• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

मर्ने डरले निम्त्याउने राेग

64x64
नेपाल लाइभ शनिबार, फागुन २५, २०७५  ११:२१
1140x725

मानव जीवनमा कसै कसैले धेरै दुःखदायी, अकल्पनीय र आफु मर्माहित हुने घटनाहरू देख्नु परेको हुन्छ वा भोग्नु समेत परेको हुन सक्छ । त्यस्ता घटनाहरूमा तुरुन्तै आफै मरिने हो कि ? भन्ने डर पनि हुन सक्छ वा भयानक दुर्घटनाका कारण अन्य मानिसहरु मरिरहेको हेर्न वाध्य भएको पनि हुन सक्छ । यस्ता अकल्पनीय अवस्थाहरू थुपै आउँछन् ।

जस्तैः
भयानक सडक दुर्घटनामा पर्नु र मानिसहरु घाइते भएको र मरेको हेर्नु
हतियारधारी डाँकाहरुले परिवारलाई कुट्नु, यातना दिनु, मार्नु र लुटपाट गर्नु
प्राकृतिक प्रकोपहरू भूईचालो, वाढीपहिरो, आगलागी आदिमा सम्पती वा आफन्त गुमाउनु
युद्ध, वम विस्फोट, आतंकबादी आक्रमणले धेरैजना हताहत हुनु
अपहरणमा पर्नु
वलात्कारमा पर्नु
निको नहुने खालको खतरनाक रोगको निदान हुनु आदी

कहिले काही यस्ता विभत्स घटनाहरु भएको सुन्दा मात्र पनि वा टेलिभिजनमा हेर्दा पनि पोस्ट ट्रौमाटिक स्ट्रेस डिसअर्डर (पिटिएसडी)हुन सक्छ । पिटिएसडीका लक्षणहरु यस्ता घटनाहरु घटेको प्राय एक दुई हप्ता मै शुरु हुन्छन र कसै कसैलाई अलि ढिलो अर्थात ६ महिना भित्र शुरु हुन्छन ।

लक्षण

अहिलेनै घटना भइ राखेको छ कि जस्तो हुने र निदाएको वेलामा झस्केर उठ्ने

जुन भयानक घटना अप्रत्यासित घटेको थियो र अब ज्यान जान्छ वा मरिन्छ भन्ने डर लागेको थियो, त्यही डर र त्यही आत्तिएकोपना वारम्वार अहिले पनि भइराखेको छ कि जस्तो लाग्छ । अर्थात आफु अहिले पनि त्यही पहिलेको घटनामै छु जस्तो लाग्छ । त्यस्तो याद सिनेमा हेरे जस्तो गरी दिमागमा घुम्न सक्छ या राती सुतेको बेलामा सपना देखे जस्तो गरेर आउन पनि सक्छ । पहिले घटेको घट्ना नभएर अहिले नै त्यो घटना घटिराखेको छ जस्तो लाग्छ । यस्तो अनुभव हुँदा, पहिले जुन लक्षणहरु देखिएका थिए ती सबै देखिन्छन र धेरै डर र अत्याहट लाग्छ । घटना भएको वेलामा आएको गन्ध, आवाज, दुखाई सवैको अनुभव हुन्छ र खलखल पसिना समेत आउँछ ।

त्यो घटनालाई सम्झाउने स–साना कुराहरु जस्तै त्यस्तै खालको दिन, मौसम, गाडी, मानिस, दुर्घटना, घाउ चोटपटक आदी कुराले घटना वारम्वार फेरी भएको जस्तो अनुभव हुन्छ । त्यसकारण त्यस्तो घटना संझाउने ठाउँ, मानिस, वातावरण आदि सबैसँग आफुलाई सकेसम्म टाढै र व्यस्त राख्ने विरामीको प्रयास हुन्छ ।

घटना याद दिलाउने कुराको नजिकै नपर्ने र आफ्ना भावनालाई सकेसम्म दवाउने

Ncell 2
Ncell 2
nimb
nimb

अप्रिय तथा डर लाग्दो घटना बारम्बार याद आउँदा र त्यो पनि अहिले भइराखेको छ जस्तो अनुभव हुँदा ज्यादै अत्याउछ । सकभर त्यस्तो याद नआओस र फेरी त्यस्तो नहोस भनेर पिटिएसडी भएको व्यक्तिले आफुलाई विभिन्न कामहरूमा भुलाउन चाहन्छन । आफुलाई याद दिलाउन सक्ने कुराकानी, ठाउँ, मान्छे सबैबाट उनी आफुलाई टाढा नै राख्न चाहन्छन । त्यस्तै गरेर आफ्नो भावनाहरुलाई सकेसम्म दवाएर राख्ने प्रयास पनि गर्न सक्दछन, त्यसो गर्दा उनी अरूहरूसँग वोलचाल गर्न, माया प्रिती लगाउन, हाँस्न, रमाइलो गर्न चाहदैनन, अर्थात अरूसँग पनि भरसक टाडै बस्न चाहन्छन । अरू मानिसहरु यस्ता व्यक्तिसंग संगै वस्न र काम गर्न मन पराउदैनन ।

