पत्थरीका विभिन्न कारणहरु छन् । पानी कम खानु यो हुनुको मुख्य कारण हो । पिसावमा हुने इन्फेक्सनका कारण पनि पत्थरी हुनसक्छ । युरिक एसिड लगायतका कारणले पनि पत्थरी हुन्छ । प्याराथाइराइड ग्लान्टसगै क्लाल्सियम पनि बढ्ने र स्टोन हुने सम्भावना पनि रहन्छ । पिसाव निस्कासनको बाटो बन्द भएमा पत्थरी बन्ने डर हुन्छ । मिर्गाैला, युरेटर वा मुत्रथैली जहापनि हुने पत्थरी हुने डर रहन्छ ।
पानी कम खाएमा मिर्गाैलामा ठोस पदार्थको मात्रा ज्यादा हुने भएकाले पत्थरी हुने खतरा रहन्छ । नेपालको सन्दर्भमा मिर्गाैलाको पत्थरी ज्यादा हुन्छ । कहिलेकाहीं ब्लाडरमै पनि संक्रमणले पत्थरी हुनसक्छ, जसलाई हामी सेकेन्डरी स्टोन भन्छौं । इन्फेक्सनको सोर्स छ भने त्यहाँ क्याल्सियम संकलित भएर स्टोन हुनसक्छ ।
प्रोस्टेट बढ्ने अर्को कारण हो । जसका कारणले पूर्णरुपमा पिसाव ननिख्रदा संकलन भएकाले पत्थरी हुनसक्छ । लामो समय पिसाव रोकिरहँदा पनि पत्थरीको डर हुनसक्छ । पत्थरी दुई खालको हुनसक्छ । क्याल्सियम अक्जरेट भनिने पत्थरी सानो खालको हुन्छ र त्यसबाट दुखाई र रगत पनि हुन्छ । फोस्फरस स्टोन भनिने पत्थरी दुखाई रहित हुन्छ र फैलिएर मिर्गाैलाको आकार लिइसकेको हुन्छ । निकै पछिमात्रै यसवारेमा थाहा हुन्छ । यस्तो पत्थरीमा मिर्गाैला असफल हुने सम्भावना ज्यादा रहन्छ ।
डा रविन जोशी, युरो अन्कोलोजिष्ट, नर्भिक अस्पताल
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।