• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

यसरी पक्राउ परे पत्रकार मनोहर ढकालका हत्यारा 

64x64
नेपाल लाइभ आइतबार, माघ ६, २०७५  १६:०९
1140x725

काठमाडौं– पुस २५ गते दिउँसो अन्दाजी ५ बजेतिर हेटौंडा उपमहानगरपालिका–१ भैरवडाँडाको जंगलमा एक व्यक्ति गम्भीर घाइते भएको अवस्थामा भेटिए। 

एक पुरुष गम्भीर घाइते भएको देखेपछि अमृत वाग्लेले प्रहरीलाई खबर गरे ‘भैरवडाँडा जंगलमा एक अधवैंशे पुरुष गम्भीर घाइते अवस्थामा छ।’ 

दिउँसो ५ बजेर १३ मिनेटमा प्रहरीमा सो जानकारी आउनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक मधुकुमार थापाको कमाण्डमा ७ जनाको प्रहरी टोली घटनास्थलतर्फ लाग्यो। 

सूचना पाएको १७ मिनेटपछि अर्थात साढे ५ बजे निरीक्षक थापाको टोली घटनास्थल पुग्छ।

प्रहरीले घटनास्थल निरीक्षण गर्छ। मुचुल्का उठाउँछ। गम्भीर घाइते भएका व्यक्ति हेटौंडा उपमहानगरपालिका–११ नवलपुरका ४२ वर्षीय मनोहर ढकाल भएको पुष्टि हुन्छ। 

ढकाल सञ्चारकर्मी तर शिक्षक समेत हुन्। प्रहरीले तत्कालै ढकाललाई हेटौंडा अस्पताल पठाउँछ। त्यसको ५ मिनेटपछि नै डाक्टरले मृत घोषणा गर्छन्।

तर, प्रहरीलाई अर्को ठाउँको दुखाइ बन्छ, 'हत्यारा को हो?' किन भयो ढकालको हत्या?'
 निर्मला पन्तको हत्यामा प्रमाण नष्ट गरेको आरोप खेपेको प्रहरीले त्यस्तो अवस्था नदोहिरीयोस् भन्दै जुनियर प्रहरीको कमाण्डमा घटनास्थल सुरक्षित राख्छ।

भोलिपल्ट २६ गते। बिहान ७ बजे निरीक्षक थापा नेतृत्वको अनुसन्धान टोली पुन घटनास्थल पुग्छ। मुचुल्काको अनुसन्धान गर्छ। र घटनाको विश्लेषण सुरु गरिन्छ। घटनास्थलबाट मृतकको सुनको औंठी,मोबाइल र हार्डडिक्स लगिएको प्रहरीले पत्ता लगाउँछ। 

Ncell 2
Ncell 2
nimb
nimb

प्रहरीले अनुसन्धानमा कुकुरको प्रयोग नगरेको भन्दै बेला बेलामा आलोचनासमेत हुने गरेको छ। यसबाट मुक्त हुन र अनुसन्धानलाई थप सहज बनाउन प्रहरीले कुकुर परिचालन गर्ने निर्णय गर्छ। २६ गते साढे ८ बजे कुकुर शाखाबाट कुकुर ह्याण्डलरले कुकुर परिचालन गर्छन्। 

तालिमप्राप्त कुकुरले हत्यारा भागेको बाटाको संकेत गर्छ। अनुसन्धानमा खटिएको प्रहरीलाई कुकुरमार्फत केही क्लु फेला पर्छ।

अनुसन्धान गर्ने क्रममा प्रहरीले १ सय ५० भन्दा बढीसँग सोधपुछ समेत गर्छ। तर, त्यहाँबाट पनि कुनै नयाँ तथ्य फेला पर्दैन। हत्यारा गुमनाम नै हुन्छन्। घटनास्थलमा कुनै सबुद पो छुटेको छ कि भन्दै प्रहरीले पटक पटक अनुसन्धान पनि गर्छ। त्यसबाट पनि कुनै नयाँ चिज फेला पर्दैन।

प्रविधिमार्फत अपराधी पत्ता लगाउन प्रहरीले त्यसतर्फ पनि अनुसन्धान अघि बढाउँछ। प्रहरीले मृतक ढकाल लगायत सयौं जनाको मोबाइल नम्बरको अनुसन्धान गर्छ।

Xtrem

Xtrem

सोही क्रममा माघ ४ गते दिउँसो साढे १ बजे। मृतकको मोबाइलसहित दिनेश मोबाइल एण्ड इलेक्ट्रोनिक सेन्टरबाट प्रहरीले ३१ वर्षीय दिनेश थापा मगरलाई नियन्त्रण लिन्छ।

