• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २३, २०८२ Thu, Oct 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
फेरि अर्काे ‘लापरबाह’ डाक्टर!
64x64
नेपाल लाइभ मंगलबार, भदौ १३, २०७४  १६:१३
1140x725

एउटा अस्पतालमा ५५ वर्षीया आमा हिँड्दै, कुरा गर्दै पित्तथैलीको शल्यक्रिया गर्न आउँछिन्। शल्यक्रियाको दौरान उनको मृत्यु हुन्छ। मृतकका आफन्त आक्रोशित हुन्छन्। अस्पताल बन्द गर्नुपर्नेदेखि लापरबाही गर्ने डाक्टरलाई मार्नुपर्छ भन्नेसम्मका नारा लाग्छन् । अस्पताल र डाक्टरलाई प्रहरी सुरक्षाको घेराभित्र राख्नुपर्ने वाध्यता आउँछ । उपचारमा संलग्न डाक्टरले यो घटनालाई भवितत्वका रुपमा लिन्छन् भने मृतकका आफन्तले चरम लापरबाही ठान्छन् । अस्पतालमा नाराबाजी र हुलहुज्जत हुनासाथ त्यसले मिडिया कभरेज पनि पाइहाल्छ । सामाजिक सञ्जालदेखि प्रतिष्ठित मिडियासम्म रातारात ती डाक्टरलाई खलपात्र सावित गर्नेगरी समाचार आउँछ।

त्यसैगरी अर्काे अस्पतालमा मिगौलामा भएको पथ्थरी शल्यक्रियाका क्रममा मिर्गौला नै निकाल्नुपर्ने स्थिति आउँछ। बिरामी बचाउन डाक्टरले मिर्गौला निकालिदिन्छन्। बिरामीको ज्यान जोगिन्छ तर केही दिनमा डाक्टरको लापरबाहीको कुरा उठ्छ। डाक्टरलाई मिर्गौला चोरी गर्‍यो भन्नेसम्मको आरोप लाग्छ। डाक्टरको वर्षौंदेखिको सेवा, इज्जत, प्रतिष्ठा एकैपटक धुलोमा मिल्छ। सञ्चार माध्यमले पनि सत्यतथ्य खोजी नगरी डाक्टर र अस्पताललाई नै अपराधी साबित गर्ने समाचार पस्किन्छन्। अझ यस घटनामा त संसदमा समेत आवाज उठाएर अस्पताल र डाक्टरलाई मिर्गौला चोरको गम्भीर आरोप लगाइन्छ।

नेपाली समाजका यी प्रतिनिधि घटना हुन्। यस्ता घटना एकाएक चर्चामा आउँछन् र केही हप्ता पनि नभई सामसुम हुन्छन्। यी घटना काहाँ सेलाउँछ कसैलाई थाहा हँुदैन । हामी फेरि यस्तै अर्को घटनाको पर्खाइमा हुन्छौं। कुनै अमुक अस्पताल र डाक्टर यो चक्रमा परिरहन्छन्। अहिलेसम्म यस्ता घटनामा दोषी को हो? भन्ने प्रश्नै हराउँछ अनि उत्तर भेटिने त कुरै भएन।

किन हुन्छन् यस्ता घटना बारम्बार? मानवीय जीवनसग सिधा प्रभाव पार्ने यस्ता घटनाका दोषीको छिनोफानो किन गरिन्न? यस्ता मुद्दाको न्यायिक छानविन कसरी हुन्छ? घटना दोहोरिन नदिन के–कस्ता कदम चालिन्छ? जस्ता प्रश्न अनुत्तरित घुमिरहन्छन्।

विश्वभरि अभ्यासमा रहेका चिकित्सा प्रणालीमध्ये एलोप्याथी चिकित्सा प्रणालीलाई धेरैले अपनाएका छन्। एलोप्याथीमा बिरामीको उपचार विभिन्न तरिकाबाट गरिन्छ। त्यसमध्ये शल्यक्रिया पनि महत्वपूर्ण तरिका हो। शल्यक्रिया सानो होस् या ठूलो, यसमा विभिन्न पक्ष (जस्तैः डाक्टर, स्वास्थ्यकर्मी, बिरामी, अस्पताल प्रशासन, अन्य सहयोगी आदि) जोडिएका हुन्छन्। यी सबै पक्षको सही सन्तुलनबाट मात्र राम्रो नतिजा निस्कन्छ। सबै पक्ष उत्कृष्ट हुँदाहुँदै पनि शल्यक्रिया कति सुरक्षित र कति जोखिम भनेर बुझ्नु जरुरी छ।