जहिले पनि खतरा छ कि भनेर वस्ने

फेरी त्यस्तै घटना होला कि ? भन्ने डर त सधै लागि रहन्छ वा मनमा लगातार मानसिक तनाव भई नै राख्छ । सानो आवाज, घण्टी, टेलिफोनको आवाज पनि आफुलाई झस्काउने खालको हुन्छ । सधै एक प्रकारको चिन्ता लागि राखेको हुन्छ, निद्रा लाग्न कठिन हुन्छ । तनाव, चिन्ता र राम्रो निदाउन नसक्दा रिस वढी उठ्न थाल्दछ ।

यिनै कारणहरुले गर्दा मुटुको धड्कन बढ्ने, पखाला लाग्ने, टाउँको दुख्ने, डिप्रेसनका लक्षणहरु देखिने, आफ्नो तनाव हटाउन रक्सी तथा अन्य लागु पदार्थको सेवन गर्ने आदी हुन्छ । त्यस्तै दुखाई कम गर्ने औषधीहरु बढी सेवन गर्ने गरेको पनि पाइएको छ ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पिटिएसडी किन हुन्छ ?

प्रायः जसो प्रत्येक व्यक्तिले सोचेको हुन्छ जीन्दगी राम्रोसँग बित्नेछ । अचानक हुने विपत्ति, दुर्घटना आदी कमसेकम आफ्नो जीवनमा आइपर्ने छैन । सामान्य जीवन बिताएर निश्चित अवधिपछि बृृद्धाबस्थामा संसार छोडिने छ । यस्तो सोचाई भएकोमा अचानक ठूलो विपत्ति आईपरे ज्यान त जुनसुकै बेला पनि जान सक्दो रहेछ र जीवन खतरामुक्त त विल्कुलै रहेनछ भन्नेकुरा प्रष्ट हुन्छ । मृत्यु निश्चित छ, एक पल्ट मर्नै पर्छ, मर्नसंग किन डराउनु भनेर मानिसहरु कुरा गर्दा त सजिलोसँग गर्छन तर साच्चै मुत्यु हुने भयो भन्दा नडराउने को होला ? जुनसुकै बेला पनि मर्न सकिदो रहेछ भन्ने डर मनमा पस्छ र त्यसकारण नै (पिटिएसडी) हुन्छ भन्ने अनुमान छ

यस्ता घटना पछि (पिटिएसडी) सवैलाई हुन्छ, कि कसै कसैलाई मात्र  

सबैलाई पिटिएसडी हुदैन तर यस्ता घटनाबाट गुज्रेका सबैलाई पहिलो एक महिना जति तनावका लक्षणहरु हुन्छन र धेरै जनालाई यी लक्षणहरु कम हुदै जान्छन र हराउँछन । करिव तीस प्रतिशत जतिलाई भने तनावको लक्षणहरु हराउदैनन र पछिसम्म पनि भई राख्छन। हुन त पिटिएसडीका लक्षण रोग नभएर घटनाबाट सृजित लक्षणहरु हुन तर पनि लामो समयसम्म स्वास्थ्य समस्याका रुपमा देखिने हुनाले एक प्रकारको रोगका रुपमा लिइन्छन ।

पिटिएसडी किन हुन्छ भनेर एकिन साथ भन्न सक्ने अवस्था छैन । विभिन्न अध्ययन र अनुसन्धानका आधारमा मनोवैज्ञानिक र शारीरिक कारणहरुले पिटिएसडी हुन्छ भन्ने निष्कर्ष छ । 
मनोवैज्ञानिक कारण ः

जव हामीलाई डर लाग्छ त्यस बेला हाम्रा इन्द्रियहरु सर्तक भएर काम गरी राखेका हुन्छन, त्यसैले डराएको अवस्थामा घटनाक्रम राम्रो याद भएका हुन्छन । इन्द्रियहरुको सकृयताका कारण हामीले तुरुन्त ठिक निर्णय लिन सक्छौ र ज्यान वचाउन पनि सक्छौ ।

