• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, चैत १३, २०८२ Fri, Mar 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

मर्ने डरले निम्त्याउने राेग

64x64
नेपाल लाइभ शनिबार, फागुन २५, २०७५  ११:२१
1140x725

मानव जीवनमा कसै कसैले धेरै दुःखदायी, अकल्पनीय र आफु मर्माहित हुने घटनाहरू देख्नु परेको हुन्छ वा भोग्नु समेत परेको हुन सक्छ । त्यस्ता घटनाहरूमा तुरुन्तै आफै मरिने हो कि ? भन्ने डर पनि हुन सक्छ वा भयानक दुर्घटनाका कारण अन्य मानिसहरु मरिरहेको हेर्न वाध्य भएको पनि हुन सक्छ । यस्ता अकल्पनीय अवस्थाहरू थुपै आउँछन् ।

जस्तैः
भयानक सडक दुर्घटनामा पर्नु र मानिसहरु घाइते भएको र मरेको हेर्नु
हतियारधारी डाँकाहरुले परिवारलाई कुट्नु, यातना दिनु, मार्नु र लुटपाट गर्नु
प्राकृतिक प्रकोपहरू भूईचालो, वाढीपहिरो, आगलागी आदिमा सम्पती वा आफन्त गुमाउनु
युद्ध, वम विस्फोट, आतंकबादी आक्रमणले धेरैजना हताहत हुनु
अपहरणमा पर्नु
वलात्कारमा पर्नु
निको नहुने खालको खतरनाक रोगको निदान हुनु आदी

कहिले काही यस्ता विभत्स घटनाहरु भएको सुन्दा मात्र पनि वा टेलिभिजनमा हेर्दा पनि पोस्ट ट्रौमाटिक स्ट्रेस डिसअर्डर (पिटिएसडी)हुन सक्छ । पिटिएसडीका लक्षणहरु यस्ता घटनाहरु घटेको प्राय एक दुई हप्ता मै शुरु हुन्छन र कसै कसैलाई अलि ढिलो अर्थात ६ महिना भित्र शुरु हुन्छन ।

लक्षण

अहिलेनै घटना भइ राखेको छ कि जस्तो हुने र निदाएको वेलामा झस्केर उठ्ने

जुन भयानक घटना अप्रत्यासित घटेको थियो र अब ज्यान जान्छ वा मरिन्छ भन्ने डर लागेको थियो, त्यही डर र त्यही आत्तिएकोपना वारम्वार अहिले पनि भइराखेको छ कि जस्तो लाग्छ । अर्थात आफु अहिले पनि त्यही पहिलेको घटनामै छु जस्तो लाग्छ । त्यस्तो याद सिनेमा हेरे जस्तो गरी दिमागमा घुम्न सक्छ या राती सुतेको बेलामा सपना देखे जस्तो गरेर आउन पनि सक्छ । पहिले घटेको घट्ना नभएर अहिले नै त्यो घटना घटिराखेको छ जस्तो लाग्छ । यस्तो अनुभव हुँदा, पहिले जुन लक्षणहरु देखिएका थिए ती सबै देखिन्छन र धेरै डर र अत्याहट लाग्छ । घटना भएको वेलामा आएको गन्ध, आवाज, दुखाई सवैको अनुभव हुन्छ र खलखल पसिना समेत आउँछ ।

त्यो घटनालाई सम्झाउने स–साना कुराहरु जस्तै त्यस्तै खालको दिन, मौसम, गाडी, मानिस, दुर्घटना, घाउ चोटपटक आदी कुराले घटना वारम्वार फेरी भएको जस्तो अनुभव हुन्छ । त्यसकारण त्यस्तो घटना संझाउने ठाउँ, मानिस, वातावरण आदि सबैसँग आफुलाई सकेसम्म टाढै र व्यस्त राख्ने विरामीको प्रयास हुन्छ ।