शल्यक्रियाका दौरान मृत्यु हुन सक्ने सम्भावना

१) एउटा पिलो निचोर्दा एक लाखमा एक जना

२) बेहोस नपारी सामान्य शल्यक्रिया गर्दा एक लाख ५० हजारदेखि दुई लाखमा एक जना

Ncell 2
Ncell 2

३) एपेन्डिक्स निकाल्दा शून्य दशमलब १ प्रतिशत

४) पित्तथैली र त्यहाँको पत्थरी निकाल्दा शून्य दशमलब ४ प्रतिशत

५) मिर्गौलामा भएको पत्थरी निकाल्दा शून्य दशमलक शून्य २ प्रतिशत

६) टाउकोमा जमेको रगत (चोटले गर्दा) निकाल्दा ३ दशमलब ४४ प्रतिशत

७) प्याङ्क्रियाजको शल्यक्रिया गर्दा १ दशमलब ७ प्रतिशत

बेहोस पार्दा कत्तिको खतरा छ?

बिरामीको भाषामा हिँड्दै, गफ गर्दै आएको स्वस्थ मानिस (उक्त रोग बाहेक) र चिकित्सकको भाषामा ‘एएसए ग्रेड वान’ मानिसलाई बेहोस (एनेस्थेसिया) गर्नाकै कारण एक लाखमा शून्य दशमलब २४ जनाको मृत्यु हुन सक्छ । मृत्यु बाहेक शल्यक्रिया र बेहोस गर्दा स्वास्थ्य सम्बन्धी जटिलता पनि आउँछन्।

माथिका तथ्यांक संसारका उत्कृष्ट भनिएका अस्पतालबाट आएका हुन्।

डाक्टरकै लापरवाही हो त?

आजभन्दा ५० वर्षअगाडि यिनै शल्यक्रियाबाट अझ धेरै मानिसको मृत्यु हुने गथ्र्याे । त्यसमाथि बेहोस (एनेस्थेसिया) पार्ने क्रममा हुने मृत्यु त झन् डरलाग्दो थियो । तर, विज्ञान र प्रविधिको विकाससँगै यी सबै जटिलता न्यून हुँदै गएका छन्। चिकित्सा विज्ञानले मानिसको जीवनको रहस्य अझै बुझिसकेको छैन। संसारभरि नै विभिन्न अध्ययन, अनुसन्धान जारी छन्। त्यसैले चिकित्सा पेशालाई ‘मेडिकल प्राक्टिस’ भनेर अभ्यासका रुपमा अथ्र्याइएको छ। अझै पनि मानिसको मृत्युका सबै कारण यकिनसँग भन्न सक्ने अवस्था छैन।

पृथ्वीमा जहाँका भए पनि डाक्टरबाट मानवीय त्रुटि नहुने सवालै हुँदैन। त्यस्ता मानवीय त्रुटिलाई न्यूनीकरण गर्न सकिन्छ तर पूरै हटाउन भने मुश्किल छ। मानवीय त्रुटिलाई लापरबाही भन्नु हुँदैन तर, कुनै पनि डाक्टरले नियतवश बिरामीमाथि बेइमानी गर्दैन। यदि, बेइमानी गर्छ भने, उसले डाक्टर शब्दकै अपमान गरेको ठहरिन्छ । त्यस्ता डाक्टरलाई कारबाही गर्दा समग्र डाक्टरी पेशाकै इज्जत बढ्छ।

तर, यहाँ त सत्यतथ्यको खोजी नै नगरी निर्दोष डाक्टरलाई अपराधीको बिल्ला भिडाउने होडबाजी चल्छ। यथार्थ के हो खोजी नै हुँदैन। न घटना भएको समयमा यथार्थ खोजी हुन्छ, न त घटना सेलाइसकेपछि नै त्यसबारे चासो राखिन्छ।

सायद यो लेख पढ्दै गर्दा तपाईंले माथि उल्लेखित दुई घटना पुनः सम्झिनुभयो होला, नत्र पीडित पक्ष र उपचारमा संलग्न चिकित्सक बाहेक धेरैले बिर्सिसकेका हुन्छन्।

कसरी सल्टिन्छ यस्ता मुद्दा?

