• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

प्रसाद : हात्ती छिर्‍यो, पुच्छर अड्क्यो

64x64
नेपाल लाइभ बिहीबार, पुस १२, २०७५  १४:०४
1140x725

यो एक्काइसौं शताब्दीमा पनि हामीले 'अन्तरजातीय विवाह' फिल्ममा बाहेक छिटफुट मात्र देख्ने गर्छौं। प्रेम र विवाहमा जात, धर्म, सम्प्रदाय, वर्ण लगायतका विषयहरू ख्याल गरिंदैन भन्छौं तर हाम्रो देशको सामाजिक पछौटेपनका कारणले कारणले अझै पनि 'अन्तरजातीय' विवाहमा 'क्रान्ति' भेटिरहेका छौं हामी।

हुन पनि हाम्रो समाजमा विवाह दुई व्यक्तिको मिलन मात्र नभएर दुई परिवार र दुई समाजको समेत मिलन हुने भएकाले विवाह सिर्फ विवाह नभएर 'अन्तरजातीय', 'अन्तरधार्मिक', 'अन्तरसाम्प्रदायिक' आदि आदि बन्न पुग्छ।

यस्तै 'अन्तरजातीय' विवाह गरेका 'क्षेत्रीनी' नारायणी (नम्रता श्रेष्ठ) र 'दलित' बाबुराम (बिपिन कार्की) को कथा हो प्रसाद। ट्रेलर हेरेपछि कथा कसरी अघि बढ्ला, लेखकले यति संवेदनशील विषय उठाइसकेपछि त्यसलाई न्याय दिन सक्लान् कि नसक्लान् लगायतका धेरै जिज्ञासा मनमा उठेका थिए।

नेपाली फिल्मको एउटा पुरानो ढाँचा थियो। त्यो पनि आफ्नो मौलिक नभएर बलिउडबाट सापटी लिएको। 'नायक र नायिकाको प्रेमसम्बन्धमा अनेक व्यवधान आउनु, खलनायकले पटक पटक दुःख दिनु, अन्त्यमा नायकले खलनायकको हत्या गरेपश्चात फिल्म सकिनु!' बीचमा केही गीत, लडाइँ र रोनाधोनाका दृश्य राखेपछि फिल्म बनिन्थ्यो। मेरो बाल्यकालका सुरुवाती दिन पनि यस्तै ढाँचाका फिल्म हेरेर बितेका थिए।

निश्चल बस्नेतले 'लुट' बनाएपछि त्यो परम्परागत ढाँचाभन्दा बाहिर रहेर पनि सफल व्यावसायिक चलचित्र बन्न सक्छन् भन्ने प्रमाणित भयो। त्यसपश्चात फरक स्वाद भएका मौलिक सिनेमा बनाउने लहर नै चलेको छ। त्यसै क्रममा नेपाली समाजको मौलिक कथा देखाएको दावी गरेको छ प्रसादले। 

लुगा सिलाउन आउने–‍जाने क्रममा भेट भएर कथित 'दलित' बाबुराम परियार र क्षेत्री जातका वडाध्यक्षकी छोरी नारायणीबीच माया बसेपछि विवाह गर्नलाई गाउँ छोडेर सहर पसेको दृश्यबाट सुरु हुन्छ फिल्म।

सहरमा रहेको एक साथीको मद्दतले उनीहरू जसोतसो जीवन धान्ने स्थितिमा आइपुग्छन्। त्यसपछि यो दम्पत्तिले सन्तान प्राप्त गर्न नसक्दा भोग्नुपरेको पीडा र त्यसै क्रममा आएका अनेक व्यवधान देखाइएको छ।

यसैबीच उनीहरूको समस्याको फाइदा उठाउँदै बाबुरामको बच्चैदेखिको साथी रमेश (निश्चल बस्नेत) ले नारायणीको बलात्कार गर्छ। सुरुमा गाह्रो माने पनि अन्ततः नारायणी र बाबुराम रमेशको बच्चालाई जन्म दिने निधोमा पुग्छन् र सवारीमा दुर्घटनामा परेर रमेशको मृत्यु भएसँगै फिल्म सकिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

