• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

फेरि अर्काे ‘लापरबाह’ डाक्टर!

64x64
नेपाल लाइभ मंगलबार, भदौ १३, २०७४  १६:१३
1140x725

एउटा अस्पतालमा ५५ वर्षीया आमा हिँड्दै, कुरा गर्दै पित्तथैलीको शल्यक्रिया गर्न आउँछिन्। शल्यक्रियाको दौरान उनको मृत्यु हुन्छ। मृतकका आफन्त आक्रोशित हुन्छन्। अस्पताल बन्द गर्नुपर्नेदेखि लापरबाही गर्ने डाक्टरलाई मार्नुपर्छ भन्नेसम्मका नारा लाग्छन् । अस्पताल र डाक्टरलाई प्रहरी सुरक्षाको घेराभित्र राख्नुपर्ने वाध्यता आउँछ । उपचारमा संलग्न डाक्टरले यो घटनालाई भवितत्वका रुपमा लिन्छन् भने मृतकका आफन्तले चरम लापरबाही ठान्छन् । अस्पतालमा नाराबाजी र हुलहुज्जत हुनासाथ त्यसले मिडिया कभरेज पनि पाइहाल्छ । सामाजिक सञ्जालदेखि प्रतिष्ठित मिडियासम्म रातारात ती डाक्टरलाई खलपात्र सावित गर्नेगरी समाचार आउँछ।

त्यसैगरी अर्काे अस्पतालमा मिगौलामा भएको पथ्थरी शल्यक्रियाका क्रममा मिर्गौला नै निकाल्नुपर्ने स्थिति आउँछ। बिरामी बचाउन डाक्टरले मिर्गौला निकालिदिन्छन्। बिरामीको ज्यान जोगिन्छ तर केही दिनमा डाक्टरको लापरबाहीको कुरा उठ्छ। डाक्टरलाई मिर्गौला चोरी गर्‍यो भन्नेसम्मको आरोप लाग्छ। डाक्टरको वर्षौंदेखिको सेवा, इज्जत, प्रतिष्ठा एकैपटक धुलोमा मिल्छ। सञ्चार माध्यमले पनि सत्यतथ्य खोजी नगरी डाक्टर र अस्पताललाई नै अपराधी साबित गर्ने समाचार पस्किन्छन्। अझ यस घटनामा त संसदमा समेत आवाज उठाएर अस्पताल र डाक्टरलाई मिर्गौला चोरको गम्भीर आरोप लगाइन्छ।

नेपाली समाजका यी प्रतिनिधि घटना हुन्। यस्ता घटना एकाएक चर्चामा आउँछन् र केही हप्ता पनि नभई सामसुम हुन्छन्। यी घटना काहाँ सेलाउँछ कसैलाई थाहा हँुदैन । हामी फेरि यस्तै अर्को घटनाको पर्खाइमा हुन्छौं। कुनै अमुक अस्पताल र डाक्टर यो चक्रमा परिरहन्छन्। अहिलेसम्म यस्ता घटनामा दोषी को हो? भन्ने प्रश्नै हराउँछ अनि उत्तर भेटिने त कुरै भएन।

किन हुन्छन् यस्ता घटना बारम्बार? मानवीय जीवनसग सिधा प्रभाव पार्ने यस्ता घटनाका दोषीको छिनोफानो किन गरिन्न? यस्ता मुद्दाको न्यायिक छानविन कसरी हुन्छ? घटना दोहोरिन नदिन के–कस्ता कदम चालिन्छ? जस्ता प्रश्न अनुत्तरित घुमिरहन्छन्।