घटना याद दिलाउने कुराको नजिकै नपर्ने र आफ्ना भावनालाई सकेसम्म दवाउने

Ncell 2
Ncell 2

अप्रिय तथा डर लाग्दो घटना बारम्बार याद आउँदा र त्यो पनि अहिले भइराखेको छ जस्तो अनुभव हुँदा ज्यादै अत्याउछ । सकभर त्यस्तो याद नआओस र फेरी त्यस्तो नहोस भनेर पिटिएसडी भएको व्यक्तिले आफुलाई विभिन्न कामहरूमा भुलाउन चाहन्छन । आफुलाई याद दिलाउन सक्ने कुराकानी, ठाउँ, मान्छे सबैबाट उनी आफुलाई टाढा नै राख्न चाहन्छन । त्यस्तै गरेर आफ्नो भावनाहरुलाई सकेसम्म दवाएर राख्ने प्रयास पनि गर्न सक्दछन, त्यसो गर्दा उनी अरूहरूसँग वोलचाल गर्न, माया प्रिती लगाउन, हाँस्न, रमाइलो गर्न चाहदैनन, अर्थात अरूसँग पनि भरसक टाडै बस्न चाहन्छन । अरू मानिसहरु यस्ता व्यक्तिसंग संगै वस्न र काम गर्न मन पराउदैनन ।

जहिले पनि खतरा छ कि भनेर वस्ने

फेरी त्यस्तै घटना होला कि ? भन्ने डर त सधै लागि रहन्छ वा मनमा लगातार मानसिक तनाव भई नै राख्छ । सानो आवाज, घण्टी, टेलिफोनको आवाज पनि आफुलाई झस्काउने खालको हुन्छ । सधै एक प्रकारको चिन्ता लागि राखेको हुन्छ, निद्रा लाग्न कठिन हुन्छ । तनाव, चिन्ता र राम्रो निदाउन नसक्दा रिस वढी उठ्न थाल्दछ ।

यिनै कारणहरुले गर्दा मुटुको धड्कन बढ्ने, पखाला लाग्ने, टाउँको दुख्ने, डिप्रेसनका लक्षणहरु देखिने, आफ्नो तनाव हटाउन रक्सी तथा अन्य लागु पदार्थको सेवन गर्ने आदी हुन्छ । त्यस्तै दुखाई कम गर्ने औषधीहरु बढी सेवन गर्ने गरेको पनि पाइएको छ ।

पिटिएसडी किन हुन्छ ?

प्रायः जसो प्रत्येक व्यक्तिले सोचेको हुन्छ जीन्दगी राम्रोसँग बित्नेछ । अचानक हुने विपत्ति, दुर्घटना आदी कमसेकम आफ्नो जीवनमा आइपर्ने छैन । सामान्य जीवन बिताएर निश्चित अवधिपछि बृृद्धाबस्थामा संसार छोडिने छ । यस्तो सोचाई भएकोमा अचानक ठूलो विपत्ति आईपरे ज्यान त जुनसुकै बेला पनि जान सक्दो रहेछ र जीवन खतरामुक्त त विल्कुलै रहेनछ भन्नेकुरा प्रष्ट हुन्छ । मृत्यु निश्चित छ, एक पल्ट मर्नै पर्छ, मर्नसंग किन डराउनु भनेर मानिसहरु कुरा गर्दा त सजिलोसँग गर्छन तर साच्चै मुत्यु हुने भयो भन्दा नडराउने को होला ? जुनसुकै बेला पनि मर्न सकिदो रहेछ भन्ने डर मनमा पस्छ र त्यसकारण नै (पिटिएसडी) हुन्छ भन्ने अनुमान छ

यस्ता घटना पछि (पिटिएसडी) सवैलाई हुन्छ, कि कसै कसैलाई मात्र  

सबैलाई पिटिएसडी हुदैन तर यस्ता घटनाबाट गुज्रेका सबैलाई पहिलो एक महिना जति तनावका लक्षणहरु हुन्छन र धेरै जनालाई यी लक्षणहरु कम हुदै जान्छन र हराउँछन । करिव तीस प्रतिशत जतिलाई भने तनावको लक्षणहरु हराउदैनन र पछिसम्म पनि भई राख्छन। हुन त पिटिएसडीका लक्षण रोग नभएर घटनाबाट सृजित लक्षणहरु हुन तर पनि लामो समयसम्म स्वास्थ्य समस्याका रुपमा देखिने हुनाले एक प्रकारको रोगका रुपमा लिइन्छन ।