पिटिएसडी मा देखिने याद आउने जस्ता लक्षणहरुले घटनामा के के भएको थियो त्यसबारे सोच्न वाध्य गराउँछ । फेरी त्यस्तै घटनामा परियो भने के गर्ने भन्ने सोचाई पनि आउँछ । धेरै जनालाई केहि समय पछि याद हुँदा पनि नहडवडाउने र न आत्तिने वानी पर्छ ।

अप्रत्यासित भएको नराम्रो घटना मनमा वारम्वार दोहोरिदा मानसिक तनाव र डर त हुन्छ । तर घटनालाई संझाउने कुनै पनि कुराबाट अलि टाढै रहँदा, मनमा आउने सोचाई पनि कम हुदै जान्छन अर्थात यी लक्षणहरु विस्तारै घट्दै जान्छन र आफुलाई त्यति नसताउने खालका हुन सक्छन । तर केहि प्रतिशत त्यस्ता मानिहरुलाई पिटिएसडीका लक्षणहरु घटदैनन, ति रहि रहन्छन र धेरै अत्याउने खालका हुन्छन र रोगको रुप लिन्छन ।

शारीरिक कारण 

जब मानसिक तनाव हुन्छ, शरीरले एड्रेनलीन नामक हर्मोनको उत्पादन गर्छ । यो हर्मोनले शरीरलाई आफ्नो ज्यानको सुरक्षाका लागि लड्न वा भाग्न को लागि तयार पार्छ ।

जब खतरा टर्छ हर्मोन पनि नर्मल हुन्छ । पिटिएसडीमा पीडादायक संझनाहरु रहिराख्ने हुनाले तनाव पनि लगातार रहिरहन्छ । तनाव रहिरहदा हर्मोन आफ्नो नर्मल लेभलमा जान पाउँदैन र शरीरलाई तनावपूर्ण स्थितीमा नै राखिराख्छ । मानसिक तनावका कारण राम्रो निद्रा लाग्दैन र रिसाउने, झर्किने हुन्छ ।

मश्तिष्कको एउटा भाग हुन्छ जसले भएका घटनाहरु वा कुराहरुको प्रोसेसिङ गर्छ र संझने गरी राख्छ । यो भागलाई हिप्पोक्याम्पस भनिन्छ । तनाव धेरै भएको वेलामा एड्रेनलीन नामक हर्मोन धेरै निस्कन्छ र यसले गर्दा हिप्पोक्याम्पसले राम्रोसंग काम गर्न सक्दैन, अर्थात घटना भएको कुरा प्रोसेसिङ गर्न सक्दैन । त्यसैले भएको घटना जस्ताको तस्तै याद र सपनाको रुपमा आउँछन । यस्ता लक्षणहरु छन भने व्यक्तिमा मानसिक तनाव निकै वढी हुन्छ र यो तनावलाई घटाएर सामान्य स्थितीमा ल्याउन सकियो भने मश्तिष्कले घटनालाई कमगर्दै लगेर सामान्य स्थितीमा पु¥याउन सक्छ ।

आफुलाई पिटिएसडी छ कि छैन भनेर पिडित व्यक्तिले कसरी थाहा पाउने ?

अप्रत्यासित र दुखद घटनापछि यदि तपाईले न आत्तिइकन, नडराईकन घटनालाई संझन सक्नुहुन्छ र तपाइको जीवनमा कुनै अपठ्¥यारो पार्दैन भने पिटिएसडी छैन । माथि भनिए जस्तै याद आउने र झस्किएर उठ्नेका साथै अरु लक्षणहरु छन भने पिटिएसडी हुनसक्छ।

किन पिटिएसडीबारे प्राय चर्चा गरिदैन ?