विश्वभरि अभ्यासमा रहेका चिकित्सा प्रणालीमध्ये एलोप्याथी चिकित्सा प्रणालीलाई धेरैले अपनाएका छन्। एलोप्याथीमा बिरामीको उपचार विभिन्न तरिकाबाट गरिन्छ। त्यसमध्ये शल्यक्रिया पनि महत्वपूर्ण तरिका हो। शल्यक्रिया सानो होस् या ठूलो, यसमा विभिन्न पक्ष (जस्तैः डाक्टर, स्वास्थ्यकर्मी, बिरामी, अस्पताल प्रशासन, अन्य सहयोगी आदि) जोडिएका हुन्छन्। यी सबै पक्षको सही सन्तुलनबाट मात्र राम्रो नतिजा निस्कन्छ। सबै पक्ष उत्कृष्ट हुँदाहुँदै पनि शल्यक्रिया कति सुरक्षित र कति जोखिम भनेर बुझ्नु जरुरी छ।

शल्यक्रियाका दौरान मृत्यु हुन सक्ने सम्भावना

१) एउटा पिलो निचोर्दा एक लाखमा एक जना

२) बेहोस नपारी सामान्य शल्यक्रिया गर्दा एक लाख ५० हजारदेखि दुई लाखमा एक जना

Ncell 2
Ncell 2
nimb
nimb

३) एपेन्डिक्स निकाल्दा शून्य दशमलब १ प्रतिशत

४) पित्तथैली र त्यहाँको पत्थरी निकाल्दा शून्य दशमलब ४ प्रतिशत

५) मिर्गौलामा भएको पत्थरी निकाल्दा शून्य दशमलक शून्य २ प्रतिशत

६) टाउकोमा जमेको रगत (चोटले गर्दा) निकाल्दा ३ दशमलब ४४ प्रतिशत

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

७) प्याङ्क्रियाजको शल्यक्रिया गर्दा १ दशमलब ७ प्रतिशत

बेहोस पार्दा कत्तिको खतरा छ?

बिरामीको भाषामा हिँड्दै, गफ गर्दै आएको स्वस्थ मानिस (उक्त रोग बाहेक) र चिकित्सकको भाषामा ‘एएसए ग्रेड वान’ मानिसलाई बेहोस (एनेस्थेसिया) गर्नाकै कारण एक लाखमा शून्य दशमलब २४ जनाको मृत्यु हुन सक्छ । मृत्यु बाहेक शल्यक्रिया र बेहोस गर्दा स्वास्थ्य सम्बन्धी जटिलता पनि आउँछन्।

माथिका तथ्यांक संसारका उत्कृष्ट भनिएका अस्पतालबाट आएका हुन्।

डाक्टरकै लापरवाही हो त?

आजभन्दा ५० वर्षअगाडि यिनै शल्यक्रियाबाट अझ धेरै मानिसको मृत्यु हुने गथ्र्याे । त्यसमाथि बेहोस (एनेस्थेसिया) पार्ने क्रममा हुने मृत्यु त झन् डरलाग्दो थियो । तर, विज्ञान र प्रविधिको विकाससँगै यी सबै जटिलता न्यून हुँदै गएका छन्। चिकित्सा विज्ञानले मानिसको जीवनको रहस्य अझै बुझिसकेको छैन। संसारभरि नै विभिन्न अध्ययन, अनुसन्धान जारी छन्। त्यसैले चिकित्सा पेशालाई ‘मेडिकल प्राक्टिस’ भनेर अभ्यासका रुपमा अथ्र्याइएको छ। अझै पनि मानिसको मृत्युका सबै कारण यकिनसँग भन्न सक्ने अवस्था छैन।

पृथ्वीमा जहाँका भए पनि डाक्टरबाट मानवीय त्रुटि नहुने सवालै हुँदैन। त्यस्ता मानवीय त्रुटिलाई न्यूनीकरण गर्न सकिन्छ तर पूरै हटाउन भने मुश्किल छ। मानवीय त्रुटिलाई लापरबाही भन्नु हुँदैन तर, कुनै पनि डाक्टरले नियतवश बिरामीमाथि बेइमानी गर्दैन। यदि, बेइमानी गर्छ भने, उसले डाक्टर शब्दकै अपमान गरेको ठहरिन्छ । त्यस्ता डाक्टरलाई कारबाही गर्दा समग्र डाक्टरी पेशाकै इज्जत बढ्छ।

