• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

तनावका व्यवस्थापनका उपाय : स्वामी आनन्द अरुण

64x64
नेपाल लाइभ शनिबार, फागुन २५, २०७५  १८:२१
1140x725

तनाव सधैं नकारात्मक भने हुँदैन । एक हदसम्मको तनावले सजगता, प्रेरणा र कार्यदक्षता दिन्छ । तर, सीमा नाघ्नासाथ तनावले अनेक प्रकारका शारीरिक, मानसिक र भावनात्मक समस्या खडा गरिदिन्छ । हाम्रोजस्तो अविकसित देशमा पर्याप्त चुनौती र प्रतिस्पर्धा नहुनु, कार्यसम्पादनको गुणवत्ताको कुनै मापदण्ड नहुनु, निश्चित लक्ष्यसम्म पुग्न निश्चित समय सीमा निर्धारण नहुनुले पनि मानिस अल्छी, लोसे र अप्रत्युत्पादक भएको देखिएको छ । उचित तनाव र प्रतिस्पर्धा नहु“दा हुने दुर्दशाको राम्रो उदाहरण सरकारका पूर्ण स्वामित्व भएका हाम्रा संस्थान र सरकारी कार्यालयहरू हुन् ।

तनाव के हो?

 कुनै पनि यस्तो परिवर्तन जसले शारीरिक, मानसिक र भावनात्मक असुविधा पैदा गर्छ, यसलाई तनाव भनिन्छ । तनाव परिस्थितिस“ग कम तर त्यसप्रतिको हाम्रो प्रतिक्रियास“ग बढी सम्बन्धित छ । एउटै परिस्थितिमा एक व्यक्ति अति तनावग्रस्त हुन सक्छ भने अर्को व्यक्ति शान्त भएर कुशलतापूर्वक काम गर्नसक्छ ।

त्यसकारण तनाव परिस्थितिजन्य कम र व्यक्तिपरक बढी हो । बाह्य परिस्थिति पूर्णतः हामीले चाहेजस्तो अनुकूल कहिल्यै पनि बन्न सक्दैन तर त्यसप्रतिको प्रतिक्रिया हाम्रो हातमा हुन्छ र तनाव व्यवस्थापनको यही नै मुख्य सूत्र हो ।

तनावका  कारणहरू

मान्छेको जीवनमोह हरेक परिस्थितिमा पनि बा“च्न चाहने हुन्छ । आफ्नो ज्यानमाथिको खतरा, कतैबाट आक्रमण हुने डर, अस्वस्थता तथा असुरक्षाका कारण मानिस तनावग्रस्त रहन्छ । आर्थिक सुरक्षा मानिसको ठूलो समस्या हो । पारिवारिक आर्थिक आवश्यकता पूरा गर्न नसक्ने अवस्था भएमा पनि तनाव हुन्छ । महत्वाकाङ्क्षा तनावको अर्को ठूलो कारण हो । अति महत्वाकांक्षीहरू तनावकै कारण अनेक शारीरिक तथा मानसिक रोगबाट ग्रसित हुन्छन् ।

वरिपरिको वातावरणले पनि तनाव उत्पन्न गर्नसक्छ । हल्ला, सा“घुरो ठाउ“, दूषित स्थान, भीडभाड र सधैं हुने दङ्गाले पनि तनाव हुन्छ । यो सहरी जीवनको एक अनिवार्य अभिषाप बनिसकेको छ । रसायनहरूको प्रयोगले पनि तनाव हुन्छ । क्याफिन, सुगर, अति नुनिलो खाना, धूमपान, लागूपदार्थ इत्यादिको सेवनले पनि तनाव उत्पन्न हुन्छ । यिनीहरूले केही क्षणका लागि फुर्तीको सञ्चार गराए पनि पछि शरीरभित्र रासायनिक तनावको स्थिति सिर्जना गर्छन् ।

बदलि“दो सामाजिक परिवेशमा हुने पारिवारिक विखण्डन र असमझदारी पनि तनावको ठूलो कारण हो । काम गर्ने परिवेशमा भनसुन, सोर्स, सिफारिस, नातावाद, राजनैतिक पूर्वाग्रह र भ्रष्टाचारले गरी खाने मान्छेलाई तनावग्रस्त बनाइराखेको छ ।

Ncell 2
Ncell 2
nimb
nimb

तनावका लक्षणहरू

अनिद्रा, थकान, छिटै निद्रा खुल्नु, दा“त किट्नु, कम खानु या बढी खानु, लागूपदार्थको दुव्र्यसन, उच्च रक्तचाप, पेटको अल्सर, ग्यास्ट्रिक, महिनाबारी समस्या, हृदयरोग, चिडचिडापन, नङ टोक्ने, आफ्नो लबाइ, हि“डाइमा ध्यान नदिने, एकाग्र हुन नसक्ने, गम्भीर रहने, अति बोल्ने, अकारण भय हुने तनाव उत्पन्न भएको व्यक्तिका मुख्य लक्षण हुन् ।