दुःखदायी घटनाहरु वारे प्रायः हामी कुरा गर्न चाहन्नौ । कुनै घटनाले पिरोली रहेको छ भन्दा धेरै मानिसहरुले मुटु कमजोर रहेछ या मन कमजोर रहेछ, भैसकेको घटनाबारे चिन्ता लिएर के फाइदा जस्ता कुरा गर्छन । डर लाग्दा घटनाहरु कतिजना सुन्न पनि मन पराउँदैनन र पुरै घटना सुन्ने धैर्यता समेत हुदैन । वास्तविक घटनाको कुरा गर्नु भन्दा पिटिएसडीमा देखिने लक्षणहरु जस्तै टाउको दुख्ने, निद्राको समस्या, रिस उठ्ने, निरास मन हुने, तनाव भैरहने र यिनै कारणहरुले गर्दा रक्सी पिउने, परिवारमा मेल नहुने वा काम गर्ने ठाउँमा समस्या हुने जस्ता कुराहरु देखिन्छन । गहिरिएर हे¥यो भने यी लक्षणहरु तथा समस्याहरुको मुल कारण पिटिएसडी पनि हुन सक्छ तर यस्ता लक्षणहरु अन्य मानसिक रोगहरु वा विभिन्न सामाजिक, आर्थिक तथा पारिवारीक समस्याहरुले पनि हुनसक्ने हुँदा, विस्तृत खोजी भने गर्नु पर्दछ ।

पिटिएसडी भएका मानिसहरुले के गर्नुपर्छ ?

आफ्नो विश्वासिलो साथीसँग आफ्नो कुरा विस्तारै भन्ने र सकभर आफ्नो नर्मल रुटिन अनुसार पहिले जस्तै काम गरिराख्ने ।
खाना, निद्रा, शारीरिक व्यायाम र शरीर र मनलाई रिल्याक्स हुने क्रियाकलापहरु गर्ने ।
घटना भएको ठाउँमा जान त मन लाग्दैन तर सम्भव हुन्छ भने एक पटक जाने ताकी भविष्यमा त्यसतर्फ जाँदा डर नलागोस ।
आफ्नो परिवार, आफन्त तथा नातागोतासँग भेटघाट गर्ने र सकभर सामाजिक जीवन विताउने ।
आवश्यक परे चिकित्सक वा मनोवैज्ञानिक परामर्शदातासंग सल्लाह लिने ।

 
पिटिएसडी  भएका मानिसले के गर्नु हुदैन ?

एक्लै बस्न, काममा नजाने, आफ्ना कुराहरु कसैलाई नभन्ने, रक्सी पिएर पीडा बिर्सन खोज्ने आदि गर्नु हुदैन । पिटिएसडीका लक्षणहरू मानसिक कमजोरीका कारण भएका होइनन, यी लक्षणहरु विस्तारै कम हुदै जान्छन र हराउन पनि सक्छन त्यसकारण लुकाएर राख्न हुदैन तर लक्षणहरु त्यति छिटो हराउदैनन, त्यसैले सबै लक्षणहरु छिट्टै हराउन भन्ने आशा गर्नु हुदैन । यस्ता लक्षणहरु वा कुराहरुबारे अरूलाई भन्यो भने के भन्लान, यसको मन कमजोर भनेर थाहा पाउलान वा रिसाउलान भनेर आफ्नो मनको कुरा वा डरलाई लुकाएर राख्नु हुदैन । आफ्नो मन मिल्ने साथी वा विश्वासिलो परिवारको सदस्य वा आवश्यक परे चिकित्सक वा काउन्सेलरलाई बताउनु पर्छ । चिकित्सक वा काउन्सेलरले डर घटाउन केहि तरिका, डरको कारण समेत बताउँनेछन् जसले समस्या हटाउँन भूमीका खेल्छ ।

 डा. कपिल देव उपाध्याय, वरिष्ठ मनोचिकित्सक

 

प्रकाशित मिति: शनिबार, फागुन २५, २०७५  ११:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
मोजाभित्र प्याज राखेर सुत्दा ज्वरो निको हुन्छ? के भन्छ विज्ञान ‘यदि रुघाखोकी लागेको छ भने प्याजलाई गोलो काटेर मोजाभित्र राख्नुस् र त्यो मोजा लगाएर रातभर सुत्नुस्।’ शनिबार, असोज २४, २०८३
के कुकुरले पनि मान्छेले बोलेको शब्द पहिचान गर्न सक्छ ? कुकुरले मानिसको निरन्तर बोलीलाई शब्दको लयअनुसार प्रशोधन गर्न सक्ने र त्यस क्रममा व्यञ्जन ध्वनिमा आधारित शब्द संरचनाप्रति विशेष प्रति... सोमबार, असोज १२, २०८३
के तपाई मधुमेहका बिरामी हुनुहुन्छ ? ख्याल गर्नुस् अनि यस्तो गल्ती नगरौं मधुमेहका बिरामीले औषधिभन्दा धेरै खानपानमा ध्यान दिन जरुरी हुन्छ। मधुमेह भएपछि शरीरले इन्सुलिन हर्मोन ठीकसँग बनाउन वा यसको उपयोग गर्न... आइतबार, असोज ११, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्