मानिसको शरीर बाहिरी र भित्री गरी दुईवटा कारणले चिलाउँछ । भित्री कारणमा रगतको खराबीले गर्दा धेरै चिलाउने समस्या उत्पन्न भएको हुनसक्छ । त्यसैगरी कलेजो, मिर्गौला र थाइराइड आदिको समस्याका कारण पनि शरीर चिलाउने समस्या देखा पर्नसक्छ । कसैकसैलाई जन्डिसको समस्यामा पनि शरीर अत्याधिक चिलाउने हुन्छ ।
बाहिरी कारणमा जाडो मौसममा शरीर सुख्खा भई चिलाउने हुन्छ । यसका लागि नरिवलको तेल, जैतुनको तेल र बडी लोसन प्रयोग गरी छालालाई बढी सुख्खा हुनबाट बँचाउनु पर्छ । त्यसैगरी कपडाको कारण पनि शरीर चिलाउने हुन्छ । महिलाहरुलाई कस्मेटिक एलर्जी कारणले पनि चिलाउने समस्या देखा पर्नसक्छ ।
बाहिरी प्रदूषणहरु जस्तै धुलो, धुवाँ, विभिन्न ग्यास र कार्य क्षेत्रको वातावरणले पनि चिलाउने समस्या उत्पन्न हुन्छ । कसैलाई लुतोको कारण पनि धेरै चिलाउने समस्या देखिन्छ । यस्ता समस्या भएकाले दिनहँु नुहाएर छाला सफा राख्नुपर्छ ।
डावर नआई चिलायो भने यसको जाँच तुरुन्तै गराउनु पर्छ । बाहिरी कारणमा त्यसको कारणबाट बच्नु नै उत्तम उपाय हो । यदि भित्री समस्याका कारण गर्दा समस्या देखिएमा उपचार गर्नुपर्छ ।
एलर्जीका कारण चिलाउने समस्या भएमा कारण पत्ता लगाएर उपचार गर्नुपर्छ । कसै कसैलाई भान्सामा प्रयोग गरिने बस्तुका कारण पनि एलर्जी हुन सक्छ । जस्तै धनियाँको पात, लसुन, कफी आदि । शल्यक्रिया गर्दा मानिसको शरीर कमजोर भएको हुन्छ । यस्तो अवस्थामा प्रयोग गरिने एन्टीसेप्टिक लोसन वा सलायन पानीका कारणले गर्दा पनि कहिले काहिँ शरीर चिलाउने हुन्छ । शरीर चिलाउने समस्यामा बच्ने प्रमुख उपाय भनेको चिलाउने कारण पत्ता लगाएर त्यसबाट बँच्नु पर्छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।