तर, यहाँ त सत्यतथ्यको खोजी नै नगरी निर्दोष डाक्टरलाई अपराधीको बिल्ला भिडाउने होडबाजी चल्छ। यथार्थ के हो खोजी नै हुँदैन। न घटना भएको समयमा यथार्थ खोजी हुन्छ, न त घटना सेलाइसकेपछि नै त्यसबारे चासो राखिन्छ।

सायद यो लेख पढ्दै गर्दा तपाईंले माथि उल्लेखित दुई घटना पुनः सम्झिनुभयो होला, नत्र पीडित पक्ष र उपचारमा संलग्न चिकित्सक बाहेक धेरैले बिर्सिसकेका हुन्छन्।

कसरी सल्टिन्छ यस्ता मुद्दा?

अस्पताल प्रशासन, डाक्टर र पीडित पक्षबीचको लेनदेनमा प्रायःजसो घटना टुंगिने गर्छन्। जुन लाजमर्दाे कुरा हो । घटनामा डाक्टर दोषी थियो भने यसरी उमुक्ति दिँदा उसले पुनः गल्ती नदोर्‍याउला भन्न सकिन्न । तर, डाक्टर दोषी नहुँदा यसैगरी घटना सामसुम पारेर उसको गुमेको  प्रतिष्ठा फिर्ता आउँछ र? दिनरात नभनी बिरामीको सेवामा समर्पित एउटा डाक्टर, आक्रोशित जमातको फैसलाले गर्दा खलपात्र भएर बाँच्नुपर्ने अवस्था छ।

अर्कोतर्फ जसले डाक्टर या अस्पताल प्रशासनलाई तर्साउन सक्दैनन् (पहुँच नभएका सोझासाझा) उनीहरुको मुद्दा न्यायालयको कुन फाइलमा हुन्छ कसैलाई थाहा हुँदैन । आजसम्म यस्ता मुद्दाको फैसला भएको विरलै मात्र सुनिएको छ।

यदि, घटनाको सत्यतथ्य पत्ता लगाउने हो भने स्वतन्त्र ढंगले छानबिन हुनु जरुरी छ। उपचारका क्रममा बिरामीको मृत्यु हुँदा अस्पतालमा हुने नाराबाजी र तोडफोड, डाक्टरमाथि हुने गालीबेइज्जतीका घटनामा को दोषी हो भन्ने पत्ता नलगाई यी घटनालाई सामसुम पार्नु समस्याको समाधान होइन। समस्या दोहोर्याउने चक्र मात्र हो र अर्को डाक्टर लापरबाह घोषित हुने नियति हो। घटनामा डाक्टर र अस्पतालको दोष भए उनीहरुले सजाय पाउनुपर्छ र पीडितले न्याय। यदि मृतकका आफन्तले अनाहकमा अस्पताल र डाक्टरमाथि दुव्र्यवहार गरेको भए उनीहरुले सजाय पाउनुपर्छ र डाक्टरले न्याय।

प्रकाशित मिति: मंगलबार, भदौ १३, २०७४  १६:१३
  • #IGP

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय
सम्बन्धित सामग्री
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित जिल्ला प्रशासन कार्यालय, मोरङले २०८३ असोज २३ गते अनुसन्धान तथा कारबाहीका लागि अध्यागमन विभागमा उपस्थित गराएको थियो।  २४ जना दक्षिण क... बुधबार, असोज २८, २०८३
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति मन्त्रालयको ६ महिनाको उपलब्धी जानकारी दिन बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले ऊर्जा क्षेत्रलाई मुलुकको आर्... बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! कार्यालयले यससम्बन्धी परिपत्र मातहतका कार्यालयमा पठाउँदै सङ्गठित अपराधको आरोप स्थापित नभएको अवस्थामा मिलापत्र हुन सक्ने अन्य कसुरमा... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्