पिटिएसडी किन हुन्छ भनेर एकिन साथ भन्न सक्ने अवस्था छैन । विभिन्न अध्ययन र अनुसन्धानका आधारमा मनोवैज्ञानिक र शारीरिक कारणहरुले पिटिएसडी हुन्छ भन्ने निष्कर्ष छ । 
मनोवैज्ञानिक कारण ः

जव हामीलाई डर लाग्छ त्यस बेला हाम्रा इन्द्रियहरु सर्तक भएर काम गरी राखेका हुन्छन, त्यसैले डराएको अवस्थामा घटनाक्रम राम्रो याद भएका हुन्छन । इन्द्रियहरुको सकृयताका कारण हामीले तुरुन्त ठिक निर्णय लिन सक्छौ र ज्यान वचाउन पनि सक्छौ ।

पिटिएसडी मा देखिने याद आउने जस्ता लक्षणहरुले घटनामा के के भएको थियो त्यसबारे सोच्न वाध्य गराउँछ । फेरी त्यस्तै घटनामा परियो भने के गर्ने भन्ने सोचाई पनि आउँछ । धेरै जनालाई केहि समय पछि याद हुँदा पनि नहडवडाउने र न आत्तिने वानी पर्छ ।

अप्रत्यासित भएको नराम्रो घटना मनमा वारम्वार दोहोरिदा मानसिक तनाव र डर त हुन्छ । तर घटनालाई संझाउने कुनै पनि कुराबाट अलि टाढै रहँदा, मनमा आउने सोचाई पनि कम हुदै जान्छन अर्थात यी लक्षणहरु विस्तारै घट्दै जान्छन र आफुलाई त्यति नसताउने खालका हुन सक्छन । तर केहि प्रतिशत त्यस्ता मानिहरुलाई पिटिएसडीका लक्षणहरु घटदैनन, ति रहि रहन्छन र धेरै अत्याउने खालका हुन्छन र रोगको रुप लिन्छन ।

शारीरिक कारण 

जब मानसिक तनाव हुन्छ, शरीरले एड्रेनलीन नामक हर्मोनको उत्पादन गर्छ । यो हर्मोनले शरीरलाई आफ्नो ज्यानको सुरक्षाका लागि लड्न वा भाग्न को लागि तयार पार्छ ।

जब खतरा टर्छ हर्मोन पनि नर्मल हुन्छ । पिटिएसडीमा पीडादायक संझनाहरु रहिराख्ने हुनाले तनाव पनि लगातार रहिरहन्छ । तनाव रहिरहदा हर्मोन आफ्नो नर्मल लेभलमा जान पाउँदैन र शरीरलाई तनावपूर्ण स्थितीमा नै राखिराख्छ । मानसिक तनावका कारण राम्रो निद्रा लाग्दैन र रिसाउने, झर्किने हुन्छ ।

मश्तिष्कको एउटा भाग हुन्छ जसले भएका घटनाहरु वा कुराहरुको प्रोसेसिङ गर्छ र संझने गरी राख्छ । यो भागलाई हिप्पोक्याम्पस भनिन्छ । तनाव धेरै भएको वेलामा एड्रेनलीन नामक हर्मोन धेरै निस्कन्छ र यसले गर्दा हिप्पोक्याम्पसले राम्रोसंग काम गर्न सक्दैन, अर्थात घटना भएको कुरा प्रोसेसिङ गर्न सक्दैन । त्यसैले भएको घटना जस्ताको तस्तै याद र सपनाको रुपमा आउँछन । यस्ता लक्षणहरु छन भने व्यक्तिमा मानसिक तनाव निकै वढी हुन्छ र यो तनावलाई घटाएर सामान्य स्थितीमा ल्याउन सकियो भने मश्तिष्कले घटनालाई कमगर्दै लगेर सामान्य स्थितीमा पु¥याउन सक्छ ।

आफुलाई पिटिएसडी छ कि छैन भनेर पिडित व्यक्तिले कसरी थाहा पाउने ?