मृतकको मोबाइलबाटै प्रहरी हत्यारासम्म पुग्न सफल हुन्छ। पक्राउ परेका मगरलाई निरीक्षक थापा कमाण्डको प्रहरीले केरकार गर्छ। उनले उक्त मोबाइल हेटौंडा–११ बस्ने १९ वर्षीय अनमोल पुडासैनीसँग १० हजारमा खरिद गरेको बयान दिन्छन्।

उनले मोबाइल किन्ने बेला पुडासैनीको नागरिकताको फोटोकपीसमेत मागेर राखेका थिए। त्यसबाट प्रहरीलाई झन ठूलो प्रमाण मिल्छ। मगरको बयान र नागरिकताको प्रतिलिपिबाटै प्रहरीले अनमोललाई खोज्न सुरु गर्छ।

४ गते दिउँसो ५ बजे हटौंडा–४ बाट प्रहरीले अनमोल पुडासैनी र उनीसँगै रहेका प्रवीण वाइबालाई पक्राउ गर्छ।

यसरी भयो ढकालको हत्या 

पक्राउ परेकाहरूको बयान प्रहरीले लिइरहेको छ। बयानबाट हत्याका केही कारणहरु खुल्दै गएका छन्। पुस २५ गते दिउँसो ४ बजेर ४५ मिनेट जाँदा उनीहरुबीच जंगलमा भेट भएको थियो। हत्या आरोपमा पक्राउ परेकाहरूले भनेका छन्, ‘हामी गफ गरेर बसिरहेका थियौं। मनोहर आएर भाइ आएर तिमीहरू किन जंगलमा बसेको, बद्मासी गर्न लागेको हो भन्दै धम्क्याए।’

सोही क्रममा वादविवाद हुँदा ढकालको हत्या भएको अनुसन्धानबाट खुलेको छ। मृतक ढकालले 'प्रहरी बोलाइदिउँ, साँझ परको बेला जंगलमा लुट्न बसेको' समेत भनेको पक्राउ परेकाले बयान दिएका छन्।
यही विषयमा उनीहरूबीच विवाद भएको थियो।

हातमा सुनको औंठी पनि लगाएको, झोला बोकेको र मोटरसाइकलमा आएको भनेपछि पक्कै पनि राम्रै रकम होला भनेर हातपात गर्दा ढकालको हत्या भएको पक्राउ परेकाको बयान छ।

ना२३प ६३३८ नम्बरको ढकालको मोटरसाइकल स्टार्ट भएकै अवस्थामा अभियुक्तले उनीमाथि आक्रमण गरेका थिए। उनलाई हात पछाडि लगेर अभियुक्तले लडाए।  त्यसपछि ढकालको औंलामा भएको सुनको औंठी, पर्स, हार्ड डिक्स र झोलासमेत खोसी अभियुक्तले मुखमा मुक्काले हिर्काए। त्यसपछि ढुंगा भएको खोल्सामा धकेलेर उनको हत्या गरेको पक्राउ परेकाले स्वीकार गरेका छन्। 

अभियुक्तले मृत ढकालको औंठी मोबाइल, पर्समा पाँच सय र हार्ड डिक्स लगेका थिए भने खाली पर्स, झोला, खोल्सामा फालेका थिए। 

मृतक ढकालको औंठी किन्ने हेटौंडा– २ स्थित नारायणी सुनचाँदी पसलका सञ्चालक ४८ वर्षीय नारायण बहादुर सुनारलाई समेत प्रहरीले पक्राउ गरेको छ। 

हार्ड डिक्स र डाटाकेबल हेटौंडा–४ एनसेल कार्यालय पछाडि मदन रिजालको घरकोठा भाडामा लिई बस्ने अनमोल पुडासैनीको डेराकोठाबाट प्रहरीले बरामद गरेको छ।

प्रकाशित मिति: आइतबार, माघ ६, २०७५  १६:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस महाधिवेशन : खुला सहमहामन्त्रीमा रामहरि खतिवडाको अग्रता
पदमा नरहेपनि पार्टी र जनताको सेवामा निरन्तर लागिरहनेछु : डा.सुनिल शर्मा
प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया सुरु
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
कांग्रेस महाधिवेशन : खुला सहमहामन्त्रीमा रामहरि खतिवडाको अग्रता सोमबार, असोज २६, २०८३
पदमा नरहेपनि पार्टी र जनताको सेवामा निरन्तर लागिरहनेछु : डा.सुनिल शर्मा सोमबार, असोज २६, २०८३
प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया सुरु सोमबार, असोज २६, २०८३
मुगुमा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते सोमबार, असोज २६, २०८३
विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
कांग्रेस सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना सुरु आइतबार, असोज २५, २०८३
विद्यालयको प्रधानाध्यापकमाथि कुटपिट गर्ने २ जना नियन्त्रणमा आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्