेका मान्यताहरू सबै वैज्ञानिक छैनन् । प्रेम भन्नासाथ हाम्रो मनले यौन बुझ्छ । सम्यक् यौन पनि तनाव विसर्जनमा सहायक हुने चिकित्सकहरूको राय छ तर असन्तुलित यौन र प्रेमले सबैभन्दा बढी तनाव सिर्जना गर्छ । ‘सन्तुलित यौन र प्रेम कसलाई भन्ने?’ यो आफैमा एक विशद र विवादास्पद विषय हो । तर प्रकृतिको समीपको वातावरण र प्राकृतिक जीवनले मानिसलाई सन्तुलित बनाइरहन्छ, यो तनाव विसर्जनको राम्रो उपाय हो ।

 

प्रकाशित मिति: शनिबार, फागुन २५, २०७५  १८:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रौटहट– १ मा रास्वपाका राजेशकुमार चौधरी विजयी, पूर्वप्रधानमन्त्री नेपाल चौथो स्थानमा
रेनु दाहाललाई ३८ हजार भोटले पछि पार्दै सोविता गौतमको शानदार जित
शंकर पोखरेललाई हराउँदै रास्वपाका विपिन आचार्य विजयी
सम्बन्धित सामग्री
माइग्रेन: कारण, लक्षण र रोकथामका १० उपायहरू विश्वभर टाउको दुखाइका कारणहरूमध्ये माइग्रेन दोस्रो ठुलो कारण हो भने स्नायु सम्बन्धी अपाङ्गता ल्याउने यो पहिलो प्रमुख कारण हो। तथ्याङ... बुधबार, फागुन १३, २०८२
किन आवश्यक छ औषधि खाने सही समय ? औषधिहरु सही ड्युरेशनमा खाइएन भने त्यसले रगत मार्फत शरीरमा गएर जसरी काम गर्नुपर्ने हो त्यो गर्न सक्दैन। सही समावधिमा औषधिमा नखाँदा त्... शनिबार, फागुन ९, २०८२
खानपान र निद्रा: के खाने र कहिले खानेले कति फरक पार्छ? ढिलो राति धेरै खाना खाएपछि भोलिपल्ट थकित महसुस हुनु सामान्य हो। धेरै र गह्रौँ खाना पचाउन शरीरले बढी ऊर्जा खर्च गर्नुपर्छ, जसले गहिरो... शनिबार, माघ २४, २०८२
ताजा समाचारसबै
रौटहट– १ मा रास्वपाका राजेशकुमार चौधरी विजयी, पूर्वप्रधानमन्त्री नेपाल चौथो स्थानमा शनिबार, फागुन २३, २०८२
रेनु दाहाललाई ३८ हजार भोटले पछि पार्दै सोविता गौतमको शानदार जित शनिबार, फागुन २३, २०८२
शंकर पोखरेललाई हराउँदै रास्वपाका विपिन आचार्य विजयी शनिबार, फागुन २३, २०८२
तनहुँ-१ मा रास्वपाका वाग्लेकाे दाेस्राे जित शनिबार, फागुन २३, २०८२
पार्टीका नेता कार्यकर्तालाई रास्वपाको निर्देशन- अनावश्यक टिकाटिप्पणी र अवाञ्छित कार्य गतिविधि नगर्नू शनिबार, फागुन २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
झापा– ५ मा बालेन ओलीभन्दा चार गुणा बढी मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
ललितपुर १ मा कांग्रेसका उदयशमशेरको अग्रता शुक्रबार, फागुन २२, २०८२
सर्लाही-४ मा अमरेशको अग्रता शुक्रबार, फागुन २२, २०८२
इलाम-२ : माटोका उम्मेदवारले सुहाङलाई उछिने शुक्रबार, फागुन २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको उद्घोष आइतबार, फागुन १७, २०८२
मध्यपूर्वमा अमेरिकी बेसमा इरानद्वारा आक्रमण, कहाँ कहाँ बनाइयो निशाना? शनिबार, फागुन १६, २०८२
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
इरानी आक्रमणमा अबुधाबीमा एक जनाको मृत्यु शनिबार, फागुन १६, २०८२
अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि इरानले पनि गर्‍यो जवाफी आक्रमण शनिबार, फागुन १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्