अप्रत्यासित र दुखद घटनापछि यदि तपाईले न आत्तिइकन, नडराईकन घटनालाई संझन सक्नुहुन्छ र तपाइको जीवनमा कुनै अपठ्¥यारो पार्दैन भने पिटिएसडी छैन । माथि भनिए जस्तै याद आउने र झस्किएर उठ्नेका साथै अरु लक्षणहरु छन भने पिटिएसडी हुनसक्छ।

किन पिटिएसडीबारे प्राय चर्चा गरिदैन ?

दुःखदायी घटनाहरु वारे प्रायः हामी कुरा गर्न चाहन्नौ । कुनै घटनाले पिरोली रहेको छ भन्दा धेरै मानिसहरुले मुटु कमजोर रहेछ या मन कमजोर रहेछ, भैसकेको घटनाबारे चिन्ता लिएर के फाइदा जस्ता कुरा गर्छन । डर लाग्दा घटनाहरु कतिजना सुन्न पनि मन पराउँदैनन र पुरै घटना सुन्ने धैर्यता समेत हुदैन । वास्तविक घटनाको कुरा गर्नु भन्दा पिटिएसडीमा देखिने लक्षणहरु जस्तै टाउको दुख्ने, निद्राको समस्या, रिस उठ्ने, निरास मन हुने, तनाव भैरहने र यिनै कारणहरुले गर्दा रक्सी पिउने, परिवारमा मेल नहुने वा काम गर्ने ठाउँमा समस्या हुने जस्ता कुराहरु देखिन्छन । गहिरिएर हे¥यो भने यी लक्षणहरु तथा समस्याहरुको मुल कारण पिटिएसडी पनि हुन सक्छ तर यस्ता लक्षणहरु अन्य मानसिक रोगहरु वा विभिन्न सामाजिक, आर्थिक तथा पारिवारीक समस्याहरुले पनि हुनसक्ने हुँदा, विस्तृत खोजी भने गर्नु पर्दछ ।

पिटिएसडी भएका मानिसहरुले के गर्नुपर्छ ?

आफ्नो विश्वासिलो साथीसँग आफ्नो कुरा विस्तारै भन्ने र सकभर आफ्नो नर्मल रुटिन अनुसार पहिले जस्तै काम गरिराख्ने ।
खाना, निद्रा, शारीरिक व्यायाम र शरीर र मनलाई रिल्याक्स हुने क्रियाकलापहरु गर्ने ।
घटना भएको ठाउँमा जान त मन लाग्दैन तर सम्भव हुन्छ भने एक पटक जाने ताकी भविष्यमा त्यसतर्फ जाँदा डर नलागोस ।
आफ्नो परिवार, आफन्त तथा नातागोतासँग भेटघाट गर्ने र सकभर सामाजिक जीवन विताउने ।
आवश्यक परे चिकित्सक वा मनोवैज्ञानिक परामर्शदातासंग सल्लाह लिने ।

 
पिटिएसडी  भएका मानिसले के गर्नु हुदैन ?

एक्लै बस्न, काममा नजाने, आफ्ना कुराहरु कसैलाई नभन्ने, रक्सी पिएर पीडा बिर्सन खोज्ने आदि गर्नु हुदैन । पिटिएसडीका लक्षणहरू मानसिक कमजोरीका कारण भएका होइनन, यी लक्षणहरु विस्तारै कम हुदै जान्छन र हराउन पनि सक्छन त्यसकारण लुकाएर राख्न हुदैन तर लक्षणहरु त्यति छिटो हराउदैनन, त्यसैले सबै लक्षणहरु छिट्टै हराउन भन्ने आशा गर्नु हुदैन । यस्ता लक्षणहरु वा कुराहरुबारे अरूलाई भन्यो भने के भन्लान, यसको मन कमजोर भनेर थाहा पाउलान वा रिसाउलान भनेर आफ्नो मनको कुरा वा डरलाई लुकाएर राख्नु हुदैन । आफ्नो मन मिल्ने साथी वा विश्वासिलो परिवारको सदस्य वा आवश्यक परे चिकित्सक वा काउन्सेलरलाई बताउनु पर्छ । चिकित्सक वा काउन्सेलरले डर घटाउन केहि तरिका, डरको कारण समेत बताउँनेछन् जसले समस्या हटाउँन भूमीका खेल्छ ।