बृहत् नेपाली शब्दकोषका अनुसार प्रसादको शाब्दिक अर्थ स्वच्छता; निर्मलता; हर्षोल्लास भएको स्थिति; प्रसन्नता देवी–देवतालाई चढाइएको वस्तु; नैवेद; कृपा; दया; अनुग्रह; निगाह आदि हुन आउँछ।

दिनेश राउतको निर्देशन रहेको यस चलचित्रमा रमेशको बलात्कारबाट नारायणीको गर्भमा रहेको बच्चालाई प्रसाद मानिएको छ। झट्ट सुन्दा बलात्कारीको बिर्यलाई प्रसाद मानिनु आपत्तिजनक लागे पनि यस चलचित्रले 'मन्दिरमा चढिसकेपछि त्यो प्रसादको सामान कहाँबाट आयो? चोखो हो की जूठो हो?' आदि विषयमा कसैले ख्याल नगर्ने भएकाले मन्दिर वा भगवानको रुपमा नारायणीलाई देखाएर बाबुरामले बच्चालाई प्रसाद मानेको स्पष्ट पारेको छ। 

यस चलचित्रको सबैभन्दा बलियो पक्ष भनेको अभिनय नै हो। पूरा चलचित्र ३ पात्रको वरिपरि घुमेको छ, जसमा निश्चल, बिपिन र नम्रताको उत्कृष्ट अभिनय देख्न सकिन्छ। छरिएका धेरै पात्र र तिनैबीच रुमलिएको छरपस्ट कथा नहुनु नै यस चलचित्रको विशेषता हो।

Xtrem

Xtrem

एकदमै सरल ढंगले प्रस्तुत गरिएका दृश्यमा जस्तोसुकै भूमिकालाई पनि न्याय दिन सक्छु भनेर पुनः एकपटक बिपिनले प्रमाणित गरेका छन्। निश्चल चाहिं उही पुरानो अवतार र शैलीमा देखिए पनि उनको अभिनयमा खोट लगाउने ठाउँ भने छैन। नम्रता बेलाबेला मौलिक पश्चिमी लवज भुलेर आफ्नै लवज बोलेकी भेटिन्छिन्। समग्रमा पात्रहरूले आफ्नो भूमिकालाई धेरै हदसम्म न्याय दिन सफल भएका छन्।

कुनै पनि चलचित्र सफल हुनुमा त्यसको कथाको पनि प्रमुख भूमिका हुन्छ। फिल्म समीक्षक तथा पत्रकार सुशील पौडेलले लेखेको यस चलचित्रको कथा समग्रमा राम्रो छ। गाउँ छोडेर सहर पसेदेखि, सहरमा कोठा पाउन, जागिर पाउन गरेको दुःख, साथीको भेषमा अपराधीहरूले दिने धोका, नि:सन्तान दम्पत्तिले हरेक दिन भोग्नुपर्ने पीडा लगायतका विषयलाई उनले उत्कृष्ट रुपमा प्रस्तुत गरेका छन्।

केही ठाउँमा लेखक नचुकेको भए यस चलचित्र निर्विवादित उत्कृष्ट चलचित्र भन्ने पक्का थियो। कानुनी राज्यमा कुनै पनि अपराधीले अपराध गरेपश्चात उसलाई कानुनी बाटोबाट सजाय दिने गरिन्छ। लेखकले यस चलचित्रमा त्यो बाटो रोजेनन्।

यसको अर्थ वास्तविक जीवनमा जे हुन्छ, फिल्ममा त्यही हुनुपर्थ्यो, लेखकले अदालतसम्म पुर्‍याएर रमेशलाई सजाय दिलाउनुपर्थ्यो भन्ने बिल्कुल होइन। फिल्म कला हो। कथा कसरी अगाडि बढाउने भन्ने पूर्ण अधिकार लेखकमा निहित हुन्छ। फिल्मले हुँदै नभएको काल्पनिक कुरा देखाउन पनि सक्छ। एलियनले आक्रमण गरेको, पृथ्वी ध्वस्त भएको लगायतका सम्भव–असम्भव सबैकुरा देखाउन सक्छ।