अस्पताल प्रशासन, डाक्टर र पीडित पक्षबीचको लेनदेनमा प्रायःजसो घटना टुंगिने गर्छन्। जुन लाजमर्दाे कुरा हो । घटनामा डाक्टर दोषी थियो भने यसरी उमुक्ति दिँदा उसले पुनः गल्ती नदोर्‍याउला भन्न सकिन्न । तर, डाक्टर दोषी नहुँदा यसैगरी घटना सामसुम पारेर उसको गुमेको  प्रतिष्ठा फिर्ता आउँछ र? दिनरात नभनी बिरामीको सेवामा समर्पित एउटा डाक्टर, आक्रोशित जमातको फैसलाले गर्दा खलपात्र भएर बाँच्नुपर्ने अवस्था छ।

अर्कोतर्फ जसले डाक्टर या अस्पताल प्रशासनलाई तर्साउन सक्दैनन् (पहुँच नभएका सोझासाझा) उनीहरुको मुद्दा न्यायालयको कुन फाइलमा हुन्छ कसैलाई थाहा हुँदैन । आजसम्म यस्ता मुद्दाको फैसला भएको विरलै मात्र सुनिएको छ।

यदि, घटनाको सत्यतथ्य पत्ता लगाउने हो भने स्वतन्त्र ढंगले छानबिन हुनु जरुरी छ। उपचारका क्रममा बिरामीको मृत्यु हुँदा अस्पतालमा हुने नाराबाजी र तोडफोड, डाक्टरमाथि हुने गालीबेइज्जतीका घटनामा को दोषी हो भन्ने पत्ता नलगाई यी घटनालाई सामसुम पार्नु समस्याको समाधान होइन। समस्या दोहोर्याउने चक्र मात्र हो र अर्को डाक्टर लापरबाह घोषित हुने नियति हो। घटनामा डाक्टर र अस्पतालको दोष भए उनीहरुले सजाय पाउनुपर्छ र पीडितले न्याय। यदि मृतकका आफन्तले अनाहकमा अस्पताल र डाक्टरमाथि दुव्र्यवहार गरेको भए उनीहरुले सजाय पाउनुपर्छ र डाक्टरले न्याय।

प्रकाशित मिति: मंगलबार, भदौ १३, २०७४  १६:१३
  • #IGP

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
टी–२० विश्वकप छनोट : कुवेतमाथि ५८ रनको जित
टी–२० विश्वकप छनोट : कुशल भुर्तेलको अर्धशतकमा कुवेतलाई १४२ रनको मध्यम लक्ष्य
देउवाले बोलाए पदाधिकारी बैठक
सम्बन्धित सामग्री
लिची बगान प्रकरण- दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर, गुप्ता र श्रेष्ठसँग जनही ७८ लाख बिगो माग पोखराको लिचीबारी प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र तत्... बुधबार, असोज २२, २०८२
बालेन शाह र हामी नेपालको सम्पत्ति छानबिन गर्नुपर्छ : युवा सङ्घ बुधबार एमाले पार्टी कार्यालयमा युवा संघका तर्फबाट आयोजित पत्रकार सम्मेलनमा गुरुङले बालेनका गतिविधि र उनको सम्पत्तिमाथि छानबिन हुनुपर... बुधबार, असोज २२, २०८२
चुनावको वातावरण बनाउन दलहरूसँग संवाद भइरहेको छ : सञ्चारमन्त्री खरेल राष्ट्रिय समाचार समिति (रासस) को भद्रकालीस्थित केन्द्रीय कार्यालयको आज अवलोकन भ्रमणपछि आयोजित कार्यक्रममा मन्त्री खरेलले आगामी फागुन... बुधबार, असोज २२, २०८२
ताजा समाचारसबै
टी–२० विश्वकप छनोट : कुवेतमाथि ५८ रनको जित बुधबार, असोज २२, २०८२
टी–२० विश्वकप छनोट : कुशल भुर्तेलको अर्धशतकमा कुवेतलाई १४२ रनको मध्यम लक्ष्य बुधबार, असोज २२, २०८२
देउवाले बोलाए पदाधिकारी बैठक बुधबार, असोज २२, २०८२
टी-२० विश्वकप छनोट: नेपालले टस हार्‍यो, कुवेतविरुद्ध पहिला ब्याटिङ गर्दै बुधबार, असोज २२, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
फूलपातीकै दिनदेखि मलाई पक्राउ गर्न प्रयास भइरहेको छ, बालेनको योजनामा ओलीसहित लेखकलाई पनि पक्राउ गर्ने षड्यन्त्र हुँदैछ : महेश बस्नेत बुधबार, असोज २२, २०८२
देउवाले बोलाए पदाधिकारी बैठक बुधबार, असोज २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित, विश्वकप क्वालिफायर भने खेल्ने बुधबार, असोज १५, २०८२
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्