 डा. कपिल देव उपाध्याय, वरिष्ठ मनोचिकित्सक

 

प्रकाशित मिति: शनिबार, फागुन २५, २०७५  ११:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालुवाटार छिरे बालेन
कार्की आयोगको प्रतिवेदन तुरुन्त कार्यान्वयनमा ल्याउने सरकारको निर्णय
शासकीय सुधारका १०० कार्यसूची मन्त्रिपरिषदबाट स्वीकृत, भोलि प्रकाशित हुने
सम्बन्धित सामग्री
माइग्रेन: कारण, लक्षण र रोकथामका १० उपायहरू विश्वभर टाउको दुखाइका कारणहरूमध्ये माइग्रेन दोस्रो ठुलो कारण हो भने स्नायु सम्बन्धी अपाङ्गता ल्याउने यो पहिलो प्रमुख कारण हो। तथ्याङ... बुधबार, फागुन १३, २०८२
किन आवश्यक छ औषधि खाने सही समय ? औषधिहरु सही ड्युरेशनमा खाइएन भने त्यसले रगत मार्फत शरीरमा गएर जसरी काम गर्नुपर्ने हो त्यो गर्न सक्दैन। सही समावधिमा औषधिमा नखाँदा त्... शनिबार, फागुन ९, २०८२
खानपान र निद्रा: के खाने र कहिले खानेले कति फरक पार्छ? ढिलो राति धेरै खाना खाएपछि भोलिपल्ट थकित महसुस हुनु सामान्य हो। धेरै र गह्रौँ खाना पचाउन शरीरले बढी ऊर्जा खर्च गर्नुपर्छ, जसले गहिरो... शनिबार, माघ २४, २०८२
ताजा समाचारसबै
बालुवाटार छिरे बालेन शुक्रबार, चैत १३, २०८२
कार्की आयोगको प्रतिवेदन तुरुन्त कार्यान्वयनमा ल्याउने सरकारको निर्णय शुक्रबार, चैत १३, २०८२
शासकीय सुधारका १०० कार्यसूची मन्त्रिपरिषदबाट स्वीकृत, भोलि प्रकाशित हुने शुक्रबार, चैत १३, २०८२
मन्त्रिपरिषद बैठक बस्नुअघि रवि लामिछानेसँग छलफलमा प्रधानमन्त्री शुक्रबार, चैत १३, २०८२
अर्थमन्त्रीको पहिलो निर्णय- १५ वटा ऐन खारेज शुक्रबार, चैत १३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
शपथअघि मन्त्रीहरूको नाम टुंग्याउन अन्तिम छलफलमा जुट्दै रवि–बालेन्द्र शुक्रबार, चैत १३, २०८२
को-को बन्दैछन् मन्त्री शुक्रबार, चैत १३, २०८२
मन्त्रिपरिषद बैठक बस्नुअघि रवि लामिछानेसँग छलफलमा प्रधानमन्त्री शुक्रबार, चैत १३, २०८२
अर्थमन्त्रीको पहिलो निर्णय- १५ वटा ऐन खारेज शुक्रबार, चैत १३, २०८२
नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ शुक्रबार, चैत १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेविसंघको नीतिगत निर्णय : कांग्रेससँग सम्वन्धविच्छेद, भातृसंस्थाका रुपमा नरहने शुक्रबार, चैत ६, २०८२
शपथअघि मन्त्रीहरूको नाम टुंग्याउन अन्तिम छलफलमा जुट्दै रवि–बालेन्द्र शुक्रबार, चैत १३, २०८२
को-को बन्दैछन् मन्त्री शुक्रबार, चैत १३, २०८२
राष्ट्रिय मान्यता प्राप्त ६ दलमध्ये २ दलले प्रमुख सचेतकको सुविधा नपाउने आइतबार, चैत ८, २०८२
मन्त्रिपरिषद बैठक बस्नुअघि रवि लामिछानेसँग छलफलमा प्रधानमन्त्री शुक्रबार, चैत १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्