अपराधीलाई कानुनी सजाय नदिलाई अन्य कुनै बाटोबाट कथा अघि बढाउनु पनि लेखकको व्यक्तिगत कुरा हो। तर, बलात्कार भएपश्चात फिल्मको कथा कसरी अघि बढाउने र रमेशलाई कसरी प्रस्तुत गर्ने भन्ने विषयमा लेखकले अझै ज्यादा मिहिनेत गर्न सक्थे। उनले अझ ज्यादा आफ्नो कल्पनाशीलता र सिर्जनात्मकता देखाउन सक्थे।

फरक स्वादको मौलिक कथा बोकेको भनिएको चलचित्रमा ट्रिपरले हानेर खलनायकको मृत्यु भएको देखाइँदा अन्तिम गाँसमा ढुङ्गा परेजस्तै महसुस हुन्छ। अन्त्यको एउटा घटनाले प्रायः दर्शक मन खल्लो बनाएर फिल्म हलबाट बाहिरिन बाध्य हुन्छन्।

यस चलचित्रले एउटा बलात्कारी बलात्कारपश्चात पनि खुलेआम डुलिरहेको, पीडितलाई पटकपटक यातना दिएको र बिना कुनै कानुनी प्रक्रिया सवारी दुर्घटनामा परेर मरेको देखाइन्छ। लेखकले फिल्म सक्नलाई दुर्घटना गराएर खलनायकलाई मारिदिए। तर अपराध पश्चात पनि खुलेआम डुलिरहेका रमेशजस्ता पात्रहरू अझै पनि हाम्रो समाजमा नभएका होइनन्।

यो स्वीकार्नै नसकिने 'कुरुप सत्य'लाई यस फिल्ममा प्रस्तुत गरिएको छ। फिल्म हेरेर बाहिरिंदा एउटा सकारात्मक सन्देश पाउनुपर्छ भन्ने आम बुझाइ छ। तर एक लेखकले सन्देशले भरिपूर्ण सुखद अन्त्य भएको चलचित्र बनाउन पनि पाउँछ भने बिना कुनै सन्देश समाजको कुरुप सत्यलाई प्रस्तुत गर्न पनि पाउँछ। एउटा दर्दनाक अवस्थाको चित्रण गर्न पनि पाउँछ। हाम्रो समाजमा बाबुराम, नारायणी र रमेशजस्ता पात्रहरू छँदै छैनन् भन्न सकिन्न। तिनै पात्रहरूको कथा भनेको छ 'प्रसाद'ले।

अन्त्यको कथाबाहेक यस चलचित्र चुकेको अर्को पक्ष यसमा प्रयोग भएका संवादहरु हुन्। सामान्य बोलीचालीमा समाजमा साथीभाइमाझ त कति परिवारमै पनि निसंकोच बोलिने शब्दहरूलाई बिना कुनै आधिकारिक मापदण्ड अश्लिल करार गरेर बिप लगाइदिने सेन्सर बोर्ड यस चलचित्रमा अत्यन्तै तल्लो स्तरमा गिरेर सामाजिक सदभाव भड्काउने संवादहरु सुनेको नसुनेझैं गर्छ।

समाजमा प्रयोग हुन्छ भन्दैमा 'गु गन्हाउँछ, जात जनाउँछ' जस्ता संवादहरु प्रयोग गरेर एउटा सिंगो जातिमाथि प्रहार गर्नु अत्यन्तै गैरजिम्मेवार कार्य हो। यहींनेर एउटा प्रश्न उठ्छ, यदि समाजमा प्रयोग हुने शब्द राख्नु गलत होइन भन्ने तर्क आउँछ भने समाजमै प्रयोग हुने अन्य शब्दहरूलाई बिप लगाउनुपर्ने जरुरी के हो?