तनावका व्यवस्थापनका उपाय

तनाव व्यवस्थापन यस युगको अनिवार्यता भएर आएको छ । यससम्बन्धी धेरै अध्ययन, सभा सेमिनार, प्रयोग र साहित्य सिर्जना भइरहेका छन् । साधारणतः तनाव तथा नैराश्य हटाउन विभिन्न प्रकारका औषधि बजारमा प्रचलित छन्, जस्तै : ट्राइजेपाम टियाजोलाम, हेलोपेरिडोल इत्यादि । यी सबैको साइड इफेक्ट हुन्छ र अलिकति मात्रा फरक परेमा यो प्राणघातक पनि हुन सक्छ । लत लागे यिनीहरूलाई छोड्न लागूपदार्थ छोड्नभन्दा गाह्रो हुन्छ । जीवनशैलीमा परिवर्तन नै तनाव विसर्जनको एकमात्र निरापद उपाय हो । यसका लागि केही सुझावहरू यहा प्रस्तुत गरिएका छन् –

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083
  •  प्राकृतिक आहारविहार, फलफूल, सादा शाकाहारी भोजन गर्ने, गुलियो र अति नुनिलो चिज नखाने । क्याफिन तथा बोतलबन्द पेयपदार्थ, फास्टफुड, जङ्कफुड नखाने, धूमपान र मद्यपानबाट बच्ने ।
  • एकमात्र शुद्ध पेयपदार्थ सादा पानी नै हो । त्यसका अरू विकल्प जस्तो कोक, फेन्टा, पेप्सी, बियर इत्यादिले तनाव घटाउने जस्तो देखिए पनि अन्ततः तनाव बढाउ“छन् । प्रतिदिन ३ देखि ५ लिटरसम्म सफा पानी पिउनु आवश्यक छ ।
  • चिया र कफीले पनि स्वस्थ निद्रामा बाधा गर्छन् । हृदय र नाडीको गति बढाउ“छन् र अन्ततः तनाव वृद्धिमा सहायक बन्छन् । कागती पानी या जडीबुटीको चिया चिया र कफीका राम्रा विकल्प हुन् ।
  • मानिसलाई दैनिक ७ घण्टाको निद्रा आवश्यक हुन्छ । छिटो सुत्नु र छिटै उठ्ने बानीले तनाव घटाउँछ ।
  • आफूलाई भौतिक, मानसिक कुरामा प्रतिकूल असर पार्ने कतिपय कुराको संलग्नताप्रति दृढतापूर्ण नाइ भन्न सिक्ने ।
  • ध्यान र योगाभ्यास तनाव विसर्जनमा सर्वाधिक लाभदायक हुन्छन् । नियमित ध्यानले अति तनावग्रस्त परिस्थितिमा पनि शान्त र सकारात्मक रहन सक्ने समझ र धैर्यको विकास हुन्छ । त्यसकारण ध्यान र योगाभ्यासले आज डाक्टरहरूको पे्रस्क्रिप्सनमा पनि ठाउ बनाइसकेका छन् । हालैका खोजले योग, पौडी र प्रकृतिमा टहल्नुलाई तनावबाट मुक्त हुने निरापद उपायका रुपमा लिएको पाइन्छ ।
  • ओशोले हास्य, नृत्य, योग, ध्यान र प्रेमलाई तनाव विसर्जन गर्ने महाऔषधि मानेका छन् । योग र ध्यान धेरै प्रचलित भएकाले यसका नाममा बजारमा चलेका मान्यताहरू सबै वैज्ञानिक छैनन् । प्रेम भन्नासाथ हाम्रो मनले यौन बुझ्छ । सम्यक् यौन पनि तनाव विसर्जनमा सहायक हुने चिकित्सकहरूको राय छ तर असन्तुलित यौन र प्रेमले सबैभन्दा बढी तनाव सिर्जना गर्छ । ‘सन्तुलित यौन र प्रेम कसलाई भन्ने?’ यो आफैमा एक विशद र विवादास्पद विषय हो । तर प्रकृतिको समीपको वातावरण र प्राकृतिक जीवनले मानिसलाई सन्तुलित बनाइरहन्छ, यो तनाव विसर्जनको राम्रो उपाय हो ।

 

प्रकाशित मिति: शनिबार, फागुन २५, २०७५  १८:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
मोजाभित्र प्याज राखेर सुत्दा ज्वरो निको हुन्छ? के भन्छ विज्ञान ‘यदि रुघाखोकी लागेको छ भने प्याजलाई गोलो काटेर मोजाभित्र राख्नुस् र त्यो मोजा लगाएर रातभर सुत्नुस्।’ शनिबार, असोज २४, २०८३
के कुकुरले पनि मान्छेले बोलेको शब्द पहिचान गर्न सक्छ ? कुकुरले मानिसको निरन्तर बोलीलाई शब्दको लयअनुसार प्रशोधन गर्न सक्ने र त्यस क्रममा व्यञ्जन ध्वनिमा आधारित शब्द संरचनाप्रति विशेष प्रति... सोमबार, असोज १२, २०८३
के तपाई मधुमेहका बिरामी हुनुहुन्छ ? ख्याल गर्नुस् अनि यस्तो गल्ती नगरौं मधुमेहका बिरामीले औषधिभन्दा धेरै खानपानमा ध्यान दिन जरुरी हुन्छ। मधुमेह भएपछि शरीरले इन्सुलिन हर्मोन ठीकसँग बनाउन वा यसको उपयोग गर्न... आइतबार, असोज ११, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्