शब्द र संवादको विषयमा हामी अलिक संवेदनशील हुन सकेका छैनौं। महिला, अपाङ्गता भएका व्यक्ति, अल्पसंख्यक जातजाति लगायतप्रति भद्दा मजाक हुने शब्द तथा संवादहरु फिल्ममा मात्र हैन हामी वास्तविक जीवनमा पनि निसंकोच प्रयोग गरिरहेका हुन्छौं।

उत्कृष्ट कथावस्तु र अभिनय भएको चलचित्र प्रसाद पनि यस विषयमा नराम्रोसँग चुकेको छ। यति संवेदनशीलता ख्याल नगर्नुले हामी फिल्म बनाइरहँदा आफ्नो सामाजिक जिम्मेवारी महसुस गर्न कतै चुकेका पो हौं कि भन्ने गम्भीर प्रश्न खडा गर्छ। अघि उल्लेख भएका शब्दहरूले कुनै एक जातमाथि मात्र नभएर सिंगो समाज र सामाजिक सदभाव माथि नै प्रहार गर्ने गर्छ।

एकाध लेखकले यस विषयमा लेख्दै एउटा बहसको लागि आव्हान गरेका छन्। तर यसमा हाम्रो बौद्धिक जमातमा जुन किसिमको तरंग उत्पन्न हुनुपर्थ्यो, त्यो नहुनु एकदमै दुर्भाग्यको विषय हो। राम्रो चलचित्रका नराम्रा पक्षहरु उजागर गरेर आउँदा दिनमा थप राम्रो चलचित्र बनाउन सहयोग गर्नुपर्नेमा प्रशंसा गर्दागर्दै कमजोरीलाई चाहिं पूरै छोपिदिने प्रवृत्तिले लेखक, निर्देशक कथा सिंगो फिल्मलाई घाटा मात्र पुर्‍याउँछ।

भर्खरै केही कथित दलित नेताहरुले हाम्रो आत्मसम्मानमा कुनै ठेस पुगेको छैन भनी दिएको अभिव्यक्तिले हाम्रो सोचाइको स्तर अझै कुन हदसम्म रहेछ भन्ने प्रष्ट हुन्छ। यो कुनै निश्चित जात र त्यसका व्यक्तिले मात्र बोल्ने विषय होइन। गलतलाई गलत भन्न सक्नु हामी सबै सचेत दर्शकको कर्तव्य हुन आउँछ।

समग्रमा यो चलचित्र 'हात्ती छिर्‍यो, पुच्छर अड्क्यो' बन्न पुगेको छ। निर्देशक राउत र लेखक पौडेलले यो विषय राम्रोसँग बुझेका छन् कि पुच्छर पनि हात्तीको शरीरको एक अंग नै हो। धेरै अपेक्षा गरेर हलसम्म पुगेका दर्शक समग्र कथा र अभिनयबाट सन्तुष्ट त हुन्छन् तर त्यहीं थोरै कमजोरीका कारणले यस चलचित्रलाई उत्कृष्ट मान्न सक्दैनन्।

आउँदा दिनमा नेपाली सिने जगतमा साना लाग्ने तर महत्वपूर्ण यस्ता विषयहरु ख्याल गरेर पुच्छर पनि नअड्किने चलचित्रहरु बन्नेछन् भन्ने कामना गरौं। 

प्रकाशित मिति: बिहीबार, पुस १२, २०७५  १४:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मोरङमा धानबारीबाट २१० किलो गाँजा बरामद
कांग्रेसको बन्द सत्र जारीः सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षको प्रतिवेदन पारित गरिँदै
डा. मिनेन्द्र रिजालद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
मोरङमा धानबारीबाट २१० किलो गाँजा बरामद मंगलबार, असोज २०, २०८३
कांग्रेसको बन्द सत्र जारीः सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षको प्रतिवेदन पारित गरिँदै मंगलबार, असोज २०, २०८३
डा. मिनेन्द्र रिजालद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा मंगलबार, असोज २०, २०८३
लोकतन्त्र बलियो बनाउन सरकारलाई खबरदारी गर्ने नागरिक समाज आवश्यक : विमल कोइराला मंगलबार, असोज २०, २०८३
भारतबाट दसैँ मनाउन पाँच दिनमा ५० हजारभन्दा बढी नेपाली स्वदेश फर्किए मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
किन जादै छन गृहमन्त्री सुधन गुरुङ नयाँ दिल्ली ? सोमबार, असोज १९, २